[Show all top banners]

_____

More by _____
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 1]

Rahuldai
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 अनधिकृत उडान
[VIEWED 891 TIMES]
SAVE! for ease of future access.
Posted on 06-23-13 6:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 

अनधिकृत उडान

भारतीय राज्य असमको गुवाहाटीबाट २४ जेठमा नयाँदिल्लीका लागि उडेको गो एयरको एयरबस ए-३२० जहाज -कल साइन जीओडब्लू १५१(जी ८१५१) अनधिकृत रूपमा पूर्वी नेपालको दमकमाथिको आकाशमा देखियो। यसलाई लिएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित एयर ट्राफिक कन्ट्रोलरले तत्काल बनारसस्थित स्टेसनसमक्ष आपत्ति जनायो। खराब मौसमका कारण जहाज नेपाली आकाशतर्फ मोडिनुपरेको सामान्य प्रतिक्रिया दिएर बनारसको स्टेसनले औपचारकिता पूरा गर्‍यो। 

यसअघि त्यो जहाज नयाँदिल्लीबाट गुवाहाटीको उडानमा रहँदा समेत नेपाली आकाशमा अनधिकृत रूपमा प्रवेश गरेको थियो। त्यही जहाजले आफ्नो २८ जेठको नयाँदिल्ली-गुवाहाटी उडान तोकिएको भारतीय आकाशबाटै गर्‍यो। किनभने, नेपाली पक्षले अघिल्ला उडानमा आफ्नो आकाश अनधिकृत प्रयोग गरेकामा आपत्ति जनाएको थियो। तर, २९ जेठको दिउँसो त्यस विमान सेवाको एयरबस-३२० जहाज -उडान नम्बर- जी ८१५१) फेरि नेपाली आकाशबाट नै उडिरहेको थियो। यो जहाज दैनिक नयाँदिल्ली-गुवाहाटी रुटमा उडान भररिहेको हुन्छ। तर, यसको गन्तव्य भने  फ्लाइटराडार२४डटकममा लद्दाखको लेहबाट नयाँदिल्ली उल्लेख हुन्छ। जबकि, नयाँदिल्ली-गुवाहाटी उडानमा रहँदा उक्त जहाज उत्तरपश्चिम भारतको लेहतर्फ मोडिएको पनि हुँदैन। 

यो त एक प्रतिनिधि घटना मात्र हो। खासमा नयाँदिल्लीबाट पूर्वोत्तर भारतका विमानस्थलको आन्तरकि उडानमा भारतीय जहाजहरूले वर्षौंदेखि नेपाली आकाशमा अनधिकृत उडान भर्दै आएका छन्। तर, यसप्रति नेपालका हवाई उड्डयन नियामक निकायहरू भने बेखबर छन्। नेपाल नागरकि उड्यन प्राधिकरणलाई त यसबारेमा कुनै जानकारी नै छैन।

भारतीय वायुसेवाका जहाजहरू अन्तर्राष्ट्रिय र पूर्वोत्तर राज्यमा आफ्नो आन्तरकि उडानका लागि बिनाअनुमति नेपाली आकाशको प्रयोग गर्ने गरेको खुलासा फ्लाइटराडार२४डटकम नामको वेबसाइटले गरििदएको छ। उक्त वेबसाइटमा अटोमेटिक डिपेन्डेन्ट सर्भेलेन्स ब्रोडकास्ट -एडीएसबी) प्रविधिमार्फत संसारभर भइरहेका उडानहरू हरपल प्रत्यक्ष 'अपडेट' भइरहेको हुन्छ। उक्त वेबसाइटले आफ्नो पेजमा संसारभरका जहाजहरूको गतिविधि सीधा देखाउँछ। एडीएसबी अनुमति नलिएका जहाजहरू उक्त वेबसाइटमा देख्न सकिँदैन। जस्तो: नेपालको आन्तरकि उडानमा रहेका कुनै पनि जहाजले एडीएसबी अनुमति लिएका छैनन् र वेबसाइटमा ती जहाजहरू देख्न सकिँदैन। 

नयाँदिल्लीबाट आसमको गुवाहाटीका लागि इन्डिगो, स्पाइस जेट, जेट लाइट, गो एयर, एयर इन्डियाले दैनिक आठ उडान भर्छन्। एयर इन्डियाले सातामा थप चार उडान गर्छ। यी सबै जहाज नेपाली आकाश अनधिकृत प्रयोग गर्दै नयाँदिल्ली-गुवाहाटी-नयाँदिल्ली रुटमा उड्छन्। इन्डिगोले नयाँदिल्लीबाट डिब्रुगढ दैनिक एक उडान गर्छ। कतिसम्म भने नयाँदिल्लीबाट हङ्कङ् र हङ्कङ्बाट नयाँदिल्ली उडानमा रहेका भारतीय वायुसेवा कम्पनी जहाजहरूले समेत नेपाली आकाशमा अनधिकृत उडान भर्छन्। यद्यपि, तिनले भारतकै आकाशको रुट मात्र प्र्रयोग गर्नुपर्छ।

खासमा नयाँदिल्लीबाट असमको गुवाहाटी, मणिपुरको इम्फाल, आसामकै डिब्रुगढ र हङ्कङ् मात्र होइन, पश्चिम बंगालको बागडोगरा उडानका लागि स्वीकृत मार्ग लामो दूरीको छ। त्यही भएर भारतीय विमान सेवाका जहाजहरूले नेपालको आकाशतर्फ अनधिकृत रूपमा मोडेर छोटो मार्ग प्रयोग गर्दै आएका छन्। भारतको आकाश भएर उडान गर्न नयाँदिल्ली-लखनउ-गोरखपुर-दरभंगा-बागडोगरा-बोँगाई गाउँ-गुवाहाटीको रुट स्वीकृत छ। तर, नयाँदिल्ली-लखनउ-बढनी-कृष्णनगर-भैरहवा-चितवन राष्ट्रिय निकुञ्ज-कमलामाई -सिन्धुली-रौता -उदयपुर)-भेडेटार-दानाबारी-इरौँटार-पंखाबारी-बागडोगरा-चिङमाईको जंगल-ब्रह्मपुत्र-गुवाहाटी रुट प्रयोग गर्छन्।

नेपाल नागरकि उड्डयन प्राधिकरणका एक अधिकारीका अनुसार ती जहाजहरू जब नेपाली आकाशमा प्रवेश गर्छन्, एकाएक टावरको सम्पर्कबाट हराउँछन्। किनभने, काठमाडौँ या त्यस रुटमा पर्ने अन्य कुनै पनि टावरसँग सम्पर्कमा हुँदैनन्, सीधै दिल्लीको टावरसँग मात्र सम्पर्कमा हुन्छन्। जब भारतको आकाशमा प्रवेश गर्छन्, हवाई मार्गमा पर्ने भारतीय स्टेसनहरूसँग सम्पर्क गर्छन् र टावरको सम्पर्कमा देखिन्छन्। जहाजहरूमा एडीएसबी जडान हुन्छ, जसलाई बन्द गरििदयो भने जहाजहरू राडारको नजरमा पर्दैनन्। नाम उल्लेख नगर्ने सर्तमा ती अधिकारी भन्छन्, "त्रिभुवन विमानस्थलको राडारले सोही कारण अनधिकृत रूपमा प्रवेश गरेका भारतीय जहाजहरूलाई ट्रेस गर्न सक्दैन।" त्यसमाथि काठमाडौँमा रहेको राडारको 'कभरेज' क्षेत्र ६० माइल मात्र हो। दुई सय माइल कभरेज क्षेत्र क्षमताको उक्त राडारले भौगोलिक कारणबाट पूर्ण क्षमतामा काम गर्न सकेको छैन।

तर, एडीएसबी ट्रान्सपोन्डर बन्द नगरेमा दुई सय माइलकै क्षमतामा राडारले काम गर्ने विमानस्थल एयर ट्राफिक कन्ट्रोल एकाइका विमलेशकुमार लालकर्ण बताउँछन्। उनका भनाइमा भारतीय जहाजहरूले नेपाली आकाशमा प्रवेश गर्नुअघि एडीएसबी ट्रान्सपोन्डर बन्द गर्ने गरेका कारण राडारले समाउन नसकेको हो। जस्तो : २४ जेठमा नेपाली पक्षले तत्काल आपत्ति जनाएको गो एयरको जीओडब्लू १५१-जी ८१५१ कल साइनको जहाज नेपाली आकाशमा रहेको बनारसस्थित हवाई स्टेसनले स्वीकार गरेको थियो। जबकि, काठमाडौँको राडारमा उक्त जहाज देखिएकै थिएन। ड्रुक एयरको जहाज नेपाली आकाशमा प्रवेश गर्नासाथ काठमाडौँको राडारमा देखिन्छ। किनभने, उक्त जहाजले एडीएसबी ट्रान्सपोन्डर बन्द गरेको हुँदैन। खासमा नेपाली आकाश प्रयोग गर्दा जरविाना र सजाय हुने भएकाले भारतीय जहाजहरूले एडीएसबी ट्रान्सपोन्डर बन्द गरेका हुन्। 

संस्कृति, पर्यटन तथा नागरकि उड्डयन मन्त्रालयका एक उच्च अधिकारीका अनुसार नेपाली आकाश हुँदै नयाँदिल्लीका लागि उडान गर्न भुटानको राष्ट्रिय ध्वजाबाहक ड्रुक एयरले मात्र अनुमति लिएको छ। त्यसबाहेकका कुनै पनि देशका वायुसेवा कम्पनीले नेपाली आकाश प्रयोग गर्न अनुमति नपाएका मात्र होइनन्, अनुमति लिने प्रयास पनि गरेका छैनन्। "यो सरासर नेपाली आकाश अतिक्रमण र बलमिच्याइँ हो," मन्त्रालयका ती उच्च अधिकारी भन्छन्, "नेपालको राडार प्रणाली र वायुसेना कमजोर भएको फाइदा उठाइरहेका छन्, भारतीय विमान सेवाहरूले।" ड्रुक एयरले प्रयोग गररिहेको हवाई मार्गलाई प्राविधिक भाषामा 'गल्फ ३४८' भनिन्छ। उक्त रुट करबि दुई दशकदेखि चल्तीमा छ। 

के चाहिँ सत्य हो भने युरोप र मध्यपूर्वबाट सुदूरपूर्वी र उत्तरपूर्वी विश्वमा उडान भर्ने जहाजहरूका लागि अहिले बंगालको खाडीको रुट मात्र अनुमति प्राप्त छ। ती रुटमा उडान भर्ने जहाजहरूका लागि नेपाली आकाश समय र इन्धन खपतका दृष्टिकोणबाट छोटो र सस्तो पर्छ। तर, त्यसका लागि पूर्वस्वीकृति लिनु त अनिवार्य छ नै, नेपाली आकाश प्रयोग गरेबापत नेपाल सरकारलाई राजस्व पनि तिर्नुपर्छ। जसरी पारोबाट नयाँदिल्ली उडान गर्दा नेपाली आकाश प्रयोग गरेबापत भुटानको राष्ट्रिय ध्वजाबाहक ड्रुक एयरले नेपाललाई राजस्व बुझाउँदै आएको छ, त्यस्तो रुट अन्तर्राष्ट्रिय नागरकि उड्डयन संगठन -आईकाओ)को क्षेत्रीय कार्यालयको सिफारसिमा केन्द्रीय कार्यालयले स्वीकृति दिएको हुनुपर्ने नियम छ। आईकाओले स्वीकृति नदिएको रुटमा उडान भर्न कुनै पनि देशका विमानसेवाहरूले पाउँदैनन्। 

नेपाली आकाश हुँदै अन्तर्राष्ट्रिय उडानका लागि 'लिमा ६२६' रुट पनि स्वीकृति प्राप्त छ, जुन मेचीबाट काठमाडौँ-पाल्पा-सुर्खेत-महेन्द्रनगरबाट भारतीय आकाशमा प्रवेश गर्छ। त्यस रुटमा रहेको सञ्चार समस्याका कारण अहिले उक्त रुट स्थगित अवस्थामा छ। त्यसैले अहिले ड्रुक एयर मात्र होइन, काठमाडौँबाट अन्तर्राष्ट्रिय उडान गर्ने सबै जहाजले भैरहवाको आकाश भएर जाने रुट 'गल्फ ३४८' प्रयोग गर्दै आएका छन्। हाल नेपाल आउन-जान र यहाँको आकाश भएर उड्न यो एक मात्र वैधानिक मार्ग हो। 

यसअघि नेपालले नेपालगन्जबाट तराईको आकाशमा मेची नदीसम्म हवाई मार्ग बनाउन भारतसँग प्रस्ताव गरेको थियो। तर, भारतीय आकाशमा जहाज प्रवेश गर्न सक्ने उक्त रुट नबनाउन भारतले नेपाललाई लिखित आग्रह गरेपछि स्थगित भएको थियो। त्यसको अर्थ भारत सरकारले पनि आफ्ना जहाजलाई नेपालका आकाशतर्फ मोड्न अनुमति दिएको छैन। जे भइरहेको छ, जबरजस्ती भइरहेको छ।

नेपाल वायुसेवा निगमका एक वरिष्ठ क्याप्टेनका अनुसार अर्को देशको हवाई क्षेत्रमा अनधिकृत प्रवेश गरेको जनाउ जहाजको पाइलटले सहजै पाउँछन्। जहाजहरूमा जडान गरएिको ग्लोबल पोजिसनिङ् सिस्टम -जीपीएस)ले अनधिकृत हवाई मार्गमा प्रवेश गरेमा तत्काल चेतावनी दिन्छ। मतलब अहिले भारतीय जहाजहरूले नेपाली आकाश जानाजान र बलमिच्याइँपूर्वक प्रयोग गररिहेका छन्। "नेपालमा गम्भीरतापूर्वक चासो दिनुपर्ने धेरै विषय छन्, आफ्नो हवाई क्षेत्र अतिक्रमण भइरहेको विषय पनि त्यसमध्येको हो," लामो समय नेपाल नागरकि उड्डयन प्राधिकरणमा बिताएका पर्यटन मन्त्रालयका एक सहसचिव भन्छन्, "यस्तो संवेदनशील विषयमा कसैको वास्ता छैन।" 

नयाँदिल्लीबाट असमको गुवाहाटीका लागि इन्डिगो, स्पाइस जेट, जेट लाइट, गो एयर, एयर इन्डियाले दैनिक आठ उडान भर्छन्। एयर इन्डियाले सातामा थप चार उडान गर्छ। यी सबै जहाज नेपाली आकाश अनधिकृत प्रयोग गर्दै नयाँदिल्ली-गुवाहाटी-नयाँदिल्ली रुटमा उड्छन्। इन्डिगोले नयाँदिल्लीबाट डिब्रुगढ दैनिक एक उडान गर्छ। कतिसम्म भने नयाँदिल्लीबाट हङ्कङ् र हङ्कङ्बाट नयाँदिल्ली उडानमा रहेका भारतीय वायुसेवा कम्पनीका जहाजहरूले समेत नेपाली आकाशमा अनधिकृत उडान भर्छन्। यद्यपि, तिनले भारतकै आकाशको रुट मात्र प्र्रयोग गर्नुपर्छ। 


 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
मन भित्र को पत्रै पत्र!
TPS Work Permit/How long your took?
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
Guess how many vaccines a one year old baby is given
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित
Travelling to Nepal - TPS AP- PASSPORT
ढ्याउ गर्दा दसैँको खसी गनाउच
TPS Reregistration and EAD Approval Timeline.......
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
Morning dharahara
Another Song Playing In My Mind
nrn citizenship
TPS Renewal Reregistration
WHAT DO YOU GUYS THINK ABOUT THIS?
हेर अमेरिकामा नेपालीहरुको बेज्जत
Alert: Turbo Cancers: A Rising Global Threat
Does the 180 day auto extension apply for TPS?
1974 AD Pinjadako Suga Remixed
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters