नेपालि जनता को खाएर नेपालि जनता नै पिर्न पल्केका साहि भतुवा हरु , नेपालि जनता को हत्या बन्द गर ।
***************************************************
ब्यारेक भित्र रहस्यमय मृत्यु
२० पुसमा भोजपुरको सिंद्राङ गाविसस्थित सैनिक चेकपोष्टले पक्राउ गरेको देवानटार-७ का २० वषर्ीय देवेन्द्र र्राई २४ घण्टा नबित्दै रानीबासको हतुवागढी घोडेटारस्थित संयुक्त सुरक्षा फौजको ब्यारेकमा मृत अवस्थामा भेटिए ।
भोलिपल्ट सैनिक जनसर्म्पर्क निर्देशनालयले विज्ञप्ति निकाल्यो- 'माओवादी गतिविधिमा संलग्न भोजपुरका देवेन्द्र र्राई ब्यारेकमा राखेको अवस्थामा सैनिक कमाण्डरले हर्ेन जाँदा मृत अवस्थामा फेला परे ।' देवेन्द्रको मृत्यु 'अचानक' भएको भन्ने सेनाले अचानक कसरी भयो भन्ने खुलाएको छैन । हत्याको भोलिपल्ट हेलिकप्टरबाट ल्याएर भोजपुर अस्पतालमा गरिएको पोष्टमार्टम रिपोर्टमा मृत्युको कारण 'शक' भनिएको छ । तर शक केबाट भयो भन्ने चाहिँ खुलाइएको छैन ।
अस्पष्ट विज्ञप्ति र क्लिष्ट पोष्टमार्टम रिपोर्टका कारण दर्जनौँ बन्दीहरू बेपत्ता पारेको आरोप झेलिरहेको सेना देवेन्द्रको मृत्युलाई लिएर पुनः एकपटक विवादमा तानिएको छ । लाशको प्रकृतिले पनि देवेन्द्रको मृत्यु 'अचानक' भएको मान्न कर लाग्दैन । जिल्लास्थित एक सुरक्षा अधिकारीका अनुसार, देवेन्द्रको मृत्यु चरम यातनाका कारण भएको हो । नाम नखुलाउने शर्तमा उनी भन्छन्, "देवेन्द्रको देव्रे पाटो कहीँ पनि सग्लो थिएन । जताततै चोटैचोट मात्र देखिन्थ्यो । छातीको देब्रे पाटोमा धारिलो हतियारले छेडेको चोट पाइएको थियो भने छातीमा रगत जमेको थियो । कम्मरदेखि माथि र छाती तलको भागमा उनलाई चरम यातना दिएको देखिन्छ ।" पोष्टमार्टम रिपोट गुपचुप राखिनु, स्थानीय मानवअधिकारवादी तथा पत्रकारहरूलाई लाश हर्ेन नदिनुले पनि उनको हत्या नै भएको शङ्का गर्ने आधार दिन्छ । अस्पताल पुगेका अधिकारकर्मीहरूलाई मेडिकल सुपरिटेण्डेण्ट डा. भवानी शर्मा भन्छन्, "मैले लाशको पोष्टमार्टम गरेर रिपोर्ट प्रहरीलाई दिइसकेँ, अरूलाई भन्न मिल्दैन ।"
कालीध्वज गण अर्न्तर्गत घोडेटारमा स्थापित देवेन्द्रको मृत्यु भएको ब्यारेकमा मेजर प्रफुल्लविक्रम शाहको कमाण्डमा २५० जना संयुक्त सुरक्षा फौज रहने गर्दछन् । अहिले सो घटनाबारे सेना आफैँले दर्ुइ वटा समिति गठन गरेर छानबिन गरिरहेको जनाएको छ । कालीध्वज गणका कर्र्णोलले 'व्यारेकमा मरेको' स्वीकार गर्दै के कारणले कसरी मर्यो भन्नेबारे अनुसन्धान भइरहेकाले अहिले केही बोल्न नमिल्ने बताए । प्रमुख जिल्ला अधिकारी दिवाकर देवकोटाले पनि अनुसन्धान भइरहेको बताउँदै बोल्न चाहेनन् । उनी भन्छन्, "पोष्टमार्टम रिपोर्टको आधारमा प्रहरीको अनुसन्धान जारी छ, पूरा भएपछि मात्र बताउन सकिन्छ ।"
घरमा एक्ली श्रीमती रहेकी देवेन्द्रका बाबु बलबहादुर र्राई मजदुरी गर्न भारतको कोइलाखांद गएका छन् । घरमा पुरुष सदस्य नभएका कारण उनको सद्गत गर्न समेत गाउँबाट कोही आउन सकेनन् । र, २६ पुसमा प्रहरीले देवेन्द्रको लाश अस्पतालभन्दा ४५ मिनेट पर राधाकृष्ण मन्दिर छेउ लगेर गाड्यो ।
• ज्ञानेन्द्र खड्का, भोजपुर
http://www.nepalihimal.com/2062/magh-1-15/desh_samachar.html#9