[Show all top banners]

cybernepali

More by cybernepali
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 4]

Tyo Din

jetho390

tragicomic

Mr. D
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 ग्याँस कालोबजारीमा प्रचण्डको संलग्नता
[VIEWED 966 TIMES]
SAVE! for ease of future access.
Posted on 02-05-15 9:27 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

काठमाडौँ, २१ माघ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृृत्वको माओवादीले अझै केही दिन राजनीतिक मुद्दालाई थाती राख्दै एलपी ग्याँसमा भएको कालोबजारीको मुद्दालाई जोडदार रूपमा अघि बढाउने भएको छ । एमाओवादी पार्टी विभाजित हुनुमा ग्याँसको राजनीति जोडिएका कारण विप्लव माओवादीले ग्याँस आन्दोलनलाई प्राथमिकताका साथ अघि बढाउने निर्णय गरेको हो । 

समाचार स्रोतका अनुसार तीन वर्षअघि पशुपतिशमशेर राणाको नेपाल ग्याँस ८० करोड रुपैयाँमा निम्स नामक संस्थाले खरिद गरेको थियो । उक्त संस्थाका हर्ताकर्ता गुणचन्द्र विष्ट र गडगरिया थरका एक मारवाडी थिए । १० लाख रुपैयाँ पेस्की दिँदा पनि पशुपतिशमशेरले आनाकानी गरेपछि गुणचन्द्र विष्टको समूह एमाओवादी गुहार्न पुगेको थियो । व्यापारिक माइन्डका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नोसमेत २० प्रतिशत सेयर लगानी हुने गरी निम्सको नाममा नेपाल ग्याँसको स्वामित्व कायम गराए । 

यसका लागि प्रचण्डले विप्लवलाई अघि सारेका थिए । तर विप्लवलाई भने प्रचण्डले पछि धोका दिए । आफ्नो हात रित्तो भएपछि विप्लव र प्रचण्डबीच दूरी बढ्दै गयो । अन्तत्वगत्वा पार्टी विभाजनमा विप्लवले मोहन वैद्यलाई साथ दिए । करिब एक अर्ब रुपैयाँ सम्पत्ति भएको नेपाल ग्याँसको जम्मा २० प्रतिशत सेयर रहे पनि यतिबेला हर्ताकर्ता भने प्रचण्ड नै छन् । नेपाल ग्याँसको जीएम पनि प्रचण्डले राजभण्डारी थरका व्यापारीलाई हटाएर तिवारी थरका आफ्नै बहिनीज्वाइँलाई बनाएका छन् । यतिबेला ग्यासँको कालोबजारी गरी सिलिन्डर बिक्री गर्ने योजनामा नेपाल ग्याँसले नै सबैभन्दा बढी लगानी गरेको बताइन्छ । समाचार स्रोतका अनुसार पेट्रोलियम व्यापारी शिव घिमिरे र प्रचण्डको स्वामित्व रहेको नेपाल ग्याँसले एक÷एक करोड रुपैयाँ लगानी गरेका छन् भने अन्य व्यापारीहरूले पनि यही अनुपातमा लगानी गरेका छन् । 

यो लगानीमध्ये ५० लाख रुपैयाँ लिएर वाणिज्य तथा आपूर्ति राज्यमन्त्री गिरिबहादुर केसी माघ ६ गते नै अमेरिका हानिएका थिए । कमिसनको रकम उतै जम्मा गर्न राज्यमन्त्री केसी अमेरिका हानिएको चर्चा राप्रपाभित्र हुने गरेको छ । यतिबेला कालोबजारीमा सबैभन्दा बढी ग्याँस बिक्री गर्ने अवसर नेपाल ग्याँसले नै प्राप्त गरेका कारण यो आन्दोलनमा विप्लवको माओवादी उत्रेका कारण प्रचण्ड निकै संकटमा परेका छन् । ग्याँसको कालोबजारी प्रकरणमा एमाओवादी अध्यक्ष प्रचण्डलाई नंग्याउने विषयमा एमाले पंक्तिभित्र पनि छलफल नभएको भने होइन । तर आफैं सरकारमा भएका कारण ग्याँस आन्दोलन चर्काउने मामिलामा एमाले नैतिक संकटमा परेको छ । 

तर गत बिहीबार सम्पन्न बैठकमा भने एमालेले पनि ग्याँसको कालोबजारी तत्काल नियन्त्रण गर्न सरकारसँग लिखित आग्रह गरेको छ । ग्याँसको अभावमा सर्वसाधारण जनता दालमोठ चिउरा खाएर छाक टार्न बाध्य हुँदाहुँदै पनि प्रमुख प्रतिपक्षी दल एमाओवादीले आफ्नो धर्म निर्वाह गर्न नसक्नुको मुख्य कारण एमाओवादी अध्यक्ष प्रचण्डको संलग्नता नै हो । उनी ग्याँसको कालोबजारीविरुद्ध कदम चाल्नुपर्ला या संसद्मा कुरा उठ्ला भनेर विषय तथा प्रसंगलाई अन्यत्रै मोड्ने अभियानमा छन् । अरु नै मुद्दा झिकेर संसद् बहिस्कार गर्ने तथा चर्का राजनीतिक कुरा गरेर ग्याँसको कालोबजारीलाई छायाँमा पार्ने रणनीतिमा प्रचण्ड सफल भइरहेका छन् । प्रतिपक्षी दलका नेताको संलग्नतामा अत्यावश्यकीय उपभोग्य वस्तुको कृत्रिम अभाव सिर्जना गराई कालोबजारी गरिएको नेपालको इतिहासमै पहिलोपटक हो । यस प्रकरणले अध्यक्ष प्रचण्ड मात्रै होइन, विगतमा जनयुद्ध लडेको दाबी गर्ने सिंगो एमाओवादीलाई कलंकको टीका लागेको छ । - See more at: http://www.hamrosandesh.com/2015/02/25761.html#sthash.WOhCVMKF.rY9eUelK.dpuf

 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
lost $3500 on penny stocks !!!
Nepalese Students Face Deportation over Pro-Palestine Protest
Is this a progressive step?
Trasiting through Istanbul, Turkey
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters