आज अमेरिकालगायत प्रवासका नेपाली समाजमा हुर्किंदै गइरहेको एउटा डरलाग्दो प्रवृत्ति र रोगका बारेमा भावना ब्यक्त गर्न मन लाग्यो । साथीहरू, पाठकहरू, शुभचिन्तक र मेरा अभिब्यक्तिलाई सहयोग र प्रोत्साहन गर्ने ठूलो जमातलाई चित्त दुःखाउन चाहन्न । तर, पनि लेख्न मन लाग्यो । कृपया, दुःख लागे माफी चाहन्छु । प्रवास र अमेरिकाको नेपाली समाज र क्रियाशिल, अन्तरक्र्रियात्मक र सिर्जनशिल बन्दै गइरहेकोमा खुसी लाग्दछ । तर, सभ्यता र सीमाले कहिलेकाहीँ डाँडो काट्दा दुःख लाग्छ । किन आवश्यकताभन्दा बढी संस्थाहरू खुलिरहेका छन् ? किन ती संस्थाहरू खुल्दा र नयाँ हुँदा उत्साहित हुने र पछि संस्था खोल्नेहरूको जाँगर र उत्साह मर्दै जाने र अन्ततोगत्वा झगडा, मारामार, हिलो छ्यापाछ्याप र राजनीतीकरण हुँदै जाने गरेको छ ? यसरी किन आवश्यकताभन्दा बढी संघसंस्थाहरू खुल्दै, भड्किलो बन्दै, बिभाजित र बिलाउँदै जान थाल्यो ? किन उद्धेश्य प्राप्तीमा पुग्न सक्दैनन् ? किन पेसागत र ब्यावसायिक हुन सक्दैनन् ? घोत्लिँदै जाँदा कारणहरू फेला परे । पहिलो कारण होः– नेता बन्न पाइने । दोस्रोः– आसन ग्रहण गरी भाषण ठोक्न पाइने । तेश्रोः–माला र खादा ओढ्न पाइने । चौंथोः– नेपाल जाँदा छुट्टै परिचयका साथ भोजभतेरमा सहभागी भई सम्मान र अन्तरर्वाता दिन पाइने । पाचौं– यहाँ नेताहरू आउँदा छुट्टै परिचयका साथ चिनिन र नेपाली समाजमा सम्मान पाइने । सातौं– पदका कारण प्रत्यक्ष र परोक्ष रूपमा लाभ प्राप्त गर्न सकिने । आठौं– बेलाबेलामा बेमौसमि र क्रान्तिकारि पाराको प्रेस विज्ञप्ति ठोक्न पाइने । नवौं– अधिकांशले प्रश्रय दिने । दसौं– आफ्नो मान, गौरव र घमण्ड बढ्ने । एघारौं–ठूलाठूला सामाजिक एवं विविध क्षेत्रका मानिसहरूसँग तस्वीर खिचेर आफ्नो थप पहिचान बढाउन पाइने रहेछ । अन्यथा कुन संस्थाको कार्यालय छ त अहिलेसम्म? कुन संस्थाले कर्मचारी राखेर कार्यालय चलाएको छ त अहिलेसम्म? विगतमा प्रयास त भए तर, भाडा तिर्न सकेन र निशुल्क नियमित कार्यालयमा बसिदिने मानिस नै पाइएन । प्रायः सबै संस्थाहरू अध्यक्ष वा महासचिवको घर वा कोठाबाट चलिरहेका छन । लेटरप्याड वा स्टाम्प चाहिएको बेलामा घरबाटै । ब्यावसायिक तथा पेसागत रूपमा उद्धेश्य प्राप्तीमा संस्थाहरू तल्लीन देखिँदैनन् । किन चुनावको मुख र चुनावमा मात्रै संस्थाहरू सक्रिय भए त ? किन पदका लागि मरिहत्ते र आर्थिक दुरूपयोग गरेर भए पनि पद हत्याइन्छ त ? यसको परिणाम संस्थाको हीत, प्रगतिका लागि हुन्छ त ? अधिकांश संस्थाको बैठक फोनबाटै हुन्छ । भेला र भेटघाटहरू आर्थिक र समयका कारण पनि सम्भव भएन । तर, केही बैठकपछि त कोरम नै पुग्दैनन। नेपाली समाजका लागि आर्थिक, सामाजिक र सांस्कृतिक विकास, प्रवद्र्धन र पहिचानका लागि केही सीमित संस्थाहरू नै काफी छन् । विषयगत, क्षेत्रगत र सम्बन्धित विषय सम्बोधनका लागि ब्यावसायिक ब्यक्ति, श्रोत र साधनले सवल ब्यक्ति, समय दिन सक्ने र अनुभवी ब्यक्ति भएमात्र संस्था चल्ने हो । दुखि, गरिब, पिडित जो बोल्न सक्दैनन्, बोल्ने र समस्या देखाउने ठाउ र मानिस पाउदैनन, जो काम गर्ने वर्किङ समुदाय छन, परेको बेलामा बोलिदिने, आबस्यक सुझाब, सहि सल्लाह र राय एबम परामर्श लिने सम्बन्धित निकाय थाहा छैन। अर्को अबसरको खोजिमा रहेका समुदाय छन जसलाइ चाहिएको समयमा सहि परामर्श लिने निकाय छैन । कागज नभयेका, कागज बनाइदिन्छु भनेर ठगिन पुगेका, श्रमबाट पिडित, राहतका बोल्ने सस्था वा निकाय र उनिहरुको लागि निशुल्क सहयोग, भाषाको अभाबबाट खुम्चिएका, अबसर नपाएका, पिडित हुने गरेका समुदाय, बर्षौसम्म परिवार र बच्चाको बिछोडमा तडपिरहेका समुदाय जो कागज बनाउने माध्यम र बाटो खोजिरहेका समुदाय, यहाको बिध्यालय, कलेज अध्ययन गरेका जनशक्ति, अमेरिकाको सरकारि, निजि क्षेत्रमा सम्लग्न समुदाय, लगानि गरिरहेका ब्यबसायि र स्रोत र साधन बोकि लगानिको आधार खोजिरहेका समुदाय र अन्य समुदायलाइ सम्बोधन गर्ने सस्था कहा छ ? यि भएका ८ सय भन्दा बढी सस्थाबाट किन यस्ता बिषयमा पहल र सम्बोधन हुन सकिरहेको छैन? कसले गर्ने? कहिले गर्ने? हामिले नगरे कसले गर्ने? प्रश्न गम्भिर छ । सुझाब दिने, टिप्पणि गर्ने, रचनात्मक सन्तुलित भुमिका गर्ने र सुधार गर्न चाहनेहरुलाइ यहा बिरोधिको सज्ञा दीइने गरिन्छ । सामाजिक अपराधिको रुपमा नामाकरण गरिने हुदा मानिसहरु बोल्न डराउने, बिरोधि भइन्छ कि भन्ने डरबाट समाज आबश्यक सुझाब र टिप्पणि गर्न तर्किरहेको अबस्था छ । यात्रा गर्न निस्केको यात्री पूर्व जाने बस भेटे पूर्वतिरै, पश्चिम जाने बस भेटे पश्चिमतिरै र उत्तरको भेटे उत्तरतिरै जाने जस्तो गन्तब्यहीन यात्रीको यात्रा गन्तब्यहीन नै हुन्छ । समाजमा यसको सम्बोधन हुन नसके संस्था त गन्तब्यहीन हुन्छ नै । समाजले पनि न त नेतृत्व पाउँछ । न त समाज परिवर्तनको नारा नै ब्यवहारिक हुन सक्छ ।
(लेखक अमेरिका नेपाल व्यवसायी संघका बरिष्ठ केन्द्रीय उपसभापति र अमेरिकन चेम्बर अफ कमर्शका संस्थागत सदस्य हुनुहुन्छ ।) http://dcnepal.com/news/bichar.php?nid=4189 |