साथी होस् त यस्तो
पढाइ छाडेर दर्ुइ-चार रुपिया“ सहयोग माग्दै हि“ड्नु उनीहरूको रहर होइन । तर, साथीको जीवन बचाउन उनीहरू आइपर्ने जोखिमलाई पनि सामना गर्दैै हि“डिरहेका छन् । पोखरास्थित तालबाराही उच्च माध्यमिक विद्यालयका तीन छात्राहरू आफ्नो साथीको उपचार्रार्थ सहयोग रकम जुटाउन पर्ूवाञ्चल आइपुगेका छन् । सप्तरी, सिराहा, मोरङ, सुनसरीका हरेक घर र पसल अगाडि पुगेर आप\mनो साथीको उपचारका लागि सहयोग माग्दै हि“डेका उनीहरू विद्यालयकै पोशाकमा थिए ।
आफूहरूस“गै कक्षा ११ मा पढ्दै गरेकी साथी १६ वषर्ीया नेहा गुरुङको उपचार्रार्थ आफूहरू यसरी सहयोग रकम जुटाउ“दै हि“डेको गाईघाट आइपुगेकी शिला सुब्बाले बताइन् । नेहाको दुवै मिर्गाैला काम नगर्ने भएपछि फर्ेर्नुपर्ने स्थिति आएको छ । तर, टुहुरी नेहाका उपचारका लागि कतैबाट खर्च नजुटेपछि उनकै साथीहरू सक्रिय भएका हुन् । एक महिनाअघि विद्यालयबाट १८ जना साथीहरू यस अभियानमा हि“डेको र विभिन्न जिल्ला तथा प्रमुख शहरहरूमा छरएिको सुब्बाले बताइन् ।
हालसम्म आठ लाख ५० हजार रकम सङ्कलन भइसकेको छ । बा“की अढाइ लाख रुपिया“का जोहो गर्न पनि यसरी नै लागिपर्ने उनीहरू बताउ“छन् । "कसैले त राम्रो काममा हि“डेको भन्दै स्याबासी र धन्यवाद पनि दिए तर कतिले भने ठगिखान हि“डेको भन्दै गाली र अपमानसम्म गरे," सुब्बा सुनाउ“छिन् ।
(Source: http://www.kantipuronline.com/Nepal/ankhijhal.php)