त्यसैले हुनुस् अब नेता
क्यालिफोर्निया, अमेरिका - कोष प्रसाद न्यौपाने (पीएचडी)
खडेरीले नसुक्ने, असिनाले नचुट्ने
बाढी-पहिरोले नलाने, भुकम्पले नखाने
सधैं-भरी फस्टाउने,
गर्नुस् एउटा खेती,
फाईदा छ भने जती
योग्यता नि नचाहिने, औँठा छापले चल्ने,
संबिधान त त्यस्तै हो, जनतालाई छल्ने,
उमेर हद्बन्दी लाग्दैन, नियम कानुनले छुदैन,
पछी भनेको के हो के हो, अहिले नकुम्ल्याई भाछैन,
किन हो सोच्ने यती ?
गर्नुस् राजनीति खेती
फाईदा छ के भने जती !
हिंड्नु पनि नपर्ने, प्राडो-पजेरो आईहाल्ने
डोरी-पर्खाल भेटेमा, नाघ्न पनी पाईहाल्ने
भोट्, नोट पाईन्छ, झुट्टा आश्वासन खुवाईन्छ
देश-बिदेश धाईन्छ पासपोर्ट बेच्न पाईन्छ
कलहको बिऊ रोप्दै, बन्द गर्न लाईन्छ
यस्तो स्वर्ग कहाँ पाईन्छ ?
किन भौतारिनुहुन्छ उता
त्यसैले हुनुस् अब नेता ।
लोकतन्त्र, गणतन्त्र, तन्त्रै-तन्त्र गाउँने;
मन नपर्ने बिपक्षीलाई, भाटै-भाटा लाउने;
सडक देखी सदन सम्म, ताण्डब्य निर्त्य गर्न पाउने;
यस्तो सुख छोडिकन, किन दु:ख गर्न आउने?
छोड्नुस् नानाभाँती,
हुनुस् अब नेता साथी।
आय-स्रोत पनि नचाहिने, महलमा बस्न पाइने;
अख्तियारले सोधेमा, भाग-बन्डा लाइने;
जेल परेर के भो र? षणयन्त्रको गाथा गाउँने;
प्रमोसन भई आउने, फुलमालाले छाउने;
यस्तो आनन्द छोडिकन,
कता जानुहुन्छ उता,
अब आउनुस् यता,
त्यसैले हुनुस् अब नेता ।
http://www.nepalipost.com/index/?a=read&catid=3&id=15007