[Show all top banners]

_____
Replies to this thread:

More by _____
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 1]

Rahuldai
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 एमालेका बाहुन नेता जनजातिका ज्वाइँ !
[VIEWED 2271 TIMES]
SAVE! for ease of future access.
Posted on 01-02-15 8:15 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


एमालेका बाहुन नेता जनजातिका ज्वाइँ !

अन्तरजातीय विवाहले जातीय सदभाव बढाउने दाबी

२०७१ पुष १८ गते १३:५७ मा प्रकाशित

१८ पुस, काठमाडौं । आदिवासी जनजाति आन्दोलनमा लागेकाहरुले एमालेका शीर्षनेतालाई ‘जनजाति विरोधी’को आरोप लगाउने गरेका छन् । तर, आरोप लगाउने कतिपयलाई थाहा नहुन सक्छ, एमालेका अधिकांश शीर्षनेताहरु जातले बाहुन भए पनि आदिवासी जनजातिकै ज्वाइँ चेला हुन् ।

logne swasni

यसलाई अनौठो संयोग नै मान्नुपर्दछ, ‘पहिचान विरोधी’ आरोप खेपिरहेका एमालेका शीर्ष नेताहरुको जस्तो समावेशी परिवार अरु पार्टीमा कमै छ । एमाले अध्यक्ष केपी शर्मा ओली र उपाध्यक्ष वामदेव गौतमसहित २२ सदस्यीय स्थायी समितिमा करीव आधाजति बाहुन नेताहरु आदिवासी-जनजातिका ज्वाइँ चेला हुन् ।

एमालेको सर्वोच्च कार्यकारी निकाय स्थायी कमिटीमा ८ जना नेता आदिवासी जनजातिका ज्वाइँ छन् । सायद अरु कुनै पनि ठूला पार्टीमा जनजातिका ज्वाइँ नेताहरुको यति ठूलो संख्या छैन ।

एमाले अध्यक्ष ओली, बरिष्ठ नेता झलनाथ खनाल र महासचिव ईश्वर पोखरेल तीनैजना नेवारका ज्वाइँ हुन् । अझ काठमाडौं, भक्तपुर र ललितपुरका रैथाने नेवार यी नेताका ससुराली हुन् ।

ओलीपत्नी राधिका शाक्य राष्ट्रिय वाणिज्य बैंककी कर्मचारी हुन् । खनाल पत्नी रविलक्ष्मी चित्रकार प्राध्यापक हुन् भने पोखरेल पत्नी मीरा ध्वजू एमाले सभासद तथा महिला नेतृ हुन् ।

त्यसो त एमालेका बरिष्ठ उपाध्यक्ष तथा उपप्रधानमन्त्री एवम् गृहमन्त्री वामदेव गौतम पनि आदिवासी जनजातिका ज्वाइँ हुन् । उनको ससुराली मगर हुन् ।

वामदेव पत्नी तुलसा थापामगर एमालेनिकट महिला संघलगायत पार्टी राजनीति र सामाजिक काममा क्रियाशील छिन् ।
एमालेका १५ जना पदाधिकारीमध्ये सचिव गोकर्ण विष्ट पनि आदिवासी जनजाति नेवार समुदायका ज्वाइँ हुन् । उनकी पत्नी प्रतिमा श्रेष्ठ त्रिभुवन विश्व विद्यालयमा प्राध्यापन गर्छिन् ।

त्यस्तै स्थायी समिति सदस्यहरु अमृत बोहोरा, शंकर पोखरेल, सुरेन्द्र पाण्डे पनि आदिवासी जनजातिका ज्वाइँ हुन् ।
बोहोरा पत्नी अष्टलक्ष्मी शाक्य पार्टी उपाध्यक्ष हुन् । त्यस्तै पोखरेल पत्नी सुजिता शाक्य पनि एमाले केन्द्रीय सदस्य हुन् । पाण्डे पत्नी पूर्णशोभा चित्रकार भने बारुदी सुरुङ विरुद्धको अभियान नामक गैरसरकारी संस्था चलाउँछिन् ।

ओली पत्नी राधिका र गोकर्ण पत्नी प्रतिमा बाहेक अन्य नेताका पत्नीहरु कुनै न कनै रुपमा पार्टी काममै क्रियाशील छन् । राधिका र प्रतिमा पनि पार्टीका संगठित सदस्य हुन् ।

स्थायी समितिकै आकांक्षी एमालेका प्रभावशाली नेता प्रदीप नेपाल पनि आदिवासी जनजाति याख्खा समुदायका ज्वाइँ हुन् । उनकी पत्नी झुमा देवान निजी स्कूल चलाउँछिन् ।

भूमिगत कालमा पार्टी कामकै सिलसिलामा बिहे भएकाले गर्दा अधिकांश नेतापत्नीहरु राजनीतिक रुपमा सचेत छन् । त्यसो भए पहिचानसहितको संघीयताका बारेमा जनजाति पत्नीले बाहुन पतिसँग फरक मत राखेको देखिँदैन ।

एमाले नेतृ तथा सभासद मीरा ध्वजु भन्छिन्- ‘पार्टीको निर्णय नै हामी सबै सदस्यहरुको निर्णय हो, यसमा पति पत्नी, जातभातको कुरै छैन ।’

एकल जातीय पहिचानसहितको संघीयतालाई जनताले नै अस्वीकार गरिसकेको भन्दै एमालेभित्र रहेका जनजाति र गैरजनजाति नेता कार्यकर्ता सबैको एउटै मत रहेको सुजिता शाक्यको दाबी छ ।

जातीय विभेद, सामाजिक उत्पीडन र पहिचान स्थापित गर्ने कुरा हरेक जातका नाममा राज्य बाँडेर होइन, अन्तरजातीय विहेबाट अन्तरघुलन हुने जनजातिका छोरी-ज्वाइँ एमाले नेताहरु बताउँछन् ।

अनेरास्ववियुका पूर्वअध्यक्ष तथा प्रभावशाली पोलिटब्यूरो सदस्य अरुण नेपाल पनि जनजातिकै ज्वाइँ हुन् । उनकी पत्नी सम्झना श्रेष्ठ गैरसरकारी संस्थामा क्रियाशील छिन् ।

खस आर्यका ज्वाइँ र बुहारी

एमालेका बाहुन नेताले जनजाति ससुराली बनाएजस्तै जनजाति नेताहरुले बाहुन क्षेत्रीसँग नाता गाँस्ने क्रम पनि बढेको छ ।
एमाले केन्द्रीय सदस्य तथा अनेरास्ववियुका पूर्वअध्यक्षद्धय राजेन्द्रकुमार राई र रामकुमारी झाँक्रीले खस आर्यसँग पनि अन्तरजातीय बिहे गरेका छन् ।

राई पत्नी शोभा पाठक अखिल राजनीतिमा थिइन् । झाँक्री पति पशुपति पुरी हाल भक्तपुर जिल्ला विकास समतिका स्थानीय विकास अधिकारी छन् ।

त्यस्तै पोलिटब्यूरो सदस्यद्धय लालबाबु पण्डित र वंशीधर मिश्रका ससुराली पहाडे बाहुन हुन् ।

अन्तरजातीय विवाहले जातीय सदभाव बढाउने दाबी

एमालेमा अन्तरजातीय बिहे गर्ने नेता कार्यकर्ताहरुको ठूलो पंक्ति छ । उनीहरु अन्तरजातीय बिहेबाट एक अर्काे जातिप्रति सम्मान र सद्भाव बढ्ने दाबी गर्छन् । तर, जातीय राज्य चाहिँ हुँदैन भन्नेमा सबै दम्पती एक मत छन् ।

नेताहरुको घरजस्तै पार्टीलाई पनि समावेशी बनाउन एमालेले विधानमै व्यवस्था गरेर जनजाति, मधेसी र सीमान्तकृत समुदायको प्रतिनिधित्व बढाएको छ । पछिल्लोपटक स्थायी कमटी गठनमा समेत उसले समावेशी अनुहार थपेको छ ।

तर, राज्य पुनसंरचनामा भने उसले आदिवासी जनजाति अगुवाहरुले भनेजस्तो एकल जातीय पहिचान स्वीकार गर्न मानेको छैन ।

एमाले पोलिटब्यूरो सदस्य शेरधन राई एमालेले बहुजातीय पहिचान स्वीकार गर्ने तर, केही आदिवासी अगुवाले भनेजस्तो पहिचान स्वीकार नगर्ने बताउँछन् ।

संयोग नै मान्नुपर्छ, यसो भन्ने सभासद एवं जनजाति नेता राई अहिलेसम्म अविवाहित छन् । सायद उनी पनि अन्तरजातीय विहेको लाइनमा छन् कि ?

- See more at: http://www.onlinekhabar.com/2015/01/224647/#sthash.iCXcXmuC.dpuf

 
Posted on 01-02-15 4:12 PM     [Snapshot: 173]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

The dictionary definition of a “janjati” is a “jungle tribe living on wild fruits and plant roots,” one that is “totally cutoff from the development rocess”.

Discrimination does not equal to a discrimination based on who is “Aadivas/Janajati” and who is not. Unlike other Hill tribes of Nepal, Newars have never, will never, fit into the “Aadivas/Janajati” thing neatly.

हैन मैले बुझ्न नसकेको कुरा चाहि : बाहुन र छेत्री बाहेक सबै  ( chitrakar , thapa magar  etc ) जनजाति ?? Heading should be intercast marriage not Janjati.


Last edited: 03-Jan-15 08:30 PM

 
Posted on 01-02-15 6:39 PM     [Snapshot: 236]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मगोर्खे जस्तो बुजुर्क मान्छेले के भन्नु भएको \ दलित भनेर तथाकथित पानि नचल्ने जात भन्नु भएको होला \ सुनुवार दनुवार त तेस्तो मा पर्दैन नि \

अनि थर त कसैको पनि पेवा होइन नि ब्रो, हिन्दु ब्रनाश्रम अनुशारकै कुरो गर्दा पनि "मेरो नाम राम पौडेल भनेर कसैले भन्यो भने , चौतारामा बसेका बुढा बा ले , अनि बाबुको जात के नि भनेर सोध्लान | अनि झुटो नबोल्ने केटाले बाहुन/छेत्री/कामी/दमै/सार्की आदि भन्ला "

आफु त परिस्कृत बर्नाश्रममा विश्वास गर्ने वाला परियो, तेसैले आफै पनि कुन जातको परिवारमा जन्मियो बिर्सने कोशिस गर्दै छु \ अनि अरु पनि कर्मले ब्राम्हण बन्न कोसिश गरेका मान्छे प्रति सद्भाव र सम्मान उर्लेर आउछ | तेस्तो बेलामा कसको last name के छ भनेर केहि मतलब हुन्न \

original article को बारेमा चै : यो अन्तर जातीय बिबाह जातीय विभेद अन्त्य गर्ने एउटा उस्कृत मध्यम हो जस्तो लाग्छ \ तर एसको मात्र भर पर्दा यो काम गर्न अझै १०० वर्ष लाग्छ होला \
 
Posted on 01-02-15 7:38 PM     [Snapshot: 269]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

sabai bahun keta haru lai kasto janjati keti haru man apreko ho kuni, horny baje haru
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
Lets play Antakshari...........
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
शीर्षक जे पनि हुन सक्छ।
What are your first memories of when Nepal Television Began?
[New post] Why Would Krishna Have To Run From The Battlefield
Sajha Poll: नेपालका सबैभन्दा आकर्षक महिला को हुन्?
ChatSansar.com Naya Nepal Chat
is Rato Bangala school cheating?
Why always Miss Nepal winner is Newari??
NRN card pros and cons?
Basnet or Basnyat ??
पुलिसनी संग - आज शनिवार - अन्तिम भाग
निगुरो थाहा छ ??
Nas and The Bokas: Coming to a Night Club near you
TPS Re-registration
श्राद्द
सेक्सी कविता - पार्ट २
What Happened to Dual Citizenship Bill
पाप न साप घोप्टो पारि थाप !!
अमेरिकामा छोरा हराएको सूचना
Nas and The Bokas: Coming to a Night Club near you
राजदरबार हत्या काण्ड बारे....
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
is Rato Bangala school cheating?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters