[Show all top banners]

sayami
Replies to this thread:

More by sayami
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 Has Nepal's Orange-Revolution Begun ?
[VIEWED 2058 TIMES]
SAVE! for ease of future access.
Posted on 04-05-06 2:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
.

- http://www.asiantribune.com/show_news.php?id=17525

Has Nepal's Orange-Revolution Begun ?
With former US President Jimmy Carter's expected arrival in Katmandu and the 7-Parties readying to take to the streets, the Maoists have declared a unilateral cease-fire in the Katmandu Valley and the next few days will determine for the near future if Nepal will escape the grip of dictatorship and stage it’s own Orange Revolution.
.
 
Posted on 04-05-06 2:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
Thank God, I am only aware of the Orange Savings !!!!!

Thank God, I don't feel void on other Orange-Territories!!!!
 
Posted on 04-05-06 2:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
"The Red Revolution" that started a decade ago is yet to end how on the earth so called worthless (and presumed) "Orange Revolution" gonna begin ?
 
Posted on 04-05-06 2:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
Jai ORANGE ....
 
Posted on 04-05-06 2:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
Is that the "BLOODY-REVOLUTION" is chamouflaging to "SIMRIK-REVOLUTION"????
 
Posted on 04-05-06 2:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
camouflaging ^^^^

ORANGE salam....
 
Posted on 04-05-06 3:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
ORANGE REVOLUTION

निर्णायक आन्दोलन अर्थात् रक्तपातविहीन 'कू'

अजयभद्र खनाल
कान्तिपुर, April 04, 2006

निर्णायक मोड

सात दल र माओवादीले चैत महिनाभित्रै निर्णायक आन्दोलन गर्न कार्यक्रम अघि सारेका छन् । निर्णायक आन्दोलनका लागि दुई चरण वार्ता भएर केही सहमति निस्केका छन् । सबै राजनीतिक दलले विदेशीको सहयोगमा मात्र लोकतन्त्र स्थापना हुन सक्दैन भन्ने बुझिसके । राजाले पनि शान्तिपूर्ण तरिकाले राजनीतिक दललाई सत्ता हस्तान्तरण गर्छन् भन्ने विश्वास अब रहेन ।

लोकतन्त्र स्थापनाका लागि आमनेपालीकै निर्णायक आन्दोलन आवश्यक छ र यसको औचित्य पनि पुष्टि गरिरहनु पर्दैन । जतिसक्यो चाँडो मुलुकलाई राजनीतिक निकास दिनु सबैको दायित्व बनेको छ । निर्णायक आन्दोलनको मतलब राजाको हातबाट जनताको हातमा सत्ता हस्तान्तरण गर्नु, माओवादीलाई शान्तिपूर्ण राजनीतिक मूलधारमा उभ्याउनु र उपयुक्त लोकतान्त्रिक प्रक्रिया सुरुवात गर्नु हो । राजाबाट जनतामा राज्यसत्ता हस्तान्तरण नभई आन्दोलन निर्णायक मानिन सक्दैन । त्यसनिम्ति रक्तपातविहीन कू एकमात्र विकल्प हो ।

आन्दोलनको स्वरूप

आन्दोलनको स्वरूपबारे केही आधारभूत बुँदामा अझ पनि ठूलो मतान्तर छ । यथेष्ट छलफल भइसकेको छैन । छलफल निकै महत्त्वपूर्ण छ । पहिलो निक्र्योल गर्नुपर्ने विषय हो, हामी शान्तिपूर्ण सत्ता हस्तान्तरण खोजिराखेका छौं या हिंसात्मक ? हिंसात्मक सत्ता हस्तान्तरणका लागि हामी तयार छौं भने माओवादीसँगको सहकार्य उचित हुनसक्छ । तर हामीले शान्तिपूर्ण (तुलनात्मक रूपमा) सत्ता हस्तान्तरण खोजेका हौं भने माओवादीसँगको सहकार्य बाधक हुनेछ । यसका केही प्रस्ट कारण छन् । बुझ्नुपर्ने के भने शान्तिपूर्ण सत्ता हस्तान्तरणको सम्भावना अझै हराइसकेको छैन र आमनेपाली यही चाहन्छन् ।

राजा

आन्दोलनको केन्द्रमा राजा छन् । राजाको मानसिकता र राजनीतिक 'प्याथोलोजी' अनुसन्धान गर्ने विज्ञहरूका अनुसार राजा शान्तिपूर्ण रूपमा

सत्ता हस्तान्तरण गर्न तयार छैनन् । जस्तोसुकै विकट अवस्था आए पनि झन्डै २० देखि ४० प्रतिशत सैन्य र प्रहरीको उनलाई अन्तिम समयसम्म सहयोग मिल्ने सम्भावना छ । कुन हदसम्म राजालाई राज्यको सेना र प्रहरीको सहयोग मिल्नेछ भन्नेचाहिँ सात दल र आन्दोलनकारीको रवैयामा निर्भर रहन्छ । यस प्रक्रियाले नै यो आन्दोलनलाई ०४६ सालको आन्दोलनभन्दा भिन्न स्वरूप दिएको छ ।

रक्तपातविहीन विद्रोह

सात दलले बुद्धिमत्तापूर्ण र प्रजातान्त्रिक तरिकाले आन्दोलन चलाए प्रायःजसो निजामती सेवा, प्रहरी र सैन्यको सहयोग नागरिक आन्दोलनलाई मिल्नेछ । यस अवस्थामा -राजाले राजकीय हठ नछोडेको अवस्थामा) छोटो र अन्तिम रक्तपातविहीन भिडन्त आवश्यक हुनसक्छ । यस्तो राजनीतिक कू गर्न शाही नेपाली सेना र प्रहरीकै सहयोग आवश्यक हुनेछ । हालको समस्याबाट मुलुकलाई निकास दिन रक्तपातविहीन शक्ति हस्तान्तरण एकमात्र उपयुक्त विकल्प हो । तर यसका लागि उचित राजनीतिक संयोजन आवश्यक छ ।

सहकार्यको पुनर्व्याख्या

निजामती सेवा, प्रहरी र सैन्यको सहयोग लिन सबैभन्दा बाधक माओवादीसँगको सहकार्य हो । यस्तो सत्ता हस्तान्तरणका लागि माओवादीसँग सहकार्य गरियो भने यसले झन् दुष्कर परिणाम निम्त्याउनेछ । त्यसैले माओवादीसँगको सहकार्यलाई पुनव्र्याख्या गरिनु आवश्यक छ । एउटा उपाय के हुनसक्छ भने माओवादीसँगको सहकार्यलाई सहरमा ननिम्त्याएर बाबुरामले भनेझैं गाउँघरमै सीमित राख्न आवश्यक हुनेछ । यसको मतलब के हो भने माओवादीसँग सहकार्य गर्नु भनेकै माओवादीसँग समझदारी कायम राख्नु हो । गाउँको युद्ध माओवादीले जितिसके, केन्द्रको युद्ध राजनीतिक दल र नागरिकहरूले जित्न बाँकी छ ।

युद्धविराम आवश्यक

माओवादीसँगको सहकार्य केन्द्रीय युद्धको समाप्तिपछि देशमा शान्ति र लोकतान्त्रिक प्रक्रियाको बहाली गर्न निकै महत्त्वपूर्ण हुनेछ । तर त्यस अघिदेखि नै केन्द्रीय आन्दोलनकै क्रममा माओवादीले देशभर युद्धविरामको घोषणा गर्नु आवश्यक छ । आम नेपालीको मनोबल बढाउनका लागिमात्र नभएर आन्दोलनलाई सर्वव्यापक बनाउन पनि युद्धविराम आवश्यक छ । यो हामीले यस अघिको युद्धविरामको अवधिमा पनि देखिसकेका हौं र यो सवाल नेकपा (एमाले) ले पनि उठाइरहेको छ । युद्धविरामको अवस्थामा मात्र केन्द्रीय राजनीतिक भिडन्त सफल हुनसक्छ । त्यसैले माओवादीसँगको सहकार्यको यही नै स्वरूप हुनुपर्छ ।
 
Posted on 04-05-06 3:43 PM     Reply [Subscribe]

Posted on 04-05-06 3:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
छाया सरकार

सत्ता हस्तान्तरणको पूर्वार्द्धमै आन्दोलनकारी शक्तिहरूले छाया सरकार अथवा संरचनाको घोषणा गर्नु आवश्यक छ । यस्तो अन्तरिम सरकारमा माओवादी र राजाका नजिकका केही व्यक्तिलाई पनि संलग्न गराउन आवश्यक छ । आन्दोलनको सफलतासँगै रक्तपातविहीन शक्ति हस्तान्तरणका लागि यस प्रकारको छाया सरकार अथवा संरचना आवश्यक छ । यसले आन्दोलनको सफलतासँगै उब्जिने शक्तिशून्य अवस्थाको सिर्जना हुनबाट मुलुकलाई जोगाउनेछ र आमनागरिक तथा हाल राज्य सञ्चालनमा संलग्न कर्मचारी र सैनिकको विश्वास जित्न सहयोग गर्नेछ । छाया सरकारविना निजामती कर्मचारी, सैनिक र प्रहरीको सहयोग खोज्नु दिवास्वप्न हो ।

बृहत् सामाजिक सम्झौता

सत्ता हस्तान्तरणका लागि सबैभन्दा महत्त्वपूर्ण बृहत् राजनीतिक सम्झौता पनि हो । यसको खाका आन्दोलन सुरुअघि प्रमुख राजनीतिक दलले जनसमक्ष ल्याउनुपर्छ । १२ बुँदे सम्झौताले केही महत्त्वपूर्ण मुद्दा उठाएको छ, तर त्यसलाई अझ प्रस्ट र उपयोगी बनाउन आवश्यक छ । सम्पूर्ण नेपालीको वर्तमान आक्रोश र पीडाको गन्तव्य यही बृहत् राजनीतिक सम्झौतालाई बनाउनुपर्छ । सम्झौतामा नेपालको भविष्यको राजनीतिक पथ, आधारभूत मूल्य र मान्यताका साथै राज्य संरचनाको व्याख्या आवश्यक छ । यही सम्झौताले नेपालको भविष्य समेट्न सक्नुपर्छ ।

कर्मचारी, सेना र प्रहरीको सहयोगका लागि पहल

आन्दोलनको सफलताका लागि कर्मचारी, सेना र प्रहरीको भूमिका सबैभन्दा महत्त्वपूर्ण र निर्णायक हुनेछ । प्रहरी र सेनामा धेरै व्यक्ति शिक्षित र लोकतान्त्रिक अभ्यासमा विश्वास राख्ने खालका छन् । प्रहरी र सेना भएकै कारण उनीहरूलाई बेला-बेलामा जनताको शत्रुको रूपमा परिभाषित गर्ने गरिएको छ । तर यो लोकतान्त्रिक आन्दोलनलाई सफल बनाउन उनीहरूको सहयोग अनिवार्य छ र उनीहरूलाई विश्वासमा लिन व्यापक राजनीतिक र नागरिक पहल हुनुपर्छ ।

दलभित्र लोकतान्त्रिक अभ्यास

प्रमुख राजनीतिक दलहरूको आन्तरिक लोकतान्त्रिक अभ्यासप्रतिको प्रतिबद्धता मूलभूत रूपमा तीन-चारवटा बुँदामा प्रस्टसँग जनाउनुपर्छ । नत्र यो आन्दोलन राजनीतिक दलहरूमा हावी अधिनायकवादको समर्थनमात्र बन्न पुग्नेछ र हाम्रो आन्दोलन उपलब्धिविहीन हुनेछ । यी प्रमुख बुँदामा राजनीतिक दलहरूको सदस्यतासम्बन्धी व्यवस्था, आर्थिक व्यवस्था, लोकतान्त्रिक निर्णय प्रक्रियाको व्यवस्था आदि विषय पर्छन् । यसमा दलका नेताहरूमा केही मात्रामा छलफल भइसकेका छन्, तर कार्यान्वयन हुनसकेका छैनन् । जनविश्वास आर्जन गर्न यो प्रतिबद्धता अपरिहार्य छ ।

प्रतिहिंसाको सम्भावना

सत्ता हस्तान्तरणको क्रममा मात्र होइन, त्यसपछि पनि छिटपुट रूपमा प्रतिगामी हिंसाको सम्भावनालाई ध्यानमा राखेर त्योसँग जुझ्न पूर्वतयारी पनि आवश्यक छ । यसनिम्ति विदेशी र मित्रराष्ट्रहरूको सहयोग आवश्यक पर्न सक्छ । सँगसँगै बृहत् कूटनीतिक अभ्यास र सहयोगको पनि आवश्यकता छ । अन्तर्राष्ट्रिय क्षेत्रमा पनि नेपालबाट गैरकानुनी रूपमा विदेश भित्रिएका सम्पत्ति र पैसालाई 'पि|mज' गरेर स्वदेश फर्काउने प्रयत्न सराहनीय छ ।

आम नागरिकको भूमिका

सबैभन्दा महत्त्वपूर्ण, आन्दोलनको क्रममा आम नागरिकले आफ्नै ठाउँबाट खेल्न सक्ने भूमिकाबारे पनि व्यापक छलफल आवश्यकता छ । हरेक मित्र, परिवारजन र चिनेका मानिससँगको भेटघाटमा यही छलफल गरिनुपर्छ । हामी आफ्नो ठाउँबाट पनि, सडकमा नउत्रेर पनि राजनीतिक निकासमा सहयोग पुर्‍याउन सक्छौं, नेपालको समस्या समाधान गर्न सक्छौं र नेपाललाई

पनि साँच्चै समुन्नत र रमाइलो ठाउँ बनाउन सक्छौं । हामीले चिनेकामध्ये ७ जनालाई मात्र यो कुरा मनाउन सक्यौं भने पनि आन्दोलन सफल हुनेछ । सुरु हुनलागेको आन्दोलनलाई उचित गन्तव्यमा पुर्‍याउन हामीले एकपल्ट यो कसरत गर्नु पर्नेछ ।

- http://www.kantipuronline.com/kolnepalinews.php?&nid=70315
______
 
Posted on 04-05-06 3:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
Maobaadi ko "Red Revolution" safaal banaunaa taa 10 barsha lagii sakyoo ...abaa yestaa..7 party lae k chai garnaa saklaa...testaa saat daal(7 party) lai sisnuu pani naa pugyaa jasto chaa...saab lai lageraa KHOOR maa haldyee pachii sabaii kuraa peaceful hunchaa....
Aaarthaa naa barthaa ko "Orange Revolution"...manchee haru ko kaam chaii naa ki kyaa ho ?
 
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO

IN ORDER TO POST!

Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
nrn citizenship
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Travelling to Nepal - TPS AP- PASSPORT
emergency donation needed
ढ्याउ गर्दा दसैँको खसी गनाउच
मन भित्र को पत्रै पत्र!
Morning dharahara
Guess how many vaccines a one year old baby is given
जाडो, बा र म……
Susta Susta Degree Maile REMIXED version
Elderly parents travelling to US (any suggestions besides Special Assistance)?
कल्लाई मुर्ख भन्या ?
1974 AD Pinjadako Suga Remixed
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters