सेनामा भर्ती हुने क्रिकेट खेलाडीको रहर : तपाई के भन्नुहुन्छ ?
२०७० चैत १४ गते १०:४६ मा प्रकाशित
ट्वान्टी २० विश्वकप क्रिकेट खेलेर फर्केका नेपाली क्रिकेटका राष्ट्रिय खेलाडीहरु नेपाली सेनाको सबैभन्दा तल्लो तहमा जागिर खोज्दै हिँडेका छन् । सेनामा भान्सामा काम गर्ने एवं बढार्ने कार्यका लागि खटिने ‘बकासी’ का लागि फारम भर्न क्रिकेट खेलाडी सुवास खकुरेल, अनिल मण्डल र नरेश बूढा ऐर, राजेश पुलामी, सिन्धुपाल्चोकको चौतारा पुगे भने अविनाश कर्ण, विनोद भण्डारी र जितेन्द मुखिया हेटौडा पुगे ।
nepali-cricket-teamत्यसैगरी सोमपाल कामी, चन्द्र साउत र सागर पुन सेनामा जागिर खान पोखरा पुगे । चन्द्र साउत र महेश क्षेत्री सुर्खेत पुगे । यसरी राष्ट्रिय छवि बनाएका र राज्यबाट ५/५ लाख एवं विभिन्न निकायबाट सम्मान पुरस्कार पाइरहेका खोलाडीहरु सेनाको जागिरका लागि फारम भर्नतिर लाग्नुलाई कसरी लिने ?
१. खेलाडीलाई राज्यले जिविकोपार्जनको व्यवस्था नगरेका कारण यस्तो भएको हो । यसले सेनाको गौरबसमेत बढाउँछ । यसलाई स्वाभाविक रुपमा लिनुपर्छ । खेलाडीले जे गरे, ठीक गरे ।
२. खेलाडीलाई राज्यले हेरिरहेकै छ । खेलाडीले आफ्नो मर्यादामा बस्नुपर्छ । यसरी जात्रा देखाएर खानै नपाएजस्तो नगरियोस् । यसो गर्दा अन्तरराष्ट्रिय स्तरमा राष्ट्रको छवि बिग्रन्छ र सीपी गजुरेलले भनेको सही सावित हुने अवस्था आेउन सक्छ । भोक लाग्यो भन्दैमा बाघले घाँस खान खोज्नु राम्रो होइन । खेलाडीले खेलबाटै विकल्प खोज्नु राम्रो ।
- See more at: http://www.onlinekhabar.com/2014/03/181780/#sthash.HVxGLJKd.dpuf