[Show all top banners]

Rahuldai
Replies to this thread:

More by Rahuldai
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 पानी परेको रात
[VIEWED 4940 TIMES]
SAVE! for ease of future access.
Posted on 02-20-07 11:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पानी परेको रात

पानी परेको रात थियो
अलकति मात थियो
न कुनै नमीठो बात् थियो
तिमीले तर्केर हेर्‍यौ
तिमी तर्केर हिड्यौ
फेरि फर्केर आएनौ
के खोज्न हिडेको?
पायौ कि पाएनौ?



बिहान सम्म होश् थिएन
तिमीलाई खोज्ने जोश थिएन
धेरै दिन् पछि घृणा पत्र पाएं
घृणाका हर् शब्दलाइ प्रेम् पत्र ठानें
आज तिनै याद् त छ जिन्दगिमा
प्यार् भरिको घृणा त छ जिन्दगिमा।
तिमी जहाँ भए नि
जो संग हाँसे नि
जीवन यात्रा भरि
फुलै फूल् होस्
म संग नाता खोज्ने फेरि फेरि
भूल् न गरोस्



जब् जब् रातमा पानि पर्छ
तब् तब तिमीलाई सम्झिन्छु
पानी परेको रात्
फेरि कहाँ बिर्सन्छु?

पानी परेको रात् थियो
अलिकति मात् थियो..........

 
Posted on 02-20-07 11:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Kaha kaha mero jivan sanga mel khana gayo ni rahul ji !!
 
Posted on 02-21-07 12:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

good creation rahulji, keep it up
 
Posted on 02-21-07 1:22 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गज्जब छ राहुल दाइ! राम्रो लाग्यो!
 
Posted on 02-21-07 8:41 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धन्यवाद सबै मित्रहरुलाई ।
नाकपोरे जी,तपाईं हाम्रो जिन्दगी को आकाश उहि, धरती उहि, कहाँनी उही हुनु आश्चर्य को कुरा भएन । भोगेका, दुखेका दर्द हरु जब शब्द अनि वाक्य हुँदै कबिता सबिता बन्छ, धेरैको आत्म बोल्छ, धेरैको प्रेतात्मा जल्छ ।

रातामकै र गौतम जी, यहाँहरुको सदभाव् र प्रेरणा त हो नि सिर्जना भनेको, नत्र न लेख्न जांगर आउछ न भाव।
 
Posted on 02-21-07 9:29 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

wa..wa...wa. Rahul Ji...Keep some more rolling please
 
Posted on 02-21-07 12:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कालेकान्छा जी । संझना को लागि धन्यवाद ।
 
Posted on 02-21-07 12:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Rahulvai U are great writer as always....
but i have a Comment for u......arent there any words available in our own language.....for an example -u could have use "Maya" or 'Prem" rather than " Pyar" in ur Great Poem and same thing with ur Comment to Nakpore ...u could have use "Pida" or "Dukha" than "Dard"

just my view....never mind
If u use totally our words it becomes more beautyful..and warm

Cheers,
 
Posted on 02-21-07 12:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

rahul ji u r good writer

but sometime u go crazy, not good crazy but bad
 
Posted on 02-21-07 12:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ह्यरी र थोपा जी, टिप्पणीको लागि धन्यवाद ।
हुन त प्यार शब्द गैर नेपाली मानिंदैन । त्यसरि नै दर्द पनि । संस्कृत मूल श्रोत भएकोले ती शब्दहरु ग्राह्य छन । र पनि तपाईंको सुझाव लाई अगामी रचनाहरुमा मनन गर्ने नै छु ।
यसरी नै आलोचना गरे पो हाम्रो लेखन शैलीमा सुधार हुन्छ, र गर्नु पर्दछ । जे देख्यो त्यो लेख्नु पर्छ । सबै जना सर्बज्ञ हुंदैन ।
थोपा जी,
राजनीती मा कलम चलाऊने राहुलभाइ र कबिता लेख्ने राहुलभाइ छुट्ट छुट्टै हुन । राज नीतिमा सही कुरा लेख्दा नि बिपक्षले गलत बुझिदिन्छ, त्यसरि नै मन नपरेको मान्छे को गुलाफ पनि काँडा जस्तै लाग्छ ।
 
Posted on 02-21-07 12:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

फुलको आँखामा फुलाई संसार
 
Posted on 02-21-07 1:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पानी परेको रात मा म पनि रोएको थिए,
ठुलो झरि थियेन त्यो, सिम्सिमे बर्खा थियो,
अलिअलि भिज्दै मैले नहेरे जस्तै गरे,
तिमीलाइ देखे पनि नदेखे जस्तो गरे,
मलाइ तिमी आफै बोलाउन्छौ कि भन्ने आश थियो,
मात लागेको त्यो रातमा ममा पनि उन्माद् चदेको थियो,
तिमीले रोके मात्र पनि म अबिरल् बग्न सक्थे,
तिमीले बोले मात्र पनि म खुशिल् नाच्न सक्थे,
तर अफसोचको कुरा तिमीले मलाइ पढ्न सकेनौ,
मैले तिमीलाइ आफ्नो मनको कुरा भन्न सकिन,
केहि पर गयी म फेरि फर्केको थिये,
तिमीलाइ बोलाउन एक्चोटि पानी परेको रातमा,
केबल तिमीले चुडेको फुल थियो घाइते पानीमा,
अझै पनि रोकिन्छु म त्यो बाटोमा,
त्यो रात देखि म निथ्रुक्क भिजेको छु मायाले,
र खोज्छु अझै तिमीलाइ पानी परेको रातमा,
 
Posted on 02-21-07 4:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

urfrenrites जी,
राम्रो कबिता राखिदिनु भयो । तर सुझाव छ, एकै शिर्षक देखिने गरी "पानी परेको रात" राख्दा म त अलमलिएं भने अरु मित्रहरु पनि झुक्किएला नै। कृपया बिचार् पुर्‍याइ दिनु होला।
 
Posted on 02-21-07 4:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Sorry Rahul Ji,

I agree with you. This will not be repeated again.
 
Posted on 02-21-07 5:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गजल

मुन पौडेल

त्यो कालो रात र झमझम पानी
त्यो तिम्रो साथ र झमझम पानी

मधुरो दीपमा खुसखुस खुसखुस
मायालु वात र झमझम पानी

जाडोले रातमा सब चिसाम्मै
त्यो तातो हात र झमझम पानी

कसरी बिर्सनु मौसम र रुपको संगम
नसालु मात र झमझम पानी

त्यो तिम्रो देहमा बिजुली चम्क्यो
झर्यो प्रपात र झमझम पानी

त्यो कालो रात र झमझम पानी
त्यो तिम्रो साथ र झमझम पानी

जनकपुरधाम ।
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
मन भित्र को पत्रै पत्र!
Guess how many vaccines a one year old baby is given
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
ढ्याउ गर्दा दसैँको खसी गनाउच
TPS Reregistration and EAD Approval Timeline.......
nrn citizenship
जाडो, बा र म……
Changing job after i-140 approval
Driver license help ASAP sathiharu
Trasiting through Istanbul, Turkey
lost $3500 on penny stocks !!!
Is this a progressive step?
Nepalese Students Face Deportation over Pro-Palestine Protest
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters