[Show all top banners]

harikancha

More by harikancha
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 विभिन्न सभामा माओवादी हस्तक्षेप, झडपमा दर्जनौं घाइते
[VIEWED 884 TIMES]
SAVE! for ease of future access.
Posted on 02-24-07 10:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नेकपा (माओवादी) का कार्यकर्ता र विभिन्न दल तथा संघ, संगठन समर्थितहरूबीच शनिबार काठमाडौंलगायत देशका विभिन्न स्थानमा भएका झडपमा चार दर्जनभन्दा बढी घाइते भएका छन्। सैनिक पोसाकमा आएका माओवादी कार्यकर्ताले नेपाली कांग्रेस, कांग्रेस प्रजातान्त्रिक र एमाले समर्थित गलैंचा मजदुरले आयोजना गरेको कार्यक्रमस्थलमै आक्रमण गरी एक दर्जनभन्दा बढीलाई घाइते बनाएका छन्। बौद्धस्थित तीनचुलेमा गलैंचा मजदुरहरूको आन्दोलनको विषयमा शनिबार आयोजित कोणसभामा छड, लाठीलगायत घरेलु हतियारले आक्रमण गर्दा गलैंचा मजदुर संघका महासचिव जयबहादुर योञ्जन, कमल लामा, सीता लामालगायत घाइते भएका छन्। घाइतेमध्ये महासचिव योञ्जनको अवस्था चिन्ताजनक रहेको छ र उनको मोडल अस्पतालमा उपचार भइरहेको छ। कोणसभा सकिनासाथ माओवादीले योञ्जनलाई कालोमोसो दली जुत्ताको माला लगाई बौद्ध परिक्रमा गराएका थिए। आक्रमणकारीले डिकोन्टका कोषाध्यक्ष गोपाल धिमाल र कार्पेट युनियनका कोषाध्यक्ष फूलमाया लामालाई पनि कुटपिट गरेका थिए। नियमविपरीत उद्योगवाणिज्य महासंघ, गलैंचा निकासी पैठारी संघ, केन्द्रीय गलैंचा उद्योग संघलगायतसँग सम्झौता गरी माओवादी दलविरुद्ध आक्रामक शैलीमा उत्रेको एमाले निकट स्वतन्त्र कार्पेट मजदुर युनियनका अध्यक्ष तुलसी शिवाकोटीले बताउनुभयो। माओवादीको सो हस्तक्षेपको भर्त्सना गर्दै नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट), नेपाल ट्रेड युनियन कांग्रेस (एनटीयूसी) र नेपाल प्रजातान्त्रिक ट्रेड युनियन महासंघ (डिकोन्ट), नेपाल स्वतन्त्र कार्पेट मजदुर युनियन, नेपाल गलैंचा मजदुर संघ र नेपाल गलैंचा मजदुर युनियनले प्रेस विज्ञप्ति जारी गरेका छन्।

यसैबीच माओवादीले रोल्पाको सभामा आक्रमण गरी एमाले जिल्ला सचिव शान्तकुमार ओली, सचिवालय सदस्य मनोज सिं, इलाका सदस्य खिमबहादुर घर्तीलाई कब्जामा लिएकोमा एमालेले भर्त्सना गर्दै उनीहरूको सकुशल मुक्ति र त्यस्ता घटना नदोहोर्‍याउन चेतावनी दिएको छ।

चितवन संवाददाताका अनुसार नेपाल आदिवासी जनजाति महासंघले शनिबार आहवान गरेको नारायणी, सगरमाथा र जनकपुर अञ्चल बन्दका क्रममा नारायणगढमा बन्दकर्ता र नेकपा (माओवादी) का कार्यकर्ताबीच भएको झडपमा एक दर्जन प्रदर्शनकारीलाई सामान्य चोट लागेको छ। नारायणगढको पुलचोकमा गाडी तेर्स्याई टायर बालेर बसेका महासंघका कार्यकर्ता र प्रचण्डले सम्बोधन गर्ने बुटवलको जनसभामा जान लागेका माओवादी कार्यकर्ताबीच बिहान ८ बजे झडप भएको थियो। माओवादी कार्यकर्ताले सडकको अवरोध जबर्जस्ती पन्छाउन खोजेपछि प्रदर्शनकारीले उनीहरूलाई रोक्ने प्रयास गर्दा तनाव उत्पन्न भएको हो।

पृथ्वी राजमार्गको मुगलिनमा पनि बन्द आयोजकहरूले बिहान सबेरैदेखि पुर्‍याएको अवरोध दिउँसो ३ बजेपछि मात्र हटेको थियो। सडक अवरुद्ध गरिएकाले काठमाडौंबाट पूर्व र पश्चिमका लागि छुटेका गाडीहरू दिनभर त्यहीँ रोकिई खुलेपछि मात्र आआफ्नो गन्तव्यतर्फलागेका थिए।

यसै गरी नेपालगन्ज संवाददाताका अनुसार माओवादी र मधेसी जनअधिकार फोरमका कार्यकर्ताबीच शनिबार नेपालगन्जमा पनि झडप भएको छ। शान्तिपूर्ण रूपमा फोरमले सभा सञ्चालन गरिरहेको त्रिभुवन चोक पूर्वलाइनमा आगामी मंगलबारको केन्द्रीय जनसभाको प्रचारका लागि माओवादीले निकालेको मोटरसाइकल र्‍याली पुग्दा आपसमा झडप भएको हो।
र्‍यालीका लागि बाटो नपाएको भन्दै उत्तेजित माओवादी कार्यकर्ताले फोरमको सभास्थल मञ्चमा आक्रमण गरी क्षति पुर्‍याएका थिए। दिउँसो डेढ बजेतिर भएको उक्त घटनालगत्तै आक्रोशित फोरमका कार्यकर्ताले माओवादीले प्रयोग गरेको भे१च ६११ नम्बरको पिकअप भ्यान र केही पर रहेको माओवादीको पार्टी कार्यालयका सबै सामग्री आगो लगाएर ध्वस्त बनाएका छन्। झडप रोक्न प्रहरीले तीन सेल अश्रुग्यास प्रहार गरेको थियो। माओवादी कार्यकर्ता र फोरमका कार्यकर्ताबीच भएको झडपमा हस्तक्षेप गर्दा प्रहरी सहायक निरीक्षक हरिप्रसाद गौतम घाइते भएका छन्। दुइपक्षीय झडपका कारण तत्कालै नेपालगन्जको बजार बन्द भएको थियो।

भैरहवा संवाददाताका अनुसार बुटवलमा हुन लागेको माओवादी सभाका लागि मानिस ओसार्न मर्चवारमा गएको एउटा बसमा शनिबार मधेसी जनअधिकार फोरमका कार्यकर्ताले आगजनी गरेका छन्। सोही क्रममा भएको झडपमा दुइ दर्जन कार्यकर्ता घाइते भएका छन्। मर्चवारको मझगाउँमा गरिएको आगजनीमा लु१ख ४१६५ नम्बरको बस जलेर ध्वस्त भएको छ। फोरमका कार्यकर्ताले बसचालकलाई समेत निर्घात कुटेका छन्। चालकको पक्लिहवा शिक्षण अस्पतालमा उपचार भइरहेको छ। माओवादी मर्चवार इलाका सचिव सन्तकुमार यादवले सभामा सहभागी जनता बटुल्न गएका युवा कम्युनिस्ट लिगका १३ कार्यकर्तालाई फोरम समर्थित जत्थाले कुटपिट गरी घाइते बनँएको बताएका छन्। उनीहरूको शिक्षण अस्पताल पक्लिहवामा उपचार भइरहेको छ। यादवले माओवादीको तुलिहवामा रहेको क्षेत्रीय कार्यालयमा समेत आगजनी गरिएको बताए। सोही क्रममा एक दर्जन फोरम समर्थक पनि घाइते भएका छन्।

source:http://newsofnepal.com/kps/fullnews.php?serialno=4196&&sec=41&&ssc=51
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
ढ्याउ गर्दा दसैँको खसी गनाउच
lost $3500 on penny stocks !!!
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
Nepalese Students Face Deportation over Pro-Palestine Protest
Is this a progressive step?
Trasiting through Istanbul, Turkey
TPS Reregistration and EAD Approval Timeline.......
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters