[Show all top banners]

rownyc

More by rownyc
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 shahrukh vs deepika
[VIEWED 5951 TIMES]
SAVE! for ease of future access.
Posted on 08-09-15 10:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 बलिउडमा उनैसँग स्क्रिन सेयर गर्दै डेब्यु गरेकी नायिका दिपीका पादुकोणले यति बेला शाहरूख खानलाई ठाडो जवाफ फर्काएकी छन्।

जब शाहरूखले आफ्नो फिल्म ‘दिलवाले’ को प्रदर्शन मिति ‘बजिराव मस्तानी’ सँगै जुधाउने गरी घोषणा गरे, दिपीका रिसले आगो बनेकी हुन्। ‘ओम शान्ति ओम’ बाट शाहरूखले नै दिपीकालाई ब्रेक दिएका थिए।

त्यसपछि नायिकाले एकपछि अर्को सफलता हासिल गर्दै जाने क्रममा यति बेला बलिउडकै सर्वाधिक पारिश्रमिक लिने नायिकामध्येमा उभिएकी छन्।

गतवर्ष सञ्जयलीला भन्सालीको निर्देशनमा बनेको फिल्म ‘राम–लीला’ मा प्रेमी रनवीर सिंहसँग देखिएकी दिपीकालाई उक्त फिल्मले पनि सफलता चखाएको थियो। यति बेला उनै भन्सालीले सोही जोडीलाई ‘बजिराव मस्तानी’ को लिड रोलमा दोहोराएका हुन्। फिल्ममा प्रियंका चोपडा पनि रहेकी छन्। ठूलो आशाका साथ निर्माण गरिएको ‘बजिराव मस्तानी’ ले पहिले नै प्रदर्शन मिति डिसेम्बर १८ लाई निश्चित गरेको थियो। तर यति बेला शाहरूखको फिल्म ‘दिलवाले’ दिपीकाको ‘बजिराव मस्तानी’ का लागि खाने गासमा झिंगा बनिदिएको छ।https://www.facebook.com/nepricantimes

बलिउडका किङ खान शाहरूख जुध्न आएपछि सञ्जयलीलाले रिलिज मितिमा हेरफेर गर्ने धेरैको अनुमान विपरीत दिपीकाले भने सोसल मिडियामार्फत् पूर्वनिर्धारित रिलिजमा हेरफेर नहुने भन्दै लेखेकी छन्, ‘चुनौती स्वीकार गरेका छौं।’ दिपीकाले शाहरूखले बीचमा आएर चुनौती दिएको प्रति लक्षित गर्दै आफूहरू पनि पछि नहट्ने बरु डट्ने जिकिर गरेकी हुन्। पक्कै पनि आफैंले ल्याएकी चेलीले यती क्रूर भएर भडास पोखेपछि शाहरूखको मनमा चोट त लाग्यो नै होला। तर केही टिप्पणी गरेनन्। आन्तरिक रूपमा दिपीकालाई केही भने वा भनेनन् तर दिपीकाले आफ्नो

पोस्टलाई केही समयपछि हटाएकी थिइन्। तर त्यस बेलासम्म शाहरूखले दिपीकाका बारेमा पक्कै पनि केही धारणा बनाइसकेका थिए होलान्। शाहरूखले दिपीकालाई ‘चेन्नई एक्सप्रेस’ मा पनि दोहोर्‍याएका थिए। तर अब लिनुअघि चाहिँ पक्कै एकपटक सोच्लान्।


 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
मन भित्र को पत्रै पत्र!
emergency donation needed
ढ्याउ गर्दा दसैँको खसी गनाउच
nrn citizenship
जाडो, बा र म……
Changing job after i-140 approval
TPS Reregistration and EAD Approval Timeline.......
lost $3500 on penny stocks !!!
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters