महानगरपालिकाका इन्जिनियर डंगोलविरुद्ध भ्रष्टाचारको मुद्दा
२०७० पुष ३ गते १९:१५ मा प्रकाशित
३ पुस, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौं महानगरपालिकाका वरिष्ठ इन्जिनियर देवेन्द्र डंगोलविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको छ । साथै उनका भजित अनुजबहादुर सिंहविरुद्ध पनि मुद्दा दायर भएको छ ।
पदीय दुरुपयोग गरी १ करोड ४१ लाख ९३ हजार ९ सय ४८ रुपैयाँ ७ पैसा गैरकानूनी रुपमा आर्जन गरेको दावीसहित अख्तियारले बुधबार डंगोलविरुद्ध मुद्दा दायर गरेको हो । डंगोलले १ करोड ४१ लाखको स्रोत प्रमाणित गर्न नसकेको तथा आफूले आर्जन गरेको सम्पत्तिमध्ये निजको भतिजा अनुजबहादुर सिंहको नाममा १ करोड ८ लाख र बा.७च ६७५३ नम्बरको सेब्रोलेट स्पार्क गाडी समेत लुकाएको अख्तियारको आरोप छ ।
अख्तियारले भ्रष्टाचार निवारण ऐनको दफा २० (२) बमोजिम सोही बराबरको बिगो र बिगो बमोजिम जरिवाना गरी सजायको माग गरेको छ साथै अनुजबहादुर सिंहको नाममा रहेको १ करोड ८ लाख र गाडी जफत गर्न माग गरेको प्रवक्ता श्रीधर सापकोटाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
- See more at: http://www.onlinekhabar.com/2013/12/146422/#sthash.tnDhePsQ.dpuf