[Show all top banners]

_____
Replies to this thread:

More by _____
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 1]

Rahuldai
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 नेपाली महिला बनिन् अष्ट्रेलियाकी धनी !
[VIEWED 2034 TIMES]
SAVE! for ease of future access.
Posted on 05-27-13 8:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 

नेपाली महिला बनिन् अष्ट्रेलियाकी धनी !

शेष घलेको सम्पत्ति एक करोड डलर थपियो


 

१३ जेठ, काठमाण्डौ । नेपाली मूलका शेष घलेसँगै उहाँकी श्रीमती जमुना गुरुङसमेत अष्ट्रेलियाका दुई सय धनाढ्यको सूचीमा पर्नुभएको छ । पहिलोपटक धनाढ्यको सूचीमा पर्ने जमुना सूचीको १ सय ८१ औं नम्बरमा हुनुहुन्छ भने शेष १ सय ८० औं नम्बरमा हुनुहुन्छ । २ सय जनाको सूचीमा बिनासँगै १४ महिला छन् ।

सूची तयार पारेको अष्ट्रेलियाको बिजनेस रिभ्यु विक्लीका अनुसार घले दम्पत्तिको सम्पत्ति २६ करोड ५० लाख डलर रहेको छ । यो वर्ष शेष घलेको सम्पत्ति १ करोड डलर बढेको भए पनि उहाँ अघिल्लो बर्षभन्दा चार स्थान तल झर्नुभएको छ । घले दम्पत्तिको सफलताको कथामा आधारित रहेर बिजनेस रिभ्यूका लागि निकोल लिन्ड्सेले तयार पारेको फिचर-
 

जमुना गुरुङ र शेष घले : सफलताको लामो यात्रा

शिक्षासेवी शेष घले र जमुना गुरुङले आप्रवासीको परिचित मार्ग पछ्याउँदै आफूहरुलाई अस्ट्रेलियाका २ सय धनाढ्यभित्र पार्न सफल भए : नयाँ देशको बजारको अपूर्णता बोध गर्दै र अवसरलाई आत्मसात गर्दै ।

तर, अर्को अर्थमा ५५ वर्षका घले र ५१ वर्षकी गुरुङ कुनै सामान्य नाम होइन । अरु धनाढ्य भन्दा कम उमेरका र एसियाली मूलका उनीहरु विगतमा अस्ट्रेलियामा २ सय उच्च धनाढयहरु कताका थिए भन्दा पनि अब कताका हुँदैछन् भन्ने कुराका प्रतिनिधि पात्र पनि हुन् ।

ses-ghale-1

घले र गुरुङको यो जोडीको संयुक्त सम्पत्ति साढे २६ करोड अमेरिकी डलर बराबरको छ । वृहत् व्यवसायिक हैसियत, निजी शैक्षिक कलेज, मेलवर्न इन्स्टिच्युट अफ टेक्नोलोजी लगायतको हो । काठमाण्डौमा समेत घले दम्पत्तीले होटल खोल्दैछन् ।

उनीहरुको शैक्षिक व्यवसायले अप्ठेरो ढुंगेमार्ग पार गरिसकेको छ । गएको वर्ष शैक्षिक संस्थामा विद्यार्थी भर्ना दर ८ देखि १० प्रतिशतले वृद्धि भयो । अब उनीहरु ४ करोड अमेरिकी डलर खर्चेर मेलवर्नको सेन्ट्रल बिजनेस डिस्टि्रक्सस्थित पूरानो आर्गस भवनको पुनर्निमाण गर्दैछन् ।

‘हामीलाई मेलवर्न मन पर्छ, हामी मेलवर्नप्रति क्रेजी नै भएका छौँ । मेलवर्नमा नहुँदा मलाई घरको यादले सताएझैँ हुन्छ ।’ लन्स्डेलस्थित मेलवर्न इन्स्टिच्युट अफ टेक्नोलोजीमा बिजनेस रिभ्यु विक्लीसँग बोल्दै गुरुङले भनिन्, ‘हामी सप्ताहन्तमा सहर घुम्छौँ । हामीलाई पूरानो आर्गस भवन निकै मनपर्छ । यो भवन मेलवर्न इन्स्टिच्युट अफ टेक्नोलोजीका लागि लिने इच्छा थियो । तर, पछि ट्रोव विश्वविद्यालयले यो किन्यो । तर जब फेरी यो भवन बिक्रीमा राखियो, तब किन नकिन्ने भन्ने हामीलाई लाग्यो ।’

शैक्षिक व्यवसायका लागि सुपरिचित हुनुका साथै घले र गुरुड घरजग्गा व्यवसायका पनि सफल लगानीकर्ता हुन् । उनीहरुका अधिकांश व्यवसायिक भवनहरु मेलवर्नका मुख्य क्षेत्रमा अवस्थित छन् । एउटा भवन सिड्नीको ससेक्स स्टि्रटमा पनि छ ।

३५ वर्षअघि नेपालमै बिहे गरेका हुन् घले र गुरुडले । उनीहरु नेपालमै हुर्के । पछि घलेले सोभियत युनियनमा सडक इन्जिनियरिङ पढ्नका लागि छात्रवृत्ति पाए । तर, यो सजिलो थिएन । एक पाइला बिराइयो भने पनि सबै खत्तम । घले भन्छन्,-’सबै कुरा भाग्य र कडा परिश्रमको फल हो । तर, सुरुमा भाग्यभन्दा पनि कडा मिहेनत महत्वपूर्ण हुन्छ ।’

घले र गुरुङ सन् १९९० को दशकको सुरुमा अस्ट्रेलिया आए । सुरुमा घले आए भने त्यसको ६ महिनापछि सन् १९९१ मा १० वर्षको छोरालाई नेपाल छाडेर गुरुङ पनि अस्ट्रेलिया आइन् । उनीहरु सुरुमा विजनेस स्टडिजका विद्यार्थीका रुपमा अस्टे्रलिया आएका थिए र अस्टे्रलियामा स्थायीरुपमा बसोबास गर्ने उनीहरुको कुनै लक्ष्य थिएन । निश्चितरुपमा अस्ट्रेलियामा कुनै निजि कलेज खोल्ने योजना त त्यसबेला हुने कुरै भएन ।

गुरुङ भन्छन्,-हामी जब अस्टेलिया आयौँ सुरुमा त बस्नै सकेनौँ । हामी लक्ष्यविहीन थियौँ । हामी यहाँ आएर बिजनेसमा डिग्री गर्‍यौं । हामीले प्राज्ञिक रुपमा व्यवसायलाई बुझ्यौं ।’

तर, सन् १९९५ मा उनीहरुका सामु एउटा अवसर आयो र उनीहरुलाई स्थायी बसोबासका लागि आवेदन गर्ने मौका मिल्यो, जसले उनीहरुको जीवनमा परिवर्तन ल्याइदियो ।

हामीलाई कुनै वकिल चाहिएन । हामीले केवल फारम भर्‍यौं, घले भन्छन्, दुई महिनामा हामीले स्थायी बासिन्दाको मान्यता पायौँ, त्यसपछि हाम्रा अधिकारलगायतका हरेक कुरा बदलिए ।

त्यसपछि घलेले एक निजी कलेजमा जागिर पाए भने गुरुडले स्विन्सवर्नमा बिजनेस डिग्रीलाई निरन्तरता दिई मार्केटिङमा विशेषज्ञता हासिल गरिन् ।
 

अवसरले ढोका ढक्ढकाउँछ

अस्टेलियामा सन् १९९० को दशकमा विदेशी विद्यार्थीको शैक्षिक बजार निकै फस्टायो । अस्टे्रेलियाली विश्वविद्यालयहरुले आफ्ना कर्मचारीलाई विश्वविद्यालयका पाठ्यक्रमबारे प्रचार गर्न एसियाली देशमा पठाउन थाले । साना निजी कलेजहरुको स्थापना तिब्र भयो ।

अस्ट्रेलियाको अर्थतन्त्रमा सन् १९९० ताका वैदेशिक विद्यार्थीको बजारले ७० करोड अमेरिकी डलर योगदान गरेको थियो, जुन अहिले १६ अर्ब ३० करोडमा पुगेको छ । भिक्टोरिया विश्विद्यालयबाट बिजनेसमा स्नातकोत्तर गरेका घलेले पनि तत्कालीन अवस्थामा खुलेका साना कलेजमध्येको एक अस्ट्रेलियन एकेडेमीबाट काम सुरु गरे ।

‘म निकै उत्साहित भएको थिएँ, दुई-तीन वर्षमा त मैले पनि पर्याप्त अनुभव हाँसिल गरी यस्तै केही गर्न सक्छु भन्ने सोँचेको थिएँ ।’ घले भन्छन्, ‘तर अकस्मात सन् १९९५ को अन्त्यतिर त्यो कलेज बन्द भयो र मैले जागिर गुमाएँ । यो हाम्रा लागि ठूलो ठक्कर थियो । मैले सिक्ने चिजहरुको खोजी गरिरहेको थिएँ ।’

त्योबेला मन्दीको अन्त्यतिरको समय थियो र कुनै जागिर पाउन मुस्किल थियो । घलेको जोडीको योजना पनि तत्कालै परिवर्तन भयो । ‘हामीले सोँच्यौँ किन यस्तै प्रयास नगर्ने ? त्यसपछि म व्यवसाय सञ्चालनका लागि सरकारी प्रक्रिया मिलाउनतिर लागेँ ।’ घले भन्छन्,- ‘हामीसँग पैसा थिएन तर केवल पुँजीको अभाव मात्र व्यवसाय गर्नका लागि अवरोध होइन रहेछ । हामीसँग ज्ञान हुनुपर्छ र अवसरलाई हेर्नुपर्छ । साथै हिम्मत पनि चाहिन्छ ।’

मेलवर्न इन्स्टिच्युट अफ टेक्नोलोजीमा अहिले २४ सय विद्यार्थी छन् । यसले अंग्रेजी भाषा शिक्षणका साथै बालार्ट विश्वविद्यालयसँगको सहकार्यमा वाणिज्य तथा सूचना प्रविधि विज्ञान अन्तरगत स्नातक र स्नातकोत्तर तहका कक्षा संचालन गर्दै आएको छ । इन्स्िटच्युटका प्रमुख कार्यकारी घले यसको वित्तीय पाटो हेर्छन् भने गुरुड यसअन्तरगतका मेलवर्न र सिड्नी क्याम्पसकी प्रवन्ध निर्देशकका साथै मार्केटिक निर्देशक पनि हुन् ।

सँगै बस्नु तथा काम गर्नुका धेरै जोखिम पनि छन् तर आफुहरुको व्यक्तिको एक अर्काका लागि सहयोगी भएको उनीहरु बताउँछन् । ‘हामी व्यवसायमा १५/१६ वर्षदेखि सँगै छौँ र विवाह गरेको ३० वर्षभन्दा बढी भयो । हामीले एक अर्कालाई राम्रोसँग जानेका छौँ । उनी निकै लचक छिन् र जे गर्नुपर्छ भन्छिन्, त्यो भएरै छाड्छ ।’ घले भन्छन् ।

आफु चुनौतिमै बाँचेको भन्दै गुरुडले सहज परिस्थितिमा शेषले निकै राम्रो गर्ने भएकाले आफूहरुको सहकार्य राम्रो भएको बताउँछिन् ।

आफु व्यवसायमा परम्परावादी रहेको र लागत जतिसक्दो कम गर्नुपर्छ भन्ने मान्यता रहेको उनी बताउँछिन् । सोही कारण अस्ट्रेलियामा विदेशी विद्यार्थीमाथिको भिसामा कडाइ गर्ने सरकारी नीति तथा जातीयताको विवादलगायतका कारणले शैक्षिक क्षेत्र प्रभावित हुँदा पनि उनीहरु राम्ररी टिके । उनीहरुको व्यवसाय अरुको जस्तै गरी ह्वात्तै बढेन । त्यसैले शैक्षिक संकटका बेला पनि उनीहरुलाई ठूलो असर परेन । तर, केही वर्षहरु भने निकै कठीन रहे । ‘चार सयजति भारतीय विद्यार्थी हुने गरेकोमा त्यो संख्या ३०/४० मा झर्‍यौं ।’- उनीहरु भन्छन् ।
 

चुनौतीबाटै लाभ

अस्ट्रेलियाभित्रै तथा दक्षिणपूर्वी एसियामा नयाँ बजार खोज्न बाध्य भएपछि उनीहरुको एउटा यस्तो परिस्थितिसँग भेट भयो, जुन गुरुङका शब्दमा वरदान थियो, जसले पूर्णतया घरेलु बजारको ढोका खोलिदियो । ‘हामीसँग ५ जनाजति स्वदेशी विद्यार्थी हुने गरेकोमा त्यसपछि डेढ सयसम्म पुगे, गुरुङ भन्छिन् । घलेका अनुसार स्वदेशी विद्यार्थी बढ्नु भनेको व्यवसायमा जोखिम घट्नु हो । त्यसपछि आय पनि बढ्दै गयो ।

सन् १९९० मा नेपाल छाडेपछि गुरुङ र घले भाग्यमानी भए । के उनीहरुले देश नछाडेका भए यत्तिको सफलता प्राप्त गर्थे ? घलेका अनुसार नेपालको राजनीतिक वातावरण निकै असहज रहेकाले अहिलेको जस्तो सफलता प्राप्त गर्न निकै कठीन थियो । आफुहरुले देश छाडेको केही वर्षपछि आफ्ना साथीहरुले पनि नेपाल छाडेको उनी बताउँछन् ।

तर, घले दम्पतिले आफ्नो मातृभूमि भने बिर्सेका छैनन् । नेपालमा गणतन्त्र आएपछि उनीहरु सन् २००७ र २००८ मा नेपाल फर्के । त्यसबेला उनीहरुलाई पूर्वराजपरिवारको स्वामित्वमा रहेको ६ हजार वर्ग मिटर जग्गा किन्ने मौका मिल्यो । लामो छलफल र वार्तापछि उनीहरुले त्यो जग्गामा केही योजना बनाएका छन् । अन्तराष्ट्रिय होटल ग्रुप स्टारउडसँगको २५ वर्षे करार सम्झौतामा त्यस स्थानमा २ सय २५ कोठे पाँचतारे शेराटन होटल बन्नेछ ।

कुनै व्यवसायिक भवन बनाउनुभन्दा होटल स्थापना गर्दा स्थानीय रोजगारी बढ्ने तथा विदेशी मुद्रा आर्जनमा सघाउ पुग्ने घलेको तर्क छ । यो होटलको लगानी एघार करोड अमेरिकी डलर हुने अनुमान गरिएको छ, जुन नेपालमा वर्षेनी हुने वैदेशिक लगानी १० करोड अमेरिकी डलरभन्दा बढी हो ।

जब तपाई कुनै निश्चित तहमा पुग्नुहुन्छ, तब तपाईलाई आफ्नो मातृदेशका लागि केही गर्ने चाहना हुन्छ । गुरुङ भन्छिन्,-’दैनिक हजारौँ नेपाली विदेशिएका छन्, त्यसैले हामी केही रचनात्मक काम गर्न चाहन्छौँ ।’

- See more at: http://www.onlinekhabar.com/2013/05/75494/#sthash.5V7PNAZS.dpuf
 
Posted on 05-27-13 3:35 PM     [Snapshot: 410]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 damn what a success, very inspiring, yesto po sucess, tyo dhoti nepali le store kholera restaurant chalayera aafule aafulai sucessful thanchan, lau hera paji haru yeslai bhanincha sucess
Last edited: 27-May-13 05:36 PM

 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
lost $3500 on penny stocks !!!
Nepalese Students Face Deportation over Pro-Palestine Protest
Is this a progressive step?
Trasiting through Istanbul, Turkey
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters