[Show all top banners]

logan
Replies to this thread:

More by logan
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 1]

logan
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 मकवाने : रुदाने
[VIEWED 2908 TIMES]
SAVE! for ease of future access.
Posted on 12-23-23 9:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरो झड्केलो सालाको काका को नया बानि थपिएको छ रे ? अनि मकवाने रुदाने नाम बाट प्रसिद्द भएको मानिसको कुरा सम्झीए |
उनको गाउमा एउटा बचचाले पिसाब गर्न नसकेर पेट फुल्दै गएको र नजिक स्वाथ्य चौकी पनि भएको कारणले उपचार नगरी बसेको अबस्थामा स्वास्थ्य खाच्किदै गएको मात्र होइन माथिनै पुग्ने अबस्थामा पुगेको बेला रेदानेले सुने पछि उ डाक्टर हुन् पुग्यो |
उपचार को तरिका धेरै नै सरल थियो | धारा भएको ठाउमा लगेर त्यो बच्चा लाइ टुटिमा हेरेर बस भन्यो | बच्चाले पनि हेरी रह्यो | रुदानेले धारा खोलेर पानि के निस्केको थियो त्यो वच्चाले पनि पानि संगै छुल्क्यायो रे |
यो छुल्क्याउने कुरा मेरो झड्केलो काका ससुरा को नया बानि सुने पछि यो कुरा सम्झन पुगेको हु | नया बानि केहो भने उनलाई पनि धारा खोल्यो कि लघु संका ( पिसाब ) गर्न कुदी हाल्नु पर्ने भएको छ रे ?
साझामा सल्लाह दिन पछि नपर्ने झड्केलो साला हरुले काकाको हालत को उपचारको सल्लाह दिएका छैनन् जस्तो छ |

 
Posted on 12-23-23 10:48 PM     [Snapshot: 41]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Oie mutuwa k bhaneko whats the point ?
 
Posted on 12-24-23 11:00 AM     [Snapshot: 83]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Nepali rajaniti bare agyan rahichhas, rudane bare tero kaka baa sang sodhes
Manobigyan ko kura tero dimaagako pahuch bahirako kura ho bhanne namunaa dekhaais
Tero kaka lai urologist kaha upachaar garn laijaa
 
Posted on 12-24-23 1:32 PM     [Snapshot: 120]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Sel sanga khasi ko masu khane autistic mutuwa suste .
 
Posted on 12-24-23 9:14 PM     [Snapshot: 166]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दैनिक १२ अण्डा को प्रोटिन आफु खाने अनि रानी जति छोरा छोरीलाई ख्वाएर तिनिहरुको पाद सुन्गेर मसल बढाउने काम गर्ने रिगल डनको दाईना हात आज भोलि गुरुको चाकडीमा नेपालमा नेपाल पुगेको छ | आफ्नै नामको अगि Band राखेर तिमीहरुको झड्केलो बाउ बन्न पुगेको छ |
आफ्नो झड्केलो भिनाजु र झड्केलो बाउ छुट्याउन नसक्ने महा मानसि-बिकलाग्नी ले आफु जस्तो हो अरुलाई तेस्तै ठानी बस | आफ्नो अनि झड्केलो बाउको उपचार गर्न गइ हाल |

 
Posted on 12-25-23 5:03 AM     [Snapshot: 220]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

छोटो चलचित्र ‘झड्केलो’ को पोस्टर सार्वजनिक भएको छ । किरण नेपालीको निर्माण तथा प्रस्तुतिमा तयार भएको चलचित्रमा प्रशान्त भण्डारी मुख्य भूमिकामा रहेका छन् । लकडाउन अगाडी नै छायाङ्कन गरिएको यस चलचित्रको सम्पादनको काम सकेर डिजिटल प्लेटफर्म मार्फत सार्वजनिक गर्ने तयारी रहेको टिमले जानकारी दिएको छ ।

‘झड्केलो’ नेपाली ठेट शब्द हो जसलाई महिलाले दोस्रो विवाह गरेर जाँदा पहिलो श्रीमानका तर्फबाट भएका सन्तानलाई दोस्रो श्रीमानले सम्बोधन गर्न प्रयोग गरिन्छ । यस अर्थमा चलचित्र एक सामाजिक कथामा निर्माण भएको अनुमान गर्न सकिन्छ । चलचित्रमा पृथ्वीराज प्रसाईँ, किशोर खतिवडा, अर्जुन गुरुङ, नवीन रेग्मी, सतिश खत्री, दामोदर खतिवडा, सानिया खान, सङ्गीता नापित, प्रिया रिजाल र हिवाला गौतमको पनि अभिनय रहेको छ ।

श्रीकृष्ण परियारको नृत्य, सीडी विजय अधिकारी र पुरुषोत्तम न्यौपानेको सङ्गीत, शङ्कर महर्जनको द्वन्द्व रहेको यस चलचित्रमा जयराम थापाको छायाङ्कन र तारा थापा ‘किम्भे’ को सम्पादन रहेको छ । ४५ मिनेट लामो ‘झड्केलो’ फिल्म फेस्टिभल र विभिन्न एप मार्फत शुल्क तिरेर फिल्म हेर्न सकिने निर्माता नेपालीले बताएका छन् ।

Last edited: 30-Dec-23 10:37 AM

 
Posted on 12-25-23 3:33 PM     [Snapshot: 295]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तपाइका कुरामा केहि सत्यता होला अनि साझा information भन्दा misinformation तिर चै बढी ढल्किएयो जस्तो लाग्छ |
म कुनै agenda लिएर साझा छिरेको मान्छे होईन | यो बर्स गत बर्सको तुलनामा एक चौथाई पनि कमेन्ट गरेको छुईन | साझा पनि एक नसालु चिज झैँ हो पहाड मा जन्मी मधेसमा हुर्की दशकौ कठमाण्डु सहरमा बिताए पनि लेखनलाई गाउले पाराले लेख्छु भने सहरिया भनाउदा हरुले लक्ष्य गरि लेखे पछि र तिनका आसे पासे अनि एकै जनाले २ -३ ओटा खाता खोलि गुटबन्दी संगै मिलोस नमिलोस अपसब्द का ताना भरिएका कमेन्ट पढ्दा लेखाइले पनि अल्सरी रुप लिएको होला | तेस्ता खंदुकिलाई झड्केलो सालाको उपाधि मैले पनि प्रयोग गर्न थालेको छु भने फुस्खौवा सब्द पनि तेत्तिकै उब्जिएको होईन |
 
Posted on 12-25-23 8:17 PM     [Snapshot: 344]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

  • अकवरी सुनलाई कसी लाउनु पर्दैन।
  • अक्चु खाए बक्छु खाए झुसे बारुलो !
  • अर्का को आङ को जुम्रा देख्नेले आफ्नो आङ को भैसी देख्दैन !
  • अचानो को पिर खुकुरी ले जान्दैन !
  • अर्तीको कुरा घर्तीको पनि लिनुपर्छ
  • अभागी हग्न बस्यो, बाह्र हातको काठ पस्यो
  • अर्तीले घर्ती मान्दैन
  • अरु हाथी चड्दैमा आफु धुरी चड्नु हुँदैन !
  • अर्थ न बर्थ गोबिन्द गाई, नाकको औषधि चाकमालाई
  • अर्थी र औश्धी मिठो हुँदैन !
  • अघि बुढी जानिन, पछि बुढी मानिन
  • अघिपछि स्याहार चोर आउने दिन विस्याहार 
  • अगुल्टाले हानेको कुकुर बिजुली चम्किदा तर्सन्छ
  • अघिपछि स्याहार चोर आउने दिन विस्याहार
  • अनिकालमा बीउ जोगाउनु हुलमुलमा जीउ जोगाउनु।
  • अँध्याराको काम खोलाको गीत
  • आकाशको फल आँखातरी मर् 
  • आज को काम लाई भोली कहिले न भन्नु !
  • आफ्नो थैलोको गाँठो कस्नु , अरुलाई दोष नदिनु
  • आँखालाइ ख्यास् ख्यास्, जिब्रो लाई झ्याइ?
  • आफू नमरी स्वर्ग देखिन्न 
  • आफ्नो दिउँ त मै मरिजाउँ, अर्काको पाए तीनमाना खाउँ
  • आफ्नो आङको भैंसि नदेख्ने, अर्काको आङको जुम्रा पनि देख्ने
  • आफ्नो भाग्य आफैले बनाउनु पर्छ ! 
  • आफ्नो थैलोको गाँठो कस्नु , अरुलाई दोष नदिनु !
  • आच्छु खाए बाच्छु  खाए झुसे बारुलो
  • आए बाउको गए सासुको
  • आए बौको गए साहुको।
  • आए आँप गए झटारो !
  • आई लाग्ने माथि जाई लाग्नु।
  • आलु खाएर पेडाको धाक 
  • आम्दानी चारानाको खर्च बारानाको। 
  • ओरालो लागेको मृगलाई बाछाले खेद्छ।
  • ओरालो लागेको बाघ लाई बाछो ले लखेट्छ !
  • ओरालो लागेको गाई लाई राम राम भन्न सकिन्छा काध थप्न सकिदैन
  • औंला दिदा डुडो निल्ने !
  • ईट को जवाफ पत्थर ले दिनु !
  • इलमीको भागमा माछा र मासु
  • उपाध्यायले तोङ्बा खायो, नाली नै रङ्यायो ।
  • उदेस्य लिनु उडि छुनु चन्द्र एक !
  • उम्केको माछो ठूलो
  • एक पटक को चोर्, सदा को चोर !
  • एक्ता नै बल हो !
  • एक घर विष्ट दश घर कामी, जस्ता तिमी उस्तै हामी
  • एक दिनको पाउना मिठो मिठो खा, दुइ दिनको पाउना जस्तो सुकैखा, तीन दिनको पाउना जत्ता सुक्कै जा
  • एउटा पोईको दुईटा जोई ख्वाउने बेलामा कोही न कोही।
  • ऋण लाग्दा नडराउनु , दिन लाग्दा डराउनु !
  • ऋण लिदा पनि नलिनु, दिदा पनि नदिनु !

क - ---------------------------------- 37
  • कमिलालाई मूतको पहिरो
  • कताको जिली कताको गाँठी।
  • कपाल दुखेको औषधी नाइटोमा लाई।
  • कहिले सासुको पालो कहिले बुहारीको पालो
  • कसाईंको अगाडि बाख्रा रोएको।
  • कुमाईको घुमाइ- पूर्वीयाको जाल, गुरुङको बुद्धि- नेवारको काल
  • काग बस्नु हाँगा भाँचिनु।
  • काम कुरो एकातिर कुम्लो बोकी ठिमी तिर ।
  • काम पाईनस् बुहारी पाडाको ढाड कन्याई दे।
  • काम साछे आफु लाई, खाना साछे अरुलाई !
  • काम न काजको दुश्मन अनाजको।
  • कागभन्दा कोइली चङ्ख, कोइलीभन्दा खत्री चङ्ख
  • काग कराउदै गर्छ, पिना सुक्दै गर्छ !
  • काग लाई बेल पक्यो हर्ष न बिष्मात !
  • काम गर्ने हनुमान पगदी कस्ने ढेडु !
  • कानो गोरूलाई औंसी न पुर्ने
  • काला अक्षर भैंसी बराबर 
  • कामीको पालो कात्तिकमा
  • कामीको बिहे, अठार खाँचो
  • कामी-दमाई माग्न जान्दैन, दाद-लुतो आउन जान्दैन
  • कालो बाहुन गोरो शुद्र, यिनीदेखि डराउँछन् महारुद्र
  • कांही नभएको जात्रा हाँडी गाउँमा।
  • की त हसतीनआपुर को राज्, कि त चपरी मुनी को बास् !
  • कुकुरलाई घ्यु पच्दैन
  • कुकुरलाई हड्डी पैचो !
  • कुकुरलाई मासु पैंचो।
  • कुमाले को चक्क्र घुमी फीरी तेही आउछ !
  • कुहिरे बाहुन, कैले खस, जुङ्गे मगर रस न बस
  • कुखुरा बास्यो, कामी नास्यो
  • कुन्ता कि बुहरी भ्टमास खा कि
  • कुरो र कुलो जता लग्यो त्यतै जान्छ
  • केटी रोज्दा सानो रोज्नु, जुत्ता रोज्दा ठुलो रोज्नु
  • केरा खाँदै सुसेल्दै
  • केटाकेटी आए गुलेली खेलाए मट्यङ्ग्राको सत्यानास्
  • कि लायो सुनको बाला कि गयो … …  को छाला।
  • कि भयो अमरावतीको राज कि भयो चपरीमुनिको वास।
  • कोढीको जीउ प्यारो अपुताको धन प्यारो।

 - ----------------------------------10

  • खसको कुरा, पेटको छुरा
  • खसको कोखमा दाँत हुन्छ
  • खसको बिहेमा मगर नास्ती
  • खसी जोख्‍नु सय चोटि मान्छे जोख्‍नु एक चोटि।
  • खर्च न बर्च तीर्थ जानु पर्छ, सपनतीर्थ जाँदाखेरी चुरोट खानुपर्छ।
  • खाई नपाई, छाला को टोपी लगाई !
  • खाने मुख लाई जुङा ले छेक्दैन !
  • खाउ भने कान्छा बाउ को अनुहार, न खाउ भने दिन भरी को सिकार !
  • खिर ख्वाएर हिलोले चुठाउँने 
  • खुटा भए जुता हजार पाउछ !

 ग---------------------------------- 12

  • गर्जने बादल वर्षदैन ! 
  • गहिराको घरलाई पहिराको डर, डाँडाको घरलाई जाडाको डर !
  • गधाको भारी नपुगी उठ्दैन !
  • गाई मारी गधा पोस्नु
  • गाई खानेले बाच्छो खान्छ
  • गाँसी गुँसी एकै नासी।
  • गिद्धको सामु कौवाको पखेटा !
  • गोठालोको बुद्धि भैसीको थुनमा !
  • गहिराको घरलाई पहिराको डर, डाँडाको घरलाई लाँडाको डर
  • गु लाई चलाए गन्ध !
  • गु पुछेको टालो पनी बेलामा काम लाग्छ
  • गोली को घाउ निको हुन्छ, बोली को हुँदैन ! 
 घ----------------------------------9
  • घरको बाघ वनको स्याल
  • घरै पिंडालु वनै पिंडालु ससुराली जाँदा बाह्र हातको पिंडालु
  • घरमा छैन तेल, खान खोज्छ सेल !
  • घर नखाएको छोरि, प्रदेश नखाएको छोरो !
  • घाटी हेरेर हाड निल्नु पर्छ !
  • घिच्न जान्दैनन् पकाउनेलाई दोष
  • घिउ केमा पोखियो? भागैमा
  • घैया रोपेर धान फल्दैन। 
  • घोडा चढ्ने लड्छ

 च --------------------------- 9

  • चटपटे साँढेका तीन ठाँउमा डाम
  • चण्डाललाई रुद्राक्षको माला !
  • चिनेको चोरले काट्छ
  • चिप्ला मुखको धमिलो पेट
  • चिचीको पनि लोभ पापाको पनि लोभ
  • चिताले मरेपछि जलाउछ, चिन्ताले जिउदै जलाउछ !
  • चिनाको भात भातै होइन, स्वास्नीको जात जातै होइन !
  • चिनीको नाम जपेर मुख गुलियो हुदैन !
  • चोक्टा खान गएको बुडी झोल्मा डुबेर मोरि !

  ---------------------------7

  • छन गेडी सबै मेरी छैनन गेडी सबै टेडी
  • छाडेको पोइ र हिडेको स्वास्नीको नाम कसले लिन्छ !
  • छालो जाला तर कालो जादैन !
  • छेत्री बिग्रियो मोजले नेवार बिग्रियो भोजले
  • छेपारोको मन्त्र नजान्ने, साँपको दुलाँ हात घुसार्ने ! 
  • छोरीको बैंस बाबुले होइन, अरुले देख्छ !
  • छोरी कुटी बुहारी तह लाउनु !

 ज --------------------------- 36

  • जब राती अनि बुढी ताती !
  • जसकी आमा भान्छे, उसको छोरो भोकै !
  • जस्तो देश उस्तै भेष।
  • जस्ले पैसालाई चिन्दैन, तेस्लाई पैसा ले पनी चिन्दैन !
  • जसले मह काढ्छ उसले हात चाट्छ !
  • जसको शक्ति उस्को भक्ति !
  • जसको लाठी उसको भैस !
  • जसको बाँदर उसैले नचाउँछ।
  • जति सुम्सुम्यायो उति ठाडो !
  • जति कालो उति मेरै बौको सालो।
  • जहाँ दही त्यहीँ बाहुनको सही
  • जहाँ गुलियो त्यहीँ बाहुन भुलियो
  • जहाँ केरा त्यहीँ बाहुनको डेरा
  • जहाँ ईच्छा, त्यहाँ उपाय।
  • जाहा ईक्छा त्यहाँ उपाए !
  • जस्तो रोप्यो तेस्तै फल्छ ! 
  • जसले जान्यो उसले तान्यो।
  • जस्तालाई तेस्तै ढीडा लाई निस्तै
  • जति जोगी आए पनि कानै चिरेका
  • जति भान्छे त्यति खिचडी।
  • जान्‍नेलाई श्रीखण्‍ड नजान्‍नेलाई खुर्पा बींड।
  • जान्नु न सान्नु थुतुनो मात्रै तान्नु !
  • जहाँ स्त्री त्यहाँ श्री
  • जाँगर न साँगर खाने बेला आँ गर्
  • जाँड बिग्रने मोर्चा गुना, छोराछोरी बिग्रने आमा गुना !
  • जीउको सार घाँटी कुराको सार गाँठी
  • जिउदाको जन्ती मर्दाको मलामी ! 
  • जीउ भए घ्यू पिए
  • जुनकिरीको पिंधले स्वर्ग उज्यालो हुदैन !
  • जुन आस लाग्दो उही जेठाजु ! 
  • जुन थालमा खायो त्यही थालमा हग्छ।
  • जुन गोरूको सीङ छैन उसैको नाम तिखे
  • जेठी बुढीको राम्रो कुरा तितो कान्छीको चाहिँ झटारो नै मिठो
  • जो सहे सो रहे !
  • जो लाउँछ चुक्ली उही जान्छ फुक्ली
  • जोगीको घरमा सन्यासी पाहुना

 झ --------------------------- 2

  • झड्केलो छोराछोरी, खढ्कुलाको भात ! 
  • झिङ्गो मारि धार्नी न बिसौली !
ट-ठ----------------------------3
  • टुप्पीभन्दा माथि थात छैन, बाहुनभन्दा माथि जात छैन
  • टुहुरोको दिन फर्कन्छ
  • ठाउँ न ठहर बूढीको रहर।
ड----------------------------6
  • डाँकाले खाएको धन,आगोले खाएको बन !
  • डरलाग्दा मान्छेका घिनलाग्दा कुरा !
  • डराउने मान्छेलाई रुखको ठुटो पनि बाघ बन्छ !
  • डोकोमा दुध दुयेर रहदैन !
  • डिङ्‍गाको सरापले हात्ती मर्दैन। 
  • ढिकीले स्वर्गमा पनि धानै कुट्छ !
त -------------------------- 11
  • तरुनी हुँदा सयवटा पोई, मर्ने बेला कोइ न कोइ
  • तँ आउदा महि पाइनस , तेरो कमारी पठाइदे दहि दिउला !
  • तन्नेरीको साथमा तरुनीको नासो !
  • ताक परे तिवारी नत्र गोतामे
  • तालिममा पसिना बगाउनेले लडाईंमा रगत बगाउन पर्दैन !
  • तातोपानीले घर डढदैन !
  • तिहारको ज्वाईं, श्राद्ध को सालो !
  • तित्राको मुखै बैरि ! 
  • तिम्रो पोइ लोते लोते, कसले दियो पोते !
  • तेर्सो बाटोलाई फेरो नभन्नु, सौते पोइलाई मेरो नभन्नु !
  • तैं रानी मैं रानी को भर्ला कुवाको पानी

थ-------------------------- 3

  • थैली बलियो भए साथीको के कमि !
  • थोपा थोपा मिलेर सागर बन्दछ !
  • थुतुनो र मुतुनो जोगाउनु !

द--------------------------14

  • दशा भनेको बाजा बजाएर आउँदैन। 
  • दरबारमा जन्मदैमा सबैजना राजा हुदैनन् !
  • दमाइको लुगामा तुना छिनेको !
  • दाहिने हातले खाएपनि देब्रे हातले खाएपनि पर्ने त उही मुखमा नै हो !
  • दाजुको चिउरा, भाउजुको खटन !
  • दिउ आफु रित्तो, नदिउ इष्टको मुख बाङ्गो !
  • दिन उजेली सुती गुमाई रात उजेली बिस्कुन सुकाई
  • दुई जोइको पोइ कुना पसी रोइ
  • दुबो मौलाएझैँ मौलाउनु तर कुकुर बौलाएझैँ नबौलाउनु !
  • दुश्मन खोज्न टाढा जानु पर्दैन ! 
  • दुबै हातमा लड्डू
  • दूध दिने गाईको लात्ती सहनुपर्छ
  • देश गुनाको भेष कपाल गुनाको केश
  • दौरा न सौराको खल्ती

ध-------------------------- 7

  • धनको पखेटा हुन्छ
  • धन कमाई धाक, साथी कमाई लाख !
  • धन भने पछि महादेव को पनि तीन नेत्र !
  • धान खाने मुसा, पिटाई खाने भ्यागुतो !
  • धेरै खाए मल थोरै खाए बल।
  • धोबीलाई हतार हुँदैमा घाम लाग्दैन। 
  • धोवीको कुकुर घरको न घाटको

 न-------------------------- 20

  • न्यौरी मारी पछुतो !
  • नपाउनेले केरा पायो बोक्रा समेत चपायो।
  • नसो पस्यो, माया बस्यो !
  • नजीकको देउता हेला
  • नजाने गाउ को बाटै नसोधनु !
  • न बिराउनु न डराउनु !
  • न मच्चिने पिङ को सए झट्का !
  • नपत्याउने खोलाले बगाउँछ
  • नभेटुन्जेल उसैको पिरलो, भेटे पछि कुकुर र बिरालो !
  • नभरेको गाग्रो छछल किन्छ !
  • नठिनिको नाठो काख छउन्जेल आफ्नो !
  • नबोल्नेको कोहि पनि बैरी हुदैन !
  • नहुनु मामा भन्दा कानै मामा जाती !
  • नखाउँ भने दिनभरिको शिकार खाउँ भने कान्छाबाबुको अनुहार
  • नाउँ न जस् खरानी घस्
  • नाच्न न जान्ने को आगन टेडो !
  • नाकमुनि कन्दनि। 
  • नानी भन्दा आची ठूलो
  • नाङ्लो ठटाई हात्ती तर्साउनु
  • निभ्ने वेलाको बत्ती उज्यालो
प-फ --------------------------- 17
  • पर्छ टर्छ !
  • पढी गुनी के काम हलो जोति खायो माम
  • पश्चिमबाट घाम उदाउनु र बाहुनको चित्त बुझाउनु एउटै हो
  • पशुपतिको जात्रा सिद्राको ब्यापार
  • पशुपतीको जात्रा, गाजाको ब्यापार ।
  • पहिले गरेर देखाउनु अनि भन्नु ! 
  • पहिलेको तीतो पछिको मीठो
  • पापा पनि चिची पनि।
  • पाडो पाए नि पाडी पाएनी भतुवालाई बिगौती
  • पाँच पैसाको ल्वांग छैन,दस पैसाको स्वांग !
  • पानीमा बसी गोही संग दुस्मनी !
  • पाडो खानेले बाच्छो राख्दैन !
  • पोहोरको मकै धेर यसपालीको जाडो धेर
  • फोश्रो आशा न देखाऊ नु !
  • फलामले फलामलाई काटछ !
  • फुत्केको माछो ठुलो !
  • फूलको बास्ना वरिपरि मान्छेको बास्ना डाँडापारी

 ब--------------------------- 32

  • वल्लो घाट न पल्लो तीर,वारि खाल्डो पारि भीर।
  • बनको बागले खावोस नखावोस मनको बागले खान्छ !
  • बँदेल जति मोटायो उति मु** साँगुरो !
  • बालुवा निचरेर तेल आउदैन !
  • बचनको चोट, मनको घाउ !
  • बिना चालले कुकुर भुक्दैन, मुलाको ड्याङ्गमा हात्ती लुक्दैन !
  • बैरो हाँसे, पैरो चल्छ ! 
  • ब्रत बस्ने हामी, फलाहार खाने कामी
  • बडार्नु पर्ने कसिंगर हावाले उडायो
  • बाख्राको चाकमा किरा परेको।
  • बाख्राले विराउँछ भेडाको कान काट्ने
  • बाहुनको चित्त माखाको पित्त
  • बाहुनको बिर्ता बोकाको मोलमा जान्छ
  • बाहुनलाई खाई जाडो, क्षेत्रीलाई नुहाई जाडो
  • बाहुनले च्याउ खाओस न च्याउको स्वाद पाओस
  • बाहुन बिग्रियो लोभले, नेवार बिग्रियो भोजले, राना बिग्रियो मोजले
  • बार्‍ह बर्षमा पोई आको म राँडीलाई जरो आको
  • बाह्र बर्ष पछी घर फर्केको , आजैका दिनमा बुडी परसरेकी
  • बाह्र छोरा तेह्र नाती बुढाको धोक्रो काँधै माथि
  • बाँदर को पुच्छर, लौरो न हतियार !
  • बाच्छो पाओस कि बाच्छी, भतुवालाई बिगौती
  • बालीनाली अरूको राम्रो, छोराछोरी आफ्नो
  • बिनाश काले बिपरिते बुद्दी !
  • बिद्या नै धन हो!
  • विष्टका घरमा भात पाक्यो, दमाईका घरमा खलबल
  • बिराउने रामे चोट पाउने चामे।
  • बिग्रेको घरको भत्केको चाला
  • बुढेसकालमा पाटीको वास।
  • बूढी मर्‍यो काल पल्क्यो।
  • बैद्यका गलागाँड, ज्योतिषीका छोरी राँड
  • बोल्ने को पिठो बिक्छ, न बोल्ने को चामल पनि बिक्दैन !
  • बोली र गोली छुटे पछी फर्कदैन !

 भ---------------------------16

  • भ्रस्ताचार नगरनेलाई सिंहदरबार के काम । 
  • भरि गाग्रो छ्चल्किन्न !
  • भँडारीको बिहेमा पाँडेको परिपञ्च
  • भए अन्त नभए बुढीको जन्त।
  • भंगेरो मार्न सजिलो हुन्छ, भुत्ल्याउन गाह्रो !
  • भँडार खनेर आँगन पुर्नु
  • भारी माथि सुपारी
  • भाउजुले पोलेको देवर, बुहारीले पोलेको ससुरो !
  • भाउजुको देवर तन्नेरी !
  • भाई भए भरोस, गाई भए गोरस !
  • भिर को चिन्डो, उधो न उभो !
  • भेडा भेडासँग बाख्रा बाख्रासंग
  • भोटेको बुद्धि भेडाको जस्तो
  • भोको पेटलाई तातो खिर !
  • भोको पेटले सोचन सक्दैन !
  • भोजन हैन भोक मिठो !

 म---------------------------26

  • मह काढ्नेले हात चाट्छ
  • मरेपछि डुमै राजा
  • मरेको मधेसीले जिउँदो पहाडेलाई ठग्छ
  • मर्दको जुँगा सँग आगो पनि हच्किन्छ !
  • मर्ने बेलामा हरियो काँक्रो
  • मरेपछि ओखती
  • मकैको रोटीमा घिउ हाल्न र माइतिको सम्पतिमा जिउ हाल्न बेकार छ !
  • मरी जाने चोला, उडी जाने सास !
  • मनको लड्डु घ्यू संग
  • मान्छेमा ईख, सर्प मा बिष न भए कोही डराउदैन !
  • मामाको घोडी मेरो हि हि
  • माझीको मतो गर्दा सात गाउँ डुबे 
  • मागेको गोरु, चोरेको हलो, बाँच्नु भन्दा मरेकै भलो !
  • माग्नेलाई तातो भात !
  • माग्नेलाई छान्ने अधिकार हुँदैन !
  • माकुराको जाल झिंगाको काल !
  • मामाको घोडामा भान्जाको हे हे !
  • माछा देखे दुला हात, सर्प देखे खोकिलामा हात
  • मुर्खको धन रहदैन !
  • मुख कामी लाई जेवल चहिदैन !
  • मुखमा राम राम बगलीमा छुरा !
  • मुसाको छोरी मुसैलाई
  • मूर्खलाई सय कोर्रा बुद्धिमानलाई एक कुरा।
  • मेहनतको फल मिठो हुन्छ !
  • मौका मा चौका हान्न जान्नु पर्छ !
  • मौन सम्मत्ति लक्षणम्।

र ---------------------- 13
  • र**डिको घरमा पोइको के खाँचो !
  • राजाको घरमा नुन को दु:ख !
  • रावण मरेर लंका खाली हुँदैन !
  • रात राम्रो जुनले, मान्छे राम्रो गुनले !
  • रात रह्यो, अग्राख पलायो / रात रहे अग्राख पलाउँछ
  • राजाको काम छोडी कामीको देवाली
  • राजाको काम चारैतिर बदनाम
  • रात भरि करायो दक्षिणा हरायो !
  • राँडीलाई लान्छु , गरीबलाई दिन्छु नभन्नु
  • रात गए अग्रात पलाउँछ !
  • राम्रो बैठान आधा बैठान।
  • रिसको झोकमा कसले बेद पढ्छ ! 
  • रोटी चिल्ला मीठा कुरा खस्रा मीठा

 ल---------------------- 17

  • लक्ष्मी चंचल हुन्छिन्।
  • ल्हासा सुन छ मेरो कान बुच्चो !
  • लङ्का जित्ने हनुमान पगरी गुथ्ने ढेडू
  • लजालु बुहारी, असनको डेरा !
  • लक्का छोरोलाई के को धक्का ! 
  • लहरो तान्दा पहरो गर्जन्छ।
  • लानेलाई भन्दा जानेलाई हतार !
  • लालमायाको त पत्तै छैन, खस्रे कामिको खसखस !
  • लाटो लड्छ एक बल्ड्याङ बाठो लड्छ तीन बल्ड्याङ
  • लाटो देशमा गाँडो तन्नेरी
  • लोहाको बैरी लोहा।
  • लौरो टेके भर हुन्छ, कान्छी ल्याए घर हुन्छ !
  • लिम्बुको बुद्धि घुँडामा
  • लिखितमको अघाडी बखतम चल्दैन !
  • लूटको धन फूपूको सराद
  • लोग्ने स्वास्नीको झगडा परालको आगो
  • लोभले लाभ, लाभले विलाप।

 स----------------------30

  • स्याल कराउनु कुखरा हराउनु।
  • सम्धीको निहुँले मलाई पनि घिउले !
  • संगतले मानिस चिनिन्छ।
  • संगैका साथि सिँहदरबार माथी !
  • संगै बसी सुती सकि, लाज मान्दै घुम्टो कसी !
  • सत्रु पछ्याउने भाई, तन्नेरी पछ्याउने बुहारी !
  • सबै कुकुर काशी गए गु केले खाला !
  • ससुरालीको धनमा नामर्दको रजाईं।
  • सर्पको विष, मान्छेको ईख
  • सबै कुकुर कासी गए, गु कस्ले खाने
  • सस्तो वेसाहा पेट लागी मर्
  • सन्तोषी सदा सुखी।
  • सयको लाठि, एकको बोज !
  • साउँको भन्दा ब्याजको माया।
  • साउनमा आँखा फुटेको गोरूले सधैं हरियो देख्छ
  • साँढेको जुधाई बाच्छाको मिचाई
  • सालीको आशमा भिनाजुको बनिबास !
  • सास छउन्जेल आश।
  • साधुलाई सुली चोरलाई चौतारो
  • सानो जात मात्दैन, मातेपछि बाँच्दैन
  • सिपालुले सीप लायो मुखुण्डीले मुख लायो 
  • सिपाहिको काम छैन, जर्नेलको मान !
  • सिकर्मीको घरको भर्र्यंग भाचिएको हुन्छ
  • सीतैंमा पाये भट्टि रीत्तै 
  • सुनलाई खोल लाउनु पर्दैन !
  • सुगुरलाई स्वर्ग जान्छस् भन्दा त्यहाँ गु खान पाईन्छ भनी उल्टो सोध्नु।
  • सुनारको सय चोट लोहारको एक चोट 
  • सुघरी स्वास्निको पोइ मोटाउछ , फोहोरी स्वास्निको कुकुर मोटाउछ !
  • सोर्‍है साला सत्र।
  • सोझाको सहाय दैव

 श---------------------- 4

  • शिरमा टोपी छैन , खुट्टामा खोल !
  • शिवजीलाई धतुरोले लाग्दैन।
  • शुक्र उदाए, फर्सी कुदाए !
  • शुरोको मु**मा काँडाले कोर्दैन !

 ह----------------------29

  • हर्‍रो न पाउने ले जाईफल को धाक !
  • हगे हग मुते काटुला !
  • हग्गी सक्यो, दैलो देख्यो !
  • हराएको गाई सूर्यलाई दान 
  • हतपतको काम लतपत ।
  • हलो जोत्दैमा गोरू ब्याउँदैन।
  • हत्केलामा तोरी उम्रदैन !
  • हर्रो नपाउनेलाई जाईफल !
  • हँसियाको बिहेमा खुर्पाको गीत !
  • हडबड को काम गड्बड हुन्छ ! 
  • हल्लिएको दाँत एकदिन फुक्लन्छ !
  • हाँसी हाँसी कसेको गाँठो रोई रोई फुकाउनु पर्छ !
  • हात्तीको मुखमा जीरा।
  • हात्ती आयो हात्ती आयो फुस्सा 
  • हाती चले बजार तो कुता भुके हजार !
  • हाथी छिर्‍यो पुच्छर अड्क्यो !
  • हातीको दुइटा दात हुन्छ, एउटा खाने अर्को देखाउने !
  • हातमा किताब, पाकेटमा लभलेतर ।
  • हाथको माछा छोरेर पोखरीको माछा खोज्ने ! 
  • हाडीमा कनिका छउनजेल रांडीलाई निन्द्रा लाग्दैन
  • हावा नचली पात हल्लिंदैन।
  • हिस्स बुढी हरिया दाँत 
  • हुने हार दैव नटार।
  • हुल मुल मा जिउ जोगाउनु, आनिकल मा बिउ जोगाउनु !
  • हुने विरुवाको चिल्लो पात नहुने विरुवाको फुस्रो पात।
  • हात्ती चढिसकेको मान्छेले गधा चढ्न के रुचाउला ! 
  • हिराको मोल किराले जान्दैन !
  • हेर्दाको राम्रो, दिन खानको चाम्रो !
  • हेरेर मर्नु भन्दा छेरेरा मर्नु जाति
Last edited: 30-Dec-23 10:42 AM

 
Posted on 12-26-23 9:19 PM     [Snapshot: 549]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दिगम्बर जी , तपाईले भन्नु भएका कुरा नबुझेको होईन , साझा पनि धतुरो भन्दा कम नसा दिने बस्तु होईन | कौतुहलका साथ् सोध्दै छौ साझा मा कहिले देखि आबद्द हुनु हुन्छ? यो सोधनुका कारण कसले कस्तो कस्तो लेखछन् र कसलाई लक्ष्य गर्छन र तिनिका प्रयोग गरेका बिसेसण पढ्नु भएको छ कि छैन | क कसले कति रटान दिदै छन् त्यो पढेरै भन्नु भएको हो भने धन्यबाद | हो मैले पनि ४ ५ ओटा शब्द रटानको रुपमा पर्छन, २ ४ जनालाई दोहोर्याउछु |

मेरो कलेज हुदाको कथा तपाइलाइ र साझा बासीलाई सुनाउनु ठिक होला |
एकछिमेकी दाइ हामि सगै बि एस सगै पढ्न पुग्योउ ले मलाइ सोध्यो " यो जबाफ दिएर ठिक गरेकी गरिन " ?
उसको कजनले भाई यो केटिको कुरा तिमरो लागि आएको छ बिहे गर्नु ठिक लाग्छ भनि धेरै तर्कसगत कुरा गरे | चुपचाप सुनेर बसे | दाइको आधा घण्टा कुरा सुने पछि मैले सोधे " दाइ तेही केटी को कुरा हजुरलाई आएको भए के गर्नु हुन्थ्यो" | उसका दाइले तुरुन्त उत्तर दिई हाले " म भए बिचार गर्थे " |
तपाइका कुरा पढे पछि मलाइ त्यो दाइ को कुरा याद आयो, किन आयो तेस्को निर्क्यौल भए पछि म अबस्य राख्ने छु |
 
Posted on 12-27-23 9:01 AM     [Snapshot: 626]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ट्राफिक नियमको पालना गरौँ, आफ्नो र अरूको ज्यान बचाऔँ ।” मूल नारा बोकी गत साता मात्र देशले बडो धुमधामसित ट्राफिक सप्ताह मनायो । दिनानुदिन बढिरहेको सडक दुघटनालार्इर्र्कम पार्ने उद्देश्य बोकेर । त्यस पुनित कार्यलार्इर्र्शिखरमा पुर्याउन नौ कक्षामा पढ्ने विद्यार्थी गोपालले पनि सात दिनसम्म ट्राफिक प्रहरीको झैं सेवा प्रदायक बनेर सहयोग गरेका थिए । यस सप्ताहमा अन्य विद्यालय जस्तो ऊ पढ्ने विद्यालयको पनि प्रत्यक्ष र उल्लेख्य सहभागिता थियो । गोपालको ड्युटि प्रायः भोटाहिटीको आकाशे पुलनिर पर्दथ्यो । आकाशे पुल प्रयोग नगरी सोझै तलैबाट बाटो काट्न खोज्ने मानिसहरूलाई आकाशे पुल प्रयोग गर्नुको फाइदा एवम् महत्व बताएर पुल प्रयोग गरी बाटो काट्न लगाउँथ्यो । भनेको नमान्ने अटेरीलार्इर्र्वा नियम उल्लङ्घन गर्नेलाई हप्काउनसमेत पछि पर्दैनथ्यो । साथै शिक्षितजस्तो देखिने मानिसलाई टा्रफिक नियम सम्बन्धी चेतनामूलक पर्चा पनि बाँड्न ऊ विर्सिदैनथ्यो । जनचेतना फैलाउँदा फैलाउँदैको उसको एक हप्ता बित्यो ।
केही दिनपछि काम विशेषले गोपाल बागबजार जाँदा भोटाहिटीको त्यही आकाशे पुलनिर पुगेपछि एकछिन अडिएर पुलतिर हेर्यो र मुसुक्क हाँस्दै पुल प्रयोग नगरी तलैबाट बाटो काट्न
लाग्यो । बाटो काट्दा एउटा माइक्रोबसले झन्डै हानेको थियो । उसको दिन बलियो थियो । “गाडी चलाउन नआउने मान्छेलार्इर्र्किन गाडी चलाउनुपर्यो ।” बर्बराउँदै अगि बढ्यो । तर एक साताको समयसम्म अरूलाई बताएको आकाशे पुल प्रयोग गर्नुको फाइदा एवम् महत्वबारे भने सम्झन मानिरहेको थिएन ।



Last edited: 30-Dec-23 10:52 AM

 
Posted on 12-27-23 2:10 PM     [Snapshot: 680]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Have you find the reason of change? I am constantly hammered by Trumpism. Good thoughts were wiped away.
A distant relative has developed new problem as he sees water running he has to run to toilet. It reminded Rudane who cured a boy who was unable to pee and a simple trick saved his life that was the core of the thread.

I have stopped giving more time , I see bashing me for no reason. That is the reason I used them jhadkelo bhinaju. People can be mad for life only to who is with their sister without married. I can not say suste or fusi kha , pagal and so on.

 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
मन भित्र को पत्रै पत्र!
emergency donation needed
Guess how many vaccines a one year old baby is given
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Travelling to Nepal - TPS AP- PASSPORT
ढ्याउ गर्दा दसैँको खसी गनाउच
nrn citizenship
Morning dharahara
1974 AD Pinjadako Suga Remixed
Susta Susta Degree Maile REMIXED version
Elderly parents travelling to US (any suggestions besides Special Assistance)?
कल्लाई मुर्ख भन्या ?
जाडो, बा र म……
Changing job after i-140 approval
TPS Reregistration and EAD Approval Timeline.......
lost $3500 on penny stocks !!!
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters