मैले यो ब्लग लाई शेर्पा किदुगको ब्लगमा राख्न खोजेको थिए । पाठकहरुको बढी
सहभागीत र बढी बहसको बिषय बनोस भनेर साझा राखेको छु। 
हिजो  एक जना शेर्पिनी
मित्र को इ -मेल आयो ।  लेखेकी थिइन " आउने आइतबार डि जे नाइट छ आउनु होला । " साथ
एक जना नेपालबाट आएका बिश्व साइकलयात्रीको सम्मान पनि रहेछ। केही दिन अगाडि शेर्पा
किदुगको वेबमा उन्को बारेमा पढि सकेको थिए। छेवाङ दाईले किदुगको एउटा ब्लग मा
लेख्नु भएको छ " शेर्पाहरु हिमाल मात्र चडदैनन बिश्व साइकल यात्रा पनि गर्न सक्छन।
" हुन त नेपालबाट साइकल  यात्रामा  निस्कने साइकलयात्री  फुर्तेम्बा शेर्पा पहिलो
हैनन ।  उनी भन्दा अगाडि धेरै साइकलयात्रीको उदय भई सकेको छ। कती दौडिदै होलान ,
कती थाके होलान। त्यो अनुसन्धानको काम बन्ला  एकदिन। मैले उठाउन खोजेको कुरा के भने
" शेर्पाहरु हिमाल मात्र चडदैनन , बिश्व यात्रा पनि गर्न सक्छन। " मैले यो बिषयलाई
अमेरिकि भुमीबाट उठान गरेको हुनाले " हामी पहिले नेपाली कि, पहिले शेर्पा? " भलै
हामी नेपालमा भएको भए पहिले शेर्पा हुने थिऔ अनी नेपाली । यो बिदेसी भुमी हामी
पहिले नेपाली हो कि भन्ने मेरो सोच हो।  छेवाङ दाई न्यूयोर्क ठुला समाजसेवीमा 
गनिनु हुन्छ। नेपाल नचलेका भुवन केसी लगयता थुप्रै कलाकार हरुको फिल्मलाई न्यूयोर्क
ल्याएर प्राण दिनु भएको छ। छेवाङ दाईलाई नजिकबाट चिन्नेहरु शेर्पा बाहुन पनि भन्छन
उन्लाई । पढेर हैन कि चहिने भन्दा बढी बाठो भएर। शेर्पाहरु हिमाल मात्र चडदैनन
भन्नु को अर्थ अलीलाई अलिकती भन्न चहान्छु । किनकी शेर्पाहरू नेपालमा अरु जातिलाई
चढनै दिदैनन। उदाहरण को लागि म दुइटा घटना दिन्छु ।
१ , अर्बिन तिमल्सिना ,( जो
१५ बर्ष को उमेरमा आरोहण गरेर बिश्व रेकर्ड बनाउन चाहन्थे । )  
जस्लाई
शेर्पाहरुले सगरमाथा लैजादा बाहुनले सगरमाथा चढन लाग्यो भनेर नाम्चे बजारमा भुइचालो
गएको थियो ।  । अर्बिनलाई लिएर जानेहरुले उस्लाई चुचुरो मा टेकाएमा नाम्चेको बाटो
भएर नफर्किनु भन्ने सुचना कान कान फुकिएको थियो। तेसैले अर्बिनलाई लिएर जाने
शेर्पाहरुले उन्लाई ५० मिटर तलबाट सगरमाथाको टुप्पो देखाएर मात्रा फर्काएका थिए।

२ , उशा बिष्ट , दुई बर्ष अगाडि उन्लाई टिप्स थोरै भएको रिसमा शेर्पाहरुले 
तेस्रो सिबिरमा छोडेर फर्किएका थिए। उन्लाई चुचुरोमा पुगेर फर्किएका बिदेसी टिमले
उद्दार गरेर बाचाएको थियो।
मैले यि कुरालाई प्रसँगबस उठाएको मात्रा हो। यस्ता
घटना नेपालमा कती छन छन।        
कुरा रह्यो बिश्व साइकलयात्री फुर्तेम्बा
शेर्पाको। जस्ले ४७ वटा देश घुमी सकेका रहेछन।  यो बिषयलाई पनि मैले यहाँ बहसको 
ठाउँमा  राखी दिएको छु। गत बर्ष फुर्तेम्बा युरोपतिर घुम्दा स्वीजरल्यान्ड्बाट मेरा
एक्जना मित्रले उन्को यात्राको
लामो चिरफार गरेका रहेछन । जुन ईमेल मलाई पनि
प्राप्त भएको नमस्ते!
तपाईंलाई धेरै अगाडि देखी इ- मेल लेख्ने बिचार  गरेको थिए
तर तपाईंको इ -मेल नभएर लेख्न सकीरहेको थिईंन/  तपाईंको लेखहरु बेला बेला म पढ्ने
गर्छु/  रमाइलो लाग्छ/  खासमा मैले तपाईंलाई लेख्न खोजेको कुरा  के भने तपाईं 
विश्व साइकलयात्री फुर्तेम्बा शेर्पाको बारेमा जुन लेखहरु लेख्नुहुन्छ नि त्यसको
बारेमा  ति समाचारहरुको चिरफार  गर्न मन लगेर हो / मैले उन्को यात्राको बारेमा उनी
स्वीजरल्यान्ड आएपछी मात्रा  थाहा पाए / त्यस भन्दा अगाडि उन्को बारेमा केही पनि
थाहा थिएन  /
हामीले स्वीजरल्यान्डमा  उन्को यात्रालाई सक्दो सहयोग  गय्रौ / तर
जब उनी स्वीजरल्यान्ड छोडेर गए अनी थाहा भयो उनको गलत  कुराहरु / तपाईंले लेखेका
कती समाचारहरु गलत छन भन्ने कुरा तपाईं लाई समेत थाहा छैन होला  /  लामो अध्ययन
,अनुसन्धान, सोधपुछ  र बहसको निस्कर्श हो यो लेखाइ  / उन्ले स्वीजरल्यान्ड छोडे पछी
हामीलाई दिएको उपनाम " शरणार्थी " शब्द यती बिझ्यो कि जस्को करणले हामीले उन्को
यात्राको अनुसन्धान गर्न  वाध्य  पर्‍यो  । उन्को प्राथमिक गिदिले शरणार्थीको
वास्तविक अर्थ बुझेन। आफ्नो  मातृभूमी छोडने प्रत्येक मान्छे शरणार्थी हुन्छ ।
देशको झन्डा बोकेर मात्र राष्ट्रियता झल्किन्न। राष्ट्रियता मन र मस्तिस्कमा
झल्किनु पर्छ। नशा नशाको  रगतमा झल्किनु पर्छ।
 उनका वेब साईटमा लेखेको कतीपय
कुराहरु झुठा र असत्य  छन /
 
झुठ नम्बर एक   
____________
 उन्ले
तिहारमा दिदीले दिएको पैसा लिएर हिंडेको जुन भनाइ छ नि त्यो एकदम असत्य छ। नेपालमा
जनजाती बारे ज्ञान राख्ने मान्छेलाई थाहा होला नेपालका एक मात्रा जनजाती शेर्पा हुन
जो दशै , तिहार मान्दैनन  ।  अरु मगर, गुरुङ, राइ, लिम्बु, तमाङ, भन्दा एकदमै
कटटरबादी   छन/  अरु जनजाती जसरी दशै  तिहार मान्दैनन् /(छेवाङ दाई एक पटक सोध्नुस्
न फुर्तेम्बा लाई।)  यो सरासर झुठो कथा हो जुन उन्को वेब साईटमा रखिएको छ अहिले
उन्को साईट फेरिएको छ                                              

  

 
 झुठ नम्बर दुई
______________
उन्लाई अफ्गानिस्तानमा पुलिसले
समातेर  थुनेको जुन कथा बुनिएको छ त्यो पनि झुठ सबित भइ  सकेको छ। उन्ले बेल्जियमको
एक कार्यक्रममा   घुडाको खत देखाउदै के भनेका रहेछन भने अफ्गानिस्तानमा पुलिस 
थुनेर कुटेको  / त्यही कुरालाई उन्ले  स्वीजरल्यान्डमा हुँदा कम्बोडियामा
लुटेराहरुले कुटेको भने  / अब कुन चाँही सत्य हो? उन्कै मुखबाट बोलेको दुईथरी कुरा 
रेकडिर्ङ   छ।
मैले अफ्गानिस्तानमा संपर्क गरेर एकजना साथीलाई सोधेको थिए/  तर
शेर्पा त्यहाँ पुलिसको हातमा नपरेको बताये उन्ले/  त्यतीबेला  उनी एक्दमै
सुरकक्षितसँग बसेका  थिए  रे /
 उनी नेपालीहरुसँग बसेको मान्छे कसरी उम्किएर
पुलिसको फन्दा मा परे ? जब कि फुर्तेम्बा शेर्पा अफ्गानिस्तान  पुगेको , उन्लाई
स्वागत र सम्मान गरेको समाचार् नेपाल जापान  डट् कममा दिने मान्छेले उनी त्यहाँ
पुलिसले समातेर , थुनेर ८ घण्टा सम्म  बन्धक बनाउदा ,  त्यत्रो घाइते बनाउदा  किन
त्यो समाचार  आएन?  उन्को घुडाको खतलाई निकै अनुसन्धान गर्दा वास्तवमा नेपालमा
लडेर  चोट लगेको रैछ /

जून ७ २००७ मा उनि अफ्गानिस्तन पुग्दा नेपाल जापान.कम मा निस्केको
समाचार।
www.nepaljapan/read.php?section=headlines&topic=headlines&id=5142
के
यिनै हुन फुर्तेम्बालाई अफ्गनिस्तान मा बन्धक बनाउने पुलिस?
एचकेनेपाल डट कम, 9
जुन 2007-
 


खै त यो समाचारमा उनी अफ्गनिस्तनमा थुनिएको, घाइते भएको कुरा?
 http://hknepal.com/wp/?p=6333
http://www.hknepal.com/hknews/?p=13
यो सुन्नुस् अली अली चोट
लगेको।
http://www.hknepal.com/radio/sherpa/phurtemba.htm
त्यही घटना

यो पढ्नुस् गहिरो चोट लागेको
http://www.cphpost.dk/print.jsp?o_id=108711
 
झुठ नम्बर
चार
________________
उन्ले घुमेको देशहरुको लिस्ट हेर्नुस् तल/
संसारको
नक्सा हेर्ने मान्छेलाई अचम्म लग्न सक्छ / कहाँ बाट कसरी घुमेको हो?
उनले
नेपाल, भारत, भूटान, बङ्गलादेश, बर्मा, थाइल्याण्ड, कम्बोडिया, भियतनाम, लावस,
मलेसिया, सिंगापुर, ब्रुनाई, फिलीपिन्स, इन्डोनेसिया, न्यूजिल्याण्ड, अष्टेलिया,
फिजी, टोङ्गा, साम्मो, पापान्यूगिनी, दक्षिण कोरिया, जापान, हङकङ, मकाउ, चीन,
मंगोलिया, श्रीलंका, अफगानिस्तान, ताजिकिस्तान, उज्वेकिस्तान, जर्मन, हल्याण्ड,
बेल्जियम, फान्स
 
उन्ले मङोलिया घुमेको छैन भनेर एक जनाले उन्को वेब साईटमा 
दाबी गर्दा उन्को वेब साईटबाट त्यो पोस्ट नै डिलिट गरियो। उनी चाइनामा पुग्दा
फेब्रुअरी महिना थियो/  तेती बेला हिउ परेर साइकल नै कुदाउन नसक्ने अबस्थामा उनी
त्यहाँ पुगेका थिए/ एकजना साथीले बेइजिङबाट पठाएको खबर अनुसार उनी बेइजिङबाट भारतको
दिल्ली उडेका थिए/ त्यहाँ उन्लाई उन्की श्रीमती भेट्न गएकी थिइन /
 र तल
हेर्नुस् उनी चाइनामा हुँदा को लेख
Furtemba Sherpa Pedals Message of Peace, 

 
At 27, the Nepalese national is in the middle of a cycling world tour.
He arrived in Beijing on February 6, having first entered the Chinese mainland
on October 21 last year through Hong Kong .
  

 Born to an impoverished family on the Nepalese border with China , he
owned a business in Nepal , selling the expensive cashmere called Pashmina, with
10 employees.

 Undaunted by the sheer scale of the undertaking, the Sherpa was initially
worried about the finances.......

 

He had US$ 2,000 in savings but realized that far.... 

 

Having visited China once before in 2000, the Sherpa listed China as one of
his favorite destinations so far......

 

After China , he originally planned to visit Mongolia , but extreme weather
conditions in this season ..........

He said he would go to New Delhi instead, to seek treatment for a severe
toothache.

 

 

 

(एक फिट् हिउमा फुर्तेम्बा ,त्यही बेला उनी मङोलिया गएको दाबी गरेका थिए ।
)(Furtemba Sherpa in front of the Nepali Embassy in Beijing in early February. )

 

Later, he will travel to Australia , a country he has already passed
through and use it as a springboard to visit the Pacific nations of Fiji , Tonga
, Samoa, as well as Papua New Guinea .

 

(China Daily February 22, 2006)

 

माथिको समाचारले उनी मगोलिआ  नगएको प्रस्ट पार्छ कि पर्दैन?  अनी  भिजिटिङ् 
कार्डमा नगएको देशहरुको नाम लेखेर फेरी किन संसारलाई  बेबकुफ बनाउन खोजेको? यो
चाँही  हग्नेलाई भन्दा देख्नेलाई.........    
 

नेपाल जापान डट् कममा छपिएका  अरु गलत् समाचारहरु

 ________________________________________

 
समाचार एक
फुर्तेम्बालाई फ्रान्सबाट बिदाइ , इटालीमा स्वागत 
www.nepaljapan.com/read.php?section=headlines&topic=headlines&id=13481
 
उनी
२६ जुनमा पेरिसमा थिए भने २८ जुनमा इटलीको मिलन पुगे/ 
भवेश शिहले मिलनबाट
लेखेको समाचार नेपाल जापान डट् कमको २ जुलाई २००८  को सस्करणमा फुर्तेम्बालाई
पेरिसमा बिदाई ,  मिलानमा स्वागत भनेर प्रकाशन गरिएको छ  / यो कसरी  सम्भव छ कि
लग्भग १००० किलोमिटर लामो  दुरी साइकलमा दुइ  दिनमा पार गर्न ? यहाँनेर गम्भिर
प्रश्न के उठछ भने फुर्तेम्बा शेर्पा  साइकलमा  हीड्छन कि साइकल  लिएर हिद्छन?
उन्ले नेपाल जापान  डट् कम कै एक समाचारमा के पनि  भनेका छन भने स्वीजरल्यान्ड  त
समथर देश पो रैछ , सुरुङ नै सुरुङले गर्दा मैले त सम्मै  पो  देखे/  तेस्को अर्थ
सजिलै के लाग्छ भने उन्ले    स्वीजरल्यान्ड साइकलमा  घुमेनन /      

फुर्तेम्बा  शेर्पालाई स्वीजरल्यान्डमा  हामीले सके जती सहयोग गर्यौँ / भलै
उन्ले चाहे जती सकेनौ  /
कारण के थियो भने उनी  भन्दा केही दिन अगाडि मात्र
अर्का विश्व साइकलयात्री पुश्कर् शाह यहाँ आइ पुगेका थिए  / पुश्कर् शाहको स्वागत
सम्मान  गरेकै केही दिनमा फुर्तेम्बा शेर्पालाई स्वागत गर्नु पर्दा साथीहरुको
उपस्थिती कम हुन गयो / र उन्ले सोचे अनुरूपको अर्थिक सहयोग जुटाउन सकिएन/

 
समाचार् दुइ
_________
स्वीजरल्यान्डको लुजान शहरको मेयरसँग
फुर्तेम्बाको भेट
www.nepaljapan.com/read.php?section=headlines&topic=headlines&id=14172
 
जुलाई
२९ २००८ को नेपाल जापान डट् कमको सुजाता पराजुलीसगको अत्तर्बार्तामा उन्ले
स्वीजरल्यान्ड प्रबेशको क्रममा ट्रकले हानेर घाइते भएको भनेका छन / जब कि उनी
हामीसँग बेर्नमा हुँदा सम्म त्यस घटना बारे केही बोलेनन / सबैभन्दा अचम्मलाग्दो
कुरा के भने  हामीसँग छऊन्जेल उन्ले त्यो समाचार किन लुकाए? अगस्त ३ २००८ को नेपाल
जापान डट् कममा उन्ले प्रकाश तिवारी र बिराज शर्मालाई अन्तर्वाता  दिदा किन त्यो
घटना नभनेको?
"जुरिखमा साइकालयात्री फुर्तेम्बाको भब्य स्वागत"
www.nepaljapan.com/read.php?section=headlines&topic=headlines&id=14310
 उनलाई
जुरिखमा सम्मान् तथा स्वागत गर्दा त्यो घटना  नभन्नु  को करण के थियो?  जेनेभाको
पिकनिकमा नभन्नु को कारण के थियो?  बासेलमा पुग्दा साथीहरुलाई नभन्नुको कारण के
थियो?
अझ रहस्यमय कुरा  त के  भने स्वयम सुजाता पराजुलिले  स्वीजरल्यान्डबाट 
समाचार लेख्दा उन्लाई फुर्तेम्बा दुर्घटनामा परेको थाहा नभएर "बेलायतबाट उन्लाई
सहयोग गर्ने विश्वाशदीपसग उनको सम्बाद अनुसार" भनेकी छन । त्यही समाचार लेख्नेलाई
नभन्ने  अनी बेलायतमा फोनमा सुनाउनुको रह्स्य के?  यदी  ट्रकले ठक्कर् दिएको भए
त्यो कुरा हामीलाई किन नभनेको ? स्वीजरल्यान्ड जस्तो देशमा ट्रकले  साइकललाई ठक्कर्
दिनु भनेको एउटा घम्भिर घटना बन्छ/ एउटा बिरालो मर्दा त समाचार बन्ने देशमा साइकलको
समाचार तेत्तिकै कसरि  हराउछ? त्यो घटना फुर्तेम्बाले सार्बजनिक नगरे पनि संचार
माध्यममा आउनुपर्ने थियो /  त्यो आएन / अर्को कुरा  स्वीजरल्यान्डमा साइकल हिंड्ने
फरक बाटोहरु भएको हुनाले साइकलयात्रीहरु दुर्घटनामा  पर्ने सम्भावना एकदम नुन्य 
हुन्छ। र भइ हालेको खन्डमा कि त मृत्‍यु हुन्छ वा घम्भिर घाइते हुन्छ/ फुर्तेम्बा
शेर्पालाई  ट्रकले हानेर पनि उनी  घाइते सम्म नहुनु समाचार  आँफैमा रहस्यमय छ/ 
हामीले त्यो घटना सत्य होकी भनेर पुलिसलाई सोधपुछ गर्यौ। तर जुलाई महिनामा त्यस्तो
साइकल धुर्घटना  नभएको जानकारी पाइयो।  तेसैले पनि बताउछ कि यो घटना बनवटि
(काल्पनिक)  हो भनेर/
  उन्लाई हामीले  स्वीजरल्यान्ड छोडेपछी इ- मेल मार्फत
तपाईं ट्रैन चढेर गएको कुरा भयो , किन हो त्यसरी साइकलयात्री ट्रैन चढेर  हिंडेको?
भन्दा यस्तो  इ मेल उत्तर दिए/
From: furtemba sherpa <cyclistfurtembasherpa@yahoo.com>
To:
Samir Thapa <samirenep@yahoo.com>
Sent:
Tuesday, September 23, 2008 4:41:31 PM
Subject:
Re:namaste!
namaste.
timiharuo jastoo passpot chater basakoo saranarti
snaga ke aasha ganu khai .mo jasri gaye pani timilia ke ko matlab huncha. dheroi
kura lekhnu chodnus .
sherpa
( उन्को मात्रिभाषाको  उचचारण्लाई उल्था गरिएको
, तिमीहरु जस्तो पासपोर्ट् च्यातेर   बसेको  सराणार्थि  सग के  आशा गर्नु  खै/ म 
जसरी  गए पनि तिमीलाई  के को मतलब हुन्छ। धेरै  कुरा लेख्नु छोड्नुस् /)

उनी स्वीजरल्यान्डबाट ट्रैन चढेर डेन्मार्कतिर गएका थिए /
 
समाचार तीन

__________
शेर्पा पोल्यान्डबाट फर्काइए
www.nepaljapan.com/read.php?section=headlines&topic=headlines&id=17022

फुर्तेम्बालाई पोल्यान्डबाट फिर्ता, नोभेम्बर १४ २००८ नेपाल जापान डट  कमको यो
समाचारपनि आँफैमा रहस्यमए  छ / एउटा सेन्जेन स्टेटको भिसा  भएर देशमा पसी सकेको
पर्यटकलाई त्यसरी फिर्ता पठाउनु नपर्ने हो।
फुर्तेम्बाको समाचार बुझी नसक्नु छ
/
के यो सत्य होला कि  एउटा युरोपियन  सेन्जेन  स्टेटको पुलिसले उन्को
पासपोर्टमा भिसा  देखेन? यदी पुलिसले भिसा  नदेखेको  भए उन्ले भिसा देखाउनु पर्थ्यो
कि फर्किएर लिथुआनिया  जानु पर्थ्यो? उन्को भनाइले यो प्रस्ट पार्छ कि  उनी
पोल्यान्ड प्रबेश गरेकै थिएनन / उन्को नेपाल जाने पूर्व योजना अनुसार उनी 
लिथुआनियाबाट सिधै डेन्मार्क गए र नेपाल उडे /
समाचारहरु कती सम्म विश्वाश गर्न
नमिल्ने छन भने "उनीसँग पर्याप्त पैसा छैन" रे अनी नेपाल सरर ? फिन्ल्यान्डमा
मात्रा  उन्लाई   लगभग १५००  युरो  सहयोग भएको थियो / अरु नर्बे , स्विडेन,
डेन्मार्क.........पनि सहयोग  भएको कुरा थाहा भएको थियो तर साथीहरुले के कती
खुलाउन  चाहेनन ./   फिन्ल्यान्ड छोडेको तीन हप्तामा त्यो पैसा सकिएको थियो?
फुर्तेम्बाको दैनिकी खर्छ कती?
 "गत बर्ष पनि पोल्यान्डको भिसा अफिसले पासपोर्ट
हराइ दिएको" भनिएको छ /  कहाँ र किन ? त्यो प्रश्न को उत्तर खै?
उनले विश्वाश
दीपलाई भने अर्को कुरा भनेका  रहेछन "भिसा  थप हुन नसक्दा" भनेछन तल
हेर्नुस्
साइकलयात्री शेर्पा  पोल्यान्ड प्रबेश्मा अबरोध पछी नेपाल फर्किए
www.nepaljapan.com/read.php?section=headlines&topic=headlines&id=17251

 
र यो पनि !
 उन्को होम पेजमा मिठा शब्दको बुट्टा भरे  जस्तै उन्को
जातिय लवजको मिठास  उन्को बोलाइमा मात्रा हैन  लेखाइमा पनि पाइन्छ/   आफ्नो पेजमा
आफुले  आँफैलाई  आकाशमा उडाएर  लेख्नु यो कती सम्म बेबकुफिपन होला?

 
 NickName: GLOOMY GERMANY
 Comments:: SATHI JEVAN AND GUN
TAPAI
HARU KO COMMENT PADERA MALAI SARAI DUKKHA LAGYO.FURTEMBA LEE(ले) GAREKO KURA LAI
TAPAI HARU LEE GAAP DEYAKOO (ले गफ दियो भनेको )BHANERA COMMENT LEKHNU BHAYAKO
CHA  (छ) TAPAI LEE (ले)KATI BHAYOO (भयो ) FURTEMBALAI CHINEKO? K TAPAILEE (
तपाईंले ) TA FURTEMBA SANGAI HIDERA USKOO  ( उस्को) BAREMA THAA (थाहा )
PAYAJASTAI LEKHNU BHAYACHA TARA PLS PHELAI AFNOO ( पहिला आफ्नो ) ANUHAAR
HERNU-AFHULAI (आफुलाई) CHINNE KOSISH GARNU? MA KO HU? ANI DUKHA LAGYOO (
लाग्यो)  FURTEMBA JASTOO MAHAN YATRI  (" फुर्तेम्बा जस्तो महान यात्री ") (आफुले
आफुलाई त्यो सम्म भन्न  भ्याएका छन ) TAPAI JASTOO ( जस्तो) DILKO GARIBKO GHARMA
BAAS BASNA PUGECHA ( पुगेछ) YO KASARI HUNA GAYOO? ( गयो? ) RA ARKOO (अर्को )
KURA PHELAI (पहिले ) ARULAI BHANNU BHANDA AFHU (आफु) LEE (ले) AFHULAI (आफुलाई)
SODHNEE KOSISH GARU----- MAA KASARI YAHA CHU (छु  ) MA K GARDAI CHU (छु  )BAHNNE
BUJUNU (भन्ने बुझ्नु ) JARURI CHA ARULAI BHANNU BHANDA,YESTALI ( यस्तालाई  )
BHANCHAN AFNOO JIUMA BHAISII NDEKHNEE ARKAKOO (अर्काको ) JIUMA JUMRA DEKHNEE.
DIKKHAR CHA TIMI NEPLAI ( नेपाली ) AMA KA KAPUTHARULAI (कपुतहरुलाई  ) TIMIHARU
LEE KHELAI ( ले कहिल्ये ) SWITZERLAND PURA CYCLE MA HIDEKO CHAU? NEPALI PASSPORT
JHALAYAR ( जलाएर ) SWISS PASSPORT PAYOO (  पायो )BHANDAI MA AFHULAI (आफुलाई
)SWISS CITIZEN NASAMJA; "ANYWAY AT LAST FURTEMBA IS ONE GENIUNE AND NICE
PERSON)

 
 उन्को होम पेजको अन्तमा यस्तो पनि लेखिएको छ  (थियो )
"त्यो भन्दा
बढि देशको प्रतिष्ठाको लागि बोध छ/"   के यो शब्दले उन्लाई  आफ्नो इमन्दारिताको 
बोध  गराएको छ? समाजलाई दिनुपर्ने सत्य समाचार् हो कि बनवटी, झुठ्को ? झुठ्को
खेतीको  कुनै  मौसम  हुँदैन/ यो जुनसुकै मौसममा उम्रिन्छ / तर यो केही समयलाई खुब
फास्टउछ अनी आँफै कुहिएर जान्छ /  " नमस्ते गरेर स्वागत गरियो हात हल्लाएर बिदाइ
गरियो " जस्ता समाचार प्रेसित गर्ने विश्वाशदीपले त्यस्ता गम्भिर घटनाका
(अफ्गानिस्तानमा पुलिसले कुटेर  घाइते  भएको  र  स्वीजरल्यान्ड ट्रकले हानेर घाइते
भएको ) समाचार किन लेखेनन ? केबल पढ्नको लागि मात्रै समाचार लेख्नुको कुनै तात्पर्य
छैन  / फुर्तेम्बा शेर्पा  जस्ता देशको झन्डा बोकेर हिंडेको मान्छेको समाचार आँफैमा
सम्बेदनशील हुन्छ / त्यस्ता समाचारले पार्ने अशरले  राष्ट्रिय महत्व राख्छ  नै /
जस्तो एउटा विश्व साइकलयात्रीको पास्पोर्ट "पोल्यान्ड राजदुताबासले हराइ दियो " के
त्यो राष्ट्रिय महत्व राख्ने समाचार हैन? यदी  समाचार साचो हो भने खै  त्यो समाचार
आएको? यदी त्यो भनाइ माथि उल्लेखित समाचारहरु जस्तै  कल्पनिक हो  भने त्यस्ले
पोल्यान्ड र नेपालको सम्बन्धलाई के असर पार्छ कि पार्दैन? अनी ! "त्यो भन्दा बढि
देशको प्रतिष्ठाको लागि बोध छ/" ???
यो भनिएको के हो एक पटक फुर्तेम्बालाई
सोध्नुस्।

 

उन्ले घुम्दै नघुमेका देशहरु.
१ , भुटान , भुटानी  समस्या सुरु भए 
देखी नेपालीहरु लाई त्यहा जानु स्वर्ग जानु जत्तिकै हो।
२ , बर्मा , नेपाली
साइकलयात्री त के कुनै पनि यूरोप, अमेरिकन साइकलयात्री त्यहा प्रबेश आशम्भब।  

३ , मङोलिया , बेइजिङमा उनी हुँदा २ फिट हिउ परेको थियो। उन्को न्युजको फोटो मै
देखन सकिन्छ। अनी उनी दाबी गर्छन् मङोलि गएको।
४ ,५ उज्बेकिस्तान ,ताज्किन्तान
,  जब कि माथि उनी आँफैले भनेका छन अफ्गानिस्तानमा पुलिसले कुटेर अस्ट्रेलिया
उपचार् गर्न गएको। अनी कसरी  फेरी त्यो देश मा पुगे?

उनी घुम्दै नघुमेको क्यानाडा लगायता  देशको झन्डा उन्को टीसर्ट र साइकलमा  देख्न सकिन्छ। एस्ले पनि देखउछ उन्को चुतुरे चरित्र .
फुर्तेम्बा तेन्जिङ् पनाती
साउथ चाइना मर्निङ पोस्टमा  सर्च
गर्नुस् उन्ले हङकङमा एउटा न्युज पेपरलाई त्यस्तो भनेका छन।
उही कती सम्मा चलाख
छन भने त्यही पत्रीकालाई उन्ले यात्रा सुरु गर्नुको उदेश्य माओवादीले दु:ख दिएर
भनेका छन ।
नेपाल जादा उन्ले माओवादी मन्त्रीलाई भेटेर खादा समेत चढाऊन भ्याए ।
छेवाङ दाई एस्लाई शेर्पा जातीको बिरोध नथान्नु होला ।
यो फुर्तेम्बा शेर्पाको
सालीन अनुहार भित्र नदेखिने घम्भिर झुट् को पर्दाफास हो। तपाईं जस्तो मान्छेले पनि
एस्लाई शेर्पाको बिरोध  ठान्नु भयो भने  तपाईं साचिकै शेर्पा बाहुन हो। हैन यो
अनुसन्धानको बिषय हो भन्नु हुन्छ भने तपाईं सुध्द शेर्पा हो। म तपाईंलाई सिर झुकाएर
स्यालुट गर्छु। डि जे नाइट भेट हुन्छ। तपाईं को त्यो भाउजु लाई समर्पन गरेको  
कबिता सुन्नु पर्छ ।
घर मेरो माथिल्लो गर्मा मा
गोले को छोरी लामा को कर्मा
मा
सिपालु छिन घरबार गर्न मा।
  भाई अक्कले।