[Show all top banners]

Ignitor
Replies to this thread:

More by Ignitor
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 Madav Nepal Openly Talks About Republic Nepal
[VIEWED 2428 TIMES]
SAVE! for ease of future access.
Posted on 04-19-06 4:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

.....

Talking to reporters at the court premises,[Madav] Nepal said, “Our movement will not come to an end unless democratic republic is established in the country.” The understanding between the seven parties and Maoists was the only way to establish democratic republic and peace, he further said.

Source - http://www.nepalnews.com/archive/2006/apr/apr19/news14.php


In another news Nepal Says

"After the meeting, Nepal told reporters that "no dialogue was possible with the king by sidelining the Maoists."

"We will not accept anything less than constituent assembly elections," he added.

- http://www.kantipuronline.com/kolnews.php?&nid=71546
 
Posted on 04-19-06 6:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए इग्निटर माओबादी डाँका, अझै खुलेका छैनन तेरा आँखा? तिमी माओबादीले भने जस्तो गणतन्त्र नेपालमा कहिल्यै पनि आउने छैन।

देखिस् के हुँदैछ नेपालमा? तिमीहरुको आन्दोलनमा १२००० मान्छे मरे, तर नेपालमा के सकारात्मक परिवर्तन भयो, देशलाई ढूंगे युगतिर धकेल्नु बाहेक?

अहिलेको आन्दोलनमा ८ जना मरे, राजसिंहासन डग्मडाउँदैछ। तिमी माओबादीको आन्दोलनमा अझै दशौं हजार नेपालीले आहुति दिए पनि केही हुनेछैन राजसंस्थालाई। केही हुन्छ भने देश धराशायी हुन्छ त्यत्ति हो।
 
Posted on 04-19-06 7:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

माओवादि हो,
७ दलको शान्ति पुर्ण आन्दोलन बाट पाठ सिक !!
 
Posted on 04-19-06 7:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Chakku dhari sathi,
You are absolutely right.
 
Posted on 04-20-06 12:10 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सेरेमोनियल किङ एजेन्डा हुन सक्तैन

लोकतन्त्र स्थापनाका लागि जारी आन्दोलनले नयाँ आकार र गति लिएको छ । आमहडताल र विशाल जनप्रदर्शनका शान्तिपूर्ण कार्यक्रम चलेको चौध दिन पुगेको छ । जनता आफ्नो अधिकार र स्वाभिमानका लागि यति लामो आमहडतालमा सामेल भएको सम्भवतः यो ऐतिहासिक घटना हो । यसबीच एकातिर निरंकुश र विवेकहीन शाही सत्ताले निहत्था जनतामाथि निर्मम लाठी, अश्रु ग्याँस र अन्धाधुन्ध गोली प्रहार गरी ११ जनालाई बलिदानपूर्ण सहादतमा पुर्‍याएको छ । कैयौंलाई मृत्युसँग समेत संघर्ष गर्नुपर्ने बनाएको छ । हजारौंलाई अङ्गभङ्ग पारिएको खबर छ । यति उग्र र अमानवीय दमन विदेशीमा समेत कुनै सत्ताले गरेन होला । तसर्थ सम्पूर्ण सुरक्ष्ााकर्मी दाजुभाइ तथा दिदीबहिनी जो नेपाली जनताकै सन्तान हुन् र जनताकै रगत पसिनाबाट सञ्चालित र पोषित छन्, उनीहरूले समेत आमजनताको आवाजलाई सुन्नुपर्ने अवस्था आएको छ । सम्पूर्ण सुरक्ष्ााकर्मीमा क्रूर र दमनकारी शाहीशासनको अवज्ञा गर्न र आन्दोलनकारीमाथि मानवीय व्यवहार गर्न हार्दिक अपिल गर्छुं ।
यतिखेर जनता विभिन्न मोर्चाबाट लोकतान्त्रिक आन्दोलनमा सरिक छन् । सात पार्टीले गर्दै आएका विरोध र संघर्षका कार्यक्रम सबै तह र क्ष्ाेत्रका नागरिकले सञ्चालन गरेका वैचारिक बहस र सडक कार्यक्रम तथा दस वर्षदेखि हिंसात्मक एवं सशस्त्र अभियानलाई वैचारिक रूपान्तरणसमेत गर्दै माओवादीले अघि बढाएका संघर्षका गतिविधिहरू नै आन्दोलनका मुख्य पाटा हुन् । खासगरी दल-माओवादी समझदारीपछि संघर्षका यी त्रिकोणको संघर्ष मोर्चामा एकीकरण हुन खोजिरहेछ । समग्र नेपाली जनताको साझा आन्दोलनका रूपमा यसले बृहत् जनआन्दोलनको आकार लिइसकेको छ । यसले जनताको सर्वाेच्चता, स्वामित्व र अपनत्वको भाव स्थापित गर्ने संवैधानिक प्रबन्ध नगरिकन अर्थात् वालिग नेपाली जनताले चुनेको संविधानसभा मार्फत् संविधान बनाउने भरपर्दाे प्रक्रियामा प्रवेश नगरिकन जनआन्दोलनले विश्राम लिनेछैन । यो तथ्य सबै पक्ष्ाले गहिराइमा बुझ्न जरुरी छ ।

यसैबीच नेपाली कांग्रेसका कतिपय साथीहरू 'सेरेमोनियल किङ' को पक्ष्ामा रहेको सार्वजनिक भइरहेको छ । तर कांग्रेसको एघारौं महाधिवेशन एउटा स्पष्ट नीतिगत निर्णयमा पुगिसकेको छ । जसअनुसार जनतामा निहित सार्वभौमसत्तालाई संस्थागत गर्न पनि संविधानसभाको आवश्यकता ठहर गर्दै विद्यमान संकटबाट राष्ट्रलाई मुक्त गर्न संविधानसभामा जान र राजसंस्थाको भूमिका के कस्तो रहने, नरहने निक्र्यौलको जिम्मा जनतालाई सुम्पन तयार हुनुपर्छ भन्ने छ । त्यसैले राजाको र राजतन्त्रकै भविष्यबारे संविधानसभाले के निर्णय गर्ला भन्ने सिद्धान्तः त्यतिखेरै थाहा हुने विषय भए पनि अहिलेको आन्दोलनको एजेण्डा सेरेमोनियल किङ हुन सक्दैन, होइन ।

कांग्रेसभित्र गणतान्त्रिक संरचनामा लोकतन्त्रको खोजीलाई पार्टीको नीतिगत र सैद्धान्तिक अडान बनाउनुपर्छ भन्ने विचार प्रबल रूपमा उठे पनि एघारौं अधिवेशनमै त्यसलाई औपचारिक नीति नबनाउनुको तात्पर्य पार्टीले संविधानसभालाई गन्तव्य बनाएका कारण मात्रै हो । देशभरिका कांग्रेसका शुभेच्छुकले पनि यो नीतिगत यथार्थ बुझ्न जरुरी छ । साथै अहिले आन्दोलनको प्रकृत्ति संयुक्त छ र त्यसले लोकतान्त्रिक शान्तिका निम्त सार्वभौम संविधानसभालाई प्रारम्भिक गन्तव्य बनाएको छ । यो प्रक्रियामा कतैबाट अवरोध वा अलमल भए यसले गणतन्त्रको बाटो लिने तयारी गरिसकेको छ ।

लोकतन्त्रका पक्ष्ामा र इतिहास एवं वर्तमानसमेतमा निरंकुशता र स्वेच्छाचारी प्रवृत्तिलाई मात्र आफ्नो चरित्र बनाउँदै आएको राजतन्त्रको समाप्तिका लागि जारी जनआन्दोलनमा समग्र अन्तर्राष्ट्रिय समुदायबाट जुन नैतिक समर्थन, सहयोग र शुभेच्छा प्राप्त भएको छ, त्यस निम्ति सम्पूर्ण जनता आभारी छन् । आउने दिनमा सबै नेपालीको सहभागिता र प्रतिनिधि हुने लोकतान्त्रिक नयाँ नेपाल निर्माण गर्ने काममा पनि हामीलाई अन्तर्राष्ट्रिय समुदायको उत्तिकै सहयोग र शुभेच्छा आवश्यक हुनेछ । तसर्थ अन्तर्राष्ट्रिय समुदायका सबै मित्रलाई नेपाली जनता इतिहासकै निणर्ायक लडाइँमा छन् र लोकतान्त्रिक नेपालका निम्ति मूल अवरोधका रूपमा रहेको राजतन्त्र शान्तिपूर्ण जनआन्दोलनबाट हटाउने प्रयत्नमा छन्, सफलताको निकट पुगेका छन् भन्ने सन्देश पुगेकै हुनुपर्छ । हरेक मोर्चामा शाहीशासनको बर्बरता सामना गर्दै डटिरहेका आन्दोलनकारीको भावनालाई गहिराइमा बुझ्न विदेशीमित्रहरूलाई पनि हार्दिकतापूर्वक ध्यानाकर्षण गछर्ंु । जनआन्दोलनलाई सम्झौता र सहमतिका नाममा हुने अलमल र अन्योलको जालोमा होइन, गन्तव्यसम्म अघि बढाउनुपर्छ भन्ने प्रतिबद्धतासहित सबैमा हार्दिक अपिल गछर्ंु ।

- नरहरि आचार्य

बन्दीगृह

नारायण भवन, जावलाखेल
 
Posted on 04-20-06 12:11 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 04-20-06 12:43 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धेरै पछि माधव नेपालमा राजनेताको छवि दृष्टिगोचर भयो । आशा गरौं जनभावनाको माग अनुरुप यो छविमा अझै निखार आउने छ ।
---------------------

अब नेपाली राजनितीको चुरो कुरो स्पष्ट भएको छ।

राजनैतिक जालझेलका आधारमा गरिने कुनै पनि संझौताले दिगो समाधान ल्याउने छैन ।

जनता सार्वभौम छन् भन्ने कुराको सुनिश्चितताको लागि संविधान सभाको कुनै बिकल्प छैन ।

जनताको यो भावनालाइ अवमुल्यन गरी दरबारको टाट्नातिर तन्कन खोज्ने भट्टराई लगाएतका कुनै पनि नेतालाई ईतिहासले
माफ दिने छैन ।

साथै राजनितिको यो संगीन घडीमा दलका नेताहरुलाई राजनेता बन्नकोलागि प्रचुर अबसर पनि छ, हेर्दै जाउँ समयले कसलाई कहाँ पछार्छ ।

Neutral
------------------
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
What are your first memories of when Nepal Television Began?
निगुरो थाहा छ ??
TPS Re-registration case still pending ..
Basnet or Basnyat ??
Sajha has turned into MAGATs nest
NRN card pros and cons?
Nas and The Bokas: Coming to a Night Club near you
मन भित्र को पत्रै पत्र!
Will MAGA really start shooting people?
TPS Work Permit/How long your took?
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
Breathe in. Breathe out.
3 most corrupt politicians in the world
Guess how many vaccines a one year old baby is given
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित
शीर्षक जे पनि हुन सक्छ।
Disinformation for profit - scammers cash in on conspiracy theories
Travelling to Nepal - TPS AP- PASSPORT
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters