[Show all top banners]

shirish
Replies to this thread:

More by shirish
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 geeti katha
[VIEWED 1953 TIMES]
SAVE! for ease of future access.
Posted on 01-26-06 7:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


साझामा एउटा कमी देखें >>> गीतिकथाको ! सबैले थप्दैजाम् है सामूहीक गीति कथा बनाउने के !



----------------------------------------------------------------

स्कूले जीबन सकेर भर्खर क्याम्पसमा भर्ती हुदा मनमा अनेक उत्सुकता छाउनु त छंदै थियो ! ती उत्सुकताका साथ अलि अलि टेन्सन पनि भै रहेको थियो: काठमाण्डुको नाम चलेको साईन्स क्याम्पस त्यस माथी आफू गाँउको स्कूलबाट एस एल सि ! कस्ता हुदा हुन् कक्षा कोटा, साथीहरु कस्ता होलान् ! आफू अग्रेजीमा कमजोर, गुरुहरुले अग्रेजीमा पढाएको नबुझिने हो आदि ईत्यादी !

जे होस् मन दर्हो पारेर म पहिलो क्लासतिर लम्केथें ! चारै तिर आंखा दौराएं ! पहिलो बेन्चमा बस्ने त मै मात्र रहेछु ! झुण्ड झुण्डमा रहेका केटा केटीहरु शायद पूराना चिनजान या एउटै स्कूलका मित्रहरु हुदा हुन् !

“एक्सक्यूज मी” एउटा सुमधुर स्बरले मेरो ध्यान भङग भएथ्यो!
“सरी” भन्नु पर्ने रहेछ मलाई थाहा भएन!
मैले दुबै खुट्टा उठाएर फर्किदै बेन्चमा राखें ! अनी मुसुक्क हासेर सांघुरो ठाउबाट छिर्ने कोशिस गर्दा उनको शलले मेरो मुहार छोपेको थियो! र मेरो मनमा आनायश एउटा अनौठो अनुभव भएथ्यो! त्यो शलबाट आएको बास्नाले बाताबरण नै सुगन्धीत बनाएको थियो ! फिजिक्सको gravity होइन उन्को गुरुत्वाकर्षण बिरुद्द म आकाशमा उड्न थालेको थिएं ! कक्षामा सरले के पढाउनु भयो त्यस्को केही हेक्का भएन !
होष्टेलको कोठामा फिजिक्स पढ्न के थालेथें, अनायाश मेरो मन रोमान्चित हुन थालेथ्यो ! ध्यान गएन कसैगरि ! के थियो होला नाम उन्को ! रोल नम्बर चाही १०१ रहेछ !
धटना ठुलो थिएन तापनि ठुलो असर पारेछ म मा .......

पढ्न नसकेर मैले रेडियो खोलेथे र गीत बज्दै थियो.......


मैले पुण्य मन पराएं या पाप मन पराएं
जे होस् मैले तिमीलाई चूपचाप मन पराएं

जब फूल र कांडा दुईटासंगै रमाउन सक्छ
जब दागको रङ्गमा पनि टिका समाउन सक्छ
नसोध मैले बरदान या श्राप मन पराएं
जे होस् मैले तिमीलाई चुपचाप मन पराएं

तिमीसंग लिनु नि छ तिमीलाई दिनु पनि छ
हाम्रो हिसाब किताबमा सच्याउनु पनि छ
यो हिसाब भुलेर तिमीलाई बेहिसाब मन पराएं
जे होस् मैले तिमीलाई चूपचाप मन पराएं


भोलीको कक्षाको प्रतिक्षामा थिएं ! समय अत्यन्त ढिला बढी रहेको थियो !

यसपछिको घटना तपाईं थप्नु होला .......
 
Posted on 01-26-06 9:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

समय अत्यन्त बिस्तारै बढी रहेको थियो !!! आँखामा निन्द्रापनि थिएन ! अनायासै मनमा अनेक तरङ्गहरु जाग्न थाले "भोलि उसंग कसरी कुरा गर्ने होला? उसको नाम के होला?" आखाँहरु खुल्लै भएपनि म सपनाको दुनियामा रंगिन पुगे । मनमा उठेका तरङ्गहरुले जलतरङ्गको रुप लिएर मेरा सपनाहरुमा background संगीत भर्न थाले। उ र म, नागार्जुन निर तपोबनमा, हाथमा भेजिटेबल पिज्जा, उसको आँखामा मेरो आँखा, मेरो हाथमाथि उसको हात --- सपना देख्दा देख्दै कुन बेला भुसुक्कै निदाएछु, थाहै भएन !! अचानक ढोका बन्द भएको आवाजले म उठे !! मेरो roommate बाहिर गएका रहेछन् !! टेवलमा रहेको नाडी-घडीमा समय हेरे, १० बज्नै लागिसकेछ। हतार हतार दाँत मञ्जन गरेर, कपाल पानीले मुसारे !! कक्षा छुट्ने डरले केहि नखाई कुद्दै कलेज तिर भागें। कक्षा भरिएको थियो तर गुरुबा भने आउनु भएको रहेनछ। हिजो पहिलो बेञ्चमा बसेको, आज सबै भन्दा पछाडीको बेञ्चमा पुगे। सास फेर्दै एउटा जगल्टेसंगै बसें। फिजिक्सको किताब खोलेर एकछिन यस्सो न्युटनको फर्सट् ल र इनर्सिया को बारेमा के पढ्दै थिएं, अचानक हिजोको कुरा याद आयो। आँखा उठाएर चारै तिर हेरे, तर सल ओढेको कोहि पनि देखिन। फिजिक्सको कक्षा, केटीहरु यसैपनि कम हुने हुनाले भिड भएपनि केटीहरु पत्ता लगाउन गार्हो थिएन। आज आईनछन् कि क्या हो ? फेरि एकचोटी कक्षा को केटीहरुलाई निरिक्क्षन गरे। तर उसलाई देखिन् ।। गुरुबापनि आउनु भयो, न्युटनको पहिलो ल पढाउन थाल्नु भयो, तर आफ्नो मन भने अन्तै कतै थियो। कता कता मनको भित्रि कुनामा एउटा गीत बज्दै थियो!!

तिमी आउछौ भन्ने आशै आश मा...
:P Geet chai aayena. eh!!! so, here is my own verse. eh.
तिमी आउछौ भन्ने आशै आशमा
बाटो भरि फूलि रहे छु
तिमी बहार बनि आईदेउ
म सधै यहाँ कुरिबस्ने छु

 
Posted on 01-26-06 9:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

डेरामा फर्केपछी पनि मन एकतमासले उनलाई नै सम्झँदै थियो। पल पल त्यो रातो सुगन्ध युक्त सलले एकछिन मेरो मुहार ढाकेको याद आउँथ्यो। त्यो एक क्षण, मेरो लागि मैले अहिलेसम्म भोगेको सारा आनन्द भन्दा पनि आनन्ददायक थियो। त्यो मिठो स्पर्ष! त्यो मिठो सुगन्ध! अलिअलि कपडाको गन्ध, अलिकता कुनै परफ्युमको गन्ध र अलिकता नारीको प्राक्रीतिक गन्ध!
५ बजेको हुँदो हो बेलुकिको। म कौशिमा गएँ र छतको पर्खालमा शरिर टेकाएर उत्तर तिर हेर्न थालेँ। पर शिबपूरी डाँडा सबै काठमान्डुलाई नै जित्छु जसरि आकाशिएको थियो। त्यो भन्दा पनि पर अलि उत्तर पश्चिम तिर गणेश हिमाल हिउँदमा जिउनुको गर्व गर्दै बेलुकाको पँहेलो घाममा हाँस्दै थियो। एक हुल परेवा मेरो नजिकै बाट उडेर कतै जाँदा म उनकै यादमा हराइरहेको थिएँ। माघको काठमान्डौको साँझ, चिसो सिरेटोले मलाई एकपटक हानेर गयो, एक छिन जिउमा जाडोको आभाष भयो र तत्काल हरायो र म पनि हराएँ उनै अपरिचित सुन्दरीमा –

तिमी लालीगुराँस फुले जस्ती
तिमि सुनगाभा फक्रे जस्ती
नहेरुँ र मन न मान्ने
हेरौँ कि त माया लाग्ने
तिमी को हौ, ए भन सुन्दरी
तिमी को हौ, ए भन सुन्दरी

 
Posted on 01-26-06 9:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धुत कलंकि बुरो ले उछिनेछ। :
:)
 
Posted on 01-26-06 9:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Aiyaaa!!! Khuchching!! :D

Phew, bachecha... :P 5 mins late bhayeko bhaye Birkhe bro le taalu mai tekhthyo... aiyaa!!! Mari Mari lekhya 1 paragraph.. phew..!! :D

Khuchching again.,e eh
 
Posted on 01-27-06 11:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Beautiful guys. Dherrai ramro. Keep it up.
 
Posted on 01-27-06 5:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

फिजिक्सको क्लासमा रोल नम्बर १०१ लाई नदेख्दा कतै यो क्याम्पस मन नपरेर अन्त कतै गई कि भ्न्ने शंका नउब्जेको होईन !
“ह्या म पनि, चिन्नु न जान्नु के पीर गर्नु ? “ भनेर मनलाई शान्त पार्ने असफल प्रयास गरेको थिएं !
“हिजो त्यो कलंकीमा बस्छु भन्नेले पो जिस्काएको थियो कि र अन्तै ट्रान्सपर गरि कि ! त्यो त हेर्दे गुण्डा जस्तो छ ! मैले त्यस्तो मुन्द्री लगाए त बा-आमाले घर के पस्न दिन्थे ?” अनाहकमा नाना थरी कुरा खेलाउदै म केमेष्ट्रीको प्राक्टिकलको रुटीन हेर्न सूचना पाटी भा’ठाउं मा गाको थिएं ! टन्न हूलमा म आफ्नो नाम हेर्दै थिए पछाडीबाट कसैले मेरो ढाका टोपी ताने पछि मेरो पारो नचढेको होइन ! गलल् हास्ने सबैलाई पाको भए खुकुरीले टुक्रा टुक्रा पारी दिन्थें ! बा ले अरु सित झगडा नगरेस् भन्नु भआ’को नसम्झ्या भए तिनका बाबुको बिहे देखाई सक्थें !
जे होस् आफ्नो गुरुपमा एउटा नाम देख्ने बित्तिक्कै ममा एउटा अनौठो शान्ति छायो ! मानौं मेरो प्रज्वलित र कडा अम्ल (acid) मा क्षार (base) मिलाएको रासायानिक प्रतिक्रिया जस्तो र बनेको लबणको असर कस्तो यूफोरिक थियो ! यस्तैलाई भनिदो हो chemistry ! सांच्चै मेरो मनको झिसमिसेमा त्यो तारा चम्किन थाल्यो !
त्यो नाम थियो- “सितारा” ! जुगौंदेखि चिनेको अनुभुति भा’थियो!
को होलान् ऊनी भन्ने कौतुहल जागेको थियो!
अगाडिको चीया पसलमा मधूरो बजी रहेको थियो !
चिनारी हाम्रो धेरै पूरानो भए झैं लाग्दछ........
 
Posted on 01-27-06 11:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"सितारा" -- नाम जप्दै होष्टेल तिर लागें। होष्टेलमा आफ्नो कोठाको ढोका खोलेरा भित्र गए। कोठा भित्र roommate र उस्का ३ जना साथी हरुले कब्जा जमाएका रहेछन्। होष्टेलमा आएदेखुन roommate संग राम्रररी चिना-जानीपनि भएको थिएन। यत्तिकै मुण्टो उचालेर सबैलाई के छ भने। यत्तिकैमा नुहाउन गएका रुममेट पनि कोठामा आईपुगे। कहिले गफ नभएको रुममेट लाई पनि मुण्टो उचालेर इशारामै "के छ?" भने। तर रुममेटले जवाफमा आफ्नो दाहिने हात म संग मिलाउन म तिर लम्काए। हात मात्रे के मिलेका थिए उसको सवालहरु शुरु भै हाल्यो -- नाम के हो? कहाँबाट आएको? फिजिक्स कि बायो? सबै प्रश्नहरुको जवाफ दिएपछि उसले भने "मेरो नाम शिरिष, के गर्छौ त आज? भोलि त शनिवार, छुट्टि छ।" गाईको गोबर थुप्रेको जस्तो अनुहार भएपनि नाम र व्योहोरा असल लागेकोले मैले भने "के गर्नु? कसैलाई चिन्या छैन, कौशीतिर गएर हावा खानु पर्ला"। "हावा नै खाने हो भने किन कौशी मा खाने?" उस्ले भने, "जाने हो काठमाण्डौ हेर्दै हावा खान?"। गाँउ बाट भरखर काठमाण्डौ आएको, बसपार्क र कलेज बाहेक अरु केहि नदेखेको मैले तुरन्तै "हुन्छ" भन्ने सन्केत का साथ टाउको हल्लाए। १५ मिनेट मै हामी ५ जाना न्युरोडतिर लम्कियौ। थाहै भएन कुन सड्कोमा उसका सबै साथीहरु आफ्नोपनि साथी भएछन्। न्युरोडमा चारैतिर गाडी, पसल रा ठूला ठूला घरहरु देखेर हामी सबै रनभुल्ल भयौं। तर मेरो मन् को कुनचाँही कुना मा भने, कता कता एउटा नाम गुँञ्जिरहेको थियो -- सितारा, सितारा। को होला यो सितारा? मन् को अर्कै कुनामा भने अर्कै एउटा बेदनाले वास बसाएको थियो। रोल नम्बर १०१ कहाँ गई होलिन्? किन कलेज आईनन्? कतै उस्लाई केहि त भएन? भुगोल पार्क निर पेन-हस्पिटलको साहुजि को ट्रान्जिस्टरमा अचानक बजेको एउटा गीतले छातीको देब्रे पट्टि नशानै थिचे जस्तो भयो।

कहाँ छौ कहाँ कहाँ छौ कहाँ, कहाँ छौ तिमी कहाँ छौ कहाँ
 
Posted on 01-28-06 12:12 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भुगोल पार्क बाट बसान्तपुर हुँदै ईन्द्रचोक भएर ठमेल तिर गैयो। ठमेल पुगेपछि एक ले
सोधे,' ए मसाज गराउन जाने हो?' मलाई त केहिपनि थाहा थिएन के हो मसाज भनेर।
म पनि हुन्छ भनें मसाज गराउन। मलाई के थाहा त्यहाँं गए पछि एस्तो होलाअ भनेर, म
त भर्खर गाउंबाट आको र गाई चराउन जांदा गरेको त्यो स्वाद त कहाँ बिर्सनु नि। म त सितारालाई भुलेर त्यहिं रमाउन थालें। पछी उठ्दा पो थाहा भयो कि म त त्यो गोठाला जांदा कोस्वाद त चाखि सक्या रहेछु। अर्को साथिले सोधे,'तोपी लगाएको थियो?' मैले त बुझिन। फेरि सितारा लाई मिस गर्न थालें त्यसपछि।अनि गाउन थालें सितारा लाई सम्झेर:

रातो रानी फुलेछ सांझमा, तिमी फुल्योउ कलेजी माझ मा
मनको रहर
कान्छी लाई घुमाउने काठमान्डु श्हर


फेरि सितारा लाई मिस गर्न थालें त्यसपछि।
 
Posted on 01-28-06 2:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गुरुहरुको बिस्तारै बगिरा' कथामा हाम्रो neptex ब्रो ले त great leap forward ल्याइदेछ ल!
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
TPS Reregistration and EAD Approval Timeline.......
Nepalese Students Face Deportation over Pro-Palestine Protest
Trasiting through Istanbul, Turkey
lost $3500 on penny stocks !!!
Is this a progressive step?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters