[Show all top banners]

Gautam B.

More by Gautam B.
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 'यहोवा'ले हैरान पारे!!
[VIEWED 3457 TIMES]
SAVE! for ease of future access.
Posted on 04-23-07 4:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

‘यहोवा’ले हैरान पारे!!!

केहि समय पहिला एउटा नाइजेरियाली साथीको बिहेमा गईएको थियो। उ ‘यहोवाको
साक्षी’ हो। मैले ‘यहोवा---‘ मात्रै नभएर कुनै पनि कृश्चियन सम्प्रदायको वैवाहिक कार्यक्रममा सहभागी हुने अवसर पाएको थिईन, यसभन्दा पहिला। ‘मैले एकदम साधारण तरिकाले विहे गरेको हुँ।‘ भन्थ्यो साथीले। साधारणनै थियो, जानुअगाडि मैले सोचेको भन्दा धेरै साधारण। जापानीहरुको संख्या त धेरै हुनेनै भयो, अफ्रिकी मूलका मान्छेहरु पनि धेरै थिए। ‘यहोवा--‘ का प्रकाशनहरु हेर्दा ‘यहोवा---‘ अफ्रिकामा निकै दह्रोसंग जरो गाड्दै हो कि जस्तो पनि लाग्छ।

यो साथी म भन्दा केहि महिना पहिला आएको रहेछ विश्वविद्यालयमा। चिनजानको एक-दुई दिनपछिनै ‘तैंले बाइबल पढेको छस्?’ भनेर सोधेको थियो। ‘पढ्या छु नि, किन छैन!’ भनेर जवाफ फर्काएको थिएँ मैले (नेपालीमा अनुदित बाइबल पढ्न थालेको थिएँ एकताका, खासै रुचि जागेन र छोडिदिएको थिएँ।)
“पढेर बुझिस् त?”
“चाहिने जति बुझें।“
“नबुझेको भए, म तँलाई बुझाउन तयार छु।“ भनेर भनेको थियो उसले। मैले ‘हुन्छ, म तँलाई भनौंला नबुझेको बेला।‘ भनेर फुत्केको थिएं। पछि एक-डेढ महिनासम्म पनि बेला-बेलामा कुरो झिक्दै थियो, तर त्यत्ति रुचि नदेखाएपछि कुरो गर्न छोडेको थियो। त्यसपछि हाम्रो सम्बन्ध सामान्य मित्रवत रहँदै आएको छ।

तर मेरो ल्याबको एउटा थाइ साथीलाई भने अतिनै गर्न थालेछ। थाइ साथी फेरि अति कट्टर बौध्दमार्गी! ‘रुचि छैन।‘ भनेर भन्दा पनि जतिखेर पनि बाइबल पढाउन खोज्ने, दिनदिनै थाइ भाषाका ‘यहोवा---‘ सामाग्रीहरु लगेर उ नभएको बेला उसको कोठाको ढोकाबाट छिराइदिने आदि गर्न थालेपछि थाइ साथीलाई साह्रै रिस उठेछ र एकदिन भेटिएको बेला “ If I can have thousand births, I will be Buddhist in every life! ---“ त्यस्तै केहि भन्दै धम्क्याएछ। त्यसपछि मात्रै नाइजेरीयाली साथीले उसलाई बाइबल पढाउने कोशिश गर्न छोडेछ।

उता घरमा पनि जापानी ‘यहोवा---‘ हरु आएर बाइबलको कुरा गर्न थालिहाल्ने, ढोका खोलिसक्नेबित्तिकै। पहिला त केहि थिएन बिदाको दिनमात्रै घर बसिन्थ्यो। तर पछि छोरी जन्मेपछि उनी केहि महिना घरै बस्ने क्रममा ‘यहोवा---‘ले हैरान पार्न थाले। समय पनि छैन, रुचि पनि छैन भनेर जति भनेपनि टसको-मस नहुने! आज त ढोकै खोल्दिन भन्यो, आधा घण्टासम्म ढक्ढक्याईरहन्छन्। घरमा सानो बच्चा छ भन्ने थाहा हुँदा-हुँदै पनि मतलब गर्दैनन्। भएन भनेर ढोका खोलेर हे-यो, भित्रै पसिसक्छन् र नेपाली भाषाका ‘यहोवा---‘ सामाग्रीहरु र बाइबल खोलिहाल्छन्। झनक्क रिस उठ्छ, तर गर्ने के?!

यीनीहरुको बारेमा राम्रो धारणा नबन्नुको अर्को कारण यीनीहरुले आफ्ना बच्चाहरुलाई ‘तालेबान’ ढंगले गर्ने नियन्त्रण पनि हो। यो कुरोचैं एउटा नेपाली ‘यहोवा---‘ जोडीले आफ्ना छोराछोरीलाई गरेको ब्यबहार देखेरै जानियो। हुनत त्यो जोडी ‘नया जोगी’ हुनाले ‘बढी खरानी धसेको’ पनि हुनसक्छ, तर ‘यहोवा---‘ हरुले उत्सव मनाउनु हुन्न भनेर बच्चाहरुलाई समेत कतै रमाईलोमा, कार्यक्रमहरुमा जान नदिएको र कखरा फोर्न थालेदेखि बाइबलमात्रै पियाउन थालेको देखियो। आफूलाई त पूरै जिन्दगीनै उत्सव जस्तो लाग्छ! फेरि वयस्क भएपछि कसैले अँगाल्ने आस्थाको कुरो बेग्लै हो, तर बच्चाहरुलाई त सकेसम्म विवधतापूर्ण वातावरण दिनुपर्छ, सकेसम्म सबै आस्थाहरुसंग परिचित गराउनु पर्छ जस्तो लाग्छ।

‘यहोवा---‘ हरु रक्तदानका विरोधी हुँदा रहेछन्। मर्न आँटिसकेको मान्छे अरु कसैको रगत दिएर बाँच्छ भने पनि दिनुहुँदैन रे, रक्तदान गलत हो रे! बाइबलमा के लेखेको छ कुन्नि, तर मेरो काँचो दिमागले भने रक्तदान जस्तो पुण्य कुरो अरु कमै ठम्याएको छ। यो रक्तदान विरोधी नीतिमा कता-कता रंगभेद-जातिभेद पनि पो लुकेको छ कि?!

एक हप्ता पहिला आइतबारपनि आएर ढोका हान्न थाले, दुईटी ‘यहोवा---‘ले। बूढा-बूढीले सल्लाह ग-यौं, ‘आजचैं ढोकै नखोल्ने!’ भनेर र मान्छे नभएझैं गरेर चूप लागेर बस्यौं। तर छोरी बोल्न थाली, सुनेर ‘भित्र मान्छे छन्।‘ भनेर कुरा गर्न थाले। बाध्य भएर ढोका खोलियो। यसपटकचैं आफैं तगारो बनेर उभिएँ ढोकामा। एकछिनसम्म ‘प्रभुको राज्य’को बखान हाने र ‘प्रहरी धरहरा’ (Watchtower भन्ने उनीहरुको प्रकाशनको नेपाली संस्करण) को फरक-फरक अंकका तीन प्रति दिएर हिँडे।

हिजो फेरि कालो सूट लाएका दुइ वयस्क पुरुष र दुइ सात-आठ वर्षे बालक आएका थिए। एकछिन ढोका हानेर हिँडे तिनीहरुचैं। जापानी ‘यहोवा---‘हरु विदेशीको नाम लेखिएको ढोकाहरुमा विशेष रुचि राख्छन्, कारणचाहिँ रामजाने!

केहि समयपहिला ‘यहोवा---‘ हरुसंग सम्बन्धित एउटा रमाईलो समाचार पढेको थिएँ। यहाँमात्रै किन, अन्त पनि, पहिला पनि यस्तै रहेछन् यिनीहरु। आज गुगलमा खोजेर त्यो समाचार फेरि पनि पढें। तपाईँ पनि पढ्नुस्, मन लाग्छ भने।
- http://www.telegraph.co.uk/news/main.jhtml?xml=/news/2006/07/28/nwitness28.xml

मैले पनि यस्तै सूचना नटाँसी नहोला जस्तो छ!
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
Lets play Antakshari...........
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
शीर्षक जे पनि हुन सक्छ।
What are your first memories of when Nepal Television Began?
[New post] Why Would Krishna Have To Run From The Battlefield
Sajha Poll: नेपालका सबैभन्दा आकर्षक महिला को हुन्?
ChatSansar.com Naya Nepal Chat
is Rato Bangala school cheating?
Why always Miss Nepal winner is Newari??
NRN card pros and cons?
Basnet or Basnyat ??
पुलिसनी संग - आज शनिवार - अन्तिम भाग
निगुरो थाहा छ ??
Nas and The Bokas: Coming to a Night Club near you
TPS Re-registration
श्राद्द
सेक्सी कविता - पार्ट २
What Happened to Dual Citizenship Bill
पाप न साप घोप्टो पारि थाप !!
अमेरिकामा छोरा हराएको सूचना
Nas and The Bokas: Coming to a Night Club near you
राजदरबार हत्या काण्ड बारे....
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
is Rato Bangala school cheating?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters