[Show all top banners]

cybernepali
Replies to this thread:

More by cybernepali
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 4]

jetho390

Tyo Din

tragicomic

Mr. D
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 एसिड आक्रमण - सबै तथ्यको खुलासा
[VIEWED 1860 TIMES]
SAVE! for ease of future access.
Posted on 03-20-15 8:13 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एसिड आक्रमणदेखि पक्राउ पर्दासम्म के-के भयो ?

  • जगन्नाथ दुलाल
  •  
  • Published: March 20, 2015
  •  
  • शुक्रबार, 6 चैत, 2071
  •  
  • 7:28 AM (GMT)

जगन्नाथ दुलाल

काठमाडौं, चैत ६/ संगीता मगर र जीवन विकको परिवार  २०६९  जेठ देखी झोछेंको एउटै घरमा डेरामा वस्दै आएका थिए । उनीहरुबिच केही अघि सम्म पनि राम्रो सम्बन्ध थियो । त्यही सुमधुर सम्बन्धकै कारण जीवनले संगितालाई ट्युसन पढाईदिने गरेको थियो ।

ट्युसन पढ्न जाने क्रममै उनीहरु  नजिकिएका थिए । एकअकार्प्रति आकर्षित भएका थिए । जीवनले पक्राउ परेपछि प्रहरीलाई दिएको बयानमा संगीता र आफु ट्युसनकै क्रममा एक आपसमा नजिकिएको बताएका छन् । 

 

x
तर, उनीहरुबिचको सम्बन्ध लामो समय सुमधुर रहिरहन सकेन । करिब १ वर्ष पछि दुबै विचमा मनमुटाब भयो, सम्बन्ध विग्रियो । किन बिग्रयो त सम्बन्ध ? २०७० सालको मंसिर महिनामा संगिताको भाई सन्तोषले गाँजा खाई घरमा आएकोले जीवनले गाँजाको गन्ध आयो, कसले खायो भनि गाली गर्दा सन्तोषले घाँटीमा समाएको र सो क्रममा संगिता र जीवनको परिवारबिच झगडा भएपछि सम्बन्ध बिग्रियो ।

मगरको परिवारबाट जिवन विकको परिवारलाई दुव्र्यवहार गरेको तथा संगिता मगरले उसको बुबालाई हातपात गरेपछि जीवनमा बदलाको भावना आएको थियो । त्यसैको बदला लिन एसिड आक्रमण गरेको अनुसन्धानमा खुलेको छ ।


जीवनले संगिताको आमा र संगिता स्वयंले जिवन वि.कलाई दुर्व्यबहार गर्ने गरेको भन्ने जिवनको बुझाई रहेकोले संगिता मगरको सौन्दर्यलाई कुरुप तुल्याउने कुत्सित उद्देश्य राखेको थियो । भारतिय सेनामा भर्ना हुनको लागि सिक्किम जान्छु भनि घरबाट विदावारी भई गएकोमा छनौट नभएपछि जेष्ठ महिनामा सिक्किमबाट फर्कीएका जीवन परिवारका कुनै पनि सदस्यलाई जानकारी नगराई टोखामा डेरा लिई बसेका थिए ।

उसले घटना घटाउने उद्देश्यले जेष्ठ महिनामा पुरानो बसपार्कस्थित एउटा गेष्ट हाउसमा बसी संगिता मगर र सन्तोष मगरलाई आक्रमण गर्ने उद्देश्यले एसिड संकलन गरेकोथियो । २०७१ साल असोज महिनामा संकलन गरी राखेको एसिड प्लाष्टिकको बोतलमा सार्ने क्रममा पग्लेर नष्ट भएको थियो । दोस्रो पटक पुनः सोही पसलबाट एसिडको संकलन गरी डेरा कोठामा लगी उसले राख्यो ।

 

एसिडको खरिद न्यूरोडको ब्याट्रि पसलबाट गरी हर्लिक्सको शिशिमा राखेको जीवनले प्रहरीसँग अनुसन्धानका क्रममा बताएका छन् । उसले पटक पटक संगिता र उनको परिवारलाई एसिड प्रहार गर्ने प्रयास गरेता पनि असफल भएको थियो ।

सोही समय देखि हालसम्म निज जिवन वि.कले संगिता मगर तथा उनको भाई सन्तोष मगरलाई शारीरिक क्षती पु¥याउने उद्धेश्यले बारम्बार टोखा बाट नियमित रुपमा विहान विहान संगिता बस्ने घर तथा वरीपरीको एरियामा आउने गरेका थिए ।

२०७१ फाल्गुण १० गते विहान ५ बजे झोलामा एसिड बोकी टोखाबाट माईक्रो बस चढी जमल, ईन्द्रचोक तथा बसन्तपुर हुदै संगिता मगरलाई खोज्दै उनी बस्ने बस्ने घरसम्म पुगेको थियो । तर त्यहाँ घर बाहिर कसैलाई नदेखेपछि पुनः बसन्तपुर डबली तर्फ फर्केको थियो ।

 

संगिता मगर ट्युशन पढ्न जाने कुरा जानकारी भएतापनि कुन ट्युशन सेन्टरमा पढ्ने निश्चित नभएको कारण संगितालाई खोज्न पुनः घरतर्फ जाने क्रममा ट्युशन सेन्टरमा बत्तिको उज्यालो देखेपछि रोकिउको जीवनले भित्र को छ भनि हेर्न खोज्दा संगिता मगर र हेमु मुखर्जिलाई देखि एसिड प्रहार गर्ने कोसिस गर्दा कक्षा कोठामा बाहिरबाट सिमा बस्नेत प्रवेश गरेको देखेपछि केहि समय बाहिर रोकिएक थिए ।

 

त्यसको एक छिन पछि ढोका खोली संगिता मगर बसिरहेको अवस्थामा मुखमा पर्ने गरी हर्लिक्सको बोतलमा रहेको अन्दाजी ५०० मि।लि एसिड प्रहार गरी बाहिर एसिड राखेको हर्लेक्सको बोतल फाली ठमेल सम्म पैदलै गई बस चढेर टोखा तर्फ भागेको थियो, जीवन ।

 

घटना घटाएपछि फाल्गुण २० गते भारतको सिक्किमको रानीपुलमा गई करिव ८ दिन वसी २९ गते नेपाल फर्कीएको थियो । जीवनलाई प्रहरीको टोलीले  २०७१ चैत ५ गते राती सवा ११ बजे टोखास्थित उनकै डेरा कोठाबाट पक्राउ गरेको थियो । 


http://www.nepalipatra.com/news/detail/13691/14


 
Posted on 03-20-15 9:58 AM     [Snapshot: 237]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मुजी लाई जिन्दगी भर सड़ने गरी कोच्न पर्छ जेल मा ।
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
श्राद्द
TPS Re-registration
सेक्सी कविता - पार्ट २
What are your first memories of when Nepal Television Began?
पाप न साप घोप्टो पारि थाप !!
पुलिसनी संग - आज शनिवार - अन्तिम भाग
निगुरो थाहा छ ??
ChatSansar.com Naya Nepal Chat
TPS Re-registration case still pending ..
Lets play Antakshari...........
What Happened to Dual Citizenship Bill
Basnet or Basnyat ??
Sajha has turned into MAGATs nest
NRN card pros and cons?
is Rato Bangala school cheating?
मेरो अम्रिका यात्रा -२
Do nepalese really need TPS?
कता जादै छ नेपाली समाज ??
susta manasthiti lai ke bhanchan english ma?
कृष्ण नै अन्तिम सत्य
Nas and The Bokas: Coming to a Night Club near you
राजदरबार हत्या काण्ड बारे....
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
is Rato Bangala school cheating?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters