[Show all top banners]

metta
Replies to this thread:

More by metta
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 सभासदद्वारा हेलिकोप्टर दुरुपयोग
[VIEWED 1142 TIMES]
SAVE! for ease of future access.
Posted on 05-17-15 8:14 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अनुगमन टोलीले हेलिकोप्टर दुरुपयोग गरेको भन्दै विरोध, तत्काल रोक्न नेम्वाङको निर्देशन

  • मनोज सत्याल -
काठमाडौं : भूकम्पबाट अति प्रभावित जिल्लाको अनुगमनका लागि खटिएका सभासदले हेलिकोप्टर प्रयोग गरेको भन्दै राष्ट्रिय विपद व्यवस्थापन, अनुगमन तथा निर्देशन समितिमा चर्को आलोचना भएको छ। समितिको बैठकमा कांग्रेस सभासद पूर्णबहादुर खड्काले संकटको समयमा मितव्ययी हुनुपर्नेमा उल्टै समितिका सदस्यले हेलिकोप्टर प्रयोग गरेर खर्चिलो काम गरेको भन्दै आलोचना गरेका थिए।

खड्काले अनुगमन समितिले बनाएको १४ वटा समिति मध्ये केहीले जिल्ला जाँदा हेलिकोप्टर प्रयोग गरेर राहत र उद्दारमा लाग्नुपर्ने हेलिकोप्टरको दुरुपयोग गरेको आरोप लगाएका थिए। समितिमा गोरखा र दोलखा जिल्लाका लागि खटिएका दुई समितिले हेलिकोप्टरको प्रयोग गरेका थिए। गोरखाका लागि एमाओवादीका कृष्णबहादुर महरा, एमालेका युवराज ज्ञवाली, कांग्रेसका भरतकुमार शाह र परिवार दलका एकनाथ ढकाल रहेको समिति बनेको थियो। ढकालले आइतबार नै आफू यसअघि नै बापकार पुगि सकेकाले शनिबार साँझ हेलिकोप्टरमा गोर्खाबाट फर्किएको समितिमा बताएका थिए। 

त्यस्तै दोलखाका लागि खटाइएको समितिले पनि हेलिकोप्टर प्रयोग गरेको थियो। दोलखाका लागि एमालेका झलनाथ खनाल, कांग्रेसका चन्द्रमोहन यादव, एमाओवादीका श्रीप्रसाद जवेगु र नेकपा मालेका अइन्द्रसुन्दर नेम्वाङ रहेको समिति बनेको थियो। खनाल लगायतका सभासद् हेलिकोप्टर लिएर यो समिति दोलखाको सिंगटीका लागि उँडेको थियो। तर हेलिकोप्टर अवतरण गर्न नसकेपछि टोली फर्किएको थियो। लगत्तै टोली जिरी पुगेर बास बसेको थियो। 

खनालसँगै टोलीमा उनका सुरक्षाकर्मी र सहयोगि सहित १७ जनाको टोलीले खाना खाएको रिपोर्ट संसद सचिवालयमा आइपुगेको छ। टोलीमा सचिवालयका एक कर्मचारी र चार सभासद् रहेन भनिएपनि समितिमा त्यो भन्दा धेरै मानिस गएका हुन्। '१७ जनाको खानाको बिल आएको छ अब कसरी फर्छ्यौट गर्ने भन्ने परेको छ', संसद सचिवालयका एक कर्मचारीले भने।

समितिको बैठकमा हेलिकोप्टर प्रयोगको आलोचना भएपछि समितिका सभापति सुवासचन्द्र नेम्वाङले अनुगमनका लागि हेलिकोप्टर प्रयोग नगर्न निर्देशन दिएका छन्। उनले तत्कालै जिल्लामा रहेको समितिलाई हेलिकोप्टर प्रयोग नगर्न निर्देशन दिएका हुन्। समितिका सदस्यलाई निर्देशन दिँदै नेम्वाङले भने, 'जिल्लामा रहेका कुनै पनि निकायलाई थप व्ययभार पर्ने काम नगर्नुस्। हेलिकोप्टरको प्रयोग बन्द गर्नुस्।' 

समितिको निर्णयमा भनिएको छ - उपसमितिहरु आफ्नो जिम्मेवारी निर्वाह गर्ने क्रममा मितव्ययी हुने र जिल्लामा रहेका सरकारी निकायहरुमाथि अनावश्यक भार नपर्ने गरि कार्य गर्ने कार्यशैली अपनाउन निर्देश भएको हो। प्रस्तुत सन्दर्भमा उपसमितिहरुले यस कार्यमा हेलिकप्टरको प्रयोग नगर्ने कुराको जानकारी गराउने।

बैठकपछि विशेष समितिका सभापति रहेका सभामुख नेम्वाङले उद्दारमा हेलिकप्टर नहुुँदा घाईतेको ज्यान गएको, बिरामी बोक्ने हेलिकप्टर नभएको समाचार आएको बेला हेलिकप्टर अनुगमनमा प्रयोग गर्न उचित नहुने देखिएकाले समितिले त्यस्तो निर्णय गरेको बताए।  

http://www.pahilopost.com/content/-4209.html

 
Posted on 05-17-15 8:35 PM     [Snapshot: 184]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


One food pack... and 10 lensmen. Let's manage a chopper for relief distribution!

 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
What are your first memories of when Nepal Television Began?
TPS Re-registration case still pending ..
Basnet or Basnyat ??
मन भित्र को पत्रै पत्र!
emergency donation needed
TPS Work Permit/How long your took?
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
Guess how many vaccines a one year old baby is given
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित
Travelling to Nepal - TPS AP- PASSPORT
Nepali doctors future black or white usa ?
nrn citizenship
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Morning dharahara
Another Song Playing In My Mind
TPS Renewal Reregistration
WHAT DO YOU GUYS THINK ABOUT THIS?
हेर अमेरिकामा नेपालीहरुको बेज्जत
Travelling on TPS advance travel document to different country...
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters