आमालाई मारेपछि लुगामा बन्दुक लुकाए सरस्वती कार्कीरलीला बराल
टाघनडुब्बा झापा, असार २२ म सुतेको थिएँ, उनीहरूले हप्काउँदै उठ् भनेपछि म उठ्तै थिएँ, अर्कोले लुगामुनि कालो के लुकायो,ु आमा हत्याको घटना सम्झँदै समीर अधिकारीले भने( ुपछि त्यहीँबाट बन्दुक निकालेर तेरी आमा माओवादीमा लागेर हतियार बेच्दिरैछे हैन रु ल हेर् भनेर देखाए ।ु आइतबार बिहान टाघनडुब्बा(७ की सर्वसाधारण ३८ वषर्ीया रमा अधिकारीलाई सुरक्षाकर्मीले गोली हानी हत्या गरेका थिए । सादा पोसाकका सुरक्षाकर्मीले आमालाई माओवादी बनाउन गरेका क्रियाकलाप देख्ने १३ वषर्ीय बालकलाई त्यतिबेलासम्म आमाको हत्या भएको थाहा थिएन । ुतेरी आमा माओवादी हो कि होइन रु हतियार बेच्ने हो कि होइन रु भन्ु भन्दै सुरक्षाकर्मीले आफूलाई सुत्न, बस्न, उठ्न लगाउँदै पीडा दिएको उनले मंगलबार घटनास्थल पुगेका सञ्चारकर्मी र अधिकारवादीलाई सुनाए । छोरालाई समेत मार्ने त्रासले बुवा देवीप्रसाद जबरजस्ती कोठामा पुगेका थिए । ुबाबाले नानी यिनीहरूले आमालाई मारे नि थाहा पाइस् भन्नुभयो,ु आँसु झार्दै समीरले भने( ुझ्यालबाट हेर्दा आमा दलानमा लडिरहनुभएको थियो ।ु उनीहरुले हल्ला गरे अझै पाँच(छ जना मार्ने भनेको उल्लेख गर्दै उनले सुनाए( ुबाबालाई ुनि मारे भने के गर्नु भनेर बाबालाई नबोल्नु भन्दै तानें ।ु
Full Text:http://www.kantipuronline.com/nepali/kolnews.php?&nid=45000