[Show all top banners]

_____

More by _____
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 1]

Rahuldai
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 डिजेल चोरी भएको रात के-के भयो ?
[VIEWED 1270 TIMES]
SAVE! for ease of future access.
Posted on 05-12-14 5:51 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

डिजेल चोरी भएको रात के-के भयो ?

२०७१ वैशाख २९ गते १४:०६ मा प्रकाशित

२९ बैशाख, भैरहवा । भारतबाट आयातीत डिजेल नेपाल आयल निगमको डिपोमा नपुर्‍याई बीचबाटोमै खाडल खनेर लुकाउँदै गर्दा १७ हजार लिटर डिजेल १९ ट्यांकरसहित बैशाख १६ गते रुपन्देहीमा प्रहरीले २२ जनालाई पक्राउ गर्‍यो । यति ठूलो संख्यामा ट्यांकर र मान्छे समातिएपछि त्यो रात रुपन्देहीमा धेरै नेताहरु र प्रहरीका फोन व्यस्त बने ।petrolium-7

प्रहरीले रुपन्देहीको पडसरी १ र मधवलीया ३ बाट छापा मारेर डिजेलसहित वरिष्ठ व्यक्तिहरुको ट्यांकर र चालकहरुलाई पक्राउ गरेपछि तेल चुहावटको तथ्य खुलेको थियो । तर, यसमा वरिष्ठ व्यक्तिहरुको नाम खुल्न सक्ने डरले राजनीतिक हस्तक्षेप हुन कुनै समय लागेन । रातिको समयमा वरिष्ठ व्यक्तिहरुको ट्यांकर छाड्ने, वरिष्ठ व्यक्तिहरुमाथि मुद्दा नचलाउने, ट्यांकरको व्यवसायीको नाम र नम्बर फेर्ने, पुरानो तथा केही निर्दोष ट्यांकर व्यवसायीको ट्यांकरलाई दोष लगाउने लगायतका विषयमा राजनीतिक दलका केन्द्रीय नेता र रुपन्देही प्रशासनवीच राति १ बजेसम्म फोन वार्ता चल्यो ।

उक्त फोनवार्तामा लुम्बिनी अञ्चलका प्रहरी प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक मिङमार लामा पनि सहभागी भए । तेल चोरी हुनुमा ट्यांकर व्यवसायी दोषी नरहेको भन्दै व्यवसायीहरुको लविङ गर्दै लामाले पक्राउ परेका चालक र सहचालकमाथि मात्रै मुद्दा चलाउने भने । तर, एसपी विक्रमसिंह थापाले तेल चोरी हुनुमा पक्राउ परेका चालक र सहचालक मात्र दोषी नभई व्यवसायीसमेत दोषी रहेको भनेपछि ट्यांकर व्यवसायीहरु थापा भन्दा लामा असल प्रहरी हुन् भन्ने निश्कर्षमा पुगेका छन् ।

बरामद भएका १९ वटा ट्यांकर अहिले पनि अञ्चल प्रहरी कार्यालय भैरहवामा राखिएको छ । बार्तामा उक्त ट्यांकरहरु निकालेर निर्दोष व्यक्तिको ट्यांकर त्यहाँभित्र हाल्ने कुरा चले पनि ट्यांकरहरु भने साटिएनन् ।  रुपन्देहीका एसपी विक्रम सिंहथापा भन्छन्-” पक्राउ पुर्जी जारी गरेको १८ जनामध्ये हामीले एकजना पश्चिमाञ्चल ट्यांकर ढुवानी व्यवसायी संघका पूर्वअध्यक्ष हरिबहादुर कुवँरलाई समेत पक्राउ गरेका छौँ ।” एसपी थापाले अनलाइनखबरसँग भने “जागिर छोडिदिन तयार छु, तर कसैको दवावमा यो विक्रमसिंह थापा आउने छैन” ।

पक्राउ परेका २२ जनाको बयानका आधारमा प्रहरीले निगमका अधिकृत स्तरका तेलको मापदण्ड नाप्ने २ जना कर्मचारी रविन्द्रकुमार राउत र देवेन्द्र बस्नेतलाई पक्राउ गर्यो । त्यसपछि प्रहरी पक्राउ परेका कर्मचारीको बयानका आधारमा निगमका क्षेत्रीय प्रमुख नगेन्द्र कुर्मीलाई पक्राउ गरी अनुसन्धान थालेको छ । प्रहरी अनुसन्धानमा ट्यांकरका चालक र सहचालकको बयानको आधारमा तेल चोरी हुनुमा ट्यांकर व्यवसायीको प्रत्यक्षको संग्लनता खुल्न आएपछि प्रहरीले १८ जना ट्यांकर व्यवसायीका नाममा प्रक्राउ जारी गरेको थियो । यद्यपि पक्राउ पुर्जी जारी गरिएको ११ दिन बितिसक्दा समेत प्रहरीले माखो मार्न सकेको छैन ।

फरार भएका ठूला मान्छे

घटनालगत्तै फरार भएका तीन मुख्य नाइके तेल माफिया पडसरी १ का विनोद उप्रेती, रामचन्द्र अधिकारी र मधवलीया ३ का विक्की भन्ने विकास क्षेत्री, पूर्वमन्त्री दानबहादुर चौधरीका छोरा लप्पु चौधरीको, उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य एवंम पश्चिमाञ्चल ट्यांकर व्यवसायी संघ बुटवलका प्रमुख सल्लाहकार चोपनारायण श्रेष्ठ, अध्यक्ष राकेशकुमार कशौधन, बरिष्ठ उपाध्यक्ष बालकृष्ण गैरे, निवर्तमान अध्यक्ष हरिबहादुर कुँवरको नाममा बैशाख १९ गते पक्राउ पुर्जी भएको थियो।

त्यसैगरी बुटवल २ का दयाशंकर यादव, तौलिहावाका वृजेन्द्र कुमारी चौधरी, प्रेमराज गैरेको, बुटवल ८ कि प्रिती जयसवाल, पिंकी कलवार जयसवाल, राजेश कुमार अग्रवाल, पुशपतिनाथ कशौधन, रुद्र शर्मा, बुटवल मिलनचोकका श्रवण कुमार श्रेष्ठ, पप्पु कुमार कशौधन पनि अहिले सम्म फरार रहेका छन्

- See more at: http://www.onlinekhabar.com/2014/05/198640/#sthash.9BtvJPBG.dpuf
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
श्राद्द
TPS Re-registration
सेक्सी कविता - पार्ट २
What are your first memories of when Nepal Television Began?
पाप न साप घोप्टो पारि थाप !!
पुलिसनी संग - आज शनिवार - अन्तिम भाग
निगुरो थाहा छ ??
ChatSansar.com Naya Nepal Chat
TPS Re-registration case still pending ..
Lets play Antakshari...........
What Happened to Dual Citizenship Bill
Basnet or Basnyat ??
Sajha has turned into MAGATs nest
NRN card pros and cons?
is Rato Bangala school cheating?
मेरो अम्रिका यात्रा -२
Do nepalese really need TPS?
कता जादै छ नेपाली समाज ??
susta manasthiti lai ke bhanchan english ma?
कृष्ण नै अन्तिम सत्य
Nas and The Bokas: Coming to a Night Club near you
राजदरबार हत्या काण्ड बारे....
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
is Rato Bangala school cheating?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters