सत्तालाई रगत चाहिए, जनतालाई बली चढाऊ
सत्तालाई रगत चाहिए, जनतालाई बली चढाऊ
रुदिनन् मेरी माइली, उनी जबराकी छोरी
सत्ता-भत्ताका लागि देशै यज्ञभित्र होमी
लुटेको दरबारमा हाँसी खुशी बस्छौं हामी
जेठ १९ का खेताला जर्साब अझै मरेका छैनन्
ती त सात दललाई नै ताकिरहेका हुन्छन्
पिउँला हामी रगतै, बरु रक्सीको साटो
लाग्दैन पछुतो कहिल्यै, हामी जंगेको नासो
सत्तालाई रगत चाहिए, कैदीलाई पारिदेऊ बेपत्ता
रुदिनन् मेरी माइली, उनी डिस्कोवालकी माता
माथवर सिंहको शिर छिनाउने, कुँवरका सन्तान
गाईको दूध होइन, पियौँ हाम्ले राणाको स्तन
बरु हामी दाजु-भाउजूको मृत्यु मर्छौं
हामी अकालमा मर्छौं, गोली-सोली सहन्छौं
भन्दैनौं बनाइदेऊ सालिक, जिउँदैमा आफैँ ठड्याउँछौं
सत्तालाई रगत चाहिए, पारिदेऊ टुँडिखेलमै भटट
रुदिनन् मेरी माइली, उनी ताली बजाउँछिन् पटट