[Show all top banners]

cybernepali

More by cybernepali
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 4]

jetho390

Tyo Din

tragicomic

Mr. D
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 राजधानीमै अर्की युवतीमाथि एसिड आक्रमण
[VIEWED 1293 TIMES]
SAVE! for ease of future access.
Posted on 03-26-15 3:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

१२ चैत, काठमाडौं । प्रेम प्रस्ताव अस्वीकार गरेको बदलामा एसिड छर्किएर आक्रमण गर्ने एक अभियुक्तलाई प्रहरीले फक्राउ गरेपछि राजधानीमा अर्को तेजाब आक्रमणको घटना बाहिर आएको छ ।


Acid-attack


ललितपुरको मंगलबजारमा युवतीमाथि एसिड आक्रमण गर्ने अनुप रानालाई प्रहरीले पक्राउ गरेपछि प्रेम अस्वीकार गरेको बदला दिन एसिड आक्रमण भएको खुलेको हो ।

मंगलबजारको कृष्ण मन्दिर परिसरमा गत माघ ८ गते साँझ २२ वर्षकी अन्जना तण्डुकारमाथि एसिड आक्रमण भएको थियो ।

फागुन १० गते बसन्तपुरमा दुई किशोरीमाथि एसिड आक्रमण भएको घटनाले ठूलो चर्चा पाए पनि अन्जनामाथिको आक्रमण गुपचुप नै राखिएको थियो । ललितपुरको घटना ३ महिना पछि मात्र सार्वजनिक भएको छ ।

प्रहरीका अनुसार एसिड आक्रमणबाट तण्डुकारको निधार र दायाँ गालामा असर परेको छ । तन्डुकारको घाउ अझै पूर्णरूपमा निको भएको छैन ।

घटना लगत्तै अन्जनालाई पाटन अस्पताल लगेर उपचार गरिएको थियो ।

प्रहरीका अनुसार अनुप र अञ्जना बालकुमारीको माइलस्टोन केलजमा बीबीएस तेस्रो बर्षमा अध्ययनरत थिए । अनुपले एसएमएसबाट प्रेम प्रस्ताव राख्ने गरेका थिए ।

एसिड आक्रमणमा संलग्न टिकाथलीका २० वर्षका अनुप राना मगरलाई प्रहरीले पक्राउ गरेको प्रहरी अपराध महाशाखाका एसएसपी पुस्कर कार्कीले जानकारी दिए ।

ललितपुरमा ज्यान मार्ने उद्योगमा मुद्दा चलिरहेकाले उनलाई जिल्ला प्रहरी कार्यालयमा बुझाइएको छ । ललितपुर प्रहरीका डीएसपी किसन सिंह थापाका अनुसार फागुन १२ गते मुद्दा दार्ता भएको थियो भने मगर चैत १० गते पक्राउ परेका हुन् ।

- See more at: http://www.onlinekhabar.com/2015/03/257828/#sthash.RFGyUos9.dpuf
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
मन भित्र को पत्रै पत्र!
Guess how many vaccines a one year old baby is given
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
ढ्याउ गर्दा दसैँको खसी गनाउच
TPS Reregistration and EAD Approval Timeline.......
nrn citizenship
कल्लाई मुर्ख भन्या ?
जाडो, बा र म……
Changing job after i-140 approval
Nepalese Students Face Deportation over Pro-Palestine Protest
Trasiting through Istanbul, Turkey
lost $3500 on penny stocks !!!
Is this a progressive step?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters