झापाः बन्दको प्रतिकारमा उत्रेका व्यापारीहरुसँग भएको झडपका क्रममा मधेसी जनाधिकार फोरम नेपालका झापा अध्यक्ष रन्जित सिन्हाको टाउको फुटेको छ ।
झापाको चन्द्रगढीका व्यापारीहरु सोमबार बिहान बन्दको प्रतिकारमा उत्रेका बेला झडप हुँदा बन्दाकर्ता ३० दलीय मोर्चाको एउटा घटक फोरम नेपालका झापा अध्यक्ष सिन्हाको टाउको फुटेको हो ।
झडपमा सिन्हा लगायत अन्य दुईजना सामान्य घाइते भएको मधेशी जनअधिकार फोरम नेपालका उपाध्यक्ष भारतेन्दुकुमार मल्लिकले बताए । उनका अनुसार घाइतेको उपचार मेची अञ्चल अस्पतालमा भइरहेको छ ।
झडपपछि अहिले चन्द्रगढी भद्रपुरको सुरक्षा व्यवस्था कडा पारिएको छ । चन्द्रगढीका पसलहरु बन्द भएका छन् । गरिखान नदिने प्रवृत्ति अन्त्य गर, व्यापारिक ऋण तिरिदे, वालबच्चा पालण पोषको जिम्मा लिन भन्दै चर्का नारावाजीसहित व्यापारीहरु बन्दको प्रतिकारमा उत्रेका थिए ।