अब भण्डारखालतिर गेऽ र एक सिलिम तान्नी हिसापले पोल्टोमा सिलिम राखेर आम्दै गर्दा एक जना सिपाहि दाइले रोके होला। सेन्सरसिप भन्नी कि के भन्नी अब।
ए! भाइ! रोक त। खै के छ सामान सामन खल्ति सल्तिमा केही छ कि छैन, भनेर सोधे होला।
अनि दिप ब्रो डरले काँप्दै, हैन दाइ म त हैन दाइ धरोधर्म म त हैन, ऊ त्यो बान्गे हो म हैन, भनेर यसो हात माथि लगेर आत्मसमर्पण गर्या जस्तो गर्नु भो होला।
अनि खल्तिमा सिलिम फेला पारेर,
यो के हो? सिलिम बम बनाम्दै हिड्नी? सकंटकालको बेलाँ साँझ साँझमा हिड्नी? भनेर हपारे होला।
हैन दाइ म त हैन दाइ, धरोधर्म म त हैन, ऊ त्यो बान्गे हो म हैन। भनेसी,
जा, भनेर सिलिम ह्वात्त फालेर पठाइ देला नि।
बसम् एक दुई क्षण। यसो स्वास फेरेर।
म यसो पुस्टकारी किनेर ल्याम कि oys_chill जीलाई।
सँगै सँगै जान पाए नि हुन्थ्यो। क्यारम मैले पर्स गह्रौँ हुन्छ भनेर नलिऽकन आऽइहालेँ।