[Show all top banners]

Dada_Giri
Replies to this thread:

More by Dada_Giri
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 Udaayo Sapana Sabai ...

[Please view other pages to see the rest of the postings. Total posts: 21]
PAGE: <<  1 2  
[VIEWED 5419 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 2 pages, go to PAGE 1.

This page is only showing last 20 replies
Posted on 02-11-05 2:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मालढुगांमा पुगेसी ट्याउसी पनि रोक्यो र अरु २ जना ठिटाहरु भने त्यँही झरे। हामी भने माथि बाग्लुगं बजारपनि हेरम भन्ने मन भएकोले झरिएन। बाग्लुगंबजार पुगेसी हामीहरु झरियो ट्याउसी बाट र पैदल हिँड्न थालियो। बजार हेर्दै हेर्दै अगाडि बढियो। बजार सकिएसी
हाम्रो अगाडि खच्चरहरुको ताँती थियो, पछाडि एकजना दाइ विदेशी पर्यटकसित अगांलो मार्दै मार्दै अघि बढ्दै थिए। हाम्ले तिनिअरुतिर यसो हेरेम् अनि फेरि आँफैलाई लाज लाग्यो र अनि आफ्नै धुनमा व्यस्त हुन थाले जस्तो गरेम्।
बजार भन्दा अलि तल्तिर पुगेसी कालिको किनारमा एउटा सानो चौतारी आयो। हामीले यसो थकाइ मार्ने चेस्टा गरेम् र त्यहीँ वर-पिपलको छहारीमा ढुगांको धुलो सुलो यसो उडाउँदै फुकेर थचक्क बसेम्।
यसो पारितिर हेर्या त गण्डकी पारी मोटर बाटो खन्ने क्रम जारी रहेछ। तर गति भने एकदमै कम नि अब के भन्नी हाम्रो देशको विकाशको गति न हो, सप्पैलाई था भएकै कुरा हो कस्लाई के भनम् मनको बह कसेलाई नकह।

 
The postings in this thread span 2 pages, go to PAGE 1.

This page is only showing last 20 replies
Posted on 02-11-05 2:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एकैछिनमा २ जना बुइनीहरु पछाडिबाट आइपुगे। अनि एउटीले भनी, एकछिम बसम् क्यारे! कस्तो थकाइ ला नि अहिले नै यतिका बाटो बाँकि नै छ!
मैले नि यही हो मौका भनेर चोका हानिहालेँ।
बस्नुस् बस्नुस् बुइनीहरु! एकछिन शित्तल तापेर जाम्ला सँगै सँगै।
एउटा बुइनीले सकारात्मक हुँदै खिस्स हाँसी र झोला बिसाई। अर्कीले नि स्याल भाका मिलाई।
दाजूहरु काँ पुग्ने नि?
मैले भन्दा पहिले आत्मारामले उछिनेर जवाफ दियो,
म्याग्दी।
म्याग्दी रे! म्याग्दी त यो पनि म्याग्दी नै हो। ऊ परको खोल्साबाट म्याग्दी शुरु भइसक्यो।
अर्की बुइनीले जिसक्याइदिई हामेरुलाई।
भनेसी वहाँहरुको गन्त्बय यहीँ हो। हामी त टाढा जानु पर्ने जाम् निर्मला!
हैन के बुइनी बेनी भन्न खोज्या। बेनी बजार जान ला के यसो तपाईँहरुको गामतिर डुल्न निस्क्या नि। मैले उनीहरु हिँडिहाल्ने स्थितीलाई नियन्त्रण गर्न खोजेँ।
 
Posted on 02-11-05 2:32 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

निर्मला भन्ने त कति राम्री भने के भन्नी अब वयान गर्नलाई शब्द नै छैन मसित। सेऽता टमक्क मिलेका र सुकिऽला दाँत अनि खिसिक्क हाँस्दाखेरि गालामा सानो खाल्टो पर्ने, नहाँसिकन बोल्नै नजान्ने फेरि । हुन त अर्की बुइनी पनि राम्री नै हुन् कस्तो काऽलो र लामो नि केश, निधारको टिकी कस्तो सुहाको नि, अब के भन्नी?
यत्तिकैमा मलाई तिर्र्खा लायो अनि पानी खाम् भनेर मेरो बोत्तलबाट पानी निकाल्दै थिएँ। निर्मलाले भनी, तिर्खा लायो सलिना। उसले मलाई सुनाउन खोज्या त हैन संयोग नै हो यो चाँहि।
मैले पानी पिउनुहुन्छ भनेर यसो अगाडि हात बढाएँ पानी भने धेरै थिएन बोत्तलमा। उसले त्यसको हिसाब राखेरै होला, अलिकति मात्र अलक्क पी र कोइलीको जस्तो मधुर अनि सुरीलो स्वरमा भनी ।
धन्यबाद! चिसो पानि रे छ।(तर पानी चिऽसो त हैन मन तातो नै भइसक्या थियो। तर मसित सुहाउँदो जवाफ नै भएन र चुप लागेर बसेँ।)
ऊ माथि होला झरनाको चिसो पानीको धारा त । गोबिन्दले कुरा मिलायो, त्यतै पिउँला अब ?c ?c?@?cर सँगै सँगै हिद्ने बाटो पनि निकाल्यो।

 
Posted on 02-11-05 2:33 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आत्मारामले चालै नपाइकन गित पो गुनगुनायो त।

झरनाको चिसो पानी,
बाँधेर बाँधिदैन,
छेकेर छेकिँदैन,
झरानको चिसो पानि ... ... ...

हजुरलाई त गित राम्रो आउँछ जस्तो छ नि एउटा गित सुनाउनु भए हुन्थ्यो। सलिनाले आत्मारामको प्रसंसा गरी। आत्माराम त मख्ख नि अब उनिहरुको गितको फर्माइस पाएर।
आत्मारामको नाँक साँक फुलेर एक मानाको भयो ।

हुन त आत्मारामलाई रेडियोबाट आउने गितहरु सप्पै याद हुन्छ, मलाई भने कता छेऊ कता टुप्पा हो यादै हुन्न।उसले गित मुखुडाबाटै गाएर सप्पै सुनाउन सक्थ्यो। दी हाल्यो।

जोमसोगैँ बजारमा
१२ बजे हावा सररर
होऽऽ हजुर घर हाम्रो पोऽऽखरा
अझसम्म भाऽ छैन घरबार ... ... ...
 
Posted on 02-11-05 2:34 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बुइनीहरु काँ पुगेर आउुनु भा नि यता?
बजार गाऽ नि बाग्लुगसम्म।
हामी बिस्तारै अघि बढियो। पर्संगै प्रसंग मिलाएर निर्मलालाई नि गोविन्दको अनूरोध गयो भनम् न। गितै सुनाउने। तर मानिन, आउँदैन के दाजू आउँदैन के नत्र भन्नी थिँए। कस्सम भन्नी थिएँ। रामो राम मलाई गित भनेसी पटक्कै आउँदैन। बरु निर्मलालाई आउँछ नि सुनाउन लाउनुस् न।
हो र निर्मलाजी? तपाईवलाई त खुब गित आउँछ रे नि, तपाईव कै मित्र सलिनाजीले भन्नु भाको। निर्मला आत्मारामसित कुन्नि कुन कुरामा हो ब्यस्त नि अब। कुरै सुनिन।
गफ बढ्दै गयो। गोबिन्दको अर्को अनूरोधपछि सलिनाले बल्ल बल्ल मुख उप्काइ।

उकालीमा अघि अघि
वरालीमा पछि पछि
यो केटा के भा को?
नदेखेसम्म को हो, को हो
देखेपछि माया मोह
बुजाइदेऊ यो मन? ? ?
 
Posted on 02-11-05 2:34 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हामी बाटोमा चिया सिया खाँदे बस्दै रामउँदै अघि बढियो ५चै जना। बाटोमा घरि सानो गरि ठुलो गरी थुप्रै खोलाहरु पनि परे। मैले निर्मलाको हात समातेर तार्दिएँ ।रमाइलो पनि कति भएछ कुन्नि समय पनि बित्दै गएछ, बाटो पनि कट्दै गएछ, तर एकदम सानो गतिमा।
म्याग्दी बजार आउने बेलामा त झमक्क साँझ परेर आयो अनि पानी पनि दर्कीन थाल्यो। हामी केटाहरु कुनैसित पनि छाता साता थिएन तर बुइनिहरु भने कस्ता सोजिला नि छाता रे छ एकएक वटा झोलाव राख्या रे छन् मोरीहरुले। पानी मजाले परेसी बल्ल निकाले।
झोलाबाट छाता निकालेर ओढ्न थाले। ल हजुरहरु त पर्नु भो फेला। बाँडेर ओढौँ न।
म निर्मलाको छातामुनि र उनीहरु सलिनाको छातामुनि पसियो।
कस्तो साइत मिल्या रे छ नि आज त।
निर्मलाको नजिकै परेसी था लाग्यो कस्तो मिठो वाशना आइराऽऽ । अझ हातमा एउटा राम्रो रुमाल पनि लिएकी थी।
छाताले काँ भ्याउनू नि २,३ जनालाई। पानीले मात्र हैन मालई त हिलोले पनि छ्याप्यो भन्या चालै नपाइकन काली गण्डकीको तिरमा कताबाट उछिट्टिएर आएछ हिलो पनि कुन्नि।
मैले यसो हिलो पुछ्न के खोज्दै थिँ निर्मलाले आफ्नो हातबाट त्यो रुमालले पुछ्न मद्दत गरी, त्यस्तो राम्रो रुमालले हिलो पुछ्न त मनै लागेन मैले नि अनूहारको पसिना पुछिदिएँ, म त हर्षले बिव्हल नि आज त अब के भन्नी यस्तो ... ... ... शूभ दिन।

 
Posted on 02-11-05 2:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यसो त्यसो गर्दागर्दा म्याग्दी बजार छिर्ने बेलाको म्याग्दि खोलामाथिको पुल पनि आइसक्यो र बजारको बत्तिको प्रकाशले हाम्लाई उत्साह दियो।
पुल तर्ने बेलाँ मैले सुटुक्क केटाहरुलाई भनेको तथएँ आज सप्पै सँगै एउटै होटलमा बस्नुपर्छ केटा हो। केटाहरुबाट खासै प्रतिकृया आएको थिएन तर पनि उनीहरु धेरै Excited थिए। मलाई ता थियो उनीहरुको खल्ति रित्तो छ भन्ने कुरा अघि नै ट्याउसी भाडा तिर्ने बेलाँ पर्स सर्स टकटक्याउन परेको थिोयो तिनीहरुले त।
जब हामी म्याग्दीको पुल तरेर यसो सँगै बस्ने कुरा जाहेर गर्ने तरखरमा थियौँ आत्मारामका बुवा, नापि कार्यालयाका मुखिया हाम्रो अगाडि एक्कासी देखा परे, ए ठिटाहरु त आइपुगेछन्? ? ? ल यही हो मेरो कोठा हिँड माथि।
हामी त किंकर्तव्यबिमुढ भैहालेम् नि अब। हत्तपत्त काका आरामै? भनेर हातमा ढोगेम् काकालाई।

ती बुइनीहरुले नि कुरा बुझे र भने। ए! यहीँ हो ल है त दाजुहरु? ? .. !
हामी पनि रुन्चे स्वरमा, हुन्छ! हुन्छ! राम्रोसित जानु है त! भन्दै माथि काकाो कोठातिर लागेम् र हिलो पखाल्नतिर हातगोडाको लागेम् ।

आत्मारामले हिलो पखाल्दै चालै नपाइकन गित गुनगुनायो।

उडायो सपना सबै हुरिले
सपना सबै हुरीले
सपना सबे हुरीले।
... ... ...
 
Posted on 02-11-05 6:04 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

k ho dada?!!?!!!
hajur lai ta jahile pani taystai taystaii hunnee raicha:O)
bore bhayo niii
jhan tauko dukhi dukhi hajur ko lekh padeko
ending ta sad sad raicha:O(
katti crush pareko niiii baba hajur lai pani
bato ma hiddaa kheri........
ramro cha tara:O)

 
Posted on 02-11-05 9:56 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Ruinu!
हेरिसकिछौ है?

हेर न यस्तै भयो त्यो दिन पनि।
नटुसाँउदै जली मर्छन् मेरो मनका चाहनाहरु ...
भन्या जस्तो भो।

हुन त काका नै भेट नभा भे नि के नै लछार्नू थियो र हाम्ले। खल्तिमा सुको थिएन। ट्याउसी चढ्या पनि पैसा भएर त कहाँ थियो र, त्यो बाटो सागुऽरो छ त्यसैले बस कम पाइने पाइए पनि खुट्टा राख्नै मुश्किल नि अब के भन्नी अनि ट्याउसी लिया के पोखराबाट।पैसा भऽर त हैन, बुझेऊ?
तर बुइनीहरु भने साह्रै मिजासिला...
भनेर क्यार्नु! सम्झिदा नि नरमाइऽलो लाग्या छ, अहिले मलाई।
 
Posted on 02-11-05 10:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

dada bro, timro katha start huda kya excited bhayera padheko yaar, ending chai testo sad recha. Pheri pachi gayenau tini haru ko khoji ma. Dhyet, k bhako yaar timi lai. Ali safal ending bhako katha chaina ? Inspirational katha haru sunau na broda.

This is a good one dude. :)
 
Posted on 02-11-05 10:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Dada gir, gajjab cha la.

Chuttina agi thau thegana aadi ityadi sodnu pardaina? Aba yesai chutti ni usai chuttini, ek sano asaa ta rakhnu parcha ni BHOLI ko lagi. Just in case.:)

LA la ghoda ko masu khuwaunu hunthio ahile nirmala ra salina lai ;)... feri timi ta gajaab pakauchau ni hoina.

Anyways, enjoyed it. Dhanyebaad.

IndisGuise:)
 
Posted on 02-11-05 10:48 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

tapai haru 5 jana re? ek jana aarko ko ni? naam ta bhannu bhaya ni? tyo ek jana ko naam paye aabhari hune thiye!
 
Posted on 02-11-05 10:59 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Govind, Aatmaram, Nirmala, Salina and last but not least, Dada ko Giri.
:)
 
Posted on 02-11-05 8:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धन्यबाद मित्रहरु!
हर्कु,
>Inspirational katha haru sunau na broda.
त्यस्तो पनि सुनाम्ला नि पछि मौका मिलेसी, अब यसपाली बोरै भा हो के म नढाँटिकन भन्छु।
तर तेनजिगं नोर्गे नि सगरमाथा काँ एकैचोटिमा ह्वात्तै चढ्या हो र?

"पैला चर्ह्यो लर्ह्यो
फेरि चर्ह्यो लर्ह्यो
फेरि चर्ह्यो लर्ह्यो
अनि पछाऽऽरि बुल्ल टुप्पोमा पुग्यो"

"त्यो पनि त्यो म सेकेन भो त्यो एडमण्ड बजिया थाऽर भो।" भन्या थ्यो रे के राजासित गएर दुखेसो पोख्दाखेरि।

Indi:)
त्त्यत्तिको बोल्न पाएसी के के न भो के हाम्लाई फोन सोन माग्ने फेरि भेट्ने सल्ला हुनै पाएन। काकाले भिलेन खेलेके हुन् ल यस विषयमा भने म किटेरै भन्दिन्छु। हाम्लाई नदेख्या जस्तो गर्नु पर्ने थियो नि वहाँले।

Usof:
हो, ५चौँ ब्यक्ति यही दादा गिरी हो: कथा वाचक।

ल सफल भऽको हेर्ने भे यहाँ छ। सिन्गल हो र, डब्बल पड्काइदेको नि छ।
http://www.sajha.com/sajha/html/OpenThread.cfm?forum=2&ThreadID=18030
 
Posted on 02-11-05 8:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नेपाली चैँ हेरम् है। Romaji haina.
 
Posted on 02-11-05 9:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Dada didi ko yatra smaran nikkai gatilo rahe chha... LLCC... tara bichara keti haat ma aayepani puthkki halne.... tapai lai climax kasari garne bhanne aalli gyan rahena chha... ma bhaideko bhaye....... maile janya thee tyo निर्मला ra सलिना lai kasari haata parne......
"bharna khulyo... bhana khulyo....."
"Ke tapai haatma aayeko keti futkeko dekhera paresaan hunu hunchha?"
"ke tapai lai सलिना ra निर्मला jasto ramri keti sanga mitrata gasne man chha?"
yedi chha bhane aajai hamro office ma samparka rakhnu hos.... 100% guarantee ko saath ma kati haat parne upaya haru sikainchha.......
contact USOFA
 
Posted on 02-11-05 9:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

un{k|m]G8nfO{ v';L kfg{ s] ug'{k5{ <

sltko o'jsx? cfkm";"u ;ayf]s x'"bfx'"b} klg cfkm\gL un{k|m]G8nfO{ v';L /fVg ;Sb}gg\ . o'jtLx?sf] dgf]efjgf a'em\g g;Sg' tyf pgLx?sf] ck]IffnfO{ ;d]t xn'sf ?kdf lng] x'gfn] o'jsx? cfk\mgf k|]ldsfx?af6 6f9f x'"b} uPkl5 pgLx? la5f]8sf] laGb';Dd k'U5g\ . To;f] t ;a} o'jtLsf] rfxgf Ps} vfnsf] x'"b}g . JolQmlkR5] km/s?km/s rfxgf eP klg s]xL rfxgfx? eg] ;dfg x'G5g\ . o:tf ;dfg rfxgfsf] klxrfg ug'{sf ;fy} o'jtLx? o'jsx?af6 s] rfxG5g\ eGg] dgf]lj1fg a'em]/ pgLx?sf] rfxgfnfO{ k"/f ug{ ;lsof] eg] pgLx?nfO{ ;lhn} v';L / ;'vLsf ;fy} cfk\mgf] agfP/ /fVg ;lsG5 .

? k|foM o'jtLx? ;'uGw dg k/fp"5g\ . To;}n] e]63f6 jf 8]l6?df hfg] xf] eg] xNsf k/km\o'd 5s]{/ hfg'xf];\ . ;fgf]ltgf] pkxf/ lb+bf klg k/km\o'd g} lbg' /fd|f] xf] .

? un{k|m]G8sf ;fgf efOalxgLnfO{ rsn]6, ;fgfltgf v]nf}gf lsg]/ pkxf/ lbg'xf];\, h;n] ubf{ k|]ldsf / tkfO{+sf] aLrdf dfWodsf] e"ldsf pgLx?n] g} v]Ng ;s"g\ .

? un{k|m]G8sf] /fd|f] sfdsf] k|z+;f clt g} k|efjsf/L x'G5 . pgsf] /fd|f] sfdsf] clnslt k|z+;fn] klg lalu|Psf] w]/} sfd ;lk|g ;S5 . To:t} pgsf] s'g} afgL tkfO{+nfO{ dg kb}{g eg] ;Lwf s6' zAbdf slxNo} k|s6 gug'{xf];\, a? 3'dfp/f] / lk|o efiffdf eGg'xf];\ .

? un{k|m]G8sf] ;fd'Gg] :df6{ ag]/ k|:t't x'g'xf];\ . lx+8\bf ;"u;"u} lx+8\g'xf];\ . /]:6'/f" hf"bf cufl8 a9]/ 9f]sf vf]Ng'xf];\ / klxn] pgnfO{ a;fpg'xf];\ . To;kl5 pgnfO{ dg kg]{ Jo~hg g} Vjfpg'xf];\ . vfglkg ul/;s]kl5 sfpG6/df uP/ k};f ltg'{xf];\ . k};f lnPsf], lbPsf] s'/fsf] rrf{ slxNo} gug'{xf];\ . o;n] k|]ldsfsf] Xboddf tkfO{+sf nflu 7fp" a9\g]5 .

? olb tkfO{+sL k|]ldsf s'g} sfdljz]if jf s]xL lbgsf nflu aflx/ hf"b} l5g\ eg] pgnfO{ labf ug{ / cfp"bf lng hfg ge'Ng'xf];\ .

? un{k|m]G8n] rfx]cg';f/ ug'{xf];\ . pgn] eg]sf] dfGg'xf];\ . lemgfdl;gf s'/fdf slxNo} emu8f gug'{xf];\ . hGdlbg tyf ljz]if cj;/x?df pkxf/ lbg'xf];\ / 3'dfpg nfg'xf];\ . o:tf s'/f o'jtLx?nfO{ clt g} dg k5{ .

? un{k|m]G8;"usf] e]63f6df cfkm\gf] Jo:ttf, ;d:of Pj+ x}/fgLsf s'/fx? w]/} gug'{xf];\ . gSsnL Jojxf/ / cf8Da/sf] k|b{zg gug'{xf];\ . cgfjZos em"6 gaf]Ng'xf];\ . o:tf] lqmofsnfk cyjf Jojxf/n] k|]ldsfdfly tkfO+{sf] k|efj 36fp"5 .

? k|foM o'jtLx?n] cfk\mgf ;fgfltgf s'/fsfgLdfly klg AofOk|m]G8n] Wofg b]cf];\ eGg] ck]Iff /fv]sf x'G5g\ . To;}n] un{k|m]G8sf] s'/f Wofgk"j{s ;'Gg'xf];\ cK7\of/f] k/]sf] a]nfdf ;Dk"0f{ sfd 5f]8]/ eP klg pgnfO{ ;xof]u ug'{xf];\ . k|df0fkq ldnfOlbg], kmf]6f]slk ul/lbg], kmf]6f]skL k|dfl0ft u/fOlbg], cfj]bg kmd{ jf k|j]zkq NofOlbg], a}+ssf] sfd ul/lbg]h:tf sfddf x/]s lsl;dn] ;xof]u ug'{xf];\ . k/LIffsf a]nf ;fdu|L h'6fOlbg] tyf ;kmntfsf] z'esfdgf lbg slxNo} ge'Ng'xf]; . o;n] k|]ldsfsf] Xbodf ulx/f] 5fk 5f]8\g ;lsG5 .

? k|]ldsfsf] s'g} klg ;d:of uDeL/tfk"j{s ;'Gg'xf];\ / /flt kmf]g ubf{ klg pT;fx / k|;Ggtfk"j{s kmf]g p7fpg'xf];\, lsgeg] pgn] tkfO{+nfO{ cfk\mgf] ;a}eGbf glhssf] JolQm dfg]/ kmf]g u/]sf] / ;d:ofsf] s'/f eg]sL x'lG5g\ .

? k|foM x/]s o'jtLx? s] hfGg rfxG5g\ eg]? k|]dLn] pgnfO{ slt dfof u5{ < cyjf cfk\mgf] dfG5 / vf]h]sf] a]nfdf slQsf] pkl:ylt hgfp"5 < To;}n] cfjZostf k/]sf] a]nfdf pgnfO{ ;a} lsl;dn] ;xof]u Pj+ dfof ug'{xf];\ . cfkm"n] pgnfO{ Xbob]lv g} rfx]sf] / pgaf6 Ps kn klg 6f9f x'"bf dg a]r}g / Jou| x'g] u/]sf] atfpg'xf];\ . un{k|m]G8;"u s'/f ubf{ clnslt ljgd|tf b;f{pg'xf];\ / w}o{tfsf] k|bz{g ug'{xf];\ . o'jseGbf o'jtL w]/} efj's x'g] ePsfn] ;f]r]/ dfq af]Ng'xf];\ / pgn] uDeL/tf;fy elg/x]sf] s'/fnfO{ 7?fdf gp8fpg'xf];\ . ;fgf]ltgf] s'/fn] klg k|]ldsfsf] dg b'Vg ;Sg] ePsfn] tLnhqf] s'/fnfO{ kxf8 agfpg] k|of; gug'{xf];\ .

olb k|]ldsf;"u ;DalGwt o:tf ;fgfltgf s'/fdfly Wofg k'?ofP/ kfOnf rfNg] xf] eg] k|]ldsfnfO{ v';L kfg{ ;lsG5 / tkfO{+x?aLrsf] ;DaGw ;'b[9 Pj+ lbuf] x'g'sf ;fy} k|]dn] klg :yfloTj kfp"5 .

 
Posted on 02-12-05 9:07 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हे हे USOFA जी,
राम्रो अर्ति दिनु भो! तर "लगन पछिको पोते!" भन्या जस्तो पो भो। उनीहरु फुत्केको उहिले हो, अहिले अर्ति पाएर के गरम्?
तर मलाई ब्यक्तिगत रुपमा, बनावटी आकर्षण त खासै मन पर्देन। भवितब्य मा परेको प्रेम नै दिगो हुन्छ, न कि बनावटी रुपले गरेको आकर्षण।
जस्तो लाग्छ है यो दादा गिरीलाई। रे के!

Your article is nice though!
 
Posted on 02-12-05 9:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Hey dada,
Tmro katha malai dherai ramro laagyo....man nai chooyo.. tara j bahne paani tmile maiyaa haaruko sodhkhooj garnuparthyo yaar....keep writing...U sure write gr8...
Nirman..;-)
 
Posted on 02-13-05 12:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Thanks Nirman!

मेरो हातमा पर्यो कि, माछा पनि फुत्त फुत्त फुत्किन्छ भन्या, के भन्नी अब !

कतै मेरो जाली चुहिने छ कि कसो हो? कि मैले जाल थाप्न नजान्या, हँ?

 
Posted on 02-13-05 3:13 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Hoina dad steel ko jaali kina na...nachuhine....j bahye ni arko chhoti lai best of luck broda...hope u find and will not loose next time..:-)
 



PAGE: <<  1 2  
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
शीर्षक जे पनि हुन सक्छ।
NRN card pros and cons?
What are your first memories of when Nepal Television Began?
TPS Re-registration
TPS Re-registration case still pending ..
Democrats are so sure Trump will win
Basnet or Basnyat ??
nrn citizenship
Sajha has turned into MAGATs nest
Nas and The Bokas: Coming to a Night Club near you
ChatSansar.com Naya Nepal Chat
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
3 most corrupt politicians in the world
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
if you are in USA illegally and ask for asylum it is legal
Travelling to Nepal - TPS AP- PASSPORT
Top 10 Anti-vaxxers Who Got Owned by COVID
आज बाट तिहारको सेल सकियो
निगुरो थाहा छ ??
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Nas and The Bokas: Coming to a Night Club near you
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
TPS Update : Jajarkot earthquake
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters