[Show all top banners]

rid
Replies to this thread:

More by rid
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 1]

stopthewar
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 पशुपतिमा क्रिश्चियनले लाश गाड्न पाउने
[VIEWED 2529 TIMES]
SAVE! for ease of future access.
Posted on 03-19-11 3:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 




पशुपति क्षेत्रमा अब क्रिश्चियनहरुले लाश गाड्न पाउने भएका छन्। कम्तिमा सर्वोच्च अदालतमा परेको मुद्दाको अन्तिम टुंगो नलागेसम्म।

ऐतिहासिक र पुरातात्विक महत्त्वको विश्व सम्पदा सूचिमा रहेको धार्मिक क्षेत्रमा सिमेन्ट, कंक्रिट, फलामे डन्डी प्रयोग गरी क्रिश्चियन र अन्य धर्मावलम्बीले चिहान बनाउन थालेको भन्दै पशुपति क्षेत्र विकास कोषले केही अघि रोक लगाएको थियो। तर सर्वोच्चका न्यायाधीश अवधेशकुमार यादवको एकल इजलासले शुक्रबार ‘मुद्दाको टुंगो नलाग्दासम्म कुनै व्यवधान नगरी समाधिस्थ गर्न दिनू’ भन्दै विपक्षी मन्त्रिपरिषद् र कोषको नाममा अन्तरिम आदेश जारी गरेपछि क्रिश्चियनहरुले कानुनी रुपमा त्यहाँ शव गाड्न पाउने भएका हुन्, सर्वोच्चले अन्तिम फैसला नगरेसम्म।

चरिबहादुर गहतराजसमेत २ जनाले फागुन २९ गते पहिला चाहिँ क्रिश्चियनको शव गाड्न स्वीकृति दिएको तर अहिले रोकेर हामीहरुको मानवअधिकार हनन् भयो भन्दै सर्वोच्चमा मुद्दा हालेका थिए। उनीहरुले सर्वोच्चले परमादेश गर्दै त्यो निर्णय रद्द गराउनु पर्ने माग गरेका छन्।

067-WO-0863 नम्बरको यस सम्बन्धी मुद्दाको पेशी चैत १ गते गिरीशचन्द्र लालको बेञ्चमा परेको थियो। तर त्यो दिन बेन्च बस्न नभ्याएको भन्दै पेशी भोलिपल्ट सर्‍यो। भोलिपल्ट यो मुद्दाको पेसी ताहिरअली अन्सारीको बेन्चमा परेको थियो। हेर्न नभ्याइने भएपछि यो मुद्दा शुक्रबार चैत ४ गते सरेको थियो। न्यायाधीश यादवले विपक्षीका नाममा अन्तरिम आदेशका साथ कारण देखाऊ आदेश जारी गरेको हो।

सर्वोच्चले अन्तरिम आदेश जारी नगरी विपक्षीको नाममा कारण देखाऊ आदेश मात्रै जारी गरेको भए क्रिश्चियन समुदायले आफूमाथि सर्वोच्चले पनि पक्षपात गरेको आरोप लगाउन पाउँथे। तर, सर्वोच्चले त्यसो गरेको छैन।

नेपाल धर्म निरपेक्ष देश भइसकेको छ। यसको अर्थ कुनै पनि धर्मलाई राज्यले आफ्नो धर्मको नाममा विशेष छुट दिन हुँदैन। तर यसको अर्थ कुनै धर्ममाथि अन्याय पनि गर्नु हुँदैन। पशुपति क्षेत्र हिन्दुहरुको पवित्र क्षेत्र हो। यहाँ अन्य धर्मावलम्बीहरुको शव गाड्न दिनु पर्छ भन्नु क्रिस्चियनको चर्च रहेको क्षेत्रमा वा मुसलमानहरुको मस्जिद रहेको क्षेत्रमा हिन्दुको लाश जलाउन दिनुपर्छ, श्राद्ध गर्न दिनुपर्छ भने जस्तै हो। आफ्नो अधिकारको माग गर्दा र त्यसको प्रयोग गर्दा अरुको अधिकारको पनि सम्मान गर्नुपर्छ। क्रिश्चियनहरुले आफ्नो परम्परा कायम गर्नका लागि सरकारबाट एउटा निश्चित स्थानको माग गर्नु जायज हुन्छ। सरकारले त्यसको व्यवस्था पनि गरिदिनु पर्छ। तर एउटा धर्मावलम्बीको पवित्र क्षेत्रमा नै आफ्नो पनि हकदावीको जिद्दी गर्नु धार्मिक सहिष्णुताविरोधी कदम हो। यसले धार्मिक कट्टरपनालाई मात्रै बढावा दिन्छ, जसले कसैको भलो हुँदैन। सर्वोच्चको अन्तिम फैसलामा पक्कै पनि यी सब विषयमा बहस हुने आशा गरौँ।

मलाई लाग्छ हाम्रा सच्चा क्रिस्चियन दाजुभाइ दिदीबहिनीहरुले यो कुरा बुझेका छन्। धर्म निरपेक्षताको अर्थ धार्मिक द्वन्द्व बढाउनु हैन। धर्म निरपेक्ष भएपछि जिम्मेवारी झन् बढ्छ- झन् एकअर्को परम्परा, उनीहरुको आस्था र विश्वासलाई सम्मान गर्नुपर्छ। हिन्दुहरुको पवित्र स्थलमा अतिक्रमण गरेर आफ्नो परम्परा लादन जिद्दी गर्नेहरुको रुपमा अहिले बनेको छविलाई हटाउन उनीहरुले आफ्नै अगुवाहरुलाई भन्नुपर्छ। हाम्रो उद्देश्य अतिक्रमण हैन, हामीलाई हाम्रो परम्परा धान्ने वैकल्पिक व्यवस्था गरिदेऊ भनेर उनीहरुले आवाज उठाउनु पर्छ।

 

  
3 Votes

Related posts:

  1. पशुपतिमा लाश गाड्न पाइने कि नपाइने?
  2. जल्दै गरेको लाश र बग्दै गरेका दियो
  3. पशुपतिमा अब जुलुस गर्न नपाइने
  4. पशुपतिमा पिटापिट
  5. अब केटाले पनि डिभोर्स गर्न पाउने भए

23 comments to पशुपतिमा क्रिश्चियनले लाश गाड्न पाउने

  • kedar jee

    नेपालिहरुको धार्मिक सहिष्णु बानि को फाइदा उठाउँदै यी क्रिस्चिएन् नामधारी बिकाउहरुले औंला दिंदा डुंडुलो निल्न खोजेका हुन् नत्र पशुपतिमै लाश गाढछौं भन्दै किन निहुँ खोज्नु पर्यो? नेपालमा अन्त कहीं खालि पाखो छैन र त्येही ठाउँ ताक्नु पर्यो!संक्रमण कालको फाइदा उठाउन खोज्ने यिनलाई लात हानेर खेद्न नपुगेको हो,अरु केहि होइन//

    मन परे हरियो, नपरे रातो Thumb up 15 Thumb down 2

  • Sudha(USA)

    बास्तवमा हाम्रो नेपाल मा के हुन् लागेको हो? कहिले साँची मन रुन्छ/ अब केहि नपाएर पसुपतिमै किन लास गाड्नु पर्ने? हाम्रो नेपाल हिन्दु मा आस्था भएको देश हो/ कृपया यो त हाम्रो संस्कृति भन्न पाइयोस/ किन बिना काम को काम हुँदै छ नेपाल मा/ नचाहिने कुरा मा सबै तातेका छन , चाहिने कुरा मा येसरी नै आफुलाई ध्यान दिने हो भने हामी पनि केहि गर्न सक्थियेउन् कि??????तर येसरी पशुपति मा लास गाड्न नपैयोस/ केहि त आफ्नो संस्कृति, धर्म पनि हो नि, हैन र ?

    मन परे हरियो, नपरे रातो Thumb up 9 Thumb down 2

  • शशांक लामा

    देश सबैको साझा हो, जुनसुकै चिहानघारीमा सबै नेपालीले लाश गाडन र जलाउन पाउनु पर्छ | जिउन्जेल पो धर्म, मरेपछि के को धर्म ! नाम जतिसुकै भएपनि भगवान एक हो भन्ने भावानारूप चल्नु पर्यो है | टेन्सन नहीं लेनेका…..

    गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 4 Thumb down 14

  • bijay

    कुरा एक किसिमले ठिकै हो / सबैले सबैको धार्मिक स्थलमा आफ्नो र आरुको धार्मिक क्रियाकलाप गर्न पायो भने धर्म धर्मबिचको भिन्नतानै बाकी हुँदैन र शायद पछिको पुस्ताले हामी सबै यौटै धर्मका हौं भनेर ठान्नेछन/

    मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 1

  • कहि नभाको कट्टरपन्थि हिन्दुहरु त यो मेरो संसारमा देखिन थालेको छ!राम्रो-नराम्रो बारेमा बिचार लेख्दा पनि प्वाक्क क्रीस्चियनको बिल्ला भिराई दिने अजय गुरुङ र उनि जस्ता एकोहोरो बुद्दि भएका यथास्थितिबादीहरुलाई पशुपतिनाथले छिट्टै सद्बुद्धि दिउन!भगवान भन्ने कुरा आफैमा नराम्रो होईन!भगवान त यो सृष्टिका सबै प्राणीहरुलाई एउटै रुपमा हेर्न चाहान्छन!सबैको भलो देख्न चाहान्छन!पापी भनेको मान्छेनै हो जस्ले भगवान र राक्षस दुबैको चरित्र निर्बाह गर्ने दुस्साहस गर्छ!यहाँ मिलाएर नमिल्ने कुनै ठूलो कुरा होईन केवल् खाँचो हो स्वतन्त्र दृष्टिको!कोमल र नरम भावनाको!मेरो संसारमामा ब्लग लेख्ने देखि कमेन्ट गर्ने धेरै साथीहरु चाहि उहि पुरानो मान्सिक्ताबाट,दरिद्र सोचाईबाट गुज्री रहेको देख्दा अति टिठ लागेर आउछ!हामी सबै नेपालीले मेरो भन्नु छोडेर हाम्रो भन्ने परम्परा कहिले बसाउने?

    आफ्नो देशमा जन्मेका भगवान बुद्दलाई बेवास्ता गरेर सदियौ देखि नेपालको शासकहरु र यी हिन्दु कट्टरपन्थीहरुको ब्यबहारले गर्दानै अहिले बुद्दको अस्तित्व र बुद्द धर्म नेपालमा ओझेलमा परेको हो!अहिले भारतले नक्कली लुम्बिनी बनाई रहँदा पनि मुकदर्शक बनेर हेरि रहेने सरकार शाकक र बुद्दलाई कहिल्यै आफ्नो नसम्झेका सबै अति हिन्दुबादीहरुलाई धिक्कार छ!

    गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 2 Thumb down 21

    • अजय गुरुङ

      मित्र, प्रेम पुन जी
      तपाइले भन्न खोज्नु भएको के ? अझै कति उदारता देखाउनु पर्र्यो यो हिन्दुले त्यहिँ उदार स्वभाबको फाइदा लिदै अझै हाम्रो टाउकोमा टेक्नु खोज्ने अनि उल्टै कट्टरपन्थी को बिल्ला भिराउने अलिकति शरम मान्नुहोस, बिना सित्तिमा अन्तरराष्ट्रिय समुदायमा हिन्दुहरुको छबी धमिलाउन खोज्ने, ” चर्च जादा भरै घर सकुसल फर्किन्छु कि फर्किदैन ” यस्ता यस्ता बक्कम्फुस कुराहरु प्रचार प्रसार गरेर के देखाउन खोजेको ? एउटा कुरा ध्यान दिनु जरुरि छ यो देश एउटा हिन्दु राष्ट्र थियो अहिले देशको परिवर्तन संगै धर्म निरपेक्ष भनेर घोषणा गरियो के हिन्दुहरुले कुनै आपत्ति जनाए बरु मिलेर नै स्वागत् गरे त्यहिँ हामि हिन्दुहरुको उदार स्वभावको फाइदा उठाउन खोज्दै छौ तिमीहरु , चोकचोकमा गल्लि गल्लीमा तिमीहरु प्रचार प्रसारको लागि भुक्दै हिड्छौ हामीले कहिले यस्तो नगर भनेर रोकेका छौ ? दुर्गम र गरिबीले पिल्सिएका गाउगाउमा गएर पैशाको लोभ देखाएर धर्म परिवर्तन गर्न बाध्य तुल्याइयो हामीले केहि भनेउ ? सिधा अर्थमा भन्नु पर्दा यो तिमीहरुको सरासर हेपाहा प्रबित्ति हो, म त यहि भन्छु पशुपति क्षेत्रम़ा लाश गाड्न पाउनु पर्छ भनेर क्रिश्चियनहरुले गरेको हठ त्याग्नु नै बेश होला हैन भने आउने दिनहरुमा “क्रिश्चियन” को अगाडी “क” थियो भनेर इतिहासको पाना पल्टाउनु पर्ला !! अति गर्नु अत्याचार नगर्नु !! सरकार संग क्रिश्चियनहरुले लाश गाड्ने ठाउको माग राख्नु जायाज हो तर पशुपति क्षेत्रलाई निशाना बनाउनु राम्रो हैन त्यसैले बेलैमा बुद्दी आउन क्रिश्चियनहरुको !!

      मन परे हरियो, नपरे रातो Thumb up 13 Thumb down 2

      • हेल्लो अजय जी,
        कस्ले भन्यो म क्रीस्चियन हुँ भनेर?म पनि हिन्दुको छोरा हो तर म सबै धर्मलाई उत्तिकै सम्मान् गर्छु उत्तिकै आस्था राख्छु!तिमीहरु जस्तो आँखा बन्द भएको अन्धो होईन!तिमी जस्तो हिन्दु अतिबादी सोच् भएकोहरु हौ जस्ले नेपालमा अरु धर्मलाई जहिले पनि निस्तेज गर्न खोज्दै छौ!पहिलो कुरा पशुपति कुनै हिन्दुहरुको पेवा होईन!ईतिहासको कुरा गर्ने हो भने हिन्दुहरु भन्दा पहिला पशुपति क्षेत्रमा किरातहरुले लाश गाडेका हुन!बकम्बुसे कुरात तिमी जस्तो हिन्दु कट्टरपन्थीहरुले गर्दै छौ हामी जस्तो सबै पर्ति स्वतन्त्र दृष्टि राख्नेले होईन!धर्म सँस्कार रितिरिवाज परम्परा समय संगै परिवर्तित हुदै जानु पर्छ राम्रोलाई छानेर नराम्रो कुरालाई हटाउदै जानु पर्छ भन्ने मेरो मेरो मान्यता हो।सबै धर्म मिलेर समस्याको समाधान गर्नुको साटो अरुलाई मात्रै पेलेर गयो भने राम्रो हुदैन!

        पशुपति हिन्दुहरुको मात्रै भन्ने तर्क गर्ने हो भने पशुपति क्षेत्रमा हिन्दुहरु मात्रै जाउन!स्वयम्भु र बौद्दमा बुद्दिस्टहरु मात्रै जान८उन!घन्टाघरको छेउछाउ मुसलमानहरु मात्रै हिडुन!चर्ज हुने ठाँउ तिर क्रीस्चियनहरु मात्रै बसोबास गरुन्!अजय जी तपाईहरु यस्तै अतिबादी सोच भै रहने हो भने भोलि नेपाल धार्मिक युद्दले रंगिने छ बुझि राख्नु!

        मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 5

  • kailash

    संतोष बाबु जन्मे कै कुरा गर्नी भय तिमि पनि त जन्मेको थियानौ नि अनि कसरि थाहा भो तिमीलाई पैले देखि भन्नि कुरा तिमि पनि तेही पैसा ले बनेको क्रिस्टियन हौ भन्नि तिम्रो कमेंट्स ले नै देखौछा…मुख्य कुरा पशुपति भनेको सरा हिन्दु को अस्था हो लास गाड्न दिनी मात्र हैन तेहा भयका लास लाई पनि हटाउनु पर्छा धर्म निरपक्छे भनेको तिमि क्रिस्चिने ले जे मन लाग्छा तेही गर्न पाउनु भनेको चाही पक्कै हैन राम्ररी बुझ्दा हुन्छ

    मन परे हरियो, नपरे रातो Thumb up 10 Thumb down 1

  • Deepak

    नेपालको काइते अदालती निर्णय यस्तै हो. यस्तै हो भने धार्मिक युद्ध हुन बेर छैन

    मन परे हरियो, नपरे रातो Thumb up 12 Thumb down 0

  • पुष्प

    यस्ता स‌वेदनशील मुद्दाको किनारा त तु लगाउनु नि ! भाँडभैलो मच्चाउने दलालहरूको कमि कुनै क्षेत्रमा रहेन ।

    मन परे हरियो, नपरे रातो Thumb up 12 Thumb down 0

  • Luna

    मरे पछी पशुपती मै गाडीन पाइयोस भन्ने त्यो बिधी इछ्या हुनेहारु किन क्रिश्यन धर्ममा लागेको होला !
    पशुपती हिन्दू धर्ममा आस्था राख्ने हरुको पवित्र स्थल हो भन्ने थाहा हुँदा हुँदै किन यसरी अर्घेलो थाप्नु परेको ?!
    हेप्नुको पनि हद हुन्छ !
    ऐले सम्म हाम्रा बुद्दिस्ट नेपालीहरुले र मुस्लिम नेपालीहरुले त यस्तो माग कहिल्यै गरेको थिएन !
    सन्ख्यात्मक रुपमा धेरै भएका हिन्दू हरुले पनि यसरी बुद्द धर्मालम्बी या मुस्लिम धर्मालम्बी हरुको आस्थामा खलल पुर्याउने माग गरेको सुनिएको छैन !
    यो भर्खर १० – १५ बर्ष यता पैसा कै बलमा भित्रिएको क्रिश्यन धर्मालम्बीहरुले किन यसरी हिन्दू धर्मालम्बिको आस्थामा चोट पुर्याउने उद्द्श्य का साथ लागि परेको छ ???
    हुँदा हुँदा अब नेपाल मा धर्म को आड मा पनि अराजकता फैलिने भो ???
    धर्म को नाममा हुने कलह सबै भन्दा खतरनाक हुन्छ —-
    यो सम्बेदनशील बिषय मा बेलाइमा गम्भिरताका साथ आबाज उठाईयोस !
    झगडाको बिउ नरोपीदैइ यो सम्बेदनशील समस्याको हल गराईयोस !

    मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 48 Thumb down 3

  • Saurya Basnet

    नेपाल मा बिस्तारै धार्मिक युद्धको बिउ रोपिदै छ अब फेरी दंगाफसाद काटमार .. यो बिदेशी को खेल कि सोदेशी राजनीति ?

    मन परे हरियो, नपरे रातो Thumb up 11 Thumb down 2

  • द्रोण

    अस्ति एकजनाले लेख्नु भएको थ्यो

    ”आफ्नै स्वास्नी राडी ,नाठा लाइ दोस”’

    यो सब सुन्दा अचम्म लाग्ला ,केहि हिन्दु ले आफु अपमानित सोचला तर एकदम स्वाभाविक छ |
    १) तेसै आफुलाई हिन्दु घोसणा गर्या छ ,के हो मूल मर्म हिन्दु धर्म को ?
    आफु कत्तिको हिन्दु हो ? आफ्नो सस्कार के हो ?
    यो मैले नेपालि हिन्दु लाइ मात्र हैन पुरै हिन्दुले बिचार गर्न पर्ने प्रश्न हो |

    तेत्रो बहुसंख्यक हिन्दु भएको भारत् ले आर्को हिन्दु भएको देश नेपाल लाइ कसरि पेलिराखेको छ | धेरै हिन्दु देउता जन्माउने देस त्यहिँ हैन |
    सानो लाइ हेप्ने ,कम्जोर लाइ हेप्ने यहि संस्कार हो कि ?? अथवा धर्म ,जाति लाइ परेको बेलामा फाइदा को लागि युज गर्ने अरु बेला धर्म जावोस भाडमा |नैतिकता लाइ पैताला मुनि राख्ने ,
    देश लाइ पुरै भ्रास्ता चार मा डुवाउने , कोइ कोइ अज राजा ,देउता बन्न खोज्ने ,
    चाकडी ,चाप्लुसी लाइ बढावा दिने , २,पैसा ,५ पैसा मा बिक्ने अनि २ पर्सेन्ट क्रिश्याँन ले पेल्न खोज्यो भने र आसु खसाल्ने ?
    येस्तई हो भने मान्छे गाड्ने मात्र हैन ,भोलि पशुपति भित्रै जिसस क्राइस्ट को
    मुर्ति लगेर राख्छ |

    २) नेपाल को र पुरै विश्व कै हिन्दु ले बास्तव मा एक सोच्ने पर्छ भने हामि हेपिएको पछी परेको आफै पतित भएर हो |अरुलाई दोष दिएर र मुत को न्यानो को लागि जस्तो एक छिन उग्र बनेर देस लाइ धर्म लाइ माया गरेको जस्तो देखाएर समस्या सुल्झिदैन ,साचिकै माया गर्नु पर्यो |

    गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 8 Thumb down 30

    • neerose

      मित्रलाई थाहा छ छैन कुन्नि तर जिजस क्राइस्ट परम् शिव भक्त थिय! शिव का अनुयायी हुन् उनि! तेसैले पशुपतिमा क्रिस्त्चियनको लर्ड क्राइस्टको शिवको आराधाना गरेको मुर्ति राख्नु मा मा चाहि अन्यथा मान्दिन बरु क्रिस्चियन हरुले नै अन्यथा मान्न सक्छा है!

      मन परे हरियो, नपरे रातो Thumb up 8 Thumb down 6

  • P4R££N1T4

    प्रभुजीको भक्तहरुले यो कुरा जानी राख्नु पर्यो कि यो एउटा मुखौटा लगाउदैमा,धर्म परिवर्तन गर्दैमा उनीहरु खाट्टी क्रिस्चियन हुदैनन् | आफ्नो पुर्खा र पुस्ताको पनि हेक्का राख्नु पर्यो | बीच बाटोमा आफ्नो धर्मलाई त्यागेर अरुको धर्मको मुखौटा ओढेर आफ्नो अधिकार हनन भयो भनेर धावा बोल्नु र अरुको आस्थामा आक्रमण गर्न खोज्नु दलालिपनाको परिचय दिनु हो |

    गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 15 Thumb down 3

  • भागवत मणि लामिछाने

    हामी हिन्दु हरुलाई यी क्रिस्चियन,मुसलमान हरुले पेल्दै आयका छन् तर हामी हिन्दु हरु चुप लागेर बसिरहेका छौ किन ?सधै यस्ती हो भने एक दिन हिन्दुहरु लाई पाखा लगायर उनीहरु को मनि मानी चलाउने छन्. तेसैले हिन्दु हरु एक हौ …..

    मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 19 Thumb down 2

  • Rajendra Aryal

    क्रिस्चियन हरु लै सरकार ले अर्को ठाउँ देओस वा तिनी हरु आफै बनाउन, पशुपति हाम्रो हो.

    मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 16 Thumb down 0

  • Prabhat Achary

    मलाई लाग्छ कतै न कतै बाट कसै न कसैले धर्म मा राजनीति गर्न खोजि रहेको छ किनकि पशुपतिमा लास गाड्न पाउनु पर्छा यो उनीहरुले अहिले आएर माग गरि रहेको छ के यस भन्दा अगाडी उनीहरु को आफन्तको मृतु भएका थिएन यो भन्दा अगाडी कता लास को दहन गर्थे र अहिले आएर किन एस्तो आस्थामा आंच आउने माग गर्छन आज लास गाड्नु पर्छ भनेका छन् भोलि पशुपति भित्र प्रवेश र गाई काट्न पाउनु पर्छा भनेर माग गर्न सक्छन इनिहरु
    यो कलियुगमा राम्रो भन्दा नराम्रो धेरै सुन्न र देख्न पाइन्छ त्येसैले त जताततै द्वन्द मात्र बढेको छ कतै के को कारण र कतै के …………..

    मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 22 Thumb down 2

    • प्रभात आचार्य जी, यो कसैले पनि राजनिती गर्न खोजेको छैन। अरु धर्मावलम्बीहरुले पहिलेदेखि नै त्यही लाश गाड्ने गरेको छ। यो अहिले मात्रै गाडेको होईन। जो जुन जाती र धर्म मान्नेहरुले लाश गाड्ने गरेको छ तिनीहरुले पहिलेदेखी नै गाडेको हो। यसरी लाश गाड्न शुरु गर्दा त्यो सुशिल नाहाटा जन्मेकै थिएन अनि अहिले आएर अरु धर्म माथि अतिक्रमण गरेर आफुलाई हामी हिन्दुहरु माथि अतिक्रमण गर्यो भनेर हास्यास्पद तर्क दिईरहेको छ। त्यसैले नेपाल भनेको हिन्दुहरुको मात्रै पेवा होईन। नेपालमा सबै धर्मको समान अधिकार हुनुपर्छ। सबै जातजातीहरुलाई समान अधिकार पाउनुपर्छ।

      “शान्त नेपाल, शान्तिको दुत गौतम बुद्द नेपाली हुन”

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 2 Thumb down 25

      • Kishor

        ओ सन्तोष जी, के पहिलेदेखि पहिलेदेखि भनेर कराइरा ?
        पहिलेदेखि भन्ने हो भने अहिले बनेका सबै चर्चहरु भत्काऊ। किनकि ती पहिलेदेखि थिएनन्।
        नेपाल हिन्दु राष्ट्र हुँदा पनि केही क्रिश्चियनहरुलाई धार्मिक सहिष्णुताका कारण त्यहाँ लाश गाड्न दिइएको हो। तर तिमीहरुले विश्व सम्पदा सूचिमा रहेको त्यस क्षेत्र मै खतरा हुने गरी सिमेन्ट, रड हालेर ठाउँलाई कुरुप बनाएपछि यसो गर्नु परेको हो। नेपाल हिन्दुको पेवा हैन। तर पशुपति क्षेत्र हिन्दुको पेवा हो। यसलाई कुरुप बनाउन क्रिश्चियनको शव किन गाड्न जिद्दी गरेको ?
        ल लाश गाड्ने भए अझै पनि ठाउँ दिन्छौँ तिमेरुलाई। एउटा ५० फिट खाडलको इनार खनेर सबै लाश त्यहाँ गाड्ने भए। तर सिमेन्ट र रड हालेर स्थायी संरचना बनाएर हिन्दुको पेवा क्षेत्रमा लाश गाड्ने कुरा नगर। तिमीहरुको यो अतिक्रमण अब सह्य हुन्न हामीलाई।

        मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 17 Thumb down 1

  • Janak

    संसारमा मुसलमानहरुलाई मन पराउदैनन् , नेपाल मा , क्रिस्टियन हरु हिन्दु हरुको बिरुद्ध किन लागि परेका छन्.?हाम्रो आस्थामा किन चोट पुर्या उनु ,

    मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 27 Thumb down 2

  • sanjiv

    लेख राम्रो छ ……हिन्दुको चिहान बनाउदा चै पवित्र अनि अरु को चै न पवित्र ,मरे पछि के को पवित्र ???धर्म निरपेक्षताको एस्लाई भनिन्छ त
    ??? सबै धर्म को एकै ठाउँ बनाउनु अनि मात्र एक आपस मा सदभाव हुन्छ .हामी सबै नेपाली जय नेपाल जय नेपाल ..

    गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 2 Thumb down 24

    • Adi

      सारै अनौठो कुरा गर्नु भयो. तेसो भए तेरो चर्च मा गएर हामीले लास जलौना हुन्छ ? सबै कुरा को हद हुन्छ . विदेश मा क्रिस्टियन को लास गाड्ने ठाउँ मा हिन्दु ले लास जलौना मिल्छ ?

      मन परे हरियो, नपरे रातो Thumb up 13 Thumb down 0ss 

 

 
Posted on 03-19-11 4:01 PM     [Snapshot: 27]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

It is not a matter of chirstianity or other , it is not a cemetry but a religious and crimation.
They need to find a burial place no matter which religious group he or she is from, if not stopped it will be  burial site for ever.

So, every body should be allowed for crimation ( but last time they did not allow to Mangol people). For crimation there should not be descrimination but not a place for burial.

100 % oppose for burail, they should find a privet land or go for cimation, christian do crimation.

NO burail.


 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
What are your first memories of when Nepal Television Began?
निगुरो थाहा छ ??
TPS Re-registration case still pending ..
Basnet or Basnyat ??
Sajha has turned into MAGATs nest
NRN card pros and cons?
Nas and The Bokas: Coming to a Night Club near you
Will MAGA really start shooting people?
मन भित्र को पत्रै पत्र!
Top 10 Anti-vaxxers Who Got Owned by COVID
emergency donation needed
TPS Work Permit/How long your took?
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
Breathe in. Breathe out.
3 most corrupt politicians in the world
Guess how many vaccines a one year old baby is given
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित
शीर्षक जे पनि हुन सक्छ।
Disinformation for profit - scammers cash in on conspiracy theories
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters