सैनिक राख्न थप बंकर
कालापानीमा अतिक्रमण
विक्रम गिरी
छाङरु -दार्चुला, मंसिर १ - कालापानीमा भारतले थप अतिक्रमण सुरु गरेको छ । भारतीय सेनाले नेपाली भूभाग अतिक्रमण गरी आफ्ना सैनिक बसाल्न बंकर बनाउन थालेको छ ।
भारतीय सेनाले यसअघि बनाइएका बंकरभन्दा वर सरेर नेपाली भूभागमा थप घर बनाउन थालेको बताइएको छ ।
त्यस क्षेत्रमा नेपाली मजदुरलाई प्रयोग गरेर थप तीन बंकर निर्माण गरिँदैछ । निर्माण कार्यमा संलग्न धौलाकोटका दिलीप सिंह
धामीका अनुसार निर्माण कार्यक्रमा सयभन्दा बढी नेपालीले मजदुरी गरिरहेका छन् ।
०१८ सालमा भारतले कालापानीमा नेपाली भूभाग मिचेर सैनिक राखेयता अतिक्रमण कार्यलाई निरन्तरता दिँदै आएको छ । व्यांस क्षेत्रका पाँच गर्खा कुटी, नाभी, गुञ्जी, छाङरु र तिंकर नेपाली भूभाग भए पनि अहिले छाङरु र तिंकरबाहेक सबै कब्जा गरेको छ । कालापानी अतिक्रमणको चर्को विरोध भएदेखि भारतीय सेनाले उक्त क्षेत्रमा आवतजावत गर्ने नेपालीलाई मात्र होइन भारतीय नागरिकलाई समेत प्रतिबन्ध लगाएको छ ।
बंकर बनाउने कार्यमा खटिएका मजदुरका अनुसार भारतको धार्चुलाबाट निर्माण सामग्री गर्बाधारसम्म ढुवानीका लागि गाडी प्रयोग गरिए पनि त्यहाँबाट नेपाली कामदारमार्फत बोकाउने गरिएको
छ । 'बंकर भारतीय सीमा सुरक्षा बलका लागि बनाइँदैछ,' सामग्री बोक्दै गरेका सुनसेराका अरबिन्द कुँवर भन्छन्, 'कालापानीमा बंकर सँगसँगै पानीघट्टबाट बिजुली निकाल्ने कामसमेत भइरहेको छ ।' मजदुरी गर्नेहरू दार्चुला, कैलाली, बर्दियादेखि सोलुखुम्बुसम्मका नेपाली रहेको कुँवर बताउँछन् ।
frm kantipur