रेड क्रसको अन्तर्राष्ट्रिय समिति (आइसीआरसी)की नेपाल प्रमण्डल प्रमुख मारी वन्र्जले सशस्त्र संघर्षका बेला बेपत्ता बनाइएका ८ सय भन्दा बढी मानिसको अवस्थाका बारेमा आफ्नो समितिलाई पूर्ण जानकारी भएको बताउनुभएको छ।
बेपत्ता पारिएका हरेक मानिसका घरमासमेत पुगेर गरिएको अनुसन्धानका आधारमा आइसीआरसीले ८ सय १२ जना बेपत्ताहरुको अवस्था सार्वजनिक गरेको छ। यसबारे आफ्नो अनुभव सुनाउँदै नेपाल प्रमण्डल वन्र्जले बेपत्ता परिवारहरुको धैर्यको अन्तिम सुनुवाईका लागि सरकारसँग आग्रह गर्नुभएको छ ।
उहाँले सरकार र माओवादीले कात्तिक २२ गते गरेको सम्झौतामा बेपत्ता पारिएकाहरुका विषयमा एक उच्चस्तरीय आयोग गठन गर्ने प्रतिवद्धताअनुसार आयोग बनाउन थाल्नुपर्ने बताउनुभयो । उहाँले बेपत्तासम्बन्धी मानवीय पीडा अन्त्यका लागि ठोस कार्य गर्नसमेत सरकारसँग आग्रह गर्नुभयो ।
आइसीआरसीले सार्वजनिक गरेको बेपत्तासम्बन्धी सूचीमा १८ वर्ष मूनीका ९६ जना र महिला ६८ जना रहेको बताइएको छ। आइसीआरसीले नेपालको कानुनमा बेपत्ता पारिएकाहरुको अवस्थाका बारेमा उल्लेख नगरिएकाले उनीहरुले अर्को ठुलो समस्या बेहोर्नु परेको जनाएको छ।
बेपत्तानागरिकको सूची