“संसारभर एकै भाषन हुन्छ भने म आफ्नो भातृभाक्षा पनि त्याग्न र बिर्सिन तयार हुनेछु” हृदयचन्द्रसिहं प्रधान

“सङ्घम् शरणम् गच्छामी” भगवान बुद्धको तीन नारामध्ये दोस्रो महत्त्वपूर्ण नारा हो यो। “बुद्धम् शरणम् गच्छामी” प्रथम नारा र “धम्मम् शरणम् गच्छामी” तेस्रो र अन्तिम नारा हुन्।

 प्रथम नाराको अर्थ हो– बुद्ध अर्थात् बुद्धि अर्थात् ज्ञान अर्थात् विज्डमकोको शरणमा आऊ। दोस्रो नाराका अर्थ हो– सङ्घ वा समाज वा समुदायको शरणमा जाऊँ। तेस्रो नाराको अर्थ हो– धर्म अर्थात् नियम अर्थात् कट्टरताको कानुन अर्थात् प्राकृतिक नियमको शरणमा जाऊँ। भगवान बुद्धले ज्ञान, समाज र प्राकृतिक नियमलाई जीवनको सर्वाधिक महत्त्वपूर्ण पक्ष मान्नु हुन्थ्यो, ठान्नु हुन्थ्यो र जान्नु पनि हुन्थ्यो।
“जीवनका सम्पूर्ण दुःखहरू अज्ञानताका उपज हुन्” भन्ने महात्मा बुद्ध ज्ञान वा बोध वा जागृति वा होस्लाई जीवनको प्राण ठान्नु हुन्थ्यो भने अज्ञान वा बेहोसीलाई मृत्यु सरह मान्नु हुन्थ्यो। नेपाली विचारक रूपचन्द्र विष्ट (रूदाने) ले कुनै बेला जताततै ‘थाहा’ लेखेर हिँड्ने गरेको कुरा सार्थक नै रहेछ नि त। व्यक्ति व्यष्टि हो। समाज समष्टि हो। व्यष्टि समष्टिमा मिल्दा नै शक्तिशाली हुन्छ। अनि, समाजभन्दा ठूलो व्यक्ति होइन। 

यस्तै विचार महात्मा बुद्धको दोस्रो नारामा अन्तरनिहित छ। धर्म (प्राकृतिक नियम) को पालन गरे सम्पूर्ण शारीरिक, मानसिक, अध्यात्मिक र सामाजिक रोग, शोकबाट बच्न सकिन्छ भने विचार भाव तेस्रो नारामा निहित छ।
अहिले हाम्राे नेपाल मातृभूमिभित्र विगत केही वर्क्षदेखि ‘सङ्घ’, ‘सङ्घीयता’ जस्ता बुद्धवाणीभित्र मिठा शब्दहरू पटक पटक सुन्न र पढ्न पाउँदा साह्रै आनन्द लागेको हुनाले म पनि यो देश साँच्नै बुद्धभूमिमा परिवर्तन हुन लाग्यो कि भनी दङ्गदास पर्नु स्वाभाविक नै हो। तर केही समय यतादेखि ‘सङ्घ’ र ‘सङ्घीयता’ शब्दलाई लिएर गरिएका विचार विमर्श, गन्थन मन्थन, छलफल, हलचल, निष्कर्क्ष, निचोड, निमन्त्रण, नियन्त्रण, निर्णय, निगमन पढ्दा/सुन्दा अलि कस्तो कस्तो तम्तमाइलो पो लाग्न थाल्यो। यो शब्दलाई अन्तर्राष्ट्रिय जगतका केही देशहरूले जसरी प्रत्यक्ष वा परोक्ष रूपमा जोड दिइरहेका छन्। त्यो हेर्दा झन् झन् मानसिक तम्तमाइलोपन अझ बढ्दै पो गयो। गड्यौला खोज्न खनेको प्वालबाट सर्प त निक्लिने होइन? अब त यस्तो डर पो लाग्न थाल्यो मलाई। अनि कुनै बेलाको सङ्घ, सङ्घीयताको प्रशंसक म अहिले यसबारे ठण्डा दिमागले सोच्न थालेको छु।

भगवान् बुद्धले संसारभरका मान्छे अट्ने ‘सङ्घ’ को कुरा गर्न भएको थियो। विश्वगुरू महात्मा डा. कार्ल मार्क्सले “विश्वका मजदुरहरू एक हौँ” भनेर सिङ्गो विश्वलाई साम्यवादको परिकल्पनाको सोचबाट आएको हो सङ्घ। अहिले नेपालमा मधेशवादी राजनीतिज्ञ र केही वामपन्थीहरूबाट आएको ‘सङ्घ’ को राजरहस्य एकै हो त? भनी धेरै दिन घोत्लिएपछि बल्ल चेत आयो। वास्तवमा हामीले सोच्यौँ, आगराको कुरो, तर हुन लागिरहेको छ गाग्राको कुरो। यो त बुद्धको सङ्घ वा मार्क्सको सङ्घको ठीक विपरीत गतिविधि पो रहेछ। बुद्ध र मार्क्स दुवैलाई विस्थापित गर्ने गरी आएको विदेशी निर्देशन रहेछ र त्यसलाई नबुझी समर्थन गर्ने हाम्रा इमानदार तर अल्पबोधी प्रिय बन्धुबान्धवहरू नै रहेछन्। गत चुनावसम्म आइपुग्दा त निकै बुझिसकेका कुरा पनि प्रमाणित भइसक्यो। बुद्ध र मार्क्सले व्यष्टिलाई समष्टिमा मिलाउने सोच गरेर सङ्घ वा समूहलाई जोड दिएका थिए भने अहिले समष्टिवाद व्यष्टिलाई अलग्याउने योजना रहेछ। मार्क्स र बुद्धले जोड्ने हिसाबले ‘सङ्घ’ ल्याउनु भयो, अहिले तोड्ने हिसाबले ल्याइएछ। मार्क्स र बुद्धले एक्वारियमको माछा समुद्रमा छाड्ने उद्देश्यबाट सङ्घको प्रसङ्ग ल्याउनु भयो भने अहिले समुद्रको माछा समाती एक्वारियममा हाल्ने उद्देश्यबाट सङ्घको कुरा झिकिएको रहेछ। यो कुरा झिक्ने कतिपय इमान्दार बन्धुहरूलाई भोलिको यसको नतिजा पनि राम्ररी थाहा छैन। किनकि उनीहरू आदर्शवादी, भावुक छन् र जातीय समानताका लागि सङ्घीयतालाई सर्वाधिक महत्त्वपूर्ण रामवाण अस्त्र नै ठान्छ। कतिपय नेताहरू लाज वा हारको ‘इगो’ ले गलत भए पनि आफूले उठाइसकेका कुरा पुनः अस्वीकार गर्न सकिरहेका छैनन्। यस्तै छ कथा, हाम्रो व्यथा।

वास्तवमा सङ्घीयता १९ औँ शहीको एक विशुद्ध जातीय समानताको प्रयासको मोडल हो। यसका आविष्कारक मूलतः पुँजीवादी नै हुन्, यद्यपि प्रयोग कम्युनिस्टहरूले पनि गरे। रूसमा लेनिनले प्रयोग गर्नु भयो। तर त्यति ठूलो देश चीनमा माओले यो प्रयोग गर्नु भएन। आज सोभियत भूमि टुक्रा टुक्रा भयो। सङ्घीयता भएमा कति राष्ट्रहरू टुक्रिसके। भारत यो शताब्दीको मध्यतिर कति टुक्रामा बाँडिन्छ? हेर्न बाँकी नै छ। यद्यपि भारतलाई अर्धसङ्घीय संविधानले शासन गरेको छ। कतिपय राष्ट्रहरू जो आफू पूर्ण सङ्घीय छैनन्, तिनले नेपालमा पूर्ण सङ्घीय पद्धति लागु गर्न जोड दिइरहेका छन्। त्यसो त धर्मनिरेपक्षता नभएका, क्रिश्चियन धर्मलाई राज्य धर्म बनाई शासकहरू चुनिएपछि बाइबलमा हात राखी सपथ खाने अमेरिका, बेलायत आदि जस्ता देशहरू क्रिश्चियन धर्मको नाममा मान्छेको आत्माको क्रय–विक्रय गर्न यहाँ धर्मनिरपेक्षतामा जोड दिइरहेका छन्। यद्यपि धर्मनिरपेक्षता खराब होइन। यसबारेपछि अर्को चर्चा गरौँला।
वास्तवमा यस्ता “सङ्घीयता” वा क्षेत्रीयता वा भौगोलिकता जस्ता विक्षयहरू शास्वत सत्य होइनन, निरपेक्ष सत्य हुन्। देश, काल, परिस्थिति अनुसार कहिले यी लागु हुन्छन्, कहिलै लागु हुँदैनन्। यी कुरा सामान्य अवस्थामा सबै ठाउँमा सार्वभौम रूपमा लागु हुन सक्ने विक्षय होइनन्। सामान्यतयाः उखुको रस सबै मान्छेलाई अमृत हुन्छ। तर चिनी रोग भएको मान्छेलाई जुनसुकै बेला र दम भएको मान्छेलाई राती पिउन दियो भने विक्ष नै हुन्छ। तुरून्त मृत्यु हुन सक्छ। त्यस्तै कुनै यस्ता प्रकृतिका रोगी मान्छेलाई तिनका बाठा शत्रुहरूले उखुको रस एकदम फाइदा हुन्छ भनी पिउन दिएमा के हुन्छ। हो, आज कतै ती विदेशी राष्ट्रहरूले यस्तै सोचबाट हामीलाई सङ्घीयताको सिफारिस त गरिरहेका छैनन्? सोच्नु पर्ने बेला आएको छ। वास्तवमा सोच्नु पनि पर्दैन धेरै। विगत ५ वर्क्षदेखिको 

नेपालका हिमालदेखि तराईसम्मका भूभागमा  भएका गतिविधि, नारा, भाक्षण र कार्यवाहीहरू हेर्दा यो कुरा बच्चाले पनि बुझ्छ।
आज कतिपय नेपालीहरू नेपालभित्र नै भुटानी शरणार्थी वा आसाम–मेघालयका नेपाली जस्तै भई घरवार छाडी भागेका छन्। घरवारी बेच्न समेत सकिरहेका छैनन्। बेच्नेले पनि कौडीको मूल्यमा बेचिरहेका छन्। यस्तो परिवेश तयार पार्नेमा सीमापारीका भिजिलान्ते, डाँकाहरू र विदेशी सरकार निर्देशित गिरोह छ भने नेपालभित्र जातीयको नाममा दङ्गाफसाद गरी गणतन्त्रलाई असफल पार्ने सोचका प्रतिगामी नै छन्। केही सोझा राजनैतिक पार्टी पनि सङ्घीयताका समर्थक छन् तर उनीहरूको परिभाक्षा, सीमा र  सिद्धान्तको मूल्य शून्य छ र पछिसम्म त्यही रहनेछ। उनीहरूको नेतृत्व पनि यसमा छैन। उनीहरू यो विक्षयको नेतृत्वमा सबैभन्दा पछाडि छन्।
सङ्घीयता भावनात्मक कुरा नभई एक उच्च प्रकारका व्यावहारिक, प्राविधिक वा एक अर्थमा यान्त्रिक प्रसङ्ग पनि हो। असनको हाकुचा कान्छोले आफ्नो एक कोठे किराना पसललाई “डिपार्टमेन्टल स्टोर’ मा परिवर्तन गर्न चाहँदैमा परिवर्तन हुन सक्छ र? न्यूरोडका विर्खे ब्राह्मण गोपीनाथले आफ्नो घरको अघिको १ आना घडेरीलाई विभिन्न खण्डमा बाँडेर हरेक खण्डमा अलग अलग सागपात, फलफूल लगाउन खोज्यो भने के होला? जमिनको धेरै अंश त आली वा डिल वा बोर्डर वा पार्टेशनमा गई भूमि अपव्यय नहोला? मनाङबाट काठमाडौँ क्याम्पस पढ्न आएको मैच्याङ लामाले कीर्तिपुरमा लिएर बसेको एक कोठे निवासलाई बेडरूम, किचेन रूम, डाइनिङ रूम, मिटिङ रूम , स्टडी रूम, गेष्ट रूममा बाँड्न प्लाइउड तेर्साए भने के होला? एक पल्ट कल्पना गरौँ त। भारतको सिक्किम जत्रो ठूलो (फराकिलो) जुन देश छैन, त्यसभित्र ८/१०/१५ सङ्घीय राज्य बनाउँदा त्यस्तै हुन्छ।

सङ्घीयताका लागि सबैभन्दा महत्त्वपूर्ण पक्ष भनेको देशको आकार (क्षेत्रफल) जातीय विविधता, विशिष्टता, जनसङ्ख्या वितरण, जनघनत्व, आन्तरिक बसाइँसराइ, जीवनशैली, संस्कृति, आर्थिक गतिविधि, मनोविज्ञान, राजनीति भूराजनीतिक अवस्था आदि पर्छन्। यी सब कुराले सङ्घीयतालाई ‘रिजेक्ट’ गर्छ भने सङ्घीयता जबरजस्ती लगाउन खोज्दा कि देश समाप्त हुन्छ कि सङ्घीयता लगाउन खोज्ने समाप्त हुन्छन् (देशका जनता ज्युँदा छन्) भने। हिमालमा लगाउने बख्खु जतिसुकै राम्रो होस्, तर तराईलाई एक महिनाभन्दा बढी काम लाग्दैन। पश्चिमी मुलुकमा पाइने स्वास्नी मान्छे लोग्नेमान्छेबीचको लिभिङ टुगेदरको सम्बन्ध अझ एक शताब्दी यो देशमा चल्न गाह्रो छ। त्यसपछि यो सम्बन्ध पनि चल्ला, सहज स्वाभाविक होला, अहिलेको विवाह सम्बन्ध जस्तै। तर अहिले चल्दैन यहाँ। संस्कृति त्यति ठूलो कुरा हो।
नेपालका आफ्नै विशेक्षताहरू छन्। अहिलेसम्म जातीय, धार्मिक वा साम्प्रदायिक युद्ध वा दङ्गा नहुनु, धार्मिक, भाक्षिक, सांस्कृतिक सहिष्णुता हुनु, अन्तरजातीय विवाह सम्बन्ध बृहत्तर हुँदै जानु, मेचीदेखि महाकालीसम्मका भूभागमा जातीय मिश्रित बसोबास भई मिश्रित (खिचडी) संस्कृतिको निर्माण हुनु, जातीय मूल थलो वा मूल थोकमा अहिले अन्य विविध जातिबाट बसोबास गरिनु, एक क्षेत्रको जातिले अर्को क्षेत्रको जातिको आगमन र बसोबासलाई वाणिज्य, व्यापार, समृद्धिका दृष्टिले उपयुक्त सम्झी काम गर्न, राजनीतिक दर्शन र विचारले गर्दा एकै पार्टीका झण्डामुनि सङ्गठित भई जातीयको भन्दा वैचारिकता वा वर्गीयताका आधारमा घनिष्ट र एकाकार हुनु आदि नेपाली जातिहरूका वैशिष्टयहरू हुन्।
यस्तो अवस्थामा जातीय पहिचानको रूपले राज्य स्थापना गर्दा र त्यस नामकै आधारमा जातीय क्षेत्र कायम गर्दा, त्यस सोचले अन्य जातिहरूमा पार्ने मनोवैज्ञानिक असरले अहम् (इगो) मा पार्ने चोटले केही विसङ्गति ल्याउन सक्ने सम्भावना त हुँदैछ। साथै यदि हल्ला भए झैँ खास जातिलाई खास क्षेत्रमा राजनैतिक अग्राधिकार दिने कुराले त भविष्यमा जातीय दङ्गा ल्याउने कुरा किटानी रूपमा तोकेर भन्नै सकिन्छ। कुनै पनि जातिका लागि यो कुरा हितकर हुँदैनत्र किनकि पूर्व किराँत र माझ किराँतलाई जातीय किराँती राज्य भन्दा त्यहाँका किराँत त्यहाँका शासक भए पनि नेपालका मेचीदेखि महाकालीसम्म छरिएका बसेका हजारौँ अन्य किराँती जाति दोस्रो दर्जाका नागरिक हुनु पर्ने अवस्था आउँछ। यो प्रसङ्ग अरू जातिमा पनि लाग्छ नै। गणतन्त्र आएपछि कोही, किन दोस्रो दर्जाको नागरिक हुनु पर्ने कुनै अपराध नगरिकन? ल ठीक छ, शोक्षक जाति भनेर चिनिने केही जाति त “कहिले सासुको पालो, कहिले बुहारीको पालो” भन्ने नियम अनुसार दोस्रो दर्जाको नागरिक हुँदा केही भएन। तर शोक्षित–पीडित र दलित जाति नै फेरि दोस्रो दर्जाको नागरिक (चाहे राजनीतिक दृष्टि होस् वा मनोवैज्ञानिक दृष्टिले मात्र होस्, हुनु पर्ने किन? काठमाडौँमा ३३ प्रतिशत नेवार वाहेक सबै बाँकी गैरनेवार (जसमा, दलित, आदिवासी, जनजाति पनि छन्) दोस्रो दर्जाको नागरिक किन हुने? अनि शिष्ट, सुशील, सभ्य संस्कृतिका धनी नेवार बन्धुहरू मेचीदेखि महाकालीसम्मका अरू भागमा किन दोस्रो दर्जाको नागरिक हुने? यो एक संवेदनशील प्रश्न हो। जातीय अग्राधिकारको सोचले यस्तो अवस्था ढिलो–चाँडो ल्याउँछ नै।

आज नेपालका एक क्षेत्रका मान्छे व्यापार, व्यवसाय र अध्ययन नोकरीका सिलसिलामा अर्को क्षेत्रमा पुगी बस्छन्, बसोबास गर्छन् पनि। आज सम्पूर्ण नेपालीहरूलाई सारा नेपाल भूमि आफ्नो गाउँ–टोल जस्तो लाग्छ, अपनत्व भाव छ। दोस्ती, व्यवसाय पार्टनर, साझेदारी, राजनैतिक सहयात्री, प्रेम विवाह आदि सामाजिक वा आर्थिक वा राजनीतिक कारणबाट मेचीदेखि महाकालीका नेपालीहरूबीच एक मजबुत अपनत्वको आत्मीय बन्धन र भाव छ। कतिपय सङ्घीय देश यस्ता पनि छन्, जहाँ एक राज्यबाट अर्को राज्य पुग्दा विरानो लाग्छ। अपनत्व हराउँछ। अर्कै देशमा पुगेको जस्तो लाग्छ। त्यहाँ एक राज्यका मान्छेले अर्को राज्यमा जग्गा किन्न, बसोबास गर्न, बन्दव्यापार गर्न र प्रेम, विवाह आदि पनि गर्न पाउँदैन। गर्न पाइने कतै होला, तर दोस्रो दर्जाको नागरिक भई वा चर्को जोखिम व्यहोरेर वा आफ्नो ‘आत्मसम्मान’ लाई धरौटीमा राखेर गर्नु पर्ने स्थिति आउन सक्छ।

आजको स्वतन्त्र, उन्मुक्त, खुला समाज भोलि सङ्कुचित सङ्कीर्ण वा असहज हुन सक्छ। कुनै सङ्घको मूलीले आफ्नो सङ्घीय राज्यभित्रका कुनै जातिहरूबीच सङ्घीय राज्यको सुदृढीकरणमा निम्ति विवाह गर्नै पर्ने सामाजिक वा कानुनी बाध्यात्मक प्रपञ्च बनाइदिए के होला? भुटानमा त्यस्तै अवस्था आएको थियो। यद्यपि त्यो एक स्वतन्त्र देश हो। सिक्किममा अन्य जातिलाई बसोबास निक्षेध छ। कश्मिर लगायत अन्य स्थानमा पनि यस्तो प्रावधान छ। सङ्घीयता विस्तारै जटिल हुँदै गएमा भोलि उच्च शिक्षा लिन विश्वविद्यालय आउने युवायुवती सहपाठीहरूले विपरीत लिङ्ग ‘विशेक्ष’ मित्रता राख्दा कुन राज्यको व्यक्ति हो? त्यहाँ कस्तो प्रावधान छ? कस्तो सामाजिकता छ? ठण्डा दिमागले सोच्नु पर्ने आवश्यकता हुन्छ। सङ्घीयता अझ जटिल हुँदै जाँदा र केन्द्रीय सत्तासँग यसको मतभेद बढ्दै गए अन्त्यमा के हुन्छ त  भन्दा राजनीति शास्त्र पढेका सबैलाई थाहा छ, विवादको उत्कर्क्षमा ‘आत्मनिर्णयको अधिकार’ को कुरोसम्म उठ्न पुग्छन्। यसको अर्थ हो– स्वतन्त्रता अर्थात् अलग स्वतन्त्र राज्य। त्यसपछि इच्छा अनुसार अर्को राज्यसँग मिलन वा “एकीकरण” विदेशीहरूको अल्टिमेट ‘गोल′ त यही नै होइन यहाँ?

अब कुरा आउँछ, त्यसो भए के त नेपालमा जातीय समानता गर्ने अरू बाटो नै छैन त। वास्तवमा सङ्घीयता २० औँ शताब्दीको जातीय समानताको पुँजी कार्यक्रम हो। तर यसले पनि जातीय समानता दिन सकेन अर्थात् अब यो २० औँ शताब्दीको ‘फ्लप’ कार्यक्रम हो। सङ्घीयताले मात्र देशमा जातीय असमानता हट्न सक्दैन रहेछ भन्ने कुरा त भारत, क्यानडा, अमेरिका, जर्मनी सोभियत भूमि (भू.पू.)  जस्ता राष्ट्रहरूको इतिहासबाट नै जानकारी भै हाल्छ। त्यसकारण यो सङ्घीय प्रणाली व्यर्थ छ। यसको पनि प्रयोजन छैन।
अब यसको सट्टामा अर्को विकल्प देशभक्त नेपालीहरूले सोच्नै पर्छ। त्यसमा पनि द्वन्द्वात्मक भौतिकवादी दर्शन मान्ने क्रान्तिकारीहरूले झन् बढी सोच्नु पर्छ। द्वन्द्वात्मक भौतिकवादी दर्शनका अनुसार पनि २० औँ शताब्दीको असफल सङ्घीयतावाद अहिले उपयुक्त कदापि हुँदैन। जातीय समानताको यो सार नभई रूप मात्र हो, जो सापेक्ष छ र युगको परिवर्तनसँगै ‘निक्षेध’ भइसक्यो। अब यो बासी कार्यक्रम भइसक्यो। अब नौलो ताजा कार्यक्रमहरू आवश्यक छ।

कहिलेकाँही म सोच्ने गर्छु, अरू सबै कुरा अनुपयुक्त भए पनि जातीय बसोबासका आधारमा सङ्घीयता हाम्रो देशका लागि त्यति अनुपयुक्त नहुने पनि थियो, यदि यो आजसभन्दा १०० वर्क्ष अघि लागु गर्न खोजिएको भए अर्थात् वि.सं. १९६० तिर यो देशमा जातीय वितरण आजको जस्तो थिएन, काठमाडौँमा ९९ प्रतिशत नेवार मात्र थिए। अन्य ठाउँमा अन्य जाति पनि त्यस्तै थिए। तर आज सबैतिर मिश्रित बसोबास छ। कसरी अब कुरो मिल्ला त?
निष्कर्क्षमा भन्दा जातीय समानताका लागि आर्थिक, सामाजिक, सांस्कृतिक, शैक्षिक, व्यावसायिक र राजनैतिक (समानुपातिक/स्वायत्त) ढङ्गले सबै काम अधिकतम रूप गरौँ। यस कुरामा अब कुनै विमति नै छैन। तर बुद्ध र मार्क्सको “सङ्घीयता” भन्दा ठीक विपरीत दिशामा गई निकट भविष्यमा एक एकल परिवारभित्र पनि लोग्ने स्वास्नी र छोराछोरीबीच महाभारत जस्तै मनोवैज्ञानिक वा व्यावहारिक विमति, विग्रह ल्याउने सङ्घीय धारणाबाट मुक्त बनौँ। यो हाम्रो मृत्युको कारक तत्त्व बन्नुभन्दा अघि नै यसलाई फ्याँकिदिउँ, त्यागिदिउँ। याद गरौँ, मेटासिडको सिसी हातमा बोकिइञ्जेल केही हुन्न, तर यो झोल गलाबाट तल निलेपछि डाक्टरले पनि बचाउन सक्दैन। अब यो दृ्रष्टान्तलाई हर पल स्मरण गरी बुद्ध र महात्मा मार्क्सको सम्पूर्ण नेपाली जाति अट्ने विशाल समाजवादी नेपाली जाति सिङ्गो सङ्घ नेपाललाई बनाउने दिशामा अग्रसर हौँ।