हिजो घर तिर फोनको घन्टी ठोकिएको थियो, छिमेकिकी छोरीले गन्दर्भ विवाह गरेर कसैकी अर्धग्नी बन्न पुगेछिन । गन्दर्भ विवाहको चलन जुग जुगान्तर चल्दै आएको हो भने जात पात को गठन पछी जात जोगाऊने र आफ्नो प्रतिस्ठा कायम राख्ने थालनी पछी सन्स्कारीत भाषाका ठेकेदारले जात भन्दा तल खसेर बिबाह गरे धार्मिक बिधान बाहिर गएर आफ्नै जात को कोही पोईल जाने र कोही पोईल ल्याए पनि जातच्युत गर्ने कारण पनि नेपाल को सन्स्क्रिती को बिकासमा तगारो बनेको छ ।
नस्ल सुधारमा सन्स्कारीत भाषा बिद समुदायले गरेको अथक प्रयासको पारीणाम हामी देखदै छौ । अनी यि छाअद्मभेसि ले जे जे गर्यो तेस्को नक्कल अन्य समुदायले पनि गर्दै गयो, अनी सबैको मार त्यो खस जाती जस्लाई छेत्रीय दर्जा दिएर आफ्नो पक्षमा पारे ।
कुरा अन्तै गएछ , 'बिहे गर्नु पहिलै गैइ " भन्ने शब्दको श्रीजना जतियता लाई उच्च स्थान दिने क्रम र गन्दर्भ विवाह लाई मासेर जात भात र कुल मिलाउने क्रम पछी मात्रै सुरु भएको हुनु पर्छ।
किन भने युबा युबती साररिक र यौन सामर्थ भए पछी आँफै जोडी खोजी हिड्ने सामाजिक स्तिथी को बेला 'बिहे गर्नु पहिलै गैइ " भन्नु जरुरी थिएन होला ।
अपभ्रम्स कहाँ हुँदैन , ज्योति - जुडी , अजय - एजे , मदन - मादान भैदिन्छन् अमेरिकामा
तेस्तै होला त्यो अरु भाषा बाट नेपाल सम्म पुग्दा - Suause Pan - सस्पिउन , boutique - बोटिस
शब्द हरु पनि खीइदै जान्छ क्यारे , सानो हुँदा केदार दाई लाई केदाइ मात्रै भनिन्थ्यो , यो पोइल गैइ पनि ' बिहे गर्नु पहिलै गैइ " को पनि छाट् काट भएर छोटो रुप 'पोइल गैइ " भएको होला .
हाम्रो सन्क्रिती बिकृतिले निल्दै गए जस्तो छ, सन्स्कार धनले पाईन्छ भन्ने नयाँ सन्स्क्रिती जनमानसमा गाडीएको छ , ठीक र बेठिकको पक्ष हामी जाहिलै छुट्याऊन पछी पर्दैनौ , सामाजिक सन्स्कार्का कुरामा हामी ४ हात माथि छौ , तेसैले होला त्यो बिचरी मन मिल्यो, अर्को पक्ष ले माया देखायो , दुई जिबन एक बने , तर हामी भने त्यो कान्छी पोइल गैइ भन्यौ , सुन्दा कान्छी को मात्रै दोस देखियो । हामी यि मामाला मा निकै आदर्सबासि बन्छौ, निकै ताना कस्छौ। अनी हाम्रा आदर्श कायम राखन , नैतीकता र धर्म लाई बिचमा ल्याउछौ ।
हामी दिग्भर्मित भएका छौ, नैतीकता कुन चराको नाम हो भन्ने मा पुगी सक्यौ , बिशेषत अर्थ को मामलामा, कुम्ल्याउन सक्नेले कुम्ल्याए तर हामी एक प्रश्न पनि उठाउदैनौ कसरी कमायो, त्यो प्रश्न गर्ने मनिष आँफै नपुन्सक ठह्रिने हो कि के हो , कसैले औल्याउदैन ? तर त्यो कान्छी मन मिलेको मान्छे सँग घर जम बसाइ , कुनै अपराध त गरिन , किन पोइल गैइ कि बिशेषण झुन्ड्याएको ? हिजो जागिरमा छिरेको मान्छे तिन्तले घर ठोक्दा , क्याबात भनिन्छ , छोरो भनेको एस्तो पो भन्ने सत प्रतिसत निक्लिन्छन, तेस्तै हिजो नेताको पछी र झन्डा बोकेको मान्छे ले त झनै ठुलो सामाजिक तोक्मा पाउछ , तेतिमात्रै हैन तेस्को दर्जा पनि बडेर प्रतिस्तित ब्यक्ती बन्न पुग्छ । मेरा गुरुले सुनाएको उखान - पन्डित- पन्डित भए घुडा घसी घसी , पण्डित्नी भईन घरै बसी बसी ।
अर्थ - सर्ब धनम प्रधानम भएको कारणले होला जो जो जागिर पाउन सकेनन र छमताले दिएन , नत नेताका पछी लाग्न सके - त्यो अर्थ त भित्र्याऊनै पर्यो भनी बिदेसिएका छन । म पनि एस्को अपवाद हैन होला, सुक्ष्म कारण यो अर्थ हुन सक्छ ।
छाती मा गडेको कुरा - के यो "पोइल गैइ " शब्द नाकारात्मक हो ? हैन भने किन चस्का दीईरहेको छ ?