[Show all top banners]

mahoday
Replies to this thread:

More by mahoday
What people are reading
Subscribers
:: Subscribe
Back to: Current Affairs Refresh page to view new replies
  कतारमा समस्यामा परेका नेपालीको पक्षमा ह्वाईट हिमाल टेलिभिजनले बिशेष अभियान सुरु गर्ने
[VIEWED 2646 TIMES]
SAVE! for ease of future access.
Posted on 09-26-13 5:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

 
सुर्य थापा
न्युयोर्क, कामका लागि कतारमा पुगेका नेपालीहरुको अधिकारका लागि अमेरिकाबाट सञ्चालीत नेपाली टेलिभिजन ह्वाईट हिमाल टेलिभिजनले बिशेष अभियान सुरु गर्ने भएको छ । नेपाली कामदारको दर्दानक अवस्थाको बारेमा बेलायती पत्रिका गार्जियनले खोजमुलक समाचार बाहिर ल्याए पछि ह्वाईट हिमाल टेलिभिजनले अमेरिकामा रहेका नेपाली समुदायसंग मिलेर बिषेश अभियान सुरु गर्न लागेको हो । भिडियो सहित गार्जियनले प्रकासन गरेको अनुसन्धान मुलक रिर्पाेटमा कतारमा नेपाली कामदारहरुको निकै ददार्नक अवस्था रहेको छ । सन् २०२२ मा बिश्वकप आयोजना गर्न लागेको कतारमा ४० प्रतिशत भन्दा धेरै नेपाली कामदारहरुले काम गरिरहेको भए पनि नेपाली कामदारहरुलाई भने निकै कठिन अवस्था रहेको बताएइको छ । गार्जियनका अनुसार कतारमा काम गर्ने नेपालीहरुलाई कम्पनीले तलब समयमा नदिने, बस्ने ब्यवस्था राम्रो नभएको, खाना खान नदिने, अधिकारको लागि आवाज उठाउन खोज्दा जागिरबाटै निकाला गर्ने जस्ता अमानविय ब्यबहार गरेको छ । 
 
अप्ठ्यारो काम र उचित खाने कुरा र बस्ने ब्यवस्था नहुंदा तीन महिनामा ४४ जना नेपालीको ज्यान गुमेको तथ्य पनि समाचारमा सार्बजिनक गरिएको छ । कतारमा रहेका नेपालीहरुको दर्दानक अवस्था बाहिर आए पछि ह्वाईट हिमाल टेलिभिजनले अमेरिकामा रहेका नेपाली समुदायका अगुवाहरुसंग मिलेर बिभिन्न कार्यक्रमहरु गर्ने भएको छ । 
 
टेलिभिजनका अध्यक्ष शान खड्काका अनुसार ह्वाईट हिमाल टेलिभिजनले पहिलो चरणमा वासिंगटन डिसीमा रहेको कतारको दुतावस मार्फत कतार सरकारलाई नेपाली कामदारको अधिकारका लागि ज्ञापन पत्र दिने कार्यक्रम राखेको छ । टेलिभिजनले नेपाली कामदारको हितमा बिभिन्न समाचारहरु प्रकाशन गर्नको लागि कतारमा रहेका नेपाली कामदारहरुलाई समेत समाचार तथा जानकारी पठाएर सहयोग गरिदिन आग्रह समेत गरेको छ । 
 
टेलिभिजनले अमेरिका लगातयत संसारभर रहेका सबै नेपालीहरुलाई कतारमा रहेका नेपाली कामदारको हितमा एकजुट हुन आब्हान समेत गरेको छ । टेलिभिजनले सुरु गरेको अभियानमा सहभागी हुनको लागि टेलिभिजनको इमेल ठेगना info@whitehimal.tv मा सम्पर्क गर्न सकिने छ ।
 

 
Posted on 09-26-13 5:26 PM     [Snapshot: 2]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


Govt recalls controversial ambassador Sharma from Qatar

Maya Kumari Sharma
Maya Kumari Sharma

A Council of Ministers' meeting Thursday decided to call back Nepal's controversial ambassador to Qatar, Maya Kumari Sharma three years ahead of her tenure in the Gulf country.

According to Cabinet officials, the decision was taken amid protests from Nepalis living in Qatar to call back the ambassador, who allegedly failed to promote welfare of Nepali migrant workers in Qatar.

Earlier, UCPN (Maoist) chairperson Pushpa Kamal Dahal on Sept. 20 instructed Sharma, appointed under the UCPN (M) quota, to return home following series of controversies surrounding her.

According to news reports, Dahal telephoned Sharma himself and requested her to return. Sharma was first engulfed in controversy, as she termed Qatar an "open jail" going beyond the diplomatic protocols she had to maintain. Similarly, her rude behavior to Nepali migrant workers also came under sharp criticism.

As Dahal himself instructed her to return, it eased the task of the government and in particular, the Ministry of Foreign Affairs, to call her back, according to analysts.

Sharma was appointed Nepali ambassador to Qatar on 9 May 2012 for four years' term. She holds Ph.D. and Masters Degree in economics from Kumaun University, Nainital, Uttarakhand in India (BIG LL) and is a permanent resident of Kanchanpur district in far-west Nepal.

Sharma could not be reached for immediate comments. Nepalnews.com


 
Posted on 09-26-13 5:32 PM     [Snapshot: 13]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

(furke) QUOTE:
"She holds Ph.D. and Masters Degree in economics from Kumaun University, Nainital, Uttarakhand in India (BIG LL)"

From my side too "LOL"
 
Posted on 09-27-13 7:51 AM     [Snapshot: 236]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 आफ्नो देश मा ILO  को  minimum  requirements  पालन गर्न नलगाउनु कतार सरकार को लापरबाही हो 
तर कतार मा world  cup को लागि भै रहेको निर्माण कार्य मा विभिन्न देश क निर्माण कम्पनी हरु संलग्न छन्, दखिन कोरिया , भारतीय , चाइनिज कम्पनि   हरु , ति कोम्पनी  हरु  कामदार हरुलाई दाश को रुप मा प्रयोग गरि टन्न नाफा कमौना पल्केका छन् , हामीले ILO  मा पनि कम्प्लेन  गर्न पर्छ, काम दार लाई अमानाबिये treatment  गरेको मा . 
 
अती भएपछि नेपाली राजदोत ले मुख खोलेको हुन सक्छ, तेस्माथि सजिलै बिक्ने नेपाली हरु पनि  उनि बिरुध्हा लागेका हुन सक्छन , कतार मा हुने कामदार हरु को मिस्त्रेअत्मेन्त को बारेमा कुरा फैलिएपछि  नेपाली म्यान पोवेर कोम्पनी लाई मान्छे पथौन गारो हुन्छ , उनीहरुले कमाउने पैसाको स्रोत सुक्छ 
 
कतार मा नेपाली बाहेक , भारतीय , पाकिस्तानी कामदार को पनि बिजोक छ , तर ति देश चुप लागेर बसेका छन् , जबकि ति देश मा पनि नेपाल मा जस्तै काम दार ले remittance  पठायेना भने देश चल्दैन 
 
नेपाल को अहिले जति प्रगति गरेको छ त्यो मध्यपुर्ब मा दाश भएर काम गर्ने नेपाली हरुले गर्दा भएको हो .
USA  , EU  मा बसेर देश विकास को गफ गर्ने हामीहरु मधे ९९%  त पाए नेपाल को पैसा बाहिर ल्याउने, नेपाल मा लुटे को पैसा विदेश मा लगानी गर्नी , बाउ बाजे ले घुस खाको पैसा ले धाक देखाउने मात्र हो 
 
मध्ये पूर्व मा काम गर्ने नेपाली हरुले डलर नेपाल न लैजाने हो भने , एक वर्ष भित्र १ डलर  को २०० नेपली रुपिया पुग्न सक्छ 
तेसकारण ति नेपाली को लागि आफ्नो तर्फा बाट जति सहयोग गर्न सकिन्छ गरम 

 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
मन भित्र को पत्रै पत्र!
TPS Work Permit/How long your took?
Guess how many vaccines a one year old baby is given
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
Driver license help ASAP sathiharu
Why Americans reverse park?
Travelling to Nepal - TPS AP- PASSPORT
lost $3500 on penny stocks !!!
ढ्याउ गर्दा दसैँको खसी गनाउच
TPS Reregistration and EAD Approval Timeline.......
nrn citizenship
Morning dharahara
Susta Susta Degree Maile REMIXED version
Elderly parents travelling to US (any suggestions besides Special Assistance)?
कल्लाई मुर्ख भन्या ?
जाडो, बा र म……
Changing job after i-140 approval
Trasiting through Istanbul, Turkey
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters