[Show all top banners]

bhusan

More by bhusan
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 SEX and MODELLING IN NEPAL
[VIEWED 4330 TIMES]
SAVE! for ease of future access.
Posted on 10-24-06 3:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यौनकर्मीको शिकार मोडलिंग

- हिकमत डंगोल

आफ्नो पेशालाई टिकाउन र विकाउनका लागि केही मोडल प्रत्यक्ष यौन धन्दामा संलग्न हुन थाले । अहिले यो क्षेत्रमा तीव्रगतिले वेश्यावृत्ति हुर्किएको छ । थुप्रै लज, होटल र क्याबिनमा गई गोप्य रुपमा त्यस्तो पेशा अपनाउन केही मोडल होमिएका छन् ।


२०५५ सालतिर दार्जीलिङकै हाइस्कुलबाट एसएलसी दिएपछि फुर्सदमा थिएँ । त्यतिबेला मेरो दिमागमा नयाँ ठाउँ घुम्ने सनक चढेको थियो । म साथीहरुसँग काठमाडौं घुम्न आएँ । काठमाडौंको तडकभडक र रंगिन जीवन शैलीले मलाई खुबै आकर्षित गर्‍यो । करिब १ हप्ताको घुमघामपछि म घररित फर्के । ०५६ सालमा म क्याम्पस पढ्नका लागि यतै आएँ । पद्यकन्या क्याम्पसको समाजशास्त्र विभागमा एड्मिसन लिए । पुतलीसडकको एउटा गर्लस होस्टेलमा बस्न थालें ।

साथीहरु पढाइमा भन्दा बढी फिल्म हेर्ने र रमाइलो गर्नेपट्टि लाग्थे । म पनि उनीहरुकै लहलहैमा लाग्न थालें । कहिलेकाहीं त क्याम्पस नै नगई फिल्म हेर्न पुगिन्थ्यो । हाम्रो समूहमा केटासाथी पनि थिए । पढाइमा भन्दा मोडलिङमा लागेर नाम र दाम कमाउने मेरो सोचाइ थियो । एक दिन राजेश भन्ने केटासाथीले सुपर मोडल बनाइदिने बहानामा मलाई लजमा लगेर सुताए । उनकै सहयोगमा मैले म्युजिक भिडियो खेल्ने मौका पाएँ । त्यसपछि मलाई म्युजिक भिडियोमा अवसर दिने पोखरेल थरका एक डाइरेक्टरले पनि आफ्नो चाहना पूर्तिका लागि प्रयोग गरे । पहिलो पटक म्युजिक भिडियोमा खेल्दा ५ हजार पारिश्रमिक पाएको थिएँ । त्यो पैसा रेस्टुराँ जाने क्रममा सिध्याएँ । त्यसपछि यताउता घुम्न, फेसन गर्न र बियर खान पैसाको जरुरत पर्‍यो । मैले पाँचतारे होटलमा बार गर्लको रुपमा काम गर्न थालें । त्यहाँ पनि मेरो आवश्यकताअनुसारको आम्दानी नभएपछि अवैध धन्दा गरेरै पैसा कमाउन थालें । मैले आफ्नो ग्राहकसँग समयको आधारमा पैसा लिने गरेकी छु । ग्राहकको संख्या र समयको कुनै सीमा हुँदैन । मेरो धन्दाबारे अहिलेसम्म घरकालाई थाहा छैन । यसैबाट मैले घरमा पनि अलिअलि पैसा पठाउने गरेकी छु । तर मलाई इज्जतको भने डर छ । कहिलेकाहीं म्युजिक भिडियोमा मोडलिङका लागि अफर आउँछ । काठमाडौंबाहिर जाँदा अलिकति आम्दानी पनि हुन्छ । रमाइलो पनि । यस्तै कमाइबाट मैले २० हजार जाने मोबाइल लिएकी छु । आफ्नो गोप्य रहस्य र्सार्वजनिक भएमा बदनाम हुने डरले ग्राहकलाई आफूसँग सर्म्पक गर्नका लागि मोबाइल नम्बर दिने गर्छु ।

यही साउन महिनाको एक दिन दिउँसो ३ बजे बागबजारमा मुस्कुराएर ग्राहकको प्रतीक्षामा बसिरहेकी मेलिना प्रधानसँग कुरा गरेपछि उनले आफ्नो जीवन वृतान्त यसरी सुनाएकी हुन् ।

निकै कसिलो र सुन्दर शरीरकी धनी मोडल मेलिना हेर्दा साँच्चिकै बलिउड चलचित्रकी नायिका जस्तै देखिन्छिन् । उनी आफू सुहाउँदो फेसन गर्छिन् । भेटघाटको क्रममा उनीसँग सर्म्पकका लागि मोबाइल नम्बर माग्दा दिन इन्कार गरे पनि फोटो खिचाउन भने उनलाई कुनै आपत्ति भएन ।


मोडलिङभित्र हुर्किएको वेश्यावृत्ति

१९औं शताब्दीमा अमेरिकी पत्रपत्रिकामा विज्ञापन प्रकाशित हुन थालेपछि मोडलिङ पेशा शुरु भएको मानिन्छ । सन् १९०१ देखि नै अमेरिकामा व्यावसायिक मोडलहरुले नाम कमाउन थालिसकेका थिए । त्यसपछि सन् १९३० को दशकपछि युरोपमा पनि मोडलिङ पेशा चरम उत्कर्षा पुगिसकेको थियो । त्यतिखेर मार्लिन मुनरोलगायतका मोडलहरुले तहल्का मच्चाइरहेका थिए ।

तर नेपाल भने यस क्षेत्रमा युरोप र अमेरिकाभन्दा सय वर्षपछाडि मानिन्छ । मोडलप्रति हेर्ने सामाजिक दृष्टिकोणसँगै केही व्यक्तिको छाडापनले अहिले मोडलिङमा असंख्य विकृति देखा परेका छन् ।

यस सम्बन्धमा स्टार मोडलिङ एजेन्सीका निर्देशक प्रलयराज भण्डारी भन्छन्- ‘नेपालमा अहिले ८ सयभन्दा बढी युवकयुवती मोडलिङ

पेशामा लागेका छन् । राजधानीमा अहिले प्रत्येक दिन २-३ वटा फेसन सो हुने गरेको छ भने अहिले व्यावसायिक रुपमा थप टेलिभिजन च्यानल बढेपछि मोडलहरु बेफुर्सदी बनेका छन् ।

अहिले पप, आधुनिक र लोक दोहोरीका लागि म्युजिक भिडियो बनाउन र अन्य पेपर एडका विभिन्न विज्ञापनका लागि नयाँ-नयाँ अनुहारको खोजी जारी छ । यही सिलसिलामा शुरु भएको छ मोडलहरुको प्रतिस्पर्धा । यस सम्बन्धमा मोडल भिन्तुना जोशी भन्छिन्- ‘सिनियर र जुनियर मोडलबीच आफू कोही भन्दा कम छैनौं । तर मोडलिङ पेशा मौलाएका कारण यस क्षेत्रमा अवैध धन्दाले अझ बढी प्रश्रय पाउँदै गयो ।’

आफ्नो पेशालाई टिकाउन र विकाउनका लागि केही मोडल प्रत्यक्ष यौन धन्दामा संलग्न हुन थाले । अहिले यो क्षेत्रमा तीव्रगतिले वेश्यावृत्ति हुर्किएको छ । थुप्रै लज, होटल र क्याबिनमा गई गोप्य रुपमा त्यस्तो पेशा अपनाउन केही मोडल होमिएका छन् ।

यसबारे मोडल सराह गुरुङ भन्छिन्- ‘अहिले मोडलिङले गर्दा मोडलहरुको जीविकोपार्जन भैरहेको छ । म्युजिक भिडियोले गर्दा मोडलिङ टिकेको छ । मेरो सवालमा एउटा म्युजिक भिडियोमा खेलेबापत १५ हजारसम्म पारिश्रमिक लिने गर्छु त्यो आम्दानी आफ्नै लागि खर्च गर्ने गर्छु यो क्षेत्रलाई मर्यादित बनाउनका लागि नयाँ मोडलहरुले आफूलाई सुधार गर्नुपर्‍यो । अन्यथा स्थापित मोडलहरुलाई समेत अप्ठ्यारो पर्नेछ । मोडल भिन्तुना भन्छिन्- ‘केही नयाँ मोडलहरुलाई व्यावसायिकताभन्दा अनुहार देखाउन हतारो हुन्छ । उनीहरुले गर्दा यो क्षेत्र बदनाम हुन गएको हो । तर म आफ्नो कामप्रति सन्तुष्ट नै छु । मैले एउटा म्युजिक भिडियोमा खेलेबापत ७ हजारसम्म लिने गरेकी छु । त्यो आम्दानीमध्ये केही सञ्चय गर्ने गरेकी छु भने बाँकी रकम आफूलाई आवश्यक लत्ता कपडा किन्न खर्च हुने गरेको छ । घर खर्चका लागि पनि मेरो योगदान रहन्छ ।’



मोडलहरुको विदेश जाने रहर

विदेशी र्‍याम्प र पेपर एडमा पाइला चाल्ने पहिलो नेपाली मोडल हुन् डली गुरुङ । डलीले १५ वर्षघि फिलिपिन्स, सिंगापुर, हङकङ, कोरिया, जापान र अष्ट्रेलियामा गई कोक र सानमिगेल बियरजस्ता विदेशी कम्पनीमा ब्रान्ड एम्बेसडरको जिम्मेवारी पाई मोडलिङ गरेकी थिइन् । नब्बेको दशकदेखि नेपालमा मोडलिङले व्यावसायिक रुप लिएको मान्नेहरुका नजरमा त्यो सानो समयमा नेपाली मोडलहरु यति चाँडै विदेशी कम्पनीका लागि मोडलिङ गर्न सक्लान भनेर सोचेकै थिएनन् । तर पनि डलीले आफ्नो प्रतिभा देखाएर नाम र दाम कमाइन् ।

डली पछि विदेशी र्‍याम्पमा पाइला चाल्ने नेपाली मोडल एन्जिल थापा पनि हुन् । उनले लन्डनमा नाम चलेका मोडलहरुसँग विभिन्न पहिरन मात्र प्रदर्शन गरिनन् पेपर एडमा पनि काम गरिन् । केही वर्षघि प्याराग्लाइडिङका खेलाडी रहेका आङतेम्बा शेर्पाले विश्व प्रसिद्ध घडी वेर्स्र्टन वाचमा मोडलिङ गरेपछि विदेशी एजेन्सी र कोरियोग्राफीले नेपाली मोडलप्रति ध्यान दिन थालेका हुन् । एन्जिल भन्छिन्- ‘यहाँ त्यति स्कोप नभएकाले विदेश गएकी हुँ । अहिले म सन्तुष्ट छु ।’ हालै मात्र बिदा मनाउन घर आएकी एन्जिलले भनिन् ।

अहिले पनि लन्डनमा थुप्रै नेपाली मोडलहरु संघर्षरत छन् । त्यो उनीहरुको व्यक्तिगत प्रयास हो ।’ उनले भनिन् ।

तर गतवर्षचण्डोल र नक्सालमा बस्ने दुइ नेपाली मोडलले दुबईमा ३ महिनाजति बसेर मोडलिङको नाममा देह व्यापार गरेको सीएनएन मोडलिङ एजेन्सीका प्रबन्ध निर्देशक संजय केसीले खुलासा गरे ।

संजय भन्छन्- ‘उनीहरु दुबई सो नाइट क्लबमा काम गर्न गएका हुन् । उनीहरु राति क्याब्रे डान्स गर्ने र दिउँसो देह व्यापार गरेर पैसा कमाउँथे ।’

हालै मात्र केसी, श्रेष्ठ, र शाह थरका आधा दर्जन मोडलहरु हङकङ, सिंगापुर र मलेसिया पुगेको खबर कामनालाई प्राप्त भएको छ । सिंगापुरमा मोडलिङ गर्ने क्रममा उनीहरुले नांगो नाच देखाएको विगत २५ वर्षेखि त्यहीं रहँदै आएका काठमाडौं टोखाका जीवन जोशीले कामनालाई बताए । जीवन भन्छन्- ‘तिनीहरु राति क्याब्रे डान्स गर्छन् भने दिउँसो यौन धन्दा ।’ उनका अनुसार ती मोडलहरु क्याब्रे गर्दा खिचिएको तस्वीर अहिले पनि उनीसँग सुरक्षित छ । यस कार्यका लागि उनीहरुलाई विदेश लैजानमा पेशेवर दलाल नै सक्रिय रहेको बताइन्छ ।

के मोडलहरुलाई व्यावसायिक कामका लागि दलालभन्दा संस्थागत रुपमै विदेश पठाउन सकिँदैन त ? स्टारलाइन मोडल एजेन्सीका निर्देशक विजय राजभण्डारी भन्छन्- ‘हामी पनि अहिले आफ्नै प्रयासमा नेपाली मोडलहरुलाई विदेश पठाउने सोचाइमा छौं । यही वर्षभत्रै नेपाली मोडलहरु जापान र कोरियाको र्‍याम्पमा प्रस्तुत गर्न लागिपरेका छौं ।’

यस सवालमा मोडल एन्जिल भन्छिन्- ‘विदेशमा मोडलहरु निकै महँगा छन् । नेपाली मोडलहरुको उचाइ निकै कम भएकाले उनीहरुले पारिश्रमिक कम नै दिन्छन् तर पनि नेपालीका लागि त्यो रकम बढी नै हुन सक्छ । विदेशमा मोडलको उचाइ सामान्यतया ५ फिट १० इन्च हुनुपर्छ । तर त्यतिका उचाइ भएका नेपाली मोडलहरु यहाँ छैनन् ।’


दलालीमा चलेको जीवन

करिब ३० वर्षा सुमन पाण्डे विगत ४ वर्षेखि केटी दलाल बनेर काम गर्दै आइरहेका छन्। उनले आईएसम्म पढेका छन् । यसबारे सुमन भन्छन्- ‘म विशेषगरी ठमेल र क्षेत्रपाटीस्थित होटल, क्याबिन र लजहरुमा धनी वर्गका लागि केटी मिलाउने काम गर्छु । यो समय बिहान १० बजेदेखि राति २ बजेसम्म हुन्छ । यसरी केटी मिलाएबापत ग्राहकबाट १ हजार रुपियाँ लिन्छु भने युवतीहरुबाट २५ प्रतिशत कमिसन खाने गरेको छु । यो काम धेरैजसो राति शुरु हुन्छ । मैले कुनै-कुनै लेडिज होस्टेलका छात्रालाई समेत मिलाइदिने गरेको छु । कहिलेकाहीं प्लस टुमा अध्ययनरत युवतीहरुलाई नयाँ बस पार्कस्थित ब्रुनाई लजमा पुर्‍याइदिन्छु । मैले यो पेशामा लागेका एकसेएक मोडल र नगरबधुहरुलाई चिनेको छु ।’

त्यसै गरी ‘२५ वर्षा संजय कँडेल पनि नयाँ बसपार्कस्थित लजमा जाने व्यक्तिहरुलाई केटी चाहिन्छ’ भन्दै हिँड्ने गर्छन् । संजयले ठूल-ठूला व्यक्तिहरुलाई समेत केटी मिलाउने गर्छन् । संजय भन्छन्- ‘भीआईपीहरु राम्री र फेसनेबल हुने गरेकाले प्राय मोडल खोज्छन् ।’ कहिलेकाहीं उनीहरुसँग मोजमस्ती गर्न पनि पाइने र पैसा पनि भएकाले यो काम गरेको उनी बताउँछन्।

त्यसै गरी केही मोडलिङ एजेन्सी पनि छन् जसले चर्चित मोडल बनाइदिने बहानामा यस्तै शोषण गर्ने गर्छन् । मोडलिङ एजेन्सीका सञ्चालक संजय भन्छन्- ‘काम सँगै गर्ने भएकाले उनीहरु टाँसिन आउँछन्। त्यसबेला उत्तेजना बढ्न सक्छ ।’

अहिले नयाँ बसपार्कको दक्षिणतिर सिंगो घरनै बहालमा लिएर एउटा गिरोहले वेश्यावृत्ति सञ्चालन गरेकाले त्यो ठाउँमा सधैं त्यस्तै खाले चहलपहल बढिरहेको बताइन्छ । भाडामा लिइएको लाहुरेको उक्त घरमा १५-२० जना युवतीलाई संलग्न गराई देह व्यापार गर्ने गरेको त्यसमा केही मोडल र चलचित्रमा काम गर्ने युवतीहरुसमेत संलग्न हुने गरेको एक दलालले बताए । यस्तो धन्दामा नाम चलेका नायिकादेखि लिएर मोडलहरु पनि संलग्न रहेको उनले खुलासा गरे ।



ब्यायफ्रेन्ड, पैसा र डिस्को

अहिले कतिपय युवतीहरुले प्रहरीबाट बच्न ग्राहकलाई ब्यायफ्रेन्ड बनाएर यो पेशालाई अगाडि बढाइरहेका छन् । कतिपय युवकयुवती आधा रातसम्म खुल्ने डिस्कोमा छिरी ग्राहक खोज्छन् र पैसाको मोलतोल गरिसकेपछि लज र होटलतिर लाग्छन् । विशेषगरी मोडलिङ क्षेत्रकै सहकर्मी जोडीसमेत केही दिन बिराएर होटल तथा गेस्टहाउसमा जाने गरेका छन् । त्यस्ता जोडी सुटुक्क १-२ घन्टाका लागि गेस्टहाउसमा कोठा बुक गर्छन् र आफ्नो प्यास मेटेर फर्किने गर्छन् ।

केही महिनाअगाडि कामनाको इमेल ठेगानामा लामा थरकी एक युवतीले मेल गरेकी थिइन् । जसमा उनले लेखेकी थिइन् कि राजधानीको दरबार होटलको एउटा कोठामा नेपाली चलचित्रका चर्चित नायिका र निर्देशकबीच भएको यौनका दृश्य उनले आफ्नो क्यामरामा समेट्न भ्याएकी छन् । सो तस्वीर कामनालाई उपलब्ध गराएको खण्डमा कति रकम पाउन सकिन्छ - यसबाट यो स्पष्ट हुन्छ कि नेपाली चलचित्र क्षेत्रमा संलग्न केही चर्चित नायिका पनि यस्तो कार्यमा सक्रिय छन् ।

नेपालका केही चर्चित मोडलिङसम्बन्धी वेबसाइटहरुमा पनि मोडलिङको नाममा यौनको खुला व्यापार हुने गरेको पाइन्छ । मोडलिङका नाममा केही युवती यस्ता वेबसाइटमा आफ्नो उत्तेजित तस्वीर राखेर धनाढ्य ग्राहकको खोजीमा हिँड्ने गरेका समेत पाइन्छन् । त्यस्ता युवती यस क्षेत्रमा आफ्नो पहिचान बढाउन यी वेबसाइटका सम्बद्ध व्यक्तिहरुको जस्तोसुकै सर्तमा पनि सहमति जनाउने गरेको थाहा भएको छ ।

कैयौं युवतीको दलाली काममा सडक बालबालिकाको समेत संलग्नता रहने गरेको रहस्य पनि खुल्न आएको छ । त्यस्ता दलालहरुसँग प्रहरी प्रशासनको सर्म्पक हुने र तिनीहरुले दिएको सुराकीको भरमा प्रहरीले छापा मारी पुनः पैसा असुलेर छाडिदिने गरेको बताइन्छ । सुराकी गरेबापत दलालहरुले समेत कमिसन पाउने गरेको रहस्य यस पेशामा संलग्नहरुले नै खुलाएका छन् । यस्तै एक दलालका अनुसार उपत्यकाका कैयौं ठाउँ

यस्ता पनि छन् जहाँ बाहिरबाट हेर्दा कुनै रेस्टुराँ र कटेजजस्तो देखिए पनि भित्र-भित्र ती ठाउँमा दिन दहाडै आफूले चाहेका केटीसँग यौन तृष्णा मेटाउने गरिन्छ । यस्ता कार्यमा केही प्रहरीको समेत संलग्नता रहेको स्वयम् दलालहरु नै बताउँछन् ।
Source: http://www.newsofnepal.com/kamana1/sex.htm
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
शीर्षक जे पनि हुन सक्छ।
What are your first memories of when Nepal Television Began?
Sajha Poll: नेपालका सबैभन्दा आकर्षक महिला को हुन्?
ChatSansar.com Naya Nepal Chat
NRN card pros and cons?
Basnet or Basnyat ??
निगुरो थाहा छ ??
Nas and The Bokas: Coming to a Night Club near you
TPS Re-registration
अमेरिकामा छोरा हराएको सूचना
ओच्छ्यान मुत्ने समस्या ( confession )
Do nepalese really need TPS?
TPS Re-registration case still pending ..
Drawback for applying NRN card
Breathe in. Breathe out.
nrn citizenship
Democrats are so sure Trump will win
ढ्याउ गर्दा दसैँको खसी गनाउच
My facebook archive (for sale)
Nas and The Bokas: Coming to a Night Club near you
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters