[Show all top banners]

AnandNepal
Replies to this thread:

More by AnandNepal
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 2]

Jaysmi

AnandNepal
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 देउवाको जिब्रोमा कस्ले करेन्ट लगायो?
[VIEWED 4579 TIMES]
SAVE! for ease of future access.
Posted on 09-25-19 10:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अनौठो चर्चा परिचर्चा चलिरहेको छ
- राष्ट्रपतिले देउवाको कुरा नबुझेको भन्दै हासिँन (बिरोधिले गालि गरे, समर्थकले होइन भने)
- मान्छेहरुले देउवाको जिब्रोमा राणाहरुले करेन्ट लगाएकोले प्रष्ट बुझ्न सक्दैनन भने
- राणाले होइन पन्च हरुले करेन्ट लगाएको भने

हो र ?

मैले भिडियो बनाएँ स्क्रिप्ट यहाँ छ (भिडियो पछि कसैले माग गरे देखि पोष्ट गरुंला)
*****
शेर बहादुर देउवाको बोलि किन नबुझिने भयो भनेर आनन्द नेपाल च्यानलका अति नै धेरै दर्शकहरु सोध्नु भएको छ। केहि दिन अघि राष्ट्रपति भण्डारिले पनि बक्ताहरुले बोलेको बुझिएन भनेर कमेन्ट गर्दा सबैले देउवाले बोलेको नबुझेको भनेर अर्थ लगाएका थिए।

कमेन्टहरुको बिश्लेषण गर्दा देउवालाइ राणाकालमा उनको जिब्रोमा करेन्ट लगाएको हुनाले उनको बोलि प्रष्ट नभएको भन्ने हल्ला पनि चलेको रहेछ - जुन शत प्रतिशत झुठो कुरा हो किनकि २००७ सालमा राणा शासनको अन्त्य हुँदा देउवा जम्मा ३ बर्षका थिए। २००३ साल जेठ ३१ गते जन्मेका देउवा राणा शासन अन्त्य हुँदा राम्रोसंग बोल्ने उमेरका पनि भएका थिएनन।

२०१७ सालमा राजा महेन्द्रले शासन आँफ्नो हातमा लिँदा पनि देउवा १४ बर्षका मात्रै थिए। पछि उनि नेपालि काँग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघको संस्थापक सदस्य भएर राजनितिमा सक्रिय भएका हुन। उनि २०२८ सालमा नेपाल विद्यार्थी संघका प्रथम निर्वाचित सभापतिमा बने पछि एक जोशिलो युवाको रुपमा परिचय स्थापित गर्न सफल भए । वि. सं २०४८, २०५१ र २०५६ का संसदीय निर्वाचनमा डडेल्धुरा जिल्लाबाट निर्वाचित भएका देउवा वि. सं २०६४ र वि. सं २०७० सालमा भएको संविधान सभाको निर्वाचनमा डडेल्धुराका साथै कञ्चनपुर जिल्ला र कैलाली जिल्लाबाट समेत विजयी भएका थिए ।

पट्क नेपालको प्रधानमन्त्रि भै सकेका देउवाको बोलि प्रष्ट नहुनु कुनै दुर्घटनाले नभएर उनि छिटो बोल्ने कारणले भएको हुन सक्ने सम्भावना प्रवल देखिन्छ किनकि ११ बर्ष अघि राजतन्त्रको समाप्ति पछि देउवाले टुँडिखेलमा गरेको भाषनमा उनको बोलि प्रष्टनै सुनिन्छ। तेसैले देउवाको बोलि प्रष्ट नहुनु उनले हेलचेक्र्याइ गरेर बोल्ने गरेको ले नै हुनु पर्छ भन्ने मेरो अनुमान छ। मेरो यो अनुमान मात्रै हो, मलाइ थाह नभएको कुनै मेडिकल कारण भएको भए कमेन्टमा बताइदिनु भएमा आभारि हुने थिएँ ।

यसै सन्धर्वमा यज्ञराज भट्टराइको कमेन्ट सबै भन्दा उपयुक्त जस्तो लाग्यो - भट्टराइ लेख्नु हुन्छ "सेरे दाईको समस्या आवजमा होइन बोल्ने सैलिमा हो। शैली करएन्ट्ले फरक पार्यो जस्तो लाग्दैन।"


****

यो भिडियोको अपडेट गर्ने स्क्रिप्ट लेख्दै छु ! शाझाका सदस्यहरुलाइ थप जानकारि भए रिप्लाइ गर्नुहोला ।

१) प्रतिक दैनिकमा कुमार रुपाखेतिले शेरबहादुरका एक मित्रको भनाइ लेखेका रहेछन - ति हुन वीरगंज निवासी उनका देवेन्द्रलाल नेपाली जसले शेर बहादुरको बोलीचाली पहिलेदेखि नै अस्पष्ट रहेको बताएका छन भनेर लेखेका छन।

२) ८८ वर्ष का नेपालि कांग्रेसका सदस्य भरतप्रसाद उप्रेती ले - त्यतिबेला देउवालाई गुद्वारबाट छडी घुसारे । जिब्रोमा करेन्ट लगाए । बस्न हुँदैनथ्यो । उनी अहिले पनि राम्रोसँग बोल्न सक्दैनन् ।

३) मुख्य कुरो, अहिलेसम्म देउवा स्वयंले भने करेन्ट लगाएको भनेर बताएकै छैनन। यदि करेन्ट लगाएकै भए अहिलेसम्म चुपो लागेर बस्थे होला त ? पटक पटक चुनाव लडदा गरेको भाषणमा छुटाउँथे होला त?

४) ? (कमेन्ट आएमा थप्ने)

५) (खोज्दा भेटेमा थप्ने)

धन्यवाद !
 
Posted on 09-26-19 10:10 PM     [Snapshot: 108]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अपडेट भिडियो
- रवि लामिछानेको भनाइ
- ८८ बर्षका काँग्रेस सदस्यको भनाइ
अनि देउवाको भनाइका उदाहरणहरु .. "तपाइ बढ्ता बोल्दै हुनुहुन्छ "
रिसाउँदा, झर्किंदा सुनिने बोलिका उदाहरणहरु

https://www.youtube.com/watch?v=ffCsQDiIMeU
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
Lets play Antakshari...........
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
शीर्षक जे पनि हुन सक्छ।
What are your first memories of when Nepal Television Began?
[New post] Why Would Krishna Have To Run From The Battlefield
Sajha Poll: नेपालका सबैभन्दा आकर्षक महिला को हुन्?
ChatSansar.com Naya Nepal Chat
is Rato Bangala school cheating?
Why always Miss Nepal winner is Newari??
NRN card pros and cons?
Basnet or Basnyat ??
पुलिसनी संग - आज शनिवार - अन्तिम भाग
निगुरो थाहा छ ??
Nas and The Bokas: Coming to a Night Club near you
TPS Re-registration
श्राद्द
सेक्सी कविता - पार्ट २
What Happened to Dual Citizenship Bill
पाप न साप घोप्टो पारि थाप !!
अमेरिकामा छोरा हराएको सूचना
Nas and The Bokas: Coming to a Night Club near you
राजदरबार हत्या काण्ड बारे....
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
is Rato Bangala school cheating?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters