काठमाडौं, भाद्र ८ - वैदेशिक रोजागार विभागका कर्मचारीलाई 'पैसा कमाउन' सहयोग गर्ने व्यवसायीलाई पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ ।
वैदेशिक रोजगारीका लागि जाने व्यक्तिको अन्तिम स्वीकृति दिने, विभागमा भीसालगायतका झुठ्ठा कागजात बनाउने र विभागका कर्मचारीलाई आर्थिक लाभ पुर्याउने व्यवसायीलाई नियन्त्रणमा लिएको हो ।
अख्तियारका अनुसार एडभान्स रिक्रुमेन्ट सर्भिस प्रा.लि.का सञ्चालकद्वय चित्र गुप्ता साँवा र हर्कबहादुर लिम्बू, सान इन्टरनेशनल रिक्रुमेन्ट सर्भिसका सञ्चालक मो. मुस्ताक मियाँ र प्रोग्रेसिभ प्लेसमेन्ट सर्भिस नेपाल प्रा.लि.का श्यामप्रसाद श्रेष्ठ छन् ।
उनीहरुको अनुसन्धान सुरु भएको अख्तियारद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।