[Show all top banners]

sab_nepaliko_sathi

More by sab_nepaliko_sathi
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 1]

vishod
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 आत्महत्या नगर्नुस् है प्लिज: Thoughts?
[VIEWED 1853 TIMES]
SAVE! for ease of future access.
Posted on 07-29-10 3:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

What do you guys think of this article? I know most people on sajha dislike mysansar but I thought this article was interesting.

http://www.mysansar.com/archives/2010/07/id/12385

आत्महत्या नगर्नुस् है प्लिज

कृपया आत्महत्याको प्रयास नगर्नुहोला। नयाँ प्रधानमन्त्री को बन्छ भन्ने अड्कलबाजीमा व्यस्त रहेका बेला हामीले नेकपा मालेकी सभासद शारदा नेपालीले गरेको आत्महत्याको प्रयासमा खासै ध्यान पुर्याउन सकेनौं। तर पनि तपाइहरुलाई पुरै वेवास्ता गरेको भने होइन। केही टेलिभिजन र दैनिक पत्रिकाहरूले सभासद नेपालीको आत्महत्याको प्रयासलाई समाचार बनाएका पनि हुन्। त्यत्ति हो उहाँको मनोदशाको विश्लेषण कतै पढ्न, सुन्न र हेर्न तपाइहरुले पाउनुभएन। त्यसैले म त्यस्को जमर्को गर्दैछु।

नेपालमा आजभोलि सबैभन्दा गाली गरिने कोही छन् भने त्यो तपाइँहरु नै हो, ६ सय १ सभासद्। हरेक चोक, चिया-पसल, भेटघाट, बैठक, सेमिनार, ब्लग, फेसबुक, टिवटर, पत्रपत्रिकामा छापिने लेख, टेलिभिजन, रेडियोमा प्रसारित हुने समाग्रीका कहिले धेरै त कहिले थोरै स्थान तपाई सभासदहरुलाई गाली गर्नमा खर्च भएका छन्।

‘६०१ ले देशलाई जुकाले जस्तो चुसेका छन्। यिनको सबै तलब भत्ता फिर्ता लिनुपर्छ। बेलामा सविधान दिन नसक्ने सभासदलाई खुलमामञ्चमा सिस्नो पानी लगाउनुपर्छ।’ हामीले यी भन्दा धेरै तल्लोस्तरका प्रतिक्रिया पनि व्यक्त गर्छौ।

यस्तो अवस्थामा तपाई सभासदको मनमा कस्तो कुरा उब्जिन्छ होला ? सभासदहरुले हरेक घर, चोक-गल्ली र जहाँ जाँदा पनि यस्ता कुरा सुन्ने, पढ्ने भएपछि तपाइहरुले के सोच्नुहुन्छ होला ? कतै नेकपा मालेकी सभासद शारदा नेपालीको आत्महत्याको प्रयास यस्ता प्रतिक्रिया माथि कायरतापूर्ण जवाफ हो कि ? भन्ने पनि लाग्छ मलाई।

सभासद नेपालीले सञ्चारकर्मीलाई बताएअनुसार पारिवारिक असमन्जसता, राजनीतिक अकर्मण्यता र पार्टीबाट दिइएको दबाब आत्महत्या प्रयासका कारण हुन्। यी कारणमाथि एकछिन छलफल गरौं।एक जना सभासदहरुले पाउने तलब भत्ता भनेको मासिक करिब ६० हजार रुपैयाँ हो। यसभित्र तलब बाहेक घर भाडा, स्वकीय सचिव, पत्रपत्रिका भत्तासमेतका खर्च पर्दछन्। अधिकांश सभासदले त्यसको आधा भन्दा धेरै रकम पार्टीलाई बुझाउन पर्छ। सभासद नेपालीको पार्टी मालेको सविधानसभामा ९ सभासद छन् र तिनीहरु सबैले कम्तिमा पनि मासिक २५ हजार रुपैयाँ पार्टीलाई बुझाउँछन्।

नेपालीका अनुसार उहाँका श्रीमानले सभासद नेपालीको नामै ६० हजारे राखिदिएका थिए। पटक पटक भेट हुँदा श्रीमान्ले त्यत्रो रकम कहाँ खर्च गर्छेस् भन्दै पैसा माग्ने गरेका थिए। काठमाडौमा सभासदको बसाई निकै महंगो हुन्छ। सानो फ्लाट पनि मासिक ७/८ हजार भन्दा कम रुपैयाँमा पाइदैन। सभासद
भइसकेपछि भेट्न आउने कार्यकर्ता, आफन्त सर्वसाधारणको लस्करै हुन्छ। रोजगारी चाहियोस् कि कसैलाई स्वास्थ्य उपचार गर्न परोस् मोफसलबाट राजधानी आउनेहरुको आफन्त काठमाडौंमा छैन र तिनले सभासदलाई चिन्छन् भने तिनको बास र गाँसको व्यवस्था सभासदले गरिदिनुपर्छ।

जनप्रतिनिधि भएकाले जनताको सुख दुःखमा साथ दिनु सभासदको कर्तब्य पनि भयो। पार्टी समर्थक, कार्यकर्ता र भोटर आउँदा मैले पाल्न सक्दिन भनेर उम्कन मिल्दैन। कतिपय अवस्थामा आफ्ना समर्थकलाई स्वास्थ्य उपचार गराइदिएर, बाटो खर्चसमेत दिएर घर पठाउन कर लाग्छ। नभए अर्को चुनावमा नउठे पनि हुने मात्र होइन अहिले नै पनि गाउँ जान मुश्किल पर्छ। अझ प्रत्यक्ष निर्वाचित
सभासदहरुको स्थिति त यसमा झनै दयनीय हुन्छ। चुनावका बेला आफ्ना लागि दिन रात नभनेर खट्ने कार्यकर्ताहरु नै सैयौं हुन्छन्। उम्मेदवारहरुले अनेक वाचा र बन्धन आश्वासनमा भोट मागेका हुन्छन्। विजयी भइसकेपछि गाउँमै पुगेर ती आश्वासन पुरा गर्ने तथा आफ्ना समर्थकलाई सहयोग गर्नुपर्छ। विविध कारणले गाउँ जाने क्रम कम भइहाल्छ र गए पनि सबै ठाउँमा पुग्न सक्दैनन्। त्यस्तो बेलमा राजधानी नै आएका आफ्ना भोटरलाई सहयोग गर्न सकेनन् भने तिनले अर्को चुनावमा प्रतिस्पर्धा गर्ने कल्पना नगरे पनि हुन्छ।

यस्तो अवस्थामा सभासद नेपालीको हात पर्ने मासिक ३०/३५ हजार रुपैयाँले कति सम्म धान्दो हो। सभासदका नाताले विद्यालय, स्वास्थ्य संस्था, क्लब, पुस्तकालयसहितका सामाजिक कामका लागि कतिले चन्दा माग्दा हुन्। ६ सन्तानकी आमा नेपालीलाई छोराछोरीको दायित्व पनि हुँदो हो। त्यसैले अन्य आम्दानीका स्रोत नभएका र भ्रष्टाचार गर्न नजानेका तथा नचाहने सभासद आर्थिक रुपमा
असाध्यै कमजोर अवस्थामा हुन्छन्।

सभासद नेपालीले आत्महत्याको प्रयास पछाडि पारिवारिक असमन्जसता भने पनि आर्थिक पक्ष एउटा कडी हुनुपर्छ। त्यसबाहेक नेपाली समाजमा एकजना महिला घरबाट बाहिरिएर रोजगारी वा राजनीतिमा हिंड्दा एक वा अर्को बहाना झिकेर पुरुषले शंका व्यक्त गर्ने गर्छन्। सभासद नेपालीले आफूलाई पनि श्रीमान्ले शंकाको नजरले हेर्ने, पटक पटक त्यस्ता आशय व्यक्त गर्ने र लाञ्छना लगाउने गरेको  बताउनु भएको छ। समस्त देशबासीको भाग्य निर्माण गर्ने भनिएको सविधान बनाउने लक्ष्य लिएर आएकी सभासद त्यस्ता शंका र लाञ्छना भित्र बाँच्नुपर्दा उहाँभित्र उठ्ने भावनाका कल्पना गर्न सकिन्छ।

सभासद् नेपालीले आत्महत्याको अर्को कारणमा राजनीतिक अकर्मण्यता बताउनु भएको छ। दुई वर्ष भित्र सविधान लेख्ने भनेर आउनु भएका तपाइहरुले सविधान लेख्न नसकेपछि तपाईहरुलाई हामीले जनस्तरबाट असाध्यै धेरै गाली बर्साएको हो। अझ त्यसमाथी पछिल्लो चरणमा सरकार निर्माणसमेत गर्न नसकेपछि जनताबाट तिरस्कृतका रुपमा तपाई सभासदहरु चित्रित्र हुनुभएको छ।

चाहेर पनि सभासद एक्लैले केही गर्न सक्ने होइन। त्यसमाथि पार्टीमा न पकड भएका, न आफ्नो बुद्धि विबेक नै सविधानको धारा नै केलाउन सक्ने क्षमता भएका सभासदहरुको कस्तो विलखबन्दमा हुनुहुन्छ होला। सभासद नेपाली जस्ता निरक्षर सभासदका लागि सविधानसभाको भवन पक्कै पनि बोझिलो छ। जस्को भारी उनीहरु बोक्न सक्दैनन। सबै मिलेर उचाल्ने प्रयास हुँदा सभासद नेपालीहरुले होस्टेमा हैसे भन्दै हात बढाउने मात्र हुन्। यस्ता कुराबाट सभासदका मनमा कस्तो भावना उठ्दा हुन्। त्यसकारण आत्महत्याको प्रयास पछाडि राजनीतिक अकर्मण्यता पक्कै कारण हो।

सभासद नेपालीले व्यक्त गरेको पार्टीभित्रको आन्तरिक कारण भने सभासद नेपाली बाहेक अरु सभासदका हकमा कमै लागु होला। पार्टी महासचिव तथा संसदीय दलका नेता सिपी मैनालीले आफ्नो राजिनामा मागेको उहाँले बताउनुभएको छ। सभासद नेपालीका अनुसार अर्कै व्यक्तिलाई सभासद बनाउन भन्दै राजिनामा मागिएको थियो। नेता मैनालीले सभासद नेपालीसँग राजिनामा नमागेको सार्वजनिक रुपमा बताइसक्नु भए पनि सभासद माथि पर्ने पार्टी नेतृत्वको दबाबको कल्पना यहाँ गर्न सकिन्छ। सभासदहरुलाई पार्टीले दिने दबाब एक ठाउँमा छ, त्यसबाहेक दलित, महिला, जनजाति, पिछडिएका क्षेत्रका सभासदहरुको आफ्नै समूह छन्।

एक जना थारु सभासदलाई स्वायत्त मधेश एक प्रदेश मन नपरेको हुन सक्छ तर पार्टीको नारा भन्दै ऊ त्यो निर्णयको तनाव लिएर त्यसको पक्षमा वकालत गर्दै हिडिरहनुपर्छ। संघीयता मन नपर्ने कति सभासद हुनुहोला तर पार्टीको निर्णय मान्नै पर्ने वाध्यतामा तपाई सभासदहरु हुनुहुन्छ। जनजातीलाई दिइने भनिएको अग्राधिकारले अरुको अधिकार हनन गर्छ भन्ने बुझेका सभासद हुनुहुन्छ होला तर आफ्नो समूहको माग भन्दै त्यस्को पक्षमा मत व्यक्त गर्दै हिडिरहने सभासदहरु हुनुहुन्छ।

यस्ता धेरै तनावै तनावमा बाँचेका तपाई सभासदहरुले आफूलाई धैर्यवान र सन्तुलित बनाउन सक्नु भएन भने अरु सभासद पनि नेपालीको बाटोमा लिन सक्नुहुन्छ। तर आफ्नो मनलाई दरोसँग बाध्नुहोस्। बेलैमा सविधान र सरकार निर्माणका लागि पार्टीभित्र अनेक दबाब सृजना गर्नुहोस्। आफूलाई लागेका कुरा विभिन्न माध्यमबाट व्यक्त गर्नुहोस्। लाछि बनेर जीवन नै बरबाद गर्न नलाग्नोस्। सोच्नुस् त तपाईका जनताका झन् कति धेरै दुःख छन् र पनि बाँचिरहेका छन्। तपाइ सभासदका पीडा पनि हामीले बुझेकै छौ।

Last edited: 29-Jul-10 04:04 PM

 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
मन भित्र को पत्रै पत्र!
emergency donation needed
ढ्याउ गर्दा दसैँको खसी गनाउच
nrn citizenship
जाडो, बा र म……
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters