नेकपा माओवादीले पत्रकार वीरेन्द्र साहको हत्या आफना कार्यकर्ताबाट भएको स्वीकारेको छ । साहको अपहरण गरेको एक घन्टापछि गोली हानी हत्या गरेको सार्वजनिक गरेको छ। माओवादीद्वारा गठित छानबिन समितिका संयोजक प्रतीकले आज राजधानीमा पत्रकारसम्मेलनको आयोजना गरी यस्तो जानकारी दिनुभएको हो।
माओवादीका तफ'बाट घटनाको छानविन गर्न गठित समितिका संयोजक प्रतिकले हत्यामा संलग्न कार्यकर्ता सर्म्पर्कबाहिर रहेको बताउनुभयो ।
'अपरणपछि हत्या गर्ने हाम्रा तीन कार्यकर्ता हुन्,' प्रतिकले भन्नुभयो,'उनीहरुले जिम्मेवारी लिएपनि हाम्रो सर्म्पर्कबाहिर छन् ।' घटनाका अभियुक्तलाई पक्राउ गरी कारबाही गर्न सरकारलाई सहयोग गर्न तयार रहेको उहांको भनाई थियो । उहांले पाटीको नीतिअनुरुप अपहरण र हत्या नभएको दाबी गर्नुभयो । उहांले प्रेस स्वतन्त्रताप्रति प्रतिवद्धता जाहेर गर्दै केही व्यक्तिको अपराधलाई सिंगो पाटी'संग गांसेर नहेन' आग्रह गर्नुभयो । उहांले घटनाप्रति गहिरो दुःख व्यक्त गर्नुभयो ।
source : http://namasteeurope.com/news/breaking.php?Action=Full&NewsID=4253
Last edited: 05-Nov-07 07:12 AM