[Show all top banners]

तिका:
Replies to this thread:

What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 माओबादी हनुमानलाइ खुराक
[VIEWED 3335 TIMES]
SAVE! for ease of future access.
Posted on 08-09-09 3:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

प्रचण्डले पनि बाँडेछन् ६० लाख                            


माओवादीको आठ महिने शासनकालमा सबैभन्दा बढी प्रहार भएको क्षेत्र  राज्यको ढुकुटी रहेछ। त्यसका विवरणहरु एकपछि अर्को गर्दै प्रकट भइरहेका छन्। माओवादीका अर्थमन्त्री डा. बाबुराम भट्टराईले आफ्नो ठाडो तोक आदेशमा आफ्नो कार्यकालको पछिल्लो केही दिनमै डेढ अर्ब रुपैयाँ निकासा गराएका थिए। कुनै योजना नै नभएका र जिल्लाले माग्दै नमागेका स्थितिमा विभिन्न जिल्लाबाट उपभोक्ता समितिमार्फत खर्च हुने गरी निकासा दिइएको त्यो रकम प्रारम्भिक तहमै बेरुजु अर्थात् लेखा परीक्षण हुँदा निकासा दिनेबाट असुल गर्नुपर्ने कसुरमा पर्यो। यो रकमको अनियमितता महालेखाबाट लेखापरीक्षण शुरु भइसकेको छ। महालेखाको आगामी आर्थिक वर्षको प्रतिवेदनमा तत्कालीन अर्थमन्त्री डा. भट्टराईले मन्त्रीस्तरीय रुपबाट निकासा दिएको यो रकम बेरुजी बनेर आउने लेखापरीक्षकहरु बताउँछन्। अहिले त्यसको प्रारम्भिक लेखा हुन थालेको छ। बीचबाट कुनै व्यक्तिको सिफारिसमा कार्यक्रम बनेर यो रकम निकासा दिँदा सम्बन्धित कार्यक्रम सञ्चालनका लागि उपभोक्ता समिति नै बनेका थिएनन्। उपभोक्ता समिति बनेर त्यसले प्रस्ताव गरी सम्बन्धित जिविसको परिषद्ले अनुमोदन गरेपछि मात्र त्यो पनि बजेटमा उल्लेख भएको अवस्थामा स्थानीय निकायका नाममा अनुदान दिन मिल्छ। यहाँ त्यस्तो केही भएन। जिल्लाका कुनै एउटा कार्यकर्ता नेताले अर्थमन्त्रीलाई सम्बोधन गरी निवेदन हाले– त्यही निवेदनमा अर्थमन्त्रीको ठाडो तोक लाग्यो र रकम निकासा भयो। यस्तो कार्यलाई अर्थपरिचालनसम्बन्धी प्रचलित कुनै नियम कानुनले मान्यता दिँदैन। कानुनले मान्यता नदिएको अवस्थामा भएको खर्चलाई महालेखाले सम्बन्धित व्यक्तिबाट असुल गर्नुपर्ने महलमा राख्छ। त्यसैकारण माओवादीका अर्थमन्त्री भट्टराईका नाममा उनीबाट असुल गर्नुपर्ने गरी एक अर्बभन्दा बढी रकम अभिलेखमा रहने भएको छ।  


यता प्रधानमन्त्री  

अर्थमन्त्रीले उता त्यसो गरिरहँदा यता तत्कालीन प्रधानमन्त्री प्रचण्डले चाहिं राज्यको ढुकुटी व्यक्तिलाई बाँडिरहेका छन्। प्रधानमन्त्री राहत कोषबाट प्रचण्ड प्रधानमन्त्री भएको बेला व्यक्तिलाई बाँडिएको रकमको विवरणले सो कुरा खुलाएको हो। प्रधानमन्त्री राहत कोष भनेको भैपरी आउँदा खर्च गरिने रकम हो। तर प्रधानमन्त्री प्रचण्डले त्यसलाई कार्यकर्तालाई बाँड्ने कोषमा परिणत गरेको यो विवरणले बताउँछ। २०६५ भदौ २ गते  शपथ खाएका प्रधानमन्त्री प्रचण्डले २०६६ वैशाखसम्ममा यो कोषबाट करिब एक हजारजनालाई बाँडेको रकमको अंक ६० लाखको हाराहारीमा छ। एउटा व्यक्तिलाई १० देखि ७५ हजारसम्मका दरले रकम बाँडिएको विवरणहरुले बताउँछन्। कुनै व्यक्तिका नाममा बाँडिएको यो रकम सानो अंकको होइन। प्रचण्डले अरु थप चारमहिना अर्थात् पँरै वर्ष बिताउन पाएका भए राज्यकोषबाट आफ्ना कार्यकर्तालाई बाँडेको रकमको अंक करोडमा रहने रहेछ। विवरणहरुले त्यस्तै देखाउँछन्।  


हस्तेमार्फत्  

सरकारी कोषबाट रकम लिन कुनै पनि व्यक्तिले केही विधि पुरा गर्नैपर्छ। त्यो विधिमध्येको पहिलो हो सम्बन्धित व्यक्तिको निवेदन पर्नु। त्यसपछि त्यो निवेदनबाट रकम प्राप्त गराउने निर्णय भएपछि त्यो रकम प्राप्तकर्ताले आफैं बुझ्नु। तर यहाँ त्यति सामान्यसम्मको विधि पुर्यारइएन। कुनै व्यक्तिका नाममा कुनै अर्को व्यक्तिले निवेदन दियो र निवेदनबमोजिम सम्बन्धित व्यक्तिलाई रकम उपलब्ध गराउँदा हस्तेमार्फत्  गरियो। यसले रकम मागकर्ताले सो रकम पायो/पाएन भन्ने राज्यले जानकारी राख्नसमेत पाएन। कतिसम्म भने १०–२० जनासम्मका व्यक्तिको रकम जसको अंक ४–५ लाखसम्मको पुग्छ, एउटै व्यक्तिले हस्तेमार्फत् बुझेको प्रधानमन्त्री राहत कोषसँग सम्बन्धित फाइलबाट देखिन्छ। यसरी व्यक्तिका नाममा रकम वितरण भयो भन्ने त छँदैछ त्यसमाथि हस्तेमार्फत् रकम प्राप्त गर्नुले यो कोष माओवादीका राजधानीमा रहेका कार्यकर्ताहरुको मोजमस्तीमा परिणत गरिएको पुष्टि हुन्छ। दिइएको रकम प्राप्तकर्ताले पायो/पाएन भन्ने अभिलेख आवश्यक नठानिनुले पनि कसैले चाहेको बेला जोसुकैको नामबाट चाहेजति रकम प्रधानमन्त्रीमार्फत् कोषबाट प्राप्त गरिरहेको अवस्था त्यस कुराको उदाहरण हो। यी सबै तथ्यले राहतकोषबाट रकम प्राप्त गरेका भनी विवरणमा उल्लेख भएका नामहरु अस्तित्वमा छन्/छैनन् भन्ने एउटा गम्भीर प्रश्न खडा भएको छ।  


राजीनामा दिएकै दिन  

तत्कालीन प्रधानमन्त्री प्रचण्डले यो कोषलाई कार्यकर्ता पाल्ने भाँडो बनाए भन्ने उनले राजीनामा दिएकै दिन बाँडिएको रकम हेरे पुग्छ। उनले २०६६ वैशाख २१ गते राजीनामा दिएका हुन्। आफ्नो राजीनामा आफैंले पढेर सार्वजनिक गरेकै त्यो दिन मात्र २१ जना व्यक्तिका नाममा विभिन्न व्यक्तिको हस्तेमार्फत बाँडिएको रकमको अंक आठ लाखको छ। सामान्यतया प्रधानमन्त्रीले राजीनामा दिएपछि ती प्रधानमन्त्रीले कुनै पनि कोष चलाउन नपाउनुपर्ने हो। तर त्यो मान्यता पनि प्रचण्डबाट तोडियो। उल्लेख भएका व्यक्तिहरुलाई सो रकम दिन प्रधानमन्त्रीले  तोक लगाउँदाको समय उनले राजीनामा पढिसकेपछिको थियो। प्रधानमन्त्री कार्यालयका कर्मचारीहरु त्यसै भन्छन्। वैशाख २४ गते त प्रधानमन्त्रीले राजीनामा दिएको चौथो दिन हो। तर त्यो दिन पनि कार्यकर्ताका लागि कोष चलाइयो। यो दिन एकजना कार्यकर्ताको अर्कोको नाममा हस्ते भएर रकम बुझेको विवरणमा उल्लेख छ। व्यक्तिको नाममा खिचिएको यो चेकको रकम पनि सम्बन्धित व्यक्तिले पाए/नपाएको कतै  खुलेको छैन।  
त्यसै पनि हस्तेमार्फत् राज्यकोषको रकम व्यक्तिलाई दिन पाइँदैन। त्यसमाथि सार्वजनिक रुपले राजीनामा दिइसकेेपछि बाँडिएको रकमका बारेमा त महालेखाले चाहेर पनि रुजु गर्न सत्तै्कन। लेखाविज्ञ भन्छन्, यो रकम पनि प्रधानमन्त्रीका नाममा उनीबाट असुल गर्नुपर्ने भनी महालेखाले ठहर गर्नेछ। निवेदनकर्ताले निवेदन दिँदा गरेको हस्ताक्षर यदि हस्तेलाई दिने हो भने त्यो मन्जुरीनामाको पनि हस्ताक्षरसँग मिल्नुपर्छ। दँरदराजमा रहेको व्यक्तिको नाममा दिइएको र झिकिएको रकमको सन्दर्भमा यसरी हस्ताक्षर मिल्ने सम्भावनै देख्दैनन् लेखाविज्ञहरु। 

-- केदार सुवेदी / Deshantar, Source, weekly nepal dot com


 
Posted on 08-09-09 11:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

I found one Hanuman, I don't know where is from.


 
Posted on 08-25-09 11:42 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ha ha ha , good picture. This picture looks like cunning Prachande laughing after caught red-hand in corruption, ha ha ha ha

 
Posted on 08-25-09 2:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

No wondering how they purchased that highly paid party office, ..
 
Posted on 08-25-09 5:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 

Last edited: 25-Aug-09 06:17 PM

 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
शीर्षक जे पनि हुन सक्छ।
NRN card pros and cons?
What are your first memories of when Nepal Television Began?
TPS Re-registration case still pending ..
Basnet or Basnyat ??
nrn citizenship
Sajha has turned into MAGATs nest
Nas and The Bokas: Coming to a Night Club near you
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
3 most corrupt politicians in the world
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
if you are in USA illegally and ask for asylum it is legal
Travelling to Nepal - TPS AP- PASSPORT
emergency donation needed
Top 10 Anti-vaxxers Who Got Owned by COVID
निगुरो थाहा छ ??
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Poonam pandey - death or suicide?
Doctors dying suddenly or unexpectedly since the rollout of COVID-19 vaccines
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters