दक्षिणतिरका आतंकवादी
डा. जुगल भूर्तेल
गोर्खा सेनाको बहादुरी र शेर्पाहरूको साहसका कथा सुनेका विदेशी नेपालबाट आएको भन्नासाथ सुखद आश्चर्यले ओतप्रोत हुँदै आदर गरेजस्तो गर्थे । हङकङ, जर्मनीलगायत धेरै देश जान नेपालीलाई भिसा नै चाहिँदैन थियो । नेपालीको संख्या विदेशमा अहिले जति बढेको भए पनि तिनले शान्त र असल जातिको परिचयलाई जीवन्त राखेका छन् । तर विदेशीको सहृदय व्यवहार अब बिरलै देख्न पाइन्छ । हालै अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा उत्कृष्ट भएर सीएनएन हङकङमा प्रड्युसरको जागिर पाएकी एउटी अक्सफोर्ड ग्रयाजुएट बहिनीलाई नेपाली भएकै कारण त्यहाँको श्रम स्वीकृति लिन महिनौं संघर्ष गर्नुपर्यो । जर्मनीको भिसा पाउन झन् गार्हो छ, दिए नै पनि नेपाल आएको दिन राजदूतावासमा म र्फकेर आएँ है भनेर रिपोर्ट गर्नुपर्ने । के जर्मनीको विमानस्थलको रेकर्डले त्यो देश छोडेको देखाउँदैन ? म पछिल्लोपटक ड्युसेलडर्फबाट सीधैं मस्को उडेकाले काठमाडौंस्थित जर्मन दूतावासमा अझै हाजिर भएको छैन । हुन सक्छ त्यही कारणले मलाई फेरि भिसा नदिइयोस् ।
पहिलोपटक अमेरिका जाँदा काठमाडौंको दूतावासकी महिलाले भनेकी थिई, 'तिमी ब्राउनबाट र्फकन्छौं भन्ने त मलाई विश्वास छैन तर पनि म भिसा दिन बाध्य छु ।' ब्राउन अर्थात् अमेरिकाको प्रतिष्ठित आईभी लिग युनिभर्सिटीमा प्रवेश गरेपछि साधारण नेपाली युवक फेरि घर र्फकेर आउँदैन भन्ने अमेरिकी अनुमान आश्चर्यजनक नहोला तर म परिवारलाई त्यागेर अमेरिकी सपनाको खोजीमा उतै हराउनेछु भन्ने उसको ठहर मलाई आपत्तिजनक लागेको थियो ।
आज भिसा पाइहाले पनि हातले लेखेको नेपाली राहदानी देख्नेबित्तिकै पश्चिमी मुलुकका अध्यागमन अधिकारीले बक्रदृष्टिले हेरिहाल्छन् । बेलायतको गैरआवासीय नेपाली संघद्वारा आयोजित अन्तरक्रियामा भाग लिन जाँदा लन्डनको हिथ्रो विमानस्थलमा अंग्रेजी मूलको अधिकारीले मलाई तिमी लन्डन किन आउँछौ ? भनेर सोध्यो । त्यस्तो अनौठो सोधाइबाट के अनुमान लगाएँ भने म लन्डन आएको उसलाई मन परेको थिएन । सायद त्यसै आसयको प्रश्नले त्यही कार्यक्रममा भाग लिन जानुभएका रामचन्द्र पौडेल, आनन्द ढुङ्गाना, डा. मिनेन्द्र रिजाल, प्रदीप नेपाल, गगन थापा, कृष्णबहादुर महरा, शशी श्रेष्ठ आदिको पनि अनादर गरियो कि ?
कम्युनिष्टहरूले सत्तरी वर्षसम्म अन्तर्राष्ट्रियवाद सिकाएको दाबी गरे पनि रुसमा अहिले देखिएको उग्रराष्ट्रवाद र बढ्दो जेनोफोबियाले उनीहरूको शिक्षा कति कमजोर रहेछ सिद्ध भएको छ । त्यसैले माथिका जस्ता घटना रुसमा भैरहन्छन् । एकपटक अमेरिकामा बसोवासरत गैरआवासीय नेपालीको सिकागो सम्मेलनमा भाग लिन उड्ने क्रममा म त्यो विमानस्थलस्थित लुफ्थान्साको चेक-इन काउन्टरमा पुगेँ । ए, नेपालबाट ! तपाईंको मुलुकलाई विशेष ध्यान दिने आदेश भएकाले तपाईंको कागजात जाँच गर्न एकछिन पर्खनुपर्छ । द्वन्द्वले हाम्राे देशको प्रसिद्धिलाई शिखरमा पुर्याइदिएकाले अमेरिकालाई आजकल मजस्ता मान्छे आतंकवादीझैं लाग्छ । र त्यही आधारमा विमानस्थलमा व्यवहार हुन्छ । लुफ्थान्साको कर्मचारीले किन अमेरिका
जाने ? कहाँ बस्छौ ? भिसा कसरी पायौ ? आदि प्रश्नले धेरैबेर हायलकायल पारेर अन्तमा बोर्डिङ पास दियो ।
अध्यागमनको अर्काे परीक्ष्ााबाट गुजि्रनु थियो, त्यसैले गह्राैं पाइला चाल्दै अध्यागमन डेस्ककी युवती अगाडि पुगेँ । नेपालबाट ! मानौं कुनै आतंकवादीलाई अगाडि देखेजस्तो गरेर आत्तिँदै उसले हाकिमलाई फोन गरी- सेर्गेइ, मेरोमा नेपाल आयो, के गरुँ ? बोर्डिङ सुरु हुन केही मिनेट बाँकी रहेकाले अलि हतार थियो । तर सेर्गेइ नआई युवतीले केही नगर्ने लक्ष्ाण देखाई । ऊ बल्लबल्ल आयो र सोध्यो अमेरिकामा के
गर्छाै ? मैले आफू नेपाली डायास्पोराको सम्मेलनमा भाग लिन जान लागेको बताएँ तर उसले मलाई नपत्याएझैं गरेर भन्यो निमन्त्रणा-पत्र छ ? अंग्रेजी बोल्न जान्छौं ? मैले अंग्रेजीमै जवाफ दिन थालेपछि उतिर हेरेर युवती मुस्कुराई । जसबाट मैले के बुझेँ भने ऊ आफैंलाई अंग्रेजी आउँदैनथ्यो तर मेरो मानमर्दन गर्नमात्र ती सबै सोधिरहेको थियो । उसको सोधाइ, हाव-भावमा सूचनाको चाहनाभन्दा हेपाइको इच्छा धेरै देखिन्थ्यो । लामो केरकारपछि दुविधायुक्त मनले मलाई जान दिने आदेश दिएर सेर्गेइ हिँडेपछि युवतीले टर्राे स्वरमा भनी- अब जान सक्नुहुन्छ । म पछि थुप्रै गोरा थिए तर तिनीहरूलाई न केरकार गरियो न डकुमेन्ट मागियो । लुफ्थान्सा विमानमा छिर्नेबित्तिकै जर्मन परिचारिकाले मुस्कानले स्वागत गरी तर त्यसको कृतिमताले मलाई वितृष्णा पैदा भयो ।
मजस्तो शिक्षित ठानिने नेपालीले त विदेशमा अवहेलनाको यस्तो विष पिइरहनुपर्छ भने अल्पकालीन रोजगारीमा जाने श्रमिक दाजुभाइ शरणार्थी भएर विदेशिएका नेपालीले झन् कस्तो परिस्थिति सामना गर्नुपर्दाे हो ? कराँची र दिल्ली विमानस्थलमा समेत सोझा नेपालीले पीडा सहनुपर्छ । जहाज सिकागोको ओहारे विमानस्थलमा ओर्लियो । फेरि किन अमेरिका आएको, कहिले र्फकन्छस् ? आदि प्रश्नको प्रहार हुने निश्चित थियो । यी संसारभरि जुनसुकै विमानस्थलमा सोधिने सामान्य प्रश्न हुन् भन्ने जान्दाजान्दै प्रश्नकर्ताको शंकालु स्वरले मलाई संवेदनशील बनाउँछ र अपमानबोधले क्रुद्ध भइहाल्छु । जस्तोसुकै कठिनाइ भए पनि नेपाली पासपोर्ट, पहिचान र राष्ट्रियताप्रति ठूलो गौरव महसुस गर्ने स्वभाव भएर म संवेदनशील भएको हुँ कि ? लामो केरकारपछि बाहिर निस्कँदा गैरआवासीय नेपाली साथी हाँस्दै स्वागतमा आएको देखेर मन गर्वले भारी भयो । आफ्नो जातिको महत्त्व त्यस्तो बेलामात्र थाहा हुने रहेछ ।
सम्मेलनभरि असाध्यै रमाइलो गरियो । धेरै वर्षपछि थाइल्यान्डमा एआईटी पढ्दाताकाका साथी भेटिए । थाइल्यान्डमा भारतीयप्रति अलि बढी पूर्वाग्रह भएकाले घुन पिसिएझैँ हामीले पनि जातिभेदका थुप्रै घटना सहेका थियौं । नेपालबाट उपचारका लागि आएको मौका छोपेर सुशील कोइराला सम्मेलनमा भाग लिन आउनुभएको थियो, रामचन्द्र पोखरेल पनि भेटिनुभयो । विदेशमा त्यति धेरै नेपालीलाई भेट्दा हामी सबै हषिर्त भयौ । उहाँहरूसँग नेपालको द्वन्द्व र शान्तिकै कुरा भए । मैले भने विमानस्थलका तिरस्कारहरूलाई घरीघरी सम्भिmरहेँ । हामीले माओवादी विद्रोहजस्तो बृहत समस्याको समाधानदेखि केही किलोमिटर सडक बनाउनसमेत विदेशीहरूको मुख ताक्ने प्रवृत्तिलाई नबदलेसम्म केही गर्न नसक्ने जातिका रूपमा तिनीहरूले हाम्रो आत्मसम्मानमा ठूलो चोट पुग्नेगरी अपमानित गर्ने क्रम जारी रहनेछ । दूरक्ष्ाितिजमा देखिँदै गरेको नयाँ नेपालको आलोकमा विश्वले हामीलाई नयाँ ढङ्गले गर्ने विश्वासले एकअर्कालाई आश्वस्त पार्दै हामी सम्मेलनबाट बिदा भयौं ।
मस्को र्फकने बेला अमेरिकावासी ठूलोदाइ विमानस्थलमा आउनुभएको थियो । र्फकने बेलाको दुःख पनि त्यस्तै थियो । प्लेन उड्न केही समय बाँकी हुँदा म दाजुसँग छुट्टएिर सुरक्ष्ााजाँचतिर लागेँ । अगाडि धेरै यात्री सरासर पार गरिरहेको देखेर खासै समय नलाग्ने रहेछ भन्ने लागेको थियो । तर मलाई र मेरो पासपोर्टलाई निकै बेर नियालेपछि सुरक्ष्ााकर्मीले शंकालु स्वरमा भन्यो- तपाईंलाई विशेष जाँचका लागि चुनिएको छ, संकेत चिह्न पच्याउँदै त्यहाँ गएर उभिनुस् । मैले दाइतिर हेरेँ, टाढैबाट पनि उहाँको आँखामा सहानुभूति देखिन्थ्यो । यस्ता र्यान्डम सेक्युरिटी चेकमा नबिराई परिरहनु हामीजस्ता दक्ष्ािण एसियाली यात्रुको नियति हो । यसरी बिस्तारपूर्वक सुरक्ष्ााजाँच भयो कि मेरो शरीरको कुनै अङ्ग छामछुमबाट बँच्न सकेन । ह्यान्डब्यागको पनि थरीथरीका लिक्विङले लेपेर त्यस्तै हविगत गरियो । केही पनि आपत्तिजनक सामान नभेटिएपछि मैले जाने अनुमति पाएँ । विशेष जाँच गर्ने गोरा मानौं हात आइसकेको टेररिस्ट छुटेकोमा निराश भएझैं देखिन्थ्यो । सिसा पछाडिबाट दाइ अझै चिन्तित भएर हेरिरहनुभएको रहेछ । मैले निरीहताले खिन्न हुँदै बिदाको हात हल्लाएँ ।
नेपालबाट आएको भए रुसको विमानस्थलमा अझै अर्काे सास्ती खेप्नु पथ्र्याे तर अमेरिकाबाट र्फकेकाले खासै जाँच भएन । आजकल सबै विकसित देशमा आतंकवादी दक्ष्ािणतिरबाट मात्रै आउँछन् भन्ने मान्यता छ । उत्तर-दक्षिणको यो असहज सम्बन्धलाई यस वर्ष साहित्यमा नोबेल पुरस्कार विजेता टर्कीका लेखक अरहान पामुकको हिउँ भन्ने प्रसिद्ध पुस्तकको कुर्दिस पात्रले मार्मिक ढङ्गले व्यक्त गरेको छ । युरोपियनका बारे उसका भावहरू मेरो मानसपटलमा घरीघरी आइरहन्छन् तिनीहरू कुनै एउटा गरिबप्रति सहानुभूति दर्शाउँछन् होला तर जब सिङ्गो मुलुक नै दरिद्र हुन्छ सम्पूर्ण विश्वले के सोच्छ भने त्यस देशमा बस्ने सबै मान्छे मूर्ख, दिमागहीन, अल्छी, फोहोरी र ढङ्ग नभएका छन् । सहानुभूति दर्शाउनु सट्टा संसार तिनीहरूमाथि हाँस्छ । -रुसमा बसोवासरत
-लेखक गैरआवासीय नेपाली संघका प्रवक्ता हुन् ।)
frm kantipur