[Show all top banners]

mampaka
Replies to this thread:

More by mampaka
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 Lok Man Singh Karki
[VIEWED 2790 TIMES]
SAVE! for ease of future access.
Posted on 09-19-05 8:47 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


काँध चढेका कार्की



- लोकमानसिंह कार्की मुख्य-सचिव हुनु हुकुम प्रमाङ्गीको जिउँदो अवशेष भनी हरिबहादुर थापाले लेखेछन् । पञ्चायत र राजाका गुन पात्र तत्कालीन राजसभा सभापति भूपालमानसिंह कार्कीले छोरालाई हुप्रबाट ठाडै उपसचिव नियुक्ति गराउनु कुनै नौलो घटना होइन ।
२०४६ पछि राजसभामा निष्त्रिmय जागिर खाइरहेका लोकमानसिंहलाई माथि उठाउने तत्कालीन अर्थमन्त्री महेश आचार्य हुन् । बालसखा कार्कीलाई कांगे्रसको एकमना सरकारमा उनैले राजस्वसेवामा सरुवा गरेका हुन् । सेवा परिवर्तन भएकाले बढुवा समितिबाट उनको बढुवा भएन । सो उपर सर्वोच्च अदालतमा दायर गरिएको यिनको रिटमा 'कर्मचारीको स्वेच्छाले सेवा वा समूह परिवर्तन गरिएको नभई श्री ५ को सरकारले नै सेवा समूह परिवर्तन गरिदिएकोमा निसेनिअनुसार बढुवाको लागि सम्भाव्य उम्मेदवार हुन २ वर्ष पर्खनु नपर्ने' उल्लेख छ । पुरानो सेवासमेत जोडी सेवा परिवर्तन गरिएकोमा पूर्वसेवा नजोडेको मिलेन भनी सर्वोच्चले कार्कीलाई बढुवा दिनू भनी लोकसेवा आयोगविरुद्ध आदेश गर्?यो । सर्वोच्चकै आदेशमा उनी प्रथम श्रेणीमा बढुवा भए -हेर्नु नेपाल कानुन पत्रिका २०५३ अंक ३ निनं. ६१५५ पृ. १६७) ।

त्यसपछि लोकमानसिंह भन्सार विभागका महानिर्देशक भए । महानिर्देशक हँुदा त्रिभुवन विमानस्थल भन्सारको सुन तस्करीको राजस्व हिनामिना मुद्दामा यिनीमाथि परेको मुद्दामा पनि राजस्व छल्ने र अपराधी बचाउनेमा मुख्य भूमिका खेल्ने यिनलाई सफाइ मिल्यो । अन्तिम सफाइ त प्रधानन्यायाधीश मोहनप्रसाद शर्माले दिलाए । सरकारी वकिलले पुनरावेदन गर्नुपर्नेमा अख्तियारले गरेको भनी यिनलाई पुनरावेदन अदालतले दिएको सफाइ उपरको पुनरावेदन प्रधानन्यायधीश शर्मासहितको इजलासबाट खारेज गरियो -हेर्नु नेपाल कानुन पत्रिका २०५६ अंक ८ नि.नं. ६७६४ पृ. ५८५) । विराटनगरमा बाबु भूपालमानको अभिनन्दन कार्यक्रमका प्रमुख अतिथि बनेका मोहनप्रसादले लोकमानसिंह उनको छोरा भन्ने थाहा नपाएर मुद्दा हेरेको र सफाइ दिएको भनी पछि सञ्चारमाध्यमलाई स्पष्टीकरण दिएका थिए ।


 
Posted on 09-19-05 8:47 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोकमानसिंह सचिवमा बढुवा भए । जलस्रोत सचिवमा पदस्थ्ाापन गरेपछि जलस्रोत मन्त्रालय सम्हालेका कांगे्रस मन्त्री बलदेव मजगैयाले विवादित र अशुद्ध सचिव भनी उनलाई हटाउन नसकी बाध्य भएर आफैंले राजीनामा गरे । तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले भूपालमानको शक्तिका अगाडि सचिव हटाउन वा अन्यत्र सरुवा गर्न सकेनन् । बरु पार्टीको आदर्शप्रति प्रतिबद्ध मन्त्रीकै राजीनामा स्वीकृत गरे । कांगे्रसको बहुमतकै सरकारमा मन्त्री भन्दा शक्तिशाली लोकमानसिंह थिए ।

त्यतिमात्र होइन, ५० औं स्रष्टा र सर्जकले अर्चना गरिएका जिउँदाजाग्दा पहाडी मारवाडी भनिने भूपालमानको सालिक दुहवी बजारमा राजमार्गकै बीचमा खडा गरियो । १ करोड नगद राखेर भूपालमान प्रज्ञा पुरस्कारको स्थापना गर्ने पिता जर्नेल कार्कीले राजमार्गको पिचको केन्द्ररेखामा आफ्नो सालिक खडा गराउँदा पनि कसैले चुइँक्कसम्म बोलेन । लोकमानसिंहले त्यतिबेला ८ लाख रुपैयाँ विराटनगरका उच्च नेतालाई खर्च गरेका थिए भनिन्छ । सार्वजनिक सडक ऐन, २०३१ अनुसार राजमार्ग र विभिन्न स्तरका सडकको केन्द्ररेखाभन्दा २५ मिटर, ३१ मिटरभित्र बनाइएका घरटहरा भत्काउने सरकारले यो सालिकको विषयमा किन मौन छ ? अन्य असला माछा, उन्यू, घाँसपात, चराचुरुङ्गी लगायतका विषयमा सार्वजनिक सरोकारका मुद्दा दिने अधिकारकर्मी र प्रजातन्त्रका पहरेदार भनिनेहरू यो मामलामा कहाँ छन् ?

मुख्य-सचिव भएकोमा हुप्रको जिउँदो अवशेष भनी जति आलोचना गरे पनि लोकमानको अहिलेको अवस्थाको सबै जग र वातावरण बनाइदिने त कांगे्रस सभापति गिरिजा, तत्कालीन कांगे्रसी अर्थमन्त्री महेश आचार्य हुन् । जरा, मुन्टा र फेदै काटिदिनुपर्ने नीलकाँडा करेसाबारीमा सारेपछि झाङ्गएिर आफ्नै बारी ढाक्नु कुनै अनौठो होइन । जगत गौचनलाई आममाफी दिलाएजस्तै लोकमानका संरक्षक अरू कोही होइनन्, तत्कालीन सरकारहरू नै हुन् ।

- सुुबोध नेपाल

काठमाडौं


 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
मन भित्र को पत्रै पत्र!
emergency donation needed
ढ्याउ गर्दा दसैँको खसी गनाउच
nrn citizenship
जाडो, बा र म……
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters