उहिले सानो छदा दारीवाला मास्टर बाले कान नीमोठ्दै "इट्स् बेटर देन् नेवर, बडो तलाइ हिरो बन्नु पर्ने, पढनमा चाही आलू। हेर हे मूला चाडो बानी सपार...सधै स्कूल् आउने गर नत्र पिप्लाघरे रैथाने हली को चाल होला" भनेर बेला बखतमा तर्साइ रहन्थे। अब आफ्नो त काठमान्डू पढन गका काका, दिल्ली नोकरी गर्न गका भिनाजूहरु चाडपर्वमा गाउ आइरहन्थे अनि ल्याइदिन्थे पएट कुमीज। त्यसपछि लाउन त परिजो हाल्यो गाठे। यसो नया लुगा लगाएर जाने ठाउ स्कूल बाहेक कहा हुन्थो र साना । स्कुल मा चाही सधै आलू, जिरो, गोबर-गणेश हुनपर्ने मास्टर बाको।
हुनत उहिले सानो छदा गुच्छा खेल्ने बानी (hobby) धेरै भयकोले सिस्नो पानी को स्वाद पनि बाबाको हात बाट चाख्या हु।
आज यी उहिलेका कुरा खुइली सक्नु पर्नेमा अचानक याद आयो। ढिलै भय पनि साझामा झुल्किन पर्यो भन्ने ठाने मैले। कति मात्र लुकी लुकी साथी भाइलै हेर्ने। हुनत मास्टर बाको प्रीय पात्र रैथाने हली भएर गाउ घरमै ह् ह माले ह भन्दै रमाउन त पाएको छैन। अहिले जहा भए पनि त्यहि गाउ घरकै रैथाने मूला हु म। आज देखि म पनि साझाकै करेसा बारीमा मलजल्, गोडमेल् गर्न आएको छु।
उहिले सानो छदा जे भए पनि आहिले सम्झदा रमाइलो लागी रहने भन्या।