१० पुस, काठमाण्डौ । थाइल्याण्डमा गुप्त जीवन बिताइरहेका पूर्व युवराज पारसले अन्ततः परिवारबाट खर्च पाएका छन् । काठमाण्डौबाट उनका एक साथी खर्च पुर्याउन बैंकक पुगेको जनआस्था साप्ताहिकले छापेको छ । थाई प्रेमिकासँग सम्बन्ध टाढा भएको भन्ने हल्ला सही नभएको र अहिले पनि उनीहरुवीच नियमित भेट हुने गरेको ती साथीबाट थाहा भएको छ ।
पत्नी हिमानीले हालै ज्ञानेन्द्रलाई लिएर भारत भ्रमणमा गएको बारे पनि पारसले टिप्पणी गरेका छन् । त्यो भ्रमणलाई अर्थहीन भन्दै उनले भने-’हि इज लुजिङ हिज पर्सनालिटी अनसेल्फ’ अर्थात् उनले आफ्नो ब्यक्तित्व आफ्नै कारण गुमाइरहेका छन् ।
उता, भारत भ्रमणमा रहेका ज्ञानेन्द्रले भने उच्च भारतीय नेताहरुलाई भेट्न नपाउने भएका छन् । एकाएक भारतीय राजनीति गर्माएपछि उनले अन्य शीर्ष नेतासँग भेट्ने अबसर नपाउने भएका हुन् । बुहारी हिमानी एक साता पहिले नै भारत पुगेर भ्रमणको तालिका मिलाउन कोसिस गरेको भएपनि नातेदार एवं काँग्रेस नेता करण सिंह बाहेक अन्यलाई भेटन नपाउने भएका छन् ।
नारायणहिटीमै श्रीपेच बेपत्ता
तत्कालिन राजाले प्रयोग गर्ने श्रीपेच राजसंस्था अन्त्यसँगै सार्वजनिक प्रर्दशनी राख्ने सरकारले निर्णय गरेको थियो । तर राजसंस्था अन्त्य भएको ५ बर्ष बितिसक्दा पनि श्रीपेच बेपत्ता छ ।
बुधबार प्रकाशित जनअस्था साप्ताहिकका अनुसार पुरातत्व बिभाग र नारायणहिटी दरवार संग्रहालयवीचको बिबादमा परेर अहिलेसम्म श्रीपेच गायव भएको हो । त्यसको सुरक्षा र राख्ने ठाउँको बिबादमा अहिले श्रीपेच गुमनाम बनेको छ ।
संग्रहालय ब्यबस्थापन समितिका प्रमुख लेखबहादुर कार्कीले नारायणहिटी भित्रै सैलुन कक्षमा लाहाछाप लगाइएको सोकेसभित्र श्रीपेच राखिएको बताउनुभयो । श्रीपेच निकाल्न र त्यसलाई ठाउँसारी गर्न सेनाको अनुमति अनिवार्य छ । तर सेनाले श्रीपेच सार्वजनिक प्रर्दशनीमा राख्दा हराउनसक्ने भन्दै त्यसलाई अस्वीकार गर्यो । त्यसपछि संस्कृति मन्त्रालयले गोली छेक्ने क्षमता भएका दुई सोकेस निर्माण गर्यो प्रर्दशनीका लागि । तर, श्रीपेच पुरातात्विक बस्तु भएको भन्दै पुरातत्व बिभागले पनि त्यसमा दावी गरेपछि अहिले श्रीपेच सार्वजनिक प्रर्दशनीमा राख्ने योजना अलपत्र परेको छ