[Show all top banners]

_____

More by _____
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 1]

Rahuldai
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 जिबन जल छैन तर रक्सि ४० करोड को बिक्छ जाजरकोट मा
[VIEWED 1383 TIMES]
SAVE! for ease of future access.
Posted on 07-28-13 9:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 गृहपृष्ठ » लेखहरु »
 

मुख्य समाचार

 

Bookmark and Share Bookmark


जाजरकोटको तस्बिर

  • रक्सीमा ४० करोड

विकास बजेटसमेत रक्सीमा

बजारको सामान्य रक्सीमा उनको मन जाँदैन। घरेलु रक्सी छुने कुरो भएन। उच्चकोटीको रक्सी हरेक दिन चाहिन्छ उनलाई। घटीमा रोयल स्ट्याग उनको रोजाइ हो। रक्सीको हरेक चुस्कीसँगै एक खिल्लीको १० रुपियाँ पर्ने सूर्य चुरोट चाहिन्छ। 

यस दुर्गम जिल्लाको सदरमुकाममा पाइने चुरोटहरूमा सूर्य नै सर्वाधिक महँगो हो। रेस्टुराँ बसाइमा फलफूलसहितको सलाद, सेकुवा, भुटन अनिवार्य व्यञ्जनमा पर्छन्। खलंगा-२, जाजरकोटका श्यामजंग शाह, २९, को यो खान्की स्थानीय होटल र रेस्टुराँ व्यवसायीका लागि नौलो हुन छाडेको छ। उनको खान्की देख्ने अपरिचित भने अचम्मित हुन्छन् र आश्चर्यले जिब्रो टोक्छन्। तर, शाहलाई यस्ता प्रतिक्रियाप्रति कुनै पर्वाह छैन। भन्छन्, "देशमा नयाँ संविधान नबनेसम्म म यसरी नै बाँच्छु। संविधान घोषणा भएको दिनबाट रक्सी छाडिदिन्छु।"

मानव विकास सूचकांकमा मुलुकका ७५ जिल्लामा पछाडिबाट तेस्रो नम्बरमा आउँछ, जाजरकोटको नाम। यही जिल्लाका प्रायः युवाको दैनिकी शाहको भन्दा भिन्न छैन। वाषिर्क औसत आम्दानी प्रतिव्यक्ति २२ हजार रहेको यस जिल्लामा खासै धेरै उद्यम-व्यवसाय छैन। रोजगारीका लागि बिदेसिनेको संख्या दिनदिनै उकालो लागिरहेको छ। तर, कतिपय बासिन्दाको जीवनशैली हेर्दा लाग्छ, उनीहरू विलासी जीवनशैलीका लागि प्रतिस्पर्धारत छन्। आधारभूत आवश्यकतासँग जुझिरहेका छैनन्। 

भौगोलिक विकटता र केन्द्रीय राजनीतिक पहुँचबाट टाढा रहेकै कारण विकासबाट वञ्चित रहेको गुनासो गर्ने जाजरकोटका बासिन्दाले उच्चकोटीका रक्सी, नयाँनयाँ मोबाइल र टेलिभिजन सेट, तिनका रिचार्ज कार्ड र सूर्तीजन्य पदार्थमा गर्ने वाषिर्क खर्च लाखौँको हुन्छ। यहाँका थोक एवं खुद्रा व्यापारीहरूको दाबीमा खलंगा बजारमा मात्र यस्ता विलासी वस्तुहरूको वाषिर्क कारोबार अंक करबि एक अर्ब रुपियाँ हाराहारी हुन्छ -हेर्नूस्, बक्स)। 

४० करोडको रक्सी 

जाजरकोटका सबै सरकारी कार्यालयमा आउने साधारण र विकास बजेट जोड्दा करबि ९० करोड मात्र हुन्छ। जिल्लाभरिको मालपोत र जडीबुटीबाट जिल्ला विकास समितिलाई प्राप्त हुने आय वार्षिक करबि २० लाख पनि ननाघ्ने स्थानीय विकास अधिकारी चक्रबहादुर बुढा बताउँछन्। तर, रक्सी आयातमा जिल्लाबाट बाहिरिने रकम सुन्दा जिब्रो टोक्नुपर्ने अवस्था छ। जिल्लाका थोक विक्रेताले मात्रै बिक्री गर्ने उच्चकोटीका स्वदेशी तथा विदेशी रक्सी वाषिर्क ४० करोड रुपियाँबराबरको छ। यसमा रक्सी कम्पनीले सीधै स्थानीय बजारमा बेच्ने रकम समावेश गरिएको छैन।

यहाँ रक्सी बेच्न दुइटा थोक विक्रेता र १ सय ७४ वटा फुटकर विक्रेताले अनुमति लिएका छन्। यीमध्ये गत आर्थिक वर्षमा ७२ विक्रेताले मात्र इजाजतपत्र नवीकरण गरेको जिल्ला कोष तथा लेखा नियन्त्रक हरिकृष्ण देवकोटा बताउँछन्। रक्सीको थोक विक्रेताले इजाजतपत्र नवीकरणबापत वाषिर्क २० हजार रुपियाँ राजस्व बुझाउनुपर्छ। तर, अन्तःशुल्कको विवरण स्थानीय कार्यालयले उपलब्ध गराउन सकेन। चण्डिका डिस्टिलरीको स्थानीय डिलर -थोक विक्रेता) मल्ल ब्रदर्सले मात्र मासिक २ करोड ५० लाख रुपियाँबराबरको रक्सी बजारमा पठाउने गरेको त्यसका सञ्चालक कृष्ण मल्ल बताउँछन्। उनकै भनाइमा पाँच लाख रुपियाँको सूर्य चुरोट थोकमा बिक्री हुन्छ। उनीजस्तै अर्का थोक विक्रेता पृथ्वीबहादुर शाही पनि वाषिर्क १० करोडबराबरको उच्चकोटीका रक्सी बजारमा आपूर्ति गर्छन्। यस हिसाबले उनको मासिक कारोबार ८३ लाखको हुन्छ। यसबाट वाषिर्क करबि ४० करोड रुपियाँ थोक मूल्यबराबरको ब्रान्डेड रक्सी जाजरकोटवासीले उपभोग गर्ने देखिन्छ। थोक विक्रेताबाट लिएर होटलमा बिक्री गर्दा हुने मुनाफा र कारोबार रकम अनुमानै गर्न कठिन छ।

थलह, कालीमाटी, मोर्क, सेपुखोला, रमिना, छेडा, बाटुलेचौर, टापुचौर, दह, चौखा, बजारहरूमा इजाजत लिएका र नलिएका दर्जनौँ रक्सी पसल छन्। गाउँघरमा प्रयोग भएका बियरलगायतका खाली बोतल यत्रतत्र देखिन्छन्। जिविसबाट कवाडी फोहर संकलनको चेतनामूलक कार्यक्रम गर्न जिम्मा लिएका स्थानीय उद्योग वाणिज्य संघका अध्यक्ष कमानबहादुर खड्का भन्छन्, "बाटा र खोलामा समेत फुटाएर फ्याँकिएका बोतलहरू समस्या बन्दै गएका छन्। ढुवानीको समस्याले खाली बोतल फिर्ता नभएपछि स्थानीय बजारमा खाली बोतलको थुप्रो लागेको छ, कतिपय ठाउँमा। 

रक्सी सेवन गरी बजार घुम्नेलाई प्रहरीले गराएको जरविानाबाट मात्रै प्रतिवर्ष एक लाख रकम संकलन हुने गरेको छ। यसैबाट थाहा हुन्छ, यहाँ रक्सी सेवनको अवस्था कस्तो छ भनेर।

विकासमा विचलन

कार्कीगाउँ गाविससँग सम्झौता गरी खानेपानी पाइप किनेर १८ घरलाई खानेपानी आपूर्ति गर्न गठन भएको तलीखोला खानेपानी उपभोक्ता समितिले बुझेको प्रथम किस्ता ३० हजार रुपियाँ पदाधिकारीहरूले खलंगा बस्दाको खर्च देखाएर कुनै सामग्री खरदि गरेनन्। सानो रकमको उक्त आयोजनाको सम्झौता वैशाख अन्तिम साता खलंगामै गरिएको थियो। त्यतिखेर उपभोक्ता समितिका पाँच पदाधिकारी एक सातासम्म सदरमुकाम खलंगाकै होटलमा बसे। उनीहरूले गाविससँग पेस्की बुझेको ३० हजार रुपियाँ रक्सी र सेकुवामा त खर्चे नै, होटलमा थप आठ हजारको उधारो लेखेर घर फर्के।

महिला तथा बालबालिका कार्यालयले वादी महिलाहरूलाई आय आर्जनका लागि प्रतिपरविार १४ हजार रुपियाँ बाँड्यो। त्यो रकम कुनै उद्यम वा व्यवसायमा उनीहरूले लगाएनन्। बालबालिकाको पढाइ वा आफ्नो उपचारमा पनि खर्चेनन्। सबैजसोले पूरै परविार खलंगामै आएर होटलमै बसेर सके। त्यसैको एउटा उदाहरण हो, ढिमे-१, बाटुलेचौर निवासी दुधी वादीको परविार। सरकारले महिला विकासमार्फत उपलब्ध गराएको रकम बुझ्न आएकी उनी आयआर्जनका लागि प्राप्त १४ हजार आफूसँगै आएका श्रीमान्लाई उच्च्ाकोटीको रक्सी पिउने धोको पूरा गर्न खर्च गरेको सगर्व बताउँछिन्। भन्छिन्, "बचेखुचेको केही पैसाले केटाकेटीलाई लत्ताकपडा किन्यौँ।" महिला विकासले रकम दिएका जिल्लाका १ सय ३४ परविारमध्ये अधिकांशले खलंगामा एक साता बसेर अनुदानको रकम होटलमै बुझाएर घर फर्के। 

यसरी जिल्लाका अधिकांश उपभोक्ता समितिहरूले विकासमा खर्चिने रकम पेस्की लिनुअगावै सदरमुकाम आउने-जाने बेला बाटामा पर्ने साना-ठूला बजारमा उधारो खाता सुरु भइसक्छ। हुन पनि गाउँघरमा रहेका रक्सीका पसलहरूका नियमित ग्राहक भनेकै गाविस र जिल्ला विकास समितिले सञ्चालन गरेका सानाठूला आयोजनाका उपभोक्ता समिति, स्थानीय शिक्षक, प्रहरी, गैरसरकारी संस्थाका कर्मचारी, खच्चड ढुवानीकर्ता, यदाकदा आउने कर्मचारी, बेरोजगार युवा, जडीबुटीका व्यापारी नै हुन्। शिक्षा, स्वास्थ्य र सञ्चारका आधारभूत सुविधा नपुगेको, झाडापखालाका बिरामीले जीवनजल नपाएर छटपटाउने जिल्लाका दुर्गम गाउँघरमा उच्चकोटीका रक्सी, रेडबुल, कोक, फ्यान्टालगायतका पेय पदार्थ बिक्रीका लागि सजाइएका छन्। सदरमुकाममा दुई सय पर्ने बियर गाउँतिर पाँच सय रुपियाँमा बिक्छ। 

असार महिनाभर गाउँघरका उपभोक्ता समितिहरूले होटलको रकम नदिएको भन्दै जिल्ला विकासमा उजुरी पनि पर्ने गरेको योजना शाखाका पवन शाह बताउँछन्। स-साना योजनाका थोरै रकमका लागि पनि गाविस र जिविससँग सम्झौता गर्न सदरमुकामै पटकपटक आउनुपर्ने भएकाले अधिकांश विकास बजेट दुरुपयोग हुने गरेको जिल्ला विकास समिति अन्तर्गत जिल्ला प्राविधिक कार्यालयका इन्जिनियर ओमकुमार साह बताउँछन्।

सदरमुकाम खलंगास्थित सबैजसो सरकारी कार्यालयमा २४ घन्टे पियक्कडहरू छन्, जसबाट कार्यालय प्रमुखहरूसमेत वाक्क छन्। यस्ता पियक्कडबाट सबैभन्दा बढी जिल्ला अस्पताल नै प्रभावित छ। आठ महिनादेखि डाक्टर नभ्ाएर नागरकि समाजले जिल्ला अस्पतालमा तालाबन्दी गरेपछि स्वास्थ्य सेवा विभागले पनि त्यस्तै चिकित्सकलाई जाजरकोट अस्पतालमा हाजिर हुन पठाएको छ। डा गणेशसिंह भण्डारीले रक्सी सेवन गरेकै अवस्थामा बिरामी जाँच्ने, बिरामी र आफन्तलाई दुव्र्यवहार गर्ने कारणले पटकपटक विवादसमेत भइसकेको छ। रक्सी सेवन गरी विद्यालय जाने र रक्सीमै भुलेर विद्यालय नै हापिदिने शिक्षकहरूको त कुरै बेग्लै। 

प्रहरीले घरेलु रक्सी नियन्त्रण गर्न खोजेपछि गाउँगाउँसम्मै खुलेआम उच्चकोटीको रक्सी बेच्ने होडबाजी नै चलेको एमालेनिकट महिला संगठनकी नेतृ रीता रावल बताउँछिन्। घरेलु रक्सी प्रतिबन्ध गर्न हौसिएका कार्कीगाउँ गाविसका स्थानीय महिलाहरू पनि अनियन्त्रित ढंगबाट भइरहेको उच्चकोटीका रक्सी बिक्री वितरणबाट चिन्तित छन्। रक्सी उत्पादन र बिक्री वितरणमा रोक लगाए मात्रै धेरै विकास बजेटको दुरुपयोग रोकिने जिल्लास्थित नागरकि समाजका अगुवा केशवजंग शाह बताउँछन्।

रक्सी सेवनका कारण घरेलु हिंसा र अरू सामाजिक विकृति बढे पनि जिल्लालाई रक्सी निषेधित घोषणा गर्ने प्रयास असफल भएको गुनासो दलित सशक्तीकरण मञ्चकी अध्यक्ष गीता सुनारको गुनासो छ। भन्छिन्, "यो त रक्सी खानेको जिल्ला होइन, रक्सीले खाएको जिल्ला भन्नुपर्ने भइसक्यो।"


 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
nrn citizenship
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Travelling to Nepal - TPS AP- PASSPORT
emergency donation needed
ढ्याउ गर्दा दसैँको खसी गनाउच
मन भित्र को पत्रै पत्र!
Morning dharahara
Guess how many vaccines a one year old baby is given
जाडो, बा र म……
Susta Susta Degree Maile REMIXED version
Elderly parents travelling to US (any suggestions besides Special Assistance)?
कल्लाई मुर्ख भन्या ?
1974 AD Pinjadako Suga Remixed
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters