[Show all top banners]

jhaukiri
Replies to this thread:

More by jhaukiri
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 2]

Jalparri

Shitasma
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 महाभारतको फाटबाट - 1
[VIEWED 3314 TIMES]
SAVE! for ease of future access.
Posted on 12-20-11 2:54 AM     Reply [Subscribe]
Login in to Rate this Post:     5       ?     Liked by
 

महाभारतको फाटबाट 
 
 
राधा, 
तिमी जस्तै म पनि त्यो आकाशको कालो 
 जुन हेरेर टोलाई रहेको  छु |
तिम्रो धमिलो आकिर्ती मेरो  
आसुँमा यसरी परिबर्तिति भईरहेको छ कि मानौ
कल्पना र यथार्त,
द्रिस्य र द्रस्टा,
तिमी र म 
एउटै हो |
   
राधा ,
हामीले सुनेको भन्दा धेरै फरक छ यो युदको रंग्मन्च 
यहाँ वीरहरु छन् 
यहाँ कायरहरु छ्न
ब्रह्मण छन् 
क्ष्यत्रि छन् 
बैस्य छन् 
छुद्र छन्  
होचा छन
अग्ला छन् 
काला गोरा सबै छन 
सिर्फ मनिस छैनन 
त्यसैले एक अर्कालाई मार्न सक्छन |
 
यहाँ रगतको यमुना बगेको छ प्रिय,
बसुरिको धुनमा मृत्‍युको ताण्डब 
कहि कतै एउटा भाला, एउटा तरवार मलाई पर्खिराखेको छ 
जसरी तिमी मलाई पर्खि राखेकी छौ ...
हेरौ कुन पर्खयिं मेरो गन्तब्य हो |
 
राधा 
साचै भनौ भने यो सारथीको जागिर खाएर 
बिरताको पराकास्टा साबित गर्न 
अरुलाई दर्शन दिदादिदै 
उपदेश बड्दा बाड्दै 
एकछिन अडिन मन लाग्छ 
तिमीलाई सम्झिन मन लाग्छ 
तिमीलाई छुन मन लाग्छ 
तिम्रो हुन मन लाग्छ |
 
प्रिय राधा ,
यो शान्तिको लागि लड्नु पर्ने कस्तो बाधेता हो मैले बुझिन 
सबै मलाई सोदछन  
म तिमीलाई सोध्छु 
त्यो ब्रिन्दावानमा कती पात झरे 
यो कुरुक्ष्त्रमा कती मान्छे मरे 
हिजो जे भको थियो कती राम्रो थियो 
आज के भैरको छ थाहा छैन 
तर भोली पक्कै राम्रो हुनेछैन 
यो सबै मृत्‍युको गाल बोकेर फेरी पनि  तिम्रो प्रेमीले 
कबिता लेखछ....
तिम्रो प्रेमीले   प्रेम गर्छ
भन्ने सोचेकी छौ भाने बिर्सिदेउ
शायद म, "म" रहन्न भोली    
तिम्रो कृष्ण भोली  (अ)-मानब हुनेछ 
तिम्रो कृष्ण शायद भगवान हुनेछ  
 
र भगवानहरु कबिता लेख्दैनन|||||||
   
        
 
 

 
Posted on 12-20-11 10:34 AM     [Snapshot: 134]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कस्तो सुन्दर रचना! कस्तो मिठो भाव!
हो यहाँ अरु सबै छन् सिर्फ मान्छे छैनन् ...
 
Posted on 12-20-11 10:54 AM     [Snapshot: 153]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

र भगवानहरु कबिता लेख्दैनन

र् भगवानहरु ले रमिता हेर्दैनन्

वाह ! वाह !

 


 
Posted on 12-20-11 11:14 AM     [Snapshot: 174]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

झौकिरी-जी,
कस्तो राम्रो लेख्नु भएको आहा !!
यहाँ सप्पै छन तर मान्छे छैनन .....

 
Posted on 12-20-11 12:33 PM     [Snapshot: 222]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

झाउकिरी जि तपाईं को नाम जस्ताइ तपाईं को कबिता नि धेरै सुन्दर छ ।
शब्द हरु लाई एसरी खेलाएर एउत शब्द बाट अनेक अर्थ दिन धेरै कम ले मात्र सक्छन , तपाईं को रचना मैले प्रसम्सा गर्ने शब्द भन्दा धेरै माथि का छन
र भगवानहरु कबिता लेख्दैनन
क्या भन्नु भो वाहा वाहा वाहा
 
Posted on 12-20-11 12:40 PM     [Snapshot: 240]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Amazing. Loved it.
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
शीर्षक जे पनि हुन सक्छ।
What are your first memories of when Nepal Television Began?
Sajha Poll: नेपालका सबैभन्दा आकर्षक महिला को हुन्?
NRN card pros and cons?
Basnet or Basnyat ??
निगुरो थाहा छ ??
Nas and The Bokas: Coming to a Night Club near you
TPS Re-registration
अमेरिकामा छोरा हराएको सूचना
Breathe in. Breathe out.
nrn citizenship
My facebook archive (for sale)
Top 10 Anti-vaxxers Who Got Owned by COVID
Doctors dying suddenly or unexpectedly since the rollout of COVID-19 vaccines
Send Parcels from USA to Nepal & Worldwide.
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Sajha has turned into MAGATs nest
Why is every youths leaving Nepal? Why are not youths entering politics and serving the country, starting business etc?
if you are in USA illegally and ask for asylum it is legal
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters