[Show all top banners]

cybernepali
Replies to this thread:

More by cybernepali
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 4]

Mr. D

Tyo Din

tragicomic

jetho390
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
  हिमानीको खुसीका लागि पारसलाई नेपाल नबोलाइएको खुलासा
[VIEWED 2034 TIMES]
SAVE! for ease of future access.
Posted on 06-30-14 7:33 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

१५ असार, काठमाडौं । पूर्वराजा ज्ञानेन्द्रले बुहारी हिमानीको खुसीका लागि छोरा पारसलाई नेपाल नबोलाएको खुलासा भएको छ । पारसको बुहार्तन सहन नसकेर हिमानी आजित भएकाले ज्ञानेन्द्र आफ्नो जन्मदिनमा आउन चाहेका छोरालाई पनि रोक्न चाहान्छन् । तीन नाति नातिना र बुहारीसँग खुसी रहेका उनी छोराको उद्दण्डता व्यहोर्न चाहँदैनन् ।parash-shah

स्रोतका अनुसार पारस बुबाको जन्मोत्सव पारेर नेपालमै आउन चाहान्छन् । तर, ज्ञानेन्द्रले उनलाई बोलाएका छैनन् । बुबाले नबोलाई आफै नआउने पारसले घोषणा गरेको निर्मल निवास निकट स्रोतले जनाएको छ । ज्ञानेन्द्रले भने बुहारी हिमानीको दुर्दशा सहन सक्दिँन भन्दै पारसलाई नबोलाएको स्रोतले जनाएको छ । ‘पारस यता आएपछि हिमानीको दुर्दशा शुरु हुन्छ, कम्तिमा अहिले उनी खुसी छिन्’ एक दरवारियाले भने ।

पारस अहिले प्रेमिकाका साथ बैंककमा बस्दै आएका छन् । गत वर्ष हृदयघात भएर गम्भिर विरामी भई अस्पताल भर्ना भएका बेला बाहेक उनको परिवारले उनीसँग भेटघाट गरेको छैन । ज्ञानेन्द्रको जन्मदिनमा पारस बाहेक परिवारका सबै सदस्य सहभागी हुने छन् ।

ज्ञानेन्द्रको जन्मोत्सवको तयारी

तर, ज्ञानेन्द्रको जन्मोत्सव मनाउने तयारी गरिरहेका राजावादीहरुले भने पारसलाई पनि बोलाउन खोजेका छन् । ज्ञानेन्द्रको जन्मोत्सवमा उनका एकमात्र छोरा पारसलाई सहभागी गराउन ‘शु जन्मोत्सव नागरिक मूल समारोह समिति’ले प्रयास गरिरहेको त्यसका सदस्य किशोरी महतोले बताए ।
पारशलाई यसपालीको विशेष समारोह हुने भएकाले सहभागी भइदिन आफूहरुले आग्रह गरे पनि आउने निश्चित नभएको महतोले जानकारी दिए । ‘हामीले पारस सरकारलाई पनि बोलाएका छौं तर उहाँ आउने निश्चित छैन’ उनले भने’जनताले अब पारस सरकार पनि आउनुपर्छ भनेर जनताले आवाज उठाउन थालेका छन्, जनताको आवाज सुनेर उहाँ बैंककबाट आउनुपर्छ’ ।

शक्ति प्रदर्शन गर्ने

पूर्व राजा ज्ञानेन्द्र शाहको ६८ औं जन्मदिनलाई राजावादीहरुले यसपटक शक्ति प्रदर्शन सहित मनाउने भएका छन् । पूर्व राजाको जन्मदिनका अवसरमा तराई मधेशबाट मात्रै १० हजार मान्छे काठमाडौं ल्याउने तयारी भइरहेको छ । हिन्दू अधिराज्यको पुनर्वहाली माग गर्दै जन्मोत्सवका अवसरमा शक्ति प्रदर्शन गर्ने तयारी भइरहेको आयोजकले स्वीकारेका छन् ।

पूर्व राजाको जन्मोत्सव मनाउन पूर्व अन्चलाधीस नवराज गुरुङको अध्यक्षतामा ‘शुभ जन्मोत्सव नागरिक मूल समारोह समिति’ गठन गरिएको र त्यसमा जनताको व्यापक सहभागिता गराउने तयारी भइरहेको समितिका सहसंयोजक तथा मधेश समिति प्रमुख किशोरी महतोले बताए । ‘हामीले उहाँलाई पूर्व राजा होइन, राजाकै हैसियतमा मान्दै आएका छौं र यो जन्मोत्सव गणतन्त्रपछिको फरक र विशेष प्रकारको हुनेछ’ महतोले भने ‘मधेशबाट मात्रै ६८ ओटा भार सहित १० हजार जनता सहभागी हुनेछन्’ ।

तराईका शक्तिपीठमा विशेष पूजा

तराईका बिराटनगर, जनकपुर, सप्तरी र वीरगन्जका प्रमुख शक्ति पीठमा २० गतेदेखि नै राजतन्त्र र हिन्दू राज्य बहालीको माग गर्दै पूजाआजा गरिने र ६८ औं जन्म जयन्तीका अवसरमा ती मन्दिरको प्रसाद ६८ ओटा भार सहित निर्मल निवास भित्र्याउने तयारी भइरहेको छ । लोककल्याणकारी जनता पार्टी, श्रीराम हनुरमान आरधना मण्डल नेपाल, २०४७ साकलो संविधान पुनस्र्थापना हाम्रो अभियान, गौ संरक्षण मन्च लगायत मिलेर मधेशका जनतालाई हिन्दू राज्य माग्दै काठमाडौं ल्याइने उनले बताए ।

ज्ञानेन्द्र बोल्ने ?

आफ्नो जन्मदिनका अवसरमा पूर्व राजा ज्ञानेन्द्रले पछिल्लो राजनीतिक अवस्थाका बारेमा आफ्नो  धारणा जनता समक्ष राख्ने तयारी भइरहेको पनि समितिले जनाएको छ । ‘जनताले अहिलेको विकृति विसंगति र मुलुक बिखण्डको खतराका बारेमा राजाको भनाइ के हो बुझ्न चाहेका छन्’ समितिका महासचिव राधेश्याम थापाले भने ‘मौसूफबाट केही न केही सम्बोधन आउने सम्भावना छ, अब उहाँ चुप लाग्ने अवस्था छैन’ ।

पूर्वराजाले आफ्नो जन्मदिनका अवसरमा जम्मा हुने भिडप्रति चासो दिएकाले मान्छे बटुल्न किशोरी महतो, जगत गौचन लगायतलाई खटाइएको छ । प्रचार प्रसारको जिम्मा पत्रकार अस्मिता भण्डारीलाई दिइएको र उनकै सम्पादनमा राजतन्त्रको अपरिहार्यताको मानचित्रसहित विशेषांक प्रकाशित भएको महतोले बताए । पूर्व राजाले त्यसको बिमोचन गर्नेछन् ।

- See more at: http://www.onlinekhabar.com/2014/06/164288/#sthash.swQUNYyT.dpuf

 
Posted on 06-30-14 9:32 AM     [Snapshot: 134]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Paras has been in Bankok for over years. Maybe Himani also have a boyfriend too.
 
Posted on 06-30-14 9:41 AM     [Snapshot: 158]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाम्रो पारस हाम्रो चरस
प्राण भन्दा प्यारो छ|
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
मन भित्र को पत्रै पत्र!
Guess how many vaccines a one year old baby is given
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
ढ्याउ गर्दा दसैँको खसी गनाउच
TPS Reregistration and EAD Approval Timeline.......
nrn citizenship
Elderly parents travelling to US (any suggestions besides Special Assistance)?
कल्लाई मुर्ख भन्या ?
जाडो, बा र म……
Changing job after i-140 approval
Nepalese Students Face Deportation over Pro-Palestine Protest
Trasiting through Istanbul, Turkey
lost $3500 on penny stocks !!!
Is this a progressive step?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters