[Show all top banners]

aman
Replies to this thread:

More by aman
What people are reading
Subscribers
:: Subscribe
Back to: Politics Refresh page to view new replies
 FU Rubel
[VIEWED 7701 TIMES]
SAVE! for ease of future access.
Posted on 07-29-11 11:47 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

शम्भु भारतीले अदालतमा भने- सुडान घोटालाका मुख्य योजनाकार रुवेल चौधरी

image

'मुख्य ठेकेदार रुवेल नै थिए, ठेक्काको आधा कमिसन मलाई रुवेलले नै दिएका हुन् । बाँकी पैसा पनि रुवेलसँग नमागी आफूसँग मागेको भन्दै राइडरले मलाई अश्लील शब्दमा गाली गर्दै आइन्दा सम्पर्क नगर्न भनेका थिए ।’- शम्भु भारती

 

नयाँ पत्रिका

काठमाडौं, १२ साउन

सुडान घोटालाका ठेकेदार शम्भु भारतीले कांग्रेस नेतृ सुजाता कोइरालाका ज्वाइँ रुवेल चौधरी नै मुख्य ठेकेदार भएको दाबी गरेका छन् । विशेष अदालतमा दुई दिनसम्म बयान दिँदै भारतीले रुवेलको सहायककै रूपमा मात्र आफूले काम गरेको बताएका छन् ।

सुडानमा खटिएको नेपाल प्रहरीको मिसनका लागि एपिसीलगायतका बन्दोबस्तीका सामान सप्लाइ गर्ने बेलायती कम्पनी एस्युर्ड रिस्कका नेपाली एजेन्टका रूपमा बयान दिन विशेष अदालतले भारतीलाई पुर्जी काटेको थियो । घरमा पुर्जी टाँसिएको ३०औँ दिनमा उपस्थित भारतीसँग अदालतले मंगलबार र बुधबार बयान लिएको थियो, बिहीबारदेखि थुनछेकको आदेशको बयान सुरु भएको छ ।

भारतीले दिएको बयानअनुसार बेलायती कम्पनी एस्युर्ड रिस्कका तर्फबाट सुजाताका ज्वाइँ बंगलादेशी नागरिक रुवेलले नै कारोबार गरेका थिए । कम्पनीको प्रतिनिधिका रूपमा रुवेलले काम गरेको र उनको निर्देशनमा आफूले काम गरेको भारतीको भनाइ छ । ठेक्कामा सुजाताका स्वकीय सचिव हरि ढुंगाना पनि सक्रिय भएको बयान उनले दिएका छन् ।

विशेष अदालतले एस्युर्ड रिस्कका तर्फबाट माइकल राइडरले भारतीलाई लेखेको इमेलको विषयमा पनि प्रश्न गरेको थियो । 'तपाईंलाई बेलायती ठेकेदार माइकल राइडरले सुडान प्रकरणको हिसाब रुवेल चौधरीसँग लिनू' भन्दै लेखिएको इमेलको अर्थ के हो भनी अदालतले सोधेको थियो । जवाफमा भारतीले भने, 'मुख्य ठेकेदार रुवेल नै थिए, ठेक्काबापतको आधा कमिसन मलाई रुवेल नै दिएका हुन् । बाँकी १२ हजार पाँच सय अमेरिकी डलर -करिब १० लाख रुपैयाँ) रुवेलसँगै लिनु भनेर मलाई राइडरले इमेल गरेका थिए । रुवेलसँग पैसा नमागी आफूसँग मागेको भन्दै राइडरले मलाई अश्लील शब्दमा गाली गर्दै आइन्दा सम्पर्क नगर्न भनेका थिए ।'

प्रहरीसँग भएकोे इमेलको प्रतिलिपिमा पनि राइडरले भारतीलाई गाली गर्दै 'जे माग्नु र भन्नु छ रुवेलसँग भन, मलाई अबदेखि इमेल नलेख' भनेका छन् । इमेलमा राइडरले अश्लील शब्द प्रयोग गर्दै लेखेका छन्, 'तिमी अनपढ गवार हौ, तिमीसँग व्यापारिक दक्षताको निकै कमी छ, तर यो व्यापार निकै जटिल छ ।'

सुडानमा खटिएका प्रहरीका लागि आवश्यक पर्ने सामान सप्लायर्स गर्दा फाराम र नाम बेलायती ठेकेदार राइडरको भए पनि नेपालमा सम्पूर्ण काम चौधरीले गरेको भारतीले बताएका छन् । इमेलपछि आफूले राइडरलाई फोन गरेको र उनले फेरि पनि रुवेलसँगै हिसाब किताब गर्न भनेको भारतीले अदालतलाई बताएका छन् । राइडरले 'हरि ढुंगानामार्फत' रुवेलसँग हिसाब किताब गर्न भनेको पनि उनले बताए । अदालतले को हुन् ढुंगाना भनी भारतीसँग प्रश्न गरेको थियो । जवाफमा भारतीले भने, 'पूर्वउपप्रधानमन्त्री सुजाताका स्वकीय सचिव ।'

विशेष अदालतले दुई दिन लगाई लिइएको बयानमा भारतीसँग ४२ प्रश्न सोधेका छ । बयानपछि बिहीबार थुनछेक बहस भए पनि समय अभावका कारण अदालतले शुक्रबारका लागि पेसी राखेको प्रवक्ता धीरबहादुर चन्दले बताए । भारतीको पक्षमा शम्भु थापासहित ६ जना कानुन व्यवसायी छन् ।

बिहीबार थुनछेकको बहस नसकिएपछि शुक्रबार सुरु गर्नेगरी उनलाई न्यायिक हिरासतमा पठाइएको छ । भारती तीन दिनदेखि महानगरीय प्रहरी प्रभाग सिंहदरबारमा छन् । विशेष अदालतले बिहीबार पूर्वप्रहरी अधिकारीहरू शिव लामिछाने, नीरजबहादुर शाही र श्याम सिंह थापालाई न्यायिक हिरासतमा पठाएको छ ।

त्यसैगरी, बिहीबार बयान दिन अदालत पुगेका पूर्वएआइजी श्यामसिंह थापाले सुडान प्रकरणमा पूर्वआइजिपी ओमविक्रम राणाको ठाडो निर्देशनमा आफूले सामान खरिद प्रक्रियाको फाइल सदर गरेको बताएका छन् । 'तत्कालीन आइजिपीले ठाडो आदेश दिएपछि मैले हस्ताक्षर गरेको हुँ,' उनको भनाइ छ ।


 
Posted on 07-29-11 12:49 PM     [Snapshot: 72]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो कुकुरलाई गोली ठोक्नु पर्छ अब नेपाल फर्क्यो भने| स्वदेशीले त बिगारे बिगारे, अब साला बिदेशीले पनि लुट्न थाले|


 
Posted on 07-29-11 1:22 PM     [Snapshot: 124]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 भर्स्त गिरिजा--->गिरिजा को  छोरी  सुजता---> तेसको बिदेसी ज्वाँई---> लुत्नु सम्मा लुटे नेपाललाई, आझै गिरिजा क पल्तु कुकुर हरु ले त कती लुत्ने बाँकी छ।  
 
Posted on 07-29-11 1:53 PM     [Snapshot: 190]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 yo mula Girija ko santaan lai kina kasailay k hi gardai naa.... Goli haan na jaathi lai... mula Nepal ko barbadi yeslay nai garya ho... Nepali janata lay kahilye aakhaa kholnay hola....


 
Posted on 07-29-11 4:07 PM     [Snapshot: 296]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Parasle euta kaam ramro garna sakthyo goli hanera tyo pani hawa ma hanera garena
 
Posted on 07-29-11 4:20 PM     [Snapshot: 322]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Yo khate lai chyak chyak parera katnu parcha!

 
Posted on 07-29-11 4:21 PM     [Snapshot: 324]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 Well said Aman. Paras le tehi bela ma thoknu parne.
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
शीर्षक जे पनि हुन सक्छ।
NRN card pros and cons?
What are your first memories of when Nepal Television Began?
TPS Re-registration case still pending ..
Basnet or Basnyat ??
nrn citizenship
Sajha has turned into MAGATs nest
Nas and The Bokas: Coming to a Night Club near you
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
3 most corrupt politicians in the world
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
if you are in USA illegally and ask for asylum it is legal
Travelling to Nepal - TPS AP- PASSPORT
emergency donation needed
Top 10 Anti-vaxxers Who Got Owned by COVID
निगुरो थाहा छ ??
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Poonam pandey - death or suicide?
Doctors dying suddenly or unexpectedly since the rollout of COVID-19 vaccines
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters