सलमान खान अभिनित सिनेमा ‘प्रेम रतन धन पायो’ले नेपालमा १ करोड २५ लाख ग्रस
ओपनिङ गरेको छ। वितरण कम्पनी गोपिकृष्ण मूभिजका अनुसार फिल्मले ६०
पर्दाबाट उक्त आम्दानी गरेको हो।
काठमाडौंबाट मात्रै ७० लाख ग्रस रहेको जनाइएको छ। रिलिजको पहिलो दिन
प्रदर्शन भएका सबै हलको अकुपेन्सी ९५ देखि शतप्रतिशत रहेको थियो।
मल्टिप्लेक्स खचाखच थिए भने शनिबारसम्मै एड्भान्स बुकिङ भैसकेको छ।
यो कलेक्सन कुनै विदेशी फिल्मको अहिलेसम्मकै ठूलो आम्दानी हो। सलमानको
फिल्मलाई गोपिकृष्णले २ करोड १० लाखमा खरिद गरेको थियो। बलियो ‘वर्ड अफ
माउथ’ भएकाले फिल्मलाई दोहोराएर हेर्ने दर्शक पनि बढ्ने अनुमान छ।