शाही मन्त्रीबीच पानी बाराबार
राजाद्वारा मनोनीत मन्त्रिपरिषद्मा सामेल केही मन्त्रीहरूबीच झगडा प्रारम्भ भएको समाचार ुसम्बोधनु साप्ताहिकले प्रकाशित गरेको छ । यसरी झगडा पर्नेहरूमा निक्षशमशेर, जगत गौचन, दानबहादुर शाही तथा रामनारायण सिंह छन् । त्यसैगरी परराष्ट्रमन्त्री रमेशनाथ पाण्डे र टंक ढकालबीच पनि पानी बाराबारको अवस्था सिर्जना हुन थालेको छ । केही साताअघि चाबहिल चोकमा निक्षशशमेरको निर्देशनमा केही मण्डलेले तीन जना मन्त्रीको एकैसाथ पुत्ला जलाएपछि मन्त्रीहरूबीचको झगडा सार्वजनिक भएको हो । भारतबाट सहुलियत दरको मल खरिद काण्डमा कृषिमन्त्री बद्रीप्रसाद मण्डल, गृहमन्त्री शाही र अर्थमन्त्री मधुकरशमशेर राणाको संलग्नता रहेको समाचार छापाहरूमा आएपछि निक्षशमशेरले ती तीनै जना मन्त्रीको पुत्ला जलाउन लगाएको स्रोत बताउँछ ।
श्री ५ कोमलका भदाहा परेकै कारण मन्त्रिपरिषद्मा पुर्याइएका निक्षले भ्रष्टाचारको काण्डमा मुछिएका मन्त्रीहरूलाई पदबाट हटाउनुपर्छ भन्न थालेको स्रोत बताउँछ । स्रोतका अनुसार सौतेनीपट्टकिो सन्तान भए पनि रानीकै इच्छा र आग्रअनुसार निक्षशमशेरलाई मन्त्री बनाइएको हो । यही कारणले गर्दा मन्त्रीत्रय शाही, राणा र मण्डलले आफ्नै पुत्ला जलाई हिंड्दा पनि निक्षशमशेरलाई केही भन्न सकेका छैनन् ।
www.kantipuronline.com/saptahik/desh.php